2070 Chaitra
आयातको तुलनामा उत्पादन तथा निर्यात उल्लेखनीरूपमा बढाउन नसक्दा नेपालको कुल व्यापार घाटा अझ वृद्धि भएको देखिएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ९८ अर्ब ५२ करोड रुपियाँ पुगेको छ। यो अघिल्लो आवको सोही अवधीको भन्दा १७ दशमलव ८ प्रतिशतले बढी हो। निर्यातमा केही सुधार देखिएपनि अधिकांश प्रमुख वस्तुहरूको आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटा बढेको केन्द्रले जनाएको छ।
केन्द्रको प्रारम्भीक तथ्यांक अनुसार आव २०७०⁄७१ को प्रथम आठ महिनाको अवधीमा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब २० अर्ब ४८ करोड रुपियाँ पुगेको छ। यो अघिल्लो आवको सोही अवधीको भन्दा १८ दशमलव ४ प्रतिशतले बढी हो। कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ११ दशमलव ७ प्रतिशत र ८८ दशमलव ३ प्रतिशत रहेको छ। समीक्षा अवधीमा नेपालको कुल निर्यात २० दशमलव ३ प्रतिशतले वृद्धि भएको छ। उक्त अवधीमा नेपालले करीब ६० अर्ब ९८ करोड रुपियाँ बराबरका वस्तु निर्यात गरेको छ। त्यस्तै, आयात भने १८ दशमलव १ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ५० करोड रुपियाँ पुगेको छ। केन्द्रका अनुसार प्रथम आठ महिनाको अवधीमा निर्यात–आयात व्यापारको अनुपात १ः७.५ पुगेको छ।
समिक्षा अवधीमा उनी गलैचा, तयारी पोशाक, फलाम तथा स्टील, पोलिष्टार तथा धागोलगायत वस्तुको निर्यात बढेको देखिएको छ। त्यस्तै, मुसुरोको दाल, अदुवा, हर्बल, जुट तथा बोरा, मासु तथा मासुजन्य वस्तुको निर्यात भने घटेको छ। यस अवधीमा नेपालबाट भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, बंगलादेश, बेलायत, अफगानिस्तान, फ्रान्स, जापानलगायत मुलुकमा बढी निर्यात भएको केन्द्रको तथ्यांक छ। उक्त अवधीमा फलाम तथा स्टील र तिनका उत्पादनहरू, पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पार्टपुर्जा, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्री, औषधीलगायत वस्तुको आयात उल्लेखीयरूपमा बढेको छ। नेपालमा भारत, चीन, युएई, इन्डोनसिया, जापान, मलेसियालगायत मुलुकबाट उच्च आयात हुने गरेको छ।