गुप्तेश्वर सांस्कृतिक सौगात २०१०

पर्वत प्रवासी समाज कोरियाद्धारा जिल्ला अस्पताललाई सहयोग
 सोमबार,सेप्टेम्बर ,१३,२०१०

र्पवत जिल्लावाट रोजगारका लागी कोरिया पुगेका युवाहरुले विभिन्न माध्यमवाट रकम संकलन गरि जिल्ला स्वास्थ्य कार्यलय र्पवतलाई सहयोग गरेका छन् । उनीहरुले शनिवार एक समारोहका वीच पर्वत जिल्ला अस्पतालमा अति आवाश्यक स्वास्थ्य सामाग्रीहरु अस्पताल विकास समिती पर्वत का अध्यक्ष लालकाजी गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

पर्वत प्रवासी समाजले जिल्ला अस्पताल पर्वतलाई एक क्लोरोमीटर एक ल्यारन्जेसकोप एक इएनटी सेट एक लिस अक्सीमीटर एक माईक्रोस्कोप र एक नेवुलाइजर प्रदान गरेको अस्पतालका सिनियर अहेव गोपाल आचार्यले बताउनु भयो । त्यस्तै समाजले पोषण प्रबद्र्धन अभियान तथा कुपोषण बाल बालिकाको बृद्धि विकासका लागी जिल्ला अस्पताल पर्वतलाई नगद पाँच हजार रुपया समेत सोही समारोहमा प्रदान गरेको थीयो । उक्त सहयोग सामाग्री तथा रकम समाजका सल्लाहकार संजीव चापागाईले अस्पताल विकास समितिका अध्यक्ष लालकाजी गुरुङलाई र गुरुङले अस्पताल प्रमुख डा सागर राजभण्डारीलाई हस्तान्रण गर्नुभएको थियो । त्यस्तै पर्वत प्रवासी समाज दक्षिणकोरियाले सालीजा स्वास्थ्य चौकीलाई एक ईएनटी सेत प्रदान गरेको थियो । सामानको अभावमा उपचारमा कठिनाई भएको अवस्थामा प्रवासी समाजको सहयोगले अस्पतालमा थप सेवा विस्तार गर्न सकिने जिल्ला स्वास्थ्य कार्यलय पर्वतका प्रमुख सागर राजभण्डारीले वताउनु भयो । डाक्टरका लागि सबैभन्दा ठुलो भगवान विरामी भएको उल्लेख गर्दै डा राजभण्डारीले अत्यावश्यक उपकरणको अभावमा सेवाबाट विाचतमा परेका सेवाग्राहीलाई अस्पतालबाट अव थपसेवा प्रदान गर्न सकिने दावी गनुभयो । साथै राजभण्डारीले पर्वत अस्पतालमा एक एक्सरे मेसिनको अत्यावाश्यक भएकोले त्यसका लागि सहयोग जुट्न सकेमा अस्पताल आभारी हुने जानाकारी दिनुभएको थियो ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष लालकाजी गुरुङले र्पवत प्रवासी समाज दक्षिण कोरियाको सहयोग अन्ने नेपालीका लागि प्रेरणाको श्रोत बनेको उल्लेख गदै यस्तो सहयोग अन्ने देशमा भएका पर्वतेली दाजुभाइबाट पनि भएमा खर्च अभावमा उपचार गर्न नसक्ने गरीव दीन दुखीहरुलाई राहत मिल्ने वताउनु भयो । उहाँले मानवीय भावनालाई ध्यानमा राखेर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सहयोग गरेकोमा समाजलाई धन्यबाद दिनुभयो ।  त्यस्तै कार्यक्रमा अस्पतालका जनस्वस्थ्य अधिकृत शशी पौडेल सिनियर अहेब गोपाल आचार्य लगायतले बोल्नुभयको थीयो ।


Under Constructing Banner


Samman karyakram of Parbateli Volleyball Players In Cultural Program


गत १४ तारिख कोरियाको नयां बर्ष सलनालको उपलक्ष्यमा सिओलको सदेमुन स्थित आर्ट हलमा पर्वत प्रवासी समाज दक्षिण कोरियाको आयोजकत्वमा "गुप्तेश्वर सांस्कृतिक सौगात २०१०" भव्यताका साथ सम्पन्न भएको थियो । कार्यक्रममा कोरिया स्थित विभिन्न पेशामा आवद्ध १००० को हारहारीमा नेपालीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा कोरियाका लागी नेपाली राजदुत कमल प्रसाद कोईराला,नेपाली आमा ईगुम यन र प्रवासी मजदुर युनियनका अध्यक्ष मिसेलले मन्तव्य दिएका थिए ।


गुप्तेश्वर सांस्कृतिक सौगातमा नेपालबाट आएका सुप्रसिद्ध अभिनेत्री रेखा थापा,सुप्रसिद्ध गायिका कोमल ओली,पपगायक सुगम पोखरेल,लोक गायिका सिन्धु मल्ल,हांस्यकलाकार कमल गांउले र गायक तथा नृत्यकार मौसम पुनले उपस्थित नेपाली दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए ।

 कार्यक्रमबाट एकतिर गुप्तेश्वोर गुफाको प्रचार-प्रसार थियो भने अर्को तिर कार्यक्रमबाट भएको मुनाफा अर्थात् रकमलाई पर्वत जिल्लाको अस्पताललाई सहयोग गर्ने योजना रहेको थियो ।