
भिडियो सार्वजनिक गरेको आरोपमा पूजाका ब्वायफ्रेन्ड शिशिर भनिने प्रशनले माओवादी लगाएर पि्रतम पाण्डेलाई अपहरण गराए, प्रहरीले माओवादीको स्वयम्भु सम्पर्क कार्यालयमा छापा मारेर पाण्डेलाई उद्धार गर्यो
काठमाडौं, १४ कात्तिक
मोडलबाट नायिका हुँदै गायिका भएकी पूजा लामाको अश्लील भिडियोले अपहरणसम्मको 'स्क्यान्डल' मच्चाएको छ । पूजाको अश्लील भिडियो सार्वजनिक गरेको भन्दै अपहरणमा परेका एक युवालाई प्रहरीले शुक्रबार मुक्त गरेको छ ।
पापी फिल्मबाट नायिकाको रूपमा उदाएकी पूजाले पछिल्लोपटक दीपक रायमाझीको नयाँ फिल्म 'लभ स्टोरी २०६६' मा अभिनय गरेकी छिन् । सामयिक 'म्युजिक भिडियो इन्डस्ट्री' चल्तीकी मोडल पूजाले पछिल्लो समयमा गीत पनि गाएकी छिन् ।
उनै मोडल, नायिका, गायिका पूजाले आफ्नो प्रेमीसँग गरेको यौनसम्पर्कको भिडियो भन्दै अहिले मोबाइलबाट मोबाइलमा फरवार्ड भइरहेको छ ।
एक मिनेट २३ सेकेन्डको सो भिडियोमा युवती हातमा कप लिएर केही (सम्भवतः कफी) पिइरहेकी देखिन्छिन् । संवाद र वातावरण हेर्दा यो बिहानको दृश्य हो । कोठाको भित्तामा पूजाकै ब्लोअप तस्बिर देखिन्छ । अश्लील भिडियोमा युवतीको पूरै शरीर देखिन्छ, तर युवकको यौनांग मात्र ।
पुरुषले युवतीलाई 'गुडमर्निङ माई लभ' भन्छन् । पुरुषको उत्तेजित यौनांग देखेर रमाउँदै युवती भन्छिन्, 'ओ अल्वेज स्ट्यान्डबाई ।' पुरुष पनि भन्छन्, 'आँच, क्या दियो ।' संवादपछि दुवैजना खित्का छाड्छन् । त्यसपछि युवतीले मुखमैथुन सुरु गर्छिन् । भिडियो सकिन्छ ।