
सुनियोजित धडपकड,नेपाली ९ जनालाई पक्राउ
१५-फेब्रौरी (कोरियाको दोश्रो महान चाड सलनालको तेश्रो दिन) , २०१० को ११ बजे सिओलको तोङृदेमुन स्थित फेवा रेष्टुरेन्टबाट उईजङृबुको अध्यागमनले सुनियोजित तरिकाले धडपकड गरेको थियो। आज फेब्रुअरी १५ तारिख दिउसोको १० बजे देखि कोरिया स्थित बामपन्थीहरुको साझा संगठन प्रवासी नेपाली संघको बैठकलाई निसाना बनाएर सो संघका अध्यक्ष विक्रम राई, झक थापा (मगर संग अध्यक्ष), विनोद Thakali (बौध परिवार अध्यक्ष/कोष अध्यक्ष), Hem Thapa (अध्यक्ष MTU Woijumbu Sector), अध्यक्ष Suman Rai (Khotang), Shyam Thapa, Manu Shai , Bandari (EPS) लगायतका 8 जना कार्यकर्तालाई रेष्टुरेन्ट भित्रबाट धडपकड गरिएको थियो । फेवा रेस्टुरेन्टमा रहेका सम्पूर्ण नेपालीहरुलाई १ घण्टा नजरबन्दीमा राखी छनोट प्रक्रिया गर्दै 12 जना जति कोरियनहर सबैले भिडियो खिचेर लागेको थिए बांकी १ जना महिलाको भिसा भएको कारण छोडी दिएको उईजङृबु अध्यागमन विभागका कर्मचारीले बताएको छ।
प्रत्यक्षदर्शीले बताए अनुसार संघको बैठक भएको अन्दाजी ३ मिनट पछि उईजङृबुअध्यागमन विभागका अन्दाजी १२ जना कर्मचारीको टोली आई अदालतका आदेश पत्रलाई नेपालीमा अनुवाद गरि ल्याएको पत्रलाई उपस्थित नेपालीहरुलाई देखाई आईडी(एलिएन कार्ड)को माग गरि आईडी नभएका अवैध नेपाली 8 जनालाई २ जनाको दरले हातकडी लगाई लगेको थियो । त्यसमा एक जना महिला पनि रहेको बताएको थियो ।
नयां बर्षको विदाको दिनमा यसरी धडपकड गरेको पहिलो केश हो । सिओलको एरियामा उईजङृबुको अध्यागमन विभागले धडपकड गर्नु र अदालतको आदेश पत्रलाई नेपालीमा अनुवाद गरि ल्याउनाले यो धडपकड सुनियोजित रहेको विदेशीहरुलाई सहयोग गर्ने कोरियाली संघ संस्थाहरुको भनाई रहेको छ ।
यस्तो अबैधानिक रुपमा अनि विना सूचना चाडको बेलामा सम्पूर्ण नेपालीहरुलाई १ घण्ट नजर बन्दिमा राखी दर र धम्कि अनि त्रास देखाई दिनु नै ठाडै मानबअधिकार हनन भएको भन्दै कोरियाको सम्पूर्ण बुद्धिजीबी, ब्यापारी, संघसंस्था र पत्रकारहरुको संयुक्त हस्ताक्षरमा नेपालमा प्रधान मन्त्रीलाई पत्र पठाई सकेको जानकारी आएको छ साथै धडपकडको एकै छिनमा नेपाली आमा(छाबि चिब) कमल प्रसाद कोइराला (नेपाली राजदुत) पनि उपस्तिथी भएको जानकारी आएको छ