Saturday, April 3, 2010

सरकारले युनिटीको कारोबारमा हस्तक्षेप गर्नुपर्छ

Suchanasansar.com, मंगलवार, ज्येष्ड ११, २०६७ 

अमेरिकास्थित संसारकै ठूलो व्यावसायिक परामर्शदाता कम्पनी प्राइसवाटरहाउस कुपर्स तथा सिएससि एन्ड कम्पनीका प्रतिनिधि प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मासँग मिलनमणि शर्माले पिरामिड ढाँचाको नेटवर्क मार्केटिङ र युनिटीका बारेमा गरेको छलफलको सार :

नेटवर्क मार्केटिङ व्यवसाय सम्बन्धमा तपाइँको धारणा के छ?

पिरामिड शैलीको व्यावसायिक ढाँचा दिगो हुँदैन। संसारभर यस्तो व्यवसाय टिकाउ हुँदैन भन्ने पुष्टी भइसकेको छ। कसैले यस्तो व्यवसाय चलाइरहेको छ भने उसको चासो अल्पकालीन लाभ (उसलाई दिगो व्यवसाय गर्नुछैन मात्रै हो वा अज्ञानतावश गरिरहेको छ (यो ढाँचाको सिमितता बारे जानकारी छैन) भन्ने बुझ्नुपर्छ। यस्तो व्यवसाय चलाउने धेरैले नगद प्रवाह र नाफालाई एउटै हो भन्ने बुझेका हुन्छन्। नाफा र नगद प्रवाह दुई अलग कुरा हुन्। नगद प्रवाह भनेको सेवा तथा वस्तु वा दुवै ग्राहकलाई उपलब्ध गराउने दायित्व पूरा गर्न संकलन गरिएको रकम हो। नाफा त्यस्तो दायित्व पुरा गरिसके पछि बचेको रकम हो। तर नेटवर्क मार्केटिङ सञ्चालकले संकलित रकमलाई नै नाफाको रुपमा व्याख्या गरेका हुन्छन्। उनीहरूले संकलित रकमका आधारमा कमिसन बाँडेका हुन्छन्। उनीहरूको सञ्जालको विभिन्न तहमा पुग्ने भएकाले यस्तो कमिसनको रकम ठूलो हुन्छ। यहि पैसालाई सञ्चालकले व्यवसाय चलाउनका लागि प्रयोग गरेका हुन्छन् र यसैबाट नाफा छुट्याइएको हुन्छ। यस्तो ढाँचामा समाजको तल्लो तहसम्म मार्केटिङगरिएको हुन्छ। उनीहरूले गर्ने बाचा र बाँड्ने कमिसनका कारण सुरुमा ग्राहक (भविष्यमा मार्केटिङ गर्ने सहायक) को संख्या उच्च दरमा बढ्छ। यसको अर्थ सुरुमा आम्दानी उच्च हुन्छ र खर्च पनि उत्तिकै। तल्लो तहमा हुने ग्राहकको संख्या माथिल्लो तहका भन्दा निकै धेरै हुन्छ। त्यसैले माथिल्लो तहकाले बढी लाभ उठाउँछन। तर व्यवसाय नै टिकाउ नहुने भएकाले वास्तविक रुपमा लाभान्वित हुने को संख्या निकै थोरै हुन्छ। तीनीहरूले रकम गुमाउने जोखिम उच्च हुन्छ।

यो व्यवसायमा माथिल्ला तहकाले राम्रो फाइदा उठाइरहेका हुन्छन् र तल्ला तहकालाई पनि त्यसै गर्न प्रोत्साहित गरिरहेका हुन्छन्। यसरी यो व्यवसायको प्रत्येक तहमा पानीको फोकाजस्तो टिकाउ नहुने अवस्था सिर्जना भएको हुन्छ। संसारभर धेरै मार्केटिङ व्यावसायिक ढाँचाहरू छन, यसमा पिरामिड शैलीको मार्केटिङको स्थान कहाँनेर छ?

पिरामिड शैलीको मार्केटिङले आफ्नो दीर्घकालीन दायित्व पुरा गर्न सक्दैन त्यसैले यो संसारमा कहीँ पनि सफल भएको छैन।

कुन अवस्थामा यो व्यवसाय टिकाउ हुनसक्छ?

सहि तरिकाले व्यवस्थापन गर्ने हो भने कम्पनीले वस्तु बिक्रीका लागि यो विधि अपनाउन सक्छन जहाँ ग्राहकप्रति उसको कुनै दीर्घकालीन दायित्व हुँदैन। यसमा ग्राहकले तुरुन्तै वस्तु प्राप्त गर्छ र कम्पनीसँग उसले यसभन्दा बढी आशा गर्दैन। यसमा व्यवसायको आकार फैलँदै जाने र प्रविधिको विकासको कारण वस्तुको मूल्य घट्दै जान्छ तर कम्पनीले पहिल्यै मूल्य तय गर्ने हुनाले फाइदा हुन्छ। यसबापत भएको फाइदा मार्केटिङको

हरेक तहमा रहेकालाई बोनस, लाभांश वा कमिसनको रुपमा बाँडन सकिन्छ। तर यो ढाँचामा पनि कम्पनीले भविष्यका लागि वा दीर्घकालीन दायित्व स्वीकार गर्‍यो भने धराशायी हुन्छ।

ग्राहकले युनिटीका एजेन्टसँग बसेर कम्पनीले आफ्नो दायित्व कसरी पुरा गर्न सक्छ, कसरी टिकाउ हुन्छ, त्यति धेरै कमिसन बाँड्ने कम्पनीले नाफा कसरी गर्छ भन्ने जस्ता सहि प्रश्न गरे भने यो व्यवसायको त्रुटी १५ मिनटमै पहिल्याउन सक्छन्। आँखा चिम्लेर नलाग्ने हो र तिनीहरूले गरेका वाचा कसरी पूरा हुन्छन् भन्ने तर्कपूर्ण हिसाबकिताब एजेन्टसँग गर्ने हो यो ढाँचाका कमजोरी तुरुन्तै थाहा हुन्छ।

तपाईँ किन यस्ता कम्पनी धराशायी हुन्छन् भन्नु हुन्छ?

युनिटी कै उदाहरण लिउँ, कम्पनीले १३ प्रतिशत भ्याट तिरेको छ। कम्पनीको कार्यालय, अस्पताल, कर्मचारी तथा नेटवर्क सञ्चालनमा खर्च हुन्छ। यसको थप ५ प्रतिशत लागत हुन्छ। यसबाहेक मार्केटिङको सबै तहमा कम्पनीले कमिसनका रुपमा रकम बाँडेको हुन्छ (कम्पनीका प्रबन्ध निर्देशकका अनुसार यो करिब २० प्रतिशत हुन्छ)। कम्पनीले ग्राहकलाई वार्षिक १० प्रतिशत प्रतिफल दिने थप वाचा गरेको छ। यसबाहेक कम्पनीले साँवा पनि फिर्ता गर्नुपर्छ। यस्तो खालको ठूलो संरचनामा चुहावट पनि उत्तिकै हुन्छ। उसले ग्राहकबाट एकपटक मात्रै रकम संकलन गर्छ तर धेरै किसिमका प्रतिफल दिने बाचा गरेको हुन्छ।

कम्पनीले ग्राहकबाट संकलन गरेको रकम जस्ताको तस्तै राख्नसके, कोषको उचित परिचालन गर्न सके र कम्तिमा पनि वार्षिक ५० प्रतिशत प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्न सके मात्र यो व्यवसाय संभाव्य हुन्छ। तर अहिले को खुला बजार प्रतिस्पर्धामा संसारको कुनै पनि कुनाको कम्पनीलाई यस्तो उच्च लागतमा लामो समयसम्म टिकाइ राख्न सकिँदैन।

Thursday, April 1, 2010

खगेन्द्रलाई गिनिज बुकको मेडल

कास्की, ४ जेठ

गिनिज बुक अफ दि वल्र्ड रेकडर््सको टोलीले विश्वकै होचा किशोर धुल्लुबासकोट-६ बाग्लुङका १७ वषर्ीय खगेन्द्र थापामगरलाई मेडल दिएको छ । टोलीले उनलाई १८ वर्ष पूरा भएपछि गिनिज बुकमा नाम लेखाउन असोजमा बेलायतमै बोलाएको छ ।

गिनिज बुकमा नाम लेखाउनका लागि खगेन्द्रले १५४८९४ को दर्ता नम्बर पाएका छन् । बाबु रूपबहादुर र आमा धनमायाका जेठा सन्तानका रूपमा ८ असोज ०४९ मा जन्मिएका खगेन्द्र असोजमा १८ वर्ष पुग्दै छन् ।

Tuesday, March 23, 2010

मेरो स्पर्धा हिरोइनसँग होइन हिरोसँग हो रेखा थापा

 सन् १९९८ मा मिस कोसी, १९९९ मा मिस नेपालभित्र टप टेनमा परेपछि रेखा थापामाथि छवि ओझाको आँखा के लागेको थियो, उनले मोरङ, सनकपुरकी रेखालाई आप\mनो चलचित्र हिरोको हिरोइन बनाइदिए । नयाँ अनुहार, रूप र ग्ल्यामरशैलीको खोजी भइरहेका बेला चलचित्रक्षेत्रमा प्रवेश पाएपछि रेखाले पछाडि फर्केर हर्ेर्नै परेन । ९ वर्षो दौरानमा ८५ चलचित्रमा देखिने क्रममा यी २६ वर्षो सुन्दरीले अनेकौं विवाद र अवरोधको सामना पनि गरेकी छिन् । तर यसले केही फरक परेको छैन । उनी झन्झन् अगाडि आइरहेकी छिन् । पढौं, यिनै ग्ल्यामर क्विनको सनसनीपूर्ण्ा र विचारोत्तेजक अन्तर्वार्ताः

हालखबर के छ ?
सुटिङ-सुटिङ-सुटिङ । यही साल पाँचवटा फिल्म सक्नु छ । आफूले बनाएको हिफाजत रिलिज गर्नु छ ।
यिसरी लगातार काम गर्दा क्वालिटी मेन्टेन हुन्छ र - मोनोटोनस हुँदैन ?
पहिला वर्षरिका फिल्ममा म नै हुन्थें, मोनोटोनस हुन सक्थ्यो । अहिले महिनाको एउटा गर्दा मेन्टेन हुन्छ । -चलचित्र साथी म त्रि्रोको सेटमा सामान्य थिइन् उनी)

अरू हिरोइन आएर भागबन्डा भएको हो ?
म धेरै फिल्म छोड्छु । कहीँ रोल मन पर्दैन, पारिश्रमिक, मिल्दैन त कहीँ हिरो ओरिएन्टेड फिल्म हुन्छ । अबको दिनमा म नारीप्रधान फिल्म खेल्न चाहन्छु । म स्टाब्लिस भैसकें, त्यसैले हिरोको वरिपरि नाच्न जरुरी छैन । शो पिस पहिला गर्थें, अब गर्दिनँ । सेन्टर क्यारेक्टर मात्र साइन गरिरहेकी छु ।
िफल्ममा अरूलाई छोडेर रेखा थापालाई किन ह्र्ने ?
मसँग चरित्रलाई न्याय गर्न सक्ने क्यापासिटी छ । स्टोरीको डिमान्ड छ भने सात तलाबाट हाम फाल्नेजस्तो हिरोइनले नगर्ने काम पनि म आपै+m गर्छर्ुु -नाकका पोरा फुलाउँदै) मार्केटमा कसको डिमान्ड छ भन्ने कुरा पनि हुन्छ ।
अरू नायिकाको डिमान्ड छैन भन्न खोज्नुभएको ?
अरूसँग कम्पेयर म कहिल्यै गर्दिनँ । गरे पनि हिरोइनसँग होइन, हिरोसँग कम्पेयर गर्छर्ुु हिजो जल -शाह) दिदी, निरुता -सिंह) दिदी, बिपना थापाको बेलामा आउँदा एक प्रकारको रेभुलेसन लिएर आएको हुँ । मसँगै अरू पनि आए । त्यो बेलामा शिरदेखि पाउसम्म छोपिएर सासूको कुटाइ, लोग्नेको हेपाइ खाने फिल्म बन्थ्यो । म फिल्ममा सासूलाई कुटेर आएँ । मार्केबल हिरोइन भएँ ।
तपाईंको प्रतिस्पर्धी नै छैन त ?
छैन, मेरो प्रतिस्पर्धी कोही छैन, हिरोहरू हो र रेखा थापा नै हो ।
रेखा थापाको कमजोरी के हो ?
सपट हार्टर् सबैलाई काम पनि गराइदिने तर तिनीहरूले नै टाउकोमा हानेर हिँडिराख्या हुन्छन् । -अलि गम्भीर हुँदै) चाहे त्यो हिरो होस् या हिरोइन, एक-दुइ जना हिरोइनलाई रिकमेन्ड पनि गर्थें । तर तिनीहरू नै प्रोड्युसरलाई रेखा थापालाई निकाल्नू भन्न पनि पछि पर्दैनन् । नारीको दुस्मन नारी नै हुँदो रहेछ । त्यस कारण मैले यी नारीको संगत गर्न पनि छोडिदिएँ । -खिसिक्क हाँसिन् उनी, चलचित्रमा अरूलाई व्यंग्य गर्नुपर्दा यसो गर्छिन् उनी) कस्तो भने नि विदुर दाइ, सायद उनीहरू मह होलान्, म मोबिल । मह र मोबिलको मिश्रण कहिले हुँदैन । मोबिलले गाडी कुद्ला, महको पनि विशेषता छ । म ग्रुपिज्म गर्ने, कुरा काट्ने, हिरोइनको घरघरमा बस्ने गर्दिनँ ।
रेखा थापा ग्ल्यामर र छोटो कपडाले चलेको हो ?
मेरो अनुहारै ग्ल्यामरस छ । -पहिले हाँसे पनि पछि कडा भइन् उनी) । छोटो लुगाले चल्ने भए त मभन्दा बढी छोटो लुगा लाएर, पूरै अंग देखाएर, ढाड देखाएर पनि आए । उनीहरू चल्नुपर्ने थियो । पछिल्लो समयमा निरुता दिले पनि छोटो लुगा लाकोथ्यो त । सञ्चिताले शासन फिल्ममा छोटै लुगा लगा’छ । चल्ने भए सबै चल्नुपथ्र्यो नि । -अलिकति सम्हालिँदै) रेखा कामले मात्र चलेको हो । काम राम्रो नभएको भए म उहिल्यै पलायन हुन्थें । मेरो पत्तासाफ गर्न हिरोहरू पनि लागेका थिए नि । आज तिनै हिरोहरूको मार्केट डाउन छ । तर म जहिले पनि सबैको भलो चाहने केटी, भगवान्मा विश्वास गर्थें र काममा आस्था राख्थें । त्यसैले कसैको केही लागेन ।
किसले गर्न खोज्यो पत्तासाफ ?
छन् नि, मलाई मात्र होइन, सबैको पेटमा लात हान्ने एक-दुइ जना हिरो छन् नि । -यसपटक आँखा पनि राताराता भए रेखाका) दुइ जना नभनौं, एकै जना छ । -खुलेर जवाफ मागियो, उनले टारिन्) जो व्यक्तिको नाम लिन लायक ठान्दिनँ, त्यसको नाम मेरो मुखबाट लिनु पनि अशुभ ठान्छु ।
िनर्माता-निर्देशकलाई हाई-हलो गर्न जानेका कारणले पनि फिल्म पाइरहेको हो -
योचाहिँ एकदमै गलत कुरा हो -यो लाइन तीनपटक दोहोर्‍याइन् उनले) । आजसम्म रेखा फिल्मवाला कसैलाई पनि फोन गर्दिन, बरु मलाई फोन आउनर्ुपर्छ भन्ठान्छु । म आपै+m प्रोडक्सन खोलेर बसेको प्रोड्युसर मान्छे । मेरो ब्यानर रेखा फिल्म्सले पाँचांै फिल्म बनाइसक्यो । मैले आप\mनै फिल्मलाई त टाइम दिन सकेको छैन भने रोल माग्न फोन गर्ने फुर्सद मसँग छैन । बरु पत्रकारहरूसँग मेरो मित्रता छ, सामीप्य छ । उनीहरूसँग बोल्दा दुइ-चार शब्द सिक्छु, बौद्धिकता बढ्छ ।
रेखा थापाको कोही न कोहीसँग प्रोब्लम भइरहन्छ, किन ?
-निखिल उप्रेती, नरेश पौडेल, विराज भट्ट, राजेश हमालको उदाहरण दिँदै प्रश्न के गरिएको थियो, उनले आँखा राताराता पार्दै जवाफ फर्काइहालिन्) मेरो प्रोब्लम छैन । उनीहरू नै झगडा गर्न आउँछन् । निखिलको त म कुरै गर्न चाहन्नँ । निखिल, नरेशसँग मेरो प्रोब्लम होइन, उनीहरूको मसँग प्रोब्लम हो । बाँकी केटीहरूको जो कुरा छ, त्यसमा पनि त्यही नै हो । विराज त मैले ल्या’को, र्रि्रेक दिएको केटा हो, के प्रोब्लम हुनु ?

छिवि ओझासँग बिहे गरेपछि ओझा हुनुपर्ने होइन र ? किन थापा ?
मैले भोलि बच्चा पाएँ भने पनि उसको थर थापा नै राख्छु । (उनले कपाल मिलाउँदै भनिन्) अब त झन् आमाको नामबाट पनि नागरिकता निस्कने भइसक्यो ।

Monday, March 22, 2010

नेटवर्क मार्केटिङ व्यवसाय

Suchanasansar.com, मंगलवार, ज्येष्ड ११, २०६७ 

अमेरिकास्थित संसारकै ठूलो व्यावसायिक परामर्शदाता कम्पनी प्राइसवाटरहाउस कुपर्स तथा सिएससि एन्ड कम्पनीका प्रतिनिधि प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मासँग मिलनमणि शर्माले पिरामिड ढाँचाको नेटवर्क मार्केटिङ र युनिटीका बारेमा गरेको छलफलको सार :

नेटवर्क मार्केटिङ व्यवसाय सम्बन्धमा तपाइँको धारणा के छ?

पिरामिड शैलीको व्यावसायिक ढाँचा दिगो हुँदैन। संसारभर यस्तो व्यवसाय टिकाउ हुँदैन भन्ने पुष्टी भइसकेको छ। कसैले यस्तो व्यवसाय चलाइरहेको छ भने उसको चासो अल्पकालीन लाभ (उसलाई दिगो व्यवसाय गर्नुछैन मात्रै हो वा अज्ञानतावश गरिरहेको छ (यो ढाँचाको सिमितता बारे जानकारी छैन) भन्ने बुझ्नुपर्छ। यस्तो व्यवसाय चलाउने धेरैले नगद प्रवाह र नाफालाई एउटै हो भन्ने बुझेका हुन्छन्। नाफा र नगद प्रवाह दुई अलग कुरा हुन्। नगद प्रवाह भनेको सेवा तथा वस्तु वा दुवै ग्राहकलाई उपलब्ध गराउने दायित्व पूरा गर्न संकलन गरिएको रकम हो। नाफा त्यस्तो दायित्व पुरा गरिसके पछि बचेको रकम हो। तर नेटवर्क मार्केटिङ सञ्चालकले संकलित रकमलाई नै नाफाको रुपमा व्याख्या गरेका हुन्छन्। उनीहरूले संकलित रकमका आधारमा कमिसन बाँडेका हुन्छन्। उनीहरूको सञ्जालको विभिन्न तहमा पुग्ने भएकाले यस्तो कमिसनको रकम ठूलो हुन्छ। यहि पैसालाई सञ्चालकले व्यवसाय चलाउनका लागि प्रयोग गरेका हुन्छन् र यसैबाट नाफा छुट्याइएको हुन्छ। यस्तो ढाँचामा समाजको तल्लो तहसम्म मार्केटिङगरिएको हुन्छ। उनीहरूले गर्ने बाचा र बाँड्ने कमिसनका कारण सुरुमा ग्राहक (भविष्यमा मार्केटिङ गर्ने सहायक) को संख्या उच्च दरमा बढ्छ। यसको अर्थ सुरुमा आम्दानी उच्च हुन्छ र खर्च पनि उत्तिकै। तल्लो तहमा हुने ग्राहकको संख्या माथिल्लो तहका भन्दा निकै धेरै हुन्छ। त्यसैले माथिल्लो तहकाले बढी लाभ उठाउँछन। तर व्यवसाय नै टिकाउ नहुने भएकाले वास्तविक रुपमा लाभान्वित हुने को संख्या निकै थोरै हुन्छ। तीनीहरूले रकम गुमाउने जोखिम उच्च हुन्छ।

यो व्यवसायमा माथिल्ला तहकाले राम्रो फाइदा उठाइरहेका हुन्छन् र तल्ला तहकालाई पनि त्यसै गर्न प्रोत्साहित गरिरहेका हुन्छन्। यसरी यो व्यवसायको प्रत्येक तहमा पानीको फोकाजस्तो टिकाउ नहुने अवस्था सिर्जना भएको हुन्छ। संसारभर धेरै मार्केटिङ व्यावसायिक ढाँचाहरू छन, यसमा पिरामिड शैलीको मार्केटिङको स्थान कहाँनेर छ?

पिरामिड शैलीको मार्केटिङले आफ्नो दीर्घकालीन दायित्व पुरा गर्न सक्दैन त्यसैले यो संसारमा कहीँ पनि सफल भएको छैन।

कुन अवस्थामा यो व्यवसाय टिकाउ हुनसक्छ?

सहि तरिकाले व्यवस्थापन गर्ने हो भने कम्पनीले वस्तु बिक्रीका लागि यो विधि अपनाउन सक्छन जहाँ ग्राहकप्रति उसको कुनै दीर्घकालीन दायित्व हुँदैन। यसमा ग्राहकले तुरुन्तै वस्तु प्राप्त गर्छ र कम्पनीसँग उसले यसभन्दा बढी आशा गर्दैन। यसमा व्यवसायको आकार फैलँदै जाने र प्रविधिको विकासको कारण वस्तुको मूल्य घट्दै जान्छ तर कम्पनीले पहिल्यै मूल्य तय गर्ने हुनाले फाइदा हुन्छ। यसबापत भएको फाइदा मार्केटिङको

हरेक तहमा रहेकालाई बोनस, लाभांश वा कमिसनको रुपमा बाँडन सकिन्छ। तर यो ढाँचामा पनि कम्पनीले भविष्यका लागि वा दीर्घकालीन दायित्व स्वीकार गर्‍यो भने धराशायी हुन्छ।

ग्राहकले युनिटीका एजेन्टसँग बसेर कम्पनीले आफ्नो दायित्व कसरी पुरा गर्न सक्छ, कसरी टिकाउ हुन्छ, त्यति धेरै कमिसन बाँड्ने कम्पनीले नाफा कसरी गर्छ भन्ने जस्ता सहि प्रश्न गरे भने यो व्यवसायको त्रुटी १५ मिनटमै पहिल्याउन सक्छन्। आँखा चिम्लेर नलाग्ने हो र तिनीहरूले गरेका वाचा कसरी पूरा हुन्छन् भन्ने तर्कपूर्ण हिसाबकिताब एजेन्टसँग गर्ने हो यो ढाँचाका कमजोरी तुरुन्तै थाहा हुन्छ।

तपाईँ किन यस्ता कम्पनी धराशायी हुन्छन् भन्नु हुन्छ?

युनिटी कै उदाहरण लिउँ, कम्पनीले १३ प्रतिशत भ्याट तिरेको छ। कम्पनीको कार्यालय, अस्पताल, कर्मचारी तथा नेटवर्क सञ्चालनमा खर्च हुन्छ। यसको थप ५ प्रतिशत लागत हुन्छ। यसबाहेक मार्केटिङको सबै तहमा कम्पनीले कमिसनका रुपमा रकम बाँडेको हुन्छ (कम्पनीका प्रबन्ध निर्देशकका अनुसार यो करिब २० प्रतिशत हुन्छ)। कम्पनीले ग्राहकलाई वार्षिक १० प्रतिशत प्रतिफल दिने थप वाचा गरेको छ। यसबाहेक कम्पनीले साँवा पनि फिर्ता गर्नुपर्छ। यस्तो खालको ठूलो संरचनामा चुहावट पनि उत्तिकै हुन्छ। उसले ग्राहकबाट एकपटक मात्रै रकम संकलन गर्छ तर धेरै किसिमका प्रतिफल दिने बाचा गरेको हुन्छ।

कम्पनीले ग्राहकबाट संकलन गरेको रकम जस्ताको तस्तै राख्नसके, कोषको उचित परिचालन गर्न सके र कम्तिमा पनि वार्षिक ५० प्रतिशत प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्न सके मात्र यो व्यवसाय संभाव्य हुन्छ। तर अहिले को खुला बजार प्रतिस्पर्धामा संसारको कुनै पनि कुनाको कम्पनीलाई यस्तो उच्च लागतमा लामो समयसम्म टिकाइ राख्न सकिँदैन।

तर, युनिटीका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीले ग्राहकबाट संकलित रकम ५ वर्षमा दोब्बर हुने र ४० वर्षमा १३ हजार रुपैयाँबाट २ करोड रुपैयाँ कमाउन सकिने दाबी गरेका छन्?

अन्तर्राष्ट्रिय रुपमा स्वीकारिएको मापदण्डको प्रयोग गरेर पारदर्शी रुपमा कम्पनीको सम्पत्ति तथा दायित्वको गणना नहुँदासम्म म यो कुरालाई पत्याउँदिन।

हरेक ६ महिनामा मूल्य दोब्बर हुने घरजग्गामा लगानी गरिएको भए पनि कम्पनी टिक्दैन?

त्यो अवस्थामा मात्रै टिक्न सक्छ। तर हामीले के बिर्सनु हुदै न भने तीन वर्ष अघिसम्म जग्गाको मूल्य यसरी बढेको थिएन, आउँदा वर्षमा पनि अहिले नै जसरी मूल्य बढ्छ भन्ने निश्चित छैन।

यस्तो खालको उच्च प्रतिफल केही वर्षसम्म मात्र रहन्छ तर कम्पनीले प्रत्येक वर्ष र सँधै उच्च नाफा हुने कुरा गरिरहेको छ। यो कसरी सम्भव हुन्छ?

राष्ट्र बैँकको हस्तक्षेपपछि घरजग्गा कारोबार अहिले नै सुस्त भएको छ र मूल्य घट्ने अनुमान गरिएको छ। यस अवस्थामा कम्पनीका लागि आवश्यक उच्च नाफा कसरी प्राप्त हुन्छ?

एस्योरेन्स भने को के हो? यो इन्स्योरेन्स (बिमा) भन्दा फरक हो?

एस्योरेन्स र इन्स्योरेन्स फरक होइनन्। यो एक सामाजिक सुरक्षा कार्यक्रम हो, आधिकारिकनिकायबाट सर्वसाधारणले यस्तो सेवा लिन सक्छन्। यो अल्पकालीन र दीर्घकालीन दुवै हुनसक्छ। अन्तर्राष्ट्रिय रुपमा केही बिमा कम्पनीले आफ्नो प्याकेज कार्यक्रमलाई एस्योरेन्सको नाम दिएका छन् भने धेरैले इन्स्योरेन्स नै भनेका छन्।

शब्द फरक भए पनि कुरा उही हो।

तर युनिटीले एस्योरेन्स र इन्स्योरेन्स फरक हो भनेको छ?

यदि कसै ले एस्योरेन्स र इन्स्योरेन्स फरकहो भन्छ भने उसले शब्दसँग खेलिरहेको छ भन्ने बुझ्नुपर्छ। बिमा क्षेत्रका जो सुकैसँग सोध्नुस् उसले मैले भनेकै कुरा भन्छ। शब्द फरक भए पनि अर्थ एउटै हो। संसारभर नै कम्पनीहरूले यी दुई शब्दलाई पर्यायवाचीका रुपमा प्रयोग गर्छन्।

एस्योरेन्स भनेकै इन्स्योरेन्स हो भने युनिटीलाई कसले अनुगमन गर्नुपर्छ ?

स्पष्टै छ, बिमा समितिले हेर्नुपर्छ। सम्बद्ध अधिकारीलाई सोध्नुस् यस्ता खाले कार्यक्रम बिमा समितिको अनुमति बिना कसरी चल्न सक्छन्। मलाई विश्वास छ बिमा समितिका अधिकारी यो शब्दको अर्थ बुझ्ने ज्ञान र क्षमता राख्छन्।

तर कम्पनीका मान्छे भन्छन् एस्योरेन्स भनेको बैकिङ पनि हो?

यो त मैले अहिलेसम्म सुनैकै अनौठो कुरो भयो। युनिटी इन्स्योरेन्स कम्पनी हो कि बैंक? नेपालको प्रचलित कानुन अनुसार कुनै पनि कम्पनीले दुई मध्ये एक मात्र कारोबार गर्नसक्छ।

बैँकको कम्पनी व्यवस्थापन गर्ने र सम्पत्ति,दायित्व, नाफा तथा प्रतिफल गणना गर्ने तरिका र सामाजिक सुरक्षा व्यवसाय सञ्चालन गर्ने बिमा कम्पनी, सञ्चय कोष, पेन्सन कोषहरूको तरिका फरक हुन्छ। यदि युनिटीको एस्योरेन्स भनेको बैकिङ हो भने यो कुनै पनि औपचारिक व्यवसायको दायरामा आउँदैन।

यो लगानी व्यवस्थापन व्यवसाय पनि त हुनसक्छ? सक्दैन र?

लगानी व्यवस्थापन उच्च प्रविधियुक्त व्यवसाय हो। मैले अघि नै भने सर्वसाधारणको सामाजिक सुरक्षा गर्ने संस्था (बिमा, सञ्चय कोष र पेन्सन कोष) बैँकभन्दा बढी अनुशासीत रुपमा व्यवस्थापन गरिएका र चलाइएका हुन्छन। तर युनिटीलाई कसले अनुगमन गरिरहेको छ? यसले लगानी व्यवस्थापकका रुपमा काम गर्ने अनुमति लिएको छ? छैन।

कम्पनीले ६२ देशमा सञ्जाल भएको र मलेसिया, खाडी मुलुकहरू, इजरायल र भारतलगायतका १७ देशका कार्यालयमार्फत २ लाख ५० हजार ग्राहक बनाएको बताउँदै आएको छ। अन्य देशका नागरिक पनि यसका ग्राहक छन्। यस बारेमा तपाइँ के भन्नुहुन्छ?

साँच्चै हो? मलाई पत्यार लाग्दैन। ह

Sunday, March 21, 2010

अपहरित डा. श्रेष्ठ धौलागिरिमा भएको आशंका

पर्वत १६ जेठ

चितवनबाट १३ दिन अघि अपहरणमा परेको भनिएका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठ धौलागिरिमा रहेको आशंका गरिएको छ । धौलागिरि अाचलभित्रै रहेको आशंकामा प्रहरीले खोजी अभियान तीब्र पारेको छ ।

बाग्लुङ प्रहरीले एक माओवादी जनसेनालाई आइतबार अनमिन प्रमाणिकरण गरेको हतियार सहित पक्राउ परेपछि झनै आशंका फैलिएको हो । प्रहरीले पर्वत र बाग्लुङको सिमानामा पर्ने मालढुंगामा हतियार सहित सल्यानको लक्ष्मीपुर-७ घर भै पँँचौ डिभीजनमा कार्यरत शेरबहादुर पुन मगरलाई पक्राउ गरेको हो । मगर माओबादी मगरात राज्य समितिका इन्चार्ज हेमन्तप्रकाश ओलीसुर्दशनको अंगरक्षक रहेको जनाइएको छ ।

प्रहरीले पोखरा बागलुङ्ग राजमार्गको प्रबेश क्षेत्रदेखि गाउँ गाउँमा समेत खोजी गरिरहेको छ । पर्वतका जिल्ल्ाा प्रहरी प्रमुख हरिराज वाग्लेले संभाबित स्थानमा प्रहरी परिचालन गरि दिनभर खोजी गरिरहेको जानकारी दिए । पर्वतको बनौ हुँदै लेकफँँट तर्फ लैजाँदै गरेको आशंकामा प्रहरीले दुबै तर्फबाट खोजी गरिरहेकेा छ । लेकफँँटबाट िहंडेको प्रहरी टोली र सदरमुकाम कुस्माबाट गएको प्रहरी टोली बनौ पुगिसेकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसैबीच आइतबार अकस्मात बसेको जिल्ला सुरक्षा समितिको बैठकले पर्वत जिल्लामा भित्रिने तथा बाहिने सवारी चेकजँँच गर्ने भएको छ । चेक जाँचका लागि प्रहरी परिचालन गरिने एक सुरक्षा निकायका प्रतिनिधिले जानकारी दिए ।

उता बाग्लुङ जिल्लामा समेत सोही हल्लाले बजार पिटेको थियो । यता एकीकृत नेकपा माओवादीका पर्वत सेक्रेटरी कृष्ण विकले भने उक्त कुरा भ्रामक भएको जनाएका छन् । डा।श्रेष्ठ आफुहरुको सम्पर्कमा नरहेको बताउदै माओवादीलाई झुट्टा आरोप लगाएको दावी गरे ।

Thursday, March 11, 2010

सेतीवेणी, पर्वतमा विश्वकै ठूलो शालीग्राम पर्यटकको पर्खाइमा

दुर्गाप्रसाद शर्मा, (सेतीवेणी, पर्वत), पर्यटन वर्ष२०११ को शुरुआतसँगै धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको विश्वकै ठूलो शालीग्राम शिला रहेको स्थल सेतीवेणीधाम यतिबेला पर्यटकको पर्खाइमा छ।

तीन अञ्चल र तीन जिल्लाको सिमानामा रहेको यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन लागिएको हो। लुम्बिनी, धौलागिरि र गण्डकी अञ्चल र तीन जिल्ला पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा रहेको शालीग्राराम शिला तथा सेतीवेणीधाममा रहेको शिलालाई धार्मिक दृष्टिले विष्णु भगवान्को अवतारको रुपमा मानिँदै आएको छ। पौराणिक कालदेखि नै विष्णुको अवतारको रुपमा मानिँदै आएको शालीग्राम आन्तरिक तथा बाहृय पर्यटकका लागि आकर्षाको केन्द्र बनेको छ।

हिन्दु धर्मअनुसार शिलालाई विष्णुको रुपमा पूजा गरिँदै आएको छ। शिलाको दर्शनका लागि देश तथा विदेशवाट दर्शनार्थी तथा पर्यटकहरू आउने गर्दछन्। शिलाको दर्शन गरे मनले सोचेको पुग्ने, रोगव्याधी हट्ने तथा भाग्य उदय हुने विश्वासमा स्वदेश तथा विदेशवाट दर्शनार्थीहरू आएको पाइन्छ।

सेतीवेणीमा हरेक एकादशी, औंसी, संक्रान्तिलगायतका चार्डपर्वहरूमा धूमधाम मेला लाग्ने मात्र नभई धार्मिक आस्था राख्नेहरू दैनिक पूजापाठ गर्ने गर्दछन्। मेला भर्नका लागि विशेष गरी पर्वत, स्याङ्जा, र गुल्मीका हजारौं दर्शनार्थीहरू आउने गर्दछन् भने छिमेकी जिल्लाबाट आउनेहरूको भीड पनि उत्तिकै हुने गर्दछ। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा स्टिमर र डुङ्गाहरू सञ्चालनमा आएपछि दर्शन गर्न आउनेहरूको चाप झनै बढ्दै गएको छ। अहिले दैनिक एक दर्जनभन्दा बढी स्टिमरमा हजारौंको संख्यामा आन्तरिक तथा बाहृय पर्यटकहरू शिलाको दर्शन तथा अवलोकनका लागि आउने गर्दछन्।

विशेष गरी धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नका लागि यस क्षेत्रका बासिन्दाहरू लागि परेका छन्। पर्यटन वर्ष२०११ को आरम्भसँगै यस क्षेत्रलाई व्यापक रुपमा प्रचारप्रसार गर्न सके तीन वटै जिल्लाको आर्थिक विकास गर्न सकिने संरक्षण समितिका नवीन पाण्डेको भनाइ छ। यस क्षेत्रकै संरक्षणका लागि आर्थिक संकलन गर्न स्थानीयवासीहरूले महायज्ञसमेत सञ्चालन गरेका छन्। महायज्ञबाट १ करोड ७० लाख रुपियाँ संकलन भइसकेको छ।

Tuesday, February 16, 2010

तमु धीं गणतन्त्र कोरियाको आयोजनामा नेपालको चर्चित नेपथ्य ब्याण्ड कोरियामा आउनेसुरज गुरुङ गणतन्त्र कोरिया

यही २०१० सेप्टेम्बर २१ तारिक कोरियाको महान चाड छुसकको अवसर पारी तमू धीं गणतन्त्र कोरियाले नेपालको चर्चित ख्याती प्राप्त नेपथ्य ब्याण्ड र लोकप्रिय कलाकारहरु ल्याई भब्य रुपमा रोधीं सांगीतिक सौगात -२ आयोजना गर्ने भएको छ ।

उक्त दिन गणतन्त्र कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु बुद्धीजिवी व्यावसायी अथवा व्यक्तिगत रुपमा एक आपसमा सहयोग र सदभावको सम्बन्ध राखी कार्यक्रम सफल पारिदिनहुन तमू धीं गणतन्त्र कोरियाका अध्यक्ष राम काजी गुरुङले हार्दिक अनुरोध गर्नु भएको छ ।  सोमबार,अप्रिल ,२६,२०१०

Thursday, February 11, 2010

फेब्रुअरी १४ तारिख कोरियामा साँगितिक ज्वालाको बिस्फोटन

बुघबार,फेब्रुअरी ,१०,२०१०
प्रेम दिवसको अवसर पारेर यहि फेब्रुअरी १४ तारिखका दिन कोरियाको राजधानीमा सिओलमा साँगितिक ज्वालाको बिस्फोटन हुने भएको छ । पर्वत जिल्ला अस्पतालको सहयोगार्थ गुप्तेश्वर सांक्रितिक सौगात नामक कार्यक्रममा नेपालका चर्चित कलाकार नायिका रेखा थापा, गायिका कोमल ओली, सिन्धु मल्ल, गायक सुगम पोखरेल र हाँस्यकलाकार कमल गाउँलेले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेर कोरिया बासी नेपालीहरू माझ साँगितिक ज्वालाको बिस्फोटन गर्ने भएका छन् ।

पर्वत समाज कोरियाको आयोजनामा हुन लागेको उक्त बृहत साँगितिक कार्यक्रममा अबिबाहित गायिका कोमल ओलीले कोरियामा रहेका झ्वाँक तन्नेरीहरूको लागि बिशेष गीत गाउने भएकी छिन् । कोरियामा रहेका नेपाली झ्वाँक तन्नेरीहरू एकदमै मन पर्ने भएकोले र त्यसैमाथी प्रेम दिवस परेकोले आफ्नो बिल्कुलै नयाँ एल्बम 'त्यही मोराको मायाले' मा रहेका बिशेष गीतहरू गाउने गायिका ओलीले एस के नेपाल न्यूज सर्भिसजानकारी दिईन् ।

अहिले सम्म अबिबाहित रहेकी गायिका ओलीलाई प्रेम प्रस्ताव राख्न कोरियामा रहेका नेपाली झ्वाँक तन्नेरीहरूको लागी यो सुनौलो मौका रहेको छ । कार्यक्रममा जस्ले गायिका ओलीलाई प्रेम प्रस्ताव राख्छ उसलाई गायिका ओलीले 'आन्योङ हासियो' भन्दै गुलावको फूल दिनेछिन् । प्रेम दिवसको दिन कार्यक्रमको आयोजना गरिएकोले कार्यक्रम पूर्णरूपमा प्रेममय हुने नायिका रेखा थापाको भनाई छ ।

कार्यक्रममा सहभागी हरेक कलाकारले नयाँ प्रस्तुती प्रस्तुत गर्ने भएकोले कोरिया बासी नेपालीहरूलाई कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भव्य रूपले सफल पारिदिन आयोजकले बिनम्र अनुरोध गरेको छ । कार्यक्रममा आफ्नो प्रस्तुती पस्कन कलाकारहरू यहि बिहिबार कोरिया प्रस्थान गर्दैछन् । कार्यक्रम सिओल स्थित सदेमुन आर्ट हल (सदेमुन सागरी) मा मध्यान्न १२:३० बजे शुरू हुने छ ।

Saturday, January 16, 2010

टैटु मोडलको नाजी स्ल्युट

...ओस्कार विजेता सान्ड्रा बुलांक र उनका पति जेस्सी जेमका बीचको झगडाको बिज बनेको टैटु मोडल मिशेल मैकगीको एक पटक पुनः हट फोटो सार्वजनिक भएको छ।
करिब करिब न्युड फोटो शुटमा मिशेलले नाजी र नस्लीय प्रतिकहरुलाई टैटुका रुपमा कुँदाएकी छन् । तस्वीरमा मिशेलले वास्तविक वास्तविक ब्याण्ड र नाजी ह्याट पनि लगाएकी छन्।
मिशेलको यो उत्तेजक तस्वीर टीएमजीको वेभसाइटमा प्रकाशित छ। मिशेलको यो तस्वीर जेसी जेम्सका आफन्त मागेको एक दिनपछि सार्वजनिक भएको हो । हालै जेम्सलाई मिशेलसंगको सम्बन्धमा गर्मी बढेपछि पत्नी सान्ड्रासँगको सम्बन्ध चिसिएको थियो । मिशेल निकट स्रोतका अनुसार उनले यो तस्वीरको माध्यमबाट उत्तेजक देखिने कोशिस गरेकी छन् ।

Friday, January 8, 2010