लेख संग्रह

The 13 rules of dressing for love success

By Jane Hoskyn
Clothes maketh the man or the woman, and they can make or break your success in the dating game.


It’s not because the world is full of shallow fashionistas. It’s because first impressions are all-powerful, whether we like it or not.

Your clothes make a statement about you. They send a message about your mood, your body image and whether you regard washing and ironing a shirt as a priority. And they can be tribal: think of hooded tops or white stilettos.

Your outfit can also make you feel good or bad about yourself. Clothes have a huge say in your confidence and behaviour – both pretty important in a social situation.

So there’s a lot at stake, but our lucky 13 simple rules will help you get it right.

Rule 1: Be yourself

All our rules matter, but they can be relaxed to accommodate Rule Number One.*

When you dress in a way that clashes with your personality, you don’t feel comfortable. And when you aren’t comfortable, you aren’t confident or relaxed.

Dressing in a way that’s true to yourself will also help attract a lover who’s on your wavelength.

Once you’re seeing someone, don’t change your style just to please them. They’re your lover, not your school uniform supplier.

(* I’d advise against relaxing Rule Two, unless you’re dying to meet someone who’s driven helpless with lust by B.O.)

Rule 2: Keep it clean

Whether you’re on a first date, tenth date, at a party or meeting your future in-laws, a little washing powder goes a long way.

Turning up in a smelly, crumpled T-shirt won’t make anyone think that you’re laid back and lacking in vanity. They’ll think that you’d rather be at home, alone, eating a Pot Noodle in front of the telly.

Scruffiness is especially damaging if your companion made an effort to dress up. They may feel very embarrassed that you didn’t do the same.

It doesn’t take much to wash and iron an outfit. Your effort tells your date that you value their company, and that’s half the battle won.

Rule 3: It’s not a job interview

You can overstep the mark when making an effort. On a date, you’ll fare best if you’re both feeling relaxed, and you probably won’t feel relaxed when trussed up in pinstripes and a starched shirt.

This rule also applies to parties, where a starchy get-up will make you look and feel like a geeky outsider.

Rule 4: Think about who you’re meeting

One of the main rules of attraction is that people like people who are like themselves. So dress in a way that connects with the style of your date, or with the people you’re likely to meet at a party or other event.

Rule 5: Dress to fit the venue

You’ll also feel more confident if you fit your surroundings. Jeans and T-shirt are fine for a few drinks down the pub; a smart restaurant requires more finesse.

Remember to temper this with Rule One. It’s not about being a sheep, it’s about subtly adapting the real you to fit your surroundings.

Rule 6: Comfort equals confidence

Don’t set yourself up for hours of torture in killer heels or too-tight jeans. A grimace isn’t a good look.

Of course you want to look your best, but you’ll be at your most attractive when you’re psychologically and physically comfortable.

You may not feel comfy in either sense if you’re wearing a brand new outfit, especially if the price tag is digging into your back. Wear a trusted wardrobe staple that makes you feel confident about yourself and your body.

Rule 7: Stand up straight

Whatever you’re wearing, you’ll look more confident, slim and attentive if you improve your posture. Gently straighten your back and keep your shoulders relaxed.

Rule 8: Easy on the labels

Style is not about designer brands or bling, it’s about making the best of what you’ve got. Smothering yourself in labels will make you look desperate or intimidating, depending on whom you’re dating.

However, if your date is another fashion fiend, go for it. Good luck with the joint overdraft.

Rule 9: Easy on the slap

Lashings of lippy and enough foundation to float a yacht may do the business in certain nightclubs. Elsewhere, it’s a turn-off. You’ll also look as though you’re hiding the complexion of an old sandpit.

Rule 10: Easy on the perfume, too

Strong perfume or aftershave is another no-no. Gents, be warned: women’s sense of smell tends to be more sensitive than men’s, so your dab of aftershave may register as a choking stink.

Rule 11: Beware the hairdresser

Don’t have your hair cut just before a date. Stylists rarely leave it just how you want.

Rule 12: Keep ‘em covered

You may have the finest set of boobs, biceps or thighs within a five-mile radius, but that’s for your lover to discover when you’re alone together.

If you flash the flesh on a date, your companion won’t think you’re dressed for them, but for anyone who fancies a look. Besides, goosebumps aren’t sexy.

Apply even more wrapping when meeting your lover’s parents. To them, your cleavage, shoulders and knees are throbbing erogenous zones and they don’t want to see them. Ever.

Rule 13: Be prepared

Stick a couple of fabric plasters in your bag or pocket, in case those new shoes start to rub. If you’re wearing tights, take some clear nail varnish to stop any snags. Also take a comb and, if you wear contact lenses, your glasses.

It may sound like a hassle, but these things don’t take up much space – and they could rescue your comfort or confidence just when you need it the most.


०६६ सालका प्रथम तीन महिना वैशाख, जेठ र असार अघिल्लो आर्थिक वर्ष ०६५/६६ मा पर्‍यो भने साउनदेखि चैत मसान्तसम्मका नौ महिना चालू आव ०६६/६७ भित्र परेका छन् । गत आवमा सात प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएकामा यो ४/५ प्रतिशतमा सीमित रह्यो । तर, करिब १४२ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्यमा करिब १४५ अर्ब रुपैयाँ असुली भई असुलीको वृद्धिदर ३३.३ प्रतिशत कायम भयो । यसैगरी, मुद्रास्फीतिलाई ७.५ प्रतिशतको हाराहारीमा राख्ने लक्ष्य राखिए पनि यसको दर १३/१४ प्रतिशतको हाराहारीमा रहन पुग्यो । ११ जेठ, ०६६ सम्म अघिल्लै सरकार कायम थियो । यसरी हेर्दा गत आवको पछिल्लो तीन महिनाको अघिल्लो आधा समयमा एउटा सरकार र पछिल्लो आधा समयमा अर्को सरकार रहेको थियो । यसर्थ, प्रस्तुत लेखमा ०६६ साललाई आर्थिक क्रियाकलापका दृटिकोणले फर्केर हेर्दा चालू आवको साउनदेखि चैत मसान्तसम्मको अवधिमा केन्दि्रत हुनु सान्दर्भिक देखिन्छ ।

चालू आव ०६६/६७ का लागि करिब २८६ अर्बको बजेट ०६६ असार २९ गते व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको थियो । सो बजेटसम्बन्धी ऐनहरू मंसिर ९ र १० गते पारित भए । चालू वर्षको बजेटले ५.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरे पनि वृद्धिदर करिब ४ प्रतिशतमै सीमित हुने स्थिति देखिएको छ । यसैगरी मुद्रास्फीतिलाई सात प्रतिशतमा कायम गर्ने भनिएकोमा १० प्रतिशतको हाराहारीमा रहने अवस्था देखिन्छ । यसैबीच, अर्थ मन्त्रालयबाट तयार गरिएको मध्यावधि समीक्षाअनुसार सुरुमा अनुमान गरिएको चालू खर्च करिब १६० अर्बको सट्टा वृद्धि भई १६९ अर्ब पुग्नेछ भने १०६ अर्बको पुँजीगत खर्च कम भई ८५ अर्बमा सीमित रहनेछ । यसैगरी, ५७ अर्बको अनुदान प्राप्त हुने सुरुको अनुमानको सट्टा ४३ अर्ब मात्र प्राप्त हुने देखिएको छ । यसैगरी बाह्य ऋण प्राप्ति पनि २२ अर्बको सट्टा १५ अर्ब मात्र परिचालन हुनेछ । यसै सन्दर्भमा ३१ अर्बको आन्तरिक ऋण लिने सुरुको अनुमानको सट्टा यस आवमा यस्तो ऋण पनि २६ अर्ब रुपैयाँ मात्र परिचालन हुने स्थिति देखिएको छ । राजस्व असुलीतर्फ भने १७७ अर्ब रुपैयाँको अनुमानको सट्टा १९० रुपैयाँ अर्ब असुली हुने सुखद परिस्थिति देखिएको छ ।

चालू आवको यस अवधिको समष्टिगत आर्थिक परिसूचकहरू पनि मिश्रति अवस्थामा रहे । राष्ट्र बैंकले तयार गरेको प्रथम ६ महिनाको तथ्यांकलाई नियाल्दा विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले र संकुचित मुद्राप्रदाय ५.१ प्रतिशतले बढेको पाइयो । यसैगरी, निर्यात १२ प्रतिशतले घटेको र आयात ४१ प्रतिशतले बढेको निराशाजनक तस्बिर हाम्रा सामु देखापर्‍यो । साथै, यस अवधिमा करिब २० अर्ब रुपैयाँले शोधनान्तर घाटा भयो भने विदेशी विनिमय सञ्चिति पनि १४ प्रतिशतले घटेको पाइयो । यसरी अर्थतन्त्रका परिसूचकहरूमा देखिएका केही तथ्यांकलाई मध्यनजर राखी सरकारले सुनको भन्सारदरमा वृद्धि गर्‍यो । ठूला वित्तीय सहकारी संस्थाको अनुगमन थाल्यो, घरजग्गाको ऋण-प्रवाहमा नियन्त्रणात्मक नीति लियो । रेमिटेन्स वृद्धिका लागि सरकारी चासो बढाइयो । निकासी प्रवर्द्धन र स्वदेशी वस्तुको खपत बढाउन केही वस्तुमा भन्सार दरबन्दीमा कटौती तथा मूल्य अभिवृद्धि करमा छुटको व्यवस्था गर्‍यो जसका कारण व्यापार घाटामा कमी, विदेशी मुद्रा सञ्चितिमा वृद्धि, निकासीको तथ्यांकमा सुधार भई बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या समेतमा क्रमशः सुधार आएको स्थिति देखापर्‍यो । यसरी पुनः नेपाली अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न र व्यवसायीलाई आश्वस्त तुल्याउन सफलता प्राप्त भयो ।

चालू आवको यस नौ महिनाको अवधिमा चालू खर्चमा मितव्ययिता कायम गर्न र पुँजीगत खर्चमा वृद्धि गर्ने मामलामा पनि सरकारलाई आच्छु-आच्छु परिरह्यो । यस अवधिमा चालू खर्च २५ प्रतिशतले निरन्तर वृद्धि भइरहेको छ भने पुँजीगत खर्चमा सुधार भई ४०/४५ प्रतिशतको हाराहारीमा खर्च भइरहेको तथ्यांकले देखाएको छ । यस अवधिमा सरकारले तय गरेका केही महत्त्वाकांक्षी कार्यमा सफलता प्राप्त भएको छ भने केही क्षेत्रमा निराशा हात पारेको छ । सफलता र असफलतालाई केलाउँदा सोलुखुम्बु, मनाङ र बाजुरामा मोटर बाटो पुग्ने भएको छ भने मुगुमा यस आवभित्र मोटरबाटो पुग्न नसक्ने भयो । फास्ट ट्रयाक र मध्यपहाडी राजमार्गमा राम्रै सफलता हासिल भए पनि रेलमार्ग र फ्लाइओभर बि्रजका विषयमा केही पनि हुन सकेन । सिक्टा सिँचाइ, मझौला सिँचाइ योजनाहरू र स्यालो ट्युबवेल जडानमा राम्रो सफलता हासिल भए पनि जनताको तटबन्धमा अपेक्षा गरिएअनुसार बेरोजगार युवालाई रोजगारी दिने वातावरण निर्माण गर्न सकिएन । यसैगरी ऊर्जा विकासतर्फ माथिल्लो तामाकोसी, कुलेखानी तेस्रो, चमेलिया, माथिल्लो त्रिशूली ए, राहुघाटजस्ता जलविद्युत् योजना निर्माण कार्य अगाडि बढे पनि विराटनगरको मल्टिफ्युल र हेटौँडाको डिजेल प्लान्टको मर्मत गरी पूर्ण क्षमतामा विद्युत् उत्पादनबाट लोडसेडिङ घटाउने प्रयासले मूर्त रूप लिन सकेन । निकै ढिलो गरी भए पनि गरिबी निवारण कोषमा उपाध्यक्षको नियुक्ति गरी यस क्षेत्रबाट जनता लाभान्वित हुने आशा जागे तापनि राष्ट्रिय परिचयपत्र जारी गर्ने कामले मूर्त रूप लिन सकेन । यसैगरी, पाँच वर्षमुनिका दलित र कणर्ालीका बालबालिकालाई मासिक दुई सयको पोषण-भत्ता वितरण गर्न सकियो भने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका दलित र विपन्न परिवारका मुसलमान छात्राहरूलाई अनमि पढाउन सकिएन । साथै, अन्तरजातीय विवाहमा एक लाखको प्रोत्साहन भत्ता वितरण गर्न सकियो भने विधवा विवाहमा पचास हजारको प्रोत्साहन भत्ता वितरण गर्न सकिएन । तर, सडक निर्माण अभियान वर्ष र कर सहभागिता वर्षको घोषणाबाट भने चालू आवले अर्थपूर्ण उपलब्धि हात पार्‍यो ।

शान्ति-सुरक्षाको प्रत्याभूति दिन विशेष सुरक्षा योजना लागू गरियो, तर बैंक, वित्तीय संस्था, होटल, लज र रेस्टुरेन्टलाई तोकिएको स्थानमा राख्ने व्यवस्था हुन सकेन । घरेलु हिंसा र यौन-दुव्र्यवहारबाट पीडित महिलालाई आश्रय दिने र युवानीति तर्जुमा गर्ने काममा सरकारलाई सफलता प्राप्त भयो भने जातीय संग्रहालय स्थापना गर्ने कार्यमा ठोस प्रगति हासिल हुन सकेन । यसैगरी, रासायनिक मलको बिक्रीमा डेढ अर्ब अनुदान खर्च गर्ने योजना लागू भयो भने पाँचवटै विकास क्षेत्रमा प्रांगारिक मल कारखाना स्थापना गर्न सकिएन । कृषिलाई व्यावसायीकरण गर्न केही सफलता प्राप्त भए पनि पशु तथा बालीको लघुबिमा गर्ने कार्यमा उल्लेख्य प्रगति हासिल गर्न सकिएन । करिब सवा दुई करोड वृक्षरोपण गर्ने कार्यक्रम अगाडि बढे पनि भूमिलाई उपयोगका आधारमा कृषि, वन, औद्योगिक, आवास भूमि भनि वर्गीकरण गर्न सकिएन । उद्योग प्रवर्द्धन र वाणिज्य विकासमा थुप्रै काम भए पनि स्थानीय निकायका कबाडी उठाउने ढाट र यातायात क्षेत्रको सिन्डिकेट प्रणाली हटाउन सकिएन । रेमिटेन्सको वृद्धिमा आएको गिरावटमा सुधार गरिए पनि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न सकिएन । शिक्षा क्षेत्रको बजेटलाई सदुपयोग गर्न प्रतिविद्यार्थी लागत अनुदान प्रणालीमा सफलता हासिल भए पनि समुदायमा विद्यालय हस्तान्तरण गर्ने कार्यमा असफलता नै हात लाग्यो ।

समग्रमा, आर्थिक क्रियाकलाप सञ्चालनका दृष्टिकोणले चालू आवको प्रथम नौ महिनामा उत्साह धेरै र निराशा कम भएको अवस्था देखापर्‍यो । राजनीतिक तरलता यथावत् महसुस भए पनि बन्द-हडतालमा तुलनात्मक रूपमा कमी आएको महसुस गरियो । उद्योग र व्यापारमा खासै संकुचन आएको महसुस भएन, बरु खुला अर्थतन्त्रको धेरथोर सकारात्मक प्रभावबाट आर्थिक क्रियाकलापमा बढोत्तरी नै भएको महसुस गरियो । चालू आवमा आगामी ०६७ सालमा पर्ने वैशाख, जेठ र असार महिनामा अपेक्षाकृत सबल र क्रियाशील महिनाका रूपमा सफल हुनसके भने चालू आव ०६६/६७ को वर्ष आर्थिक गतिविधि र अर्थतन्त्र निर्माणका दृष्टिकोणले सन्तोषप्रद वर्षका रूपमा सूचीकृत हुने आशा गर्न सकिन्छ ।


गिरिजाप्रसाद कोइरालालाई आइतबार विशाल जनसागरले ऐतिहासिक अन्तिम बिदाइ

शान्ति प्रक्रियाका शिखर व्यक्तित्व गिरिजाप्रसाद कोइरालालाई आइतबार विशाल जनसागरले ऐतिहासिक अन्तिम बिदाइ गरेको छ । मुलुकको नेतृत्वमा ठूलो रिक्तता छोडी महाप्रस्थान गरेका कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।



७ चैत्र । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको शनिवार मध्यान्ह दुखद् निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको निवास मण्डिखाटारमा मध्यान्ह १२ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो । कोइराला लामो समयदेखि व्रोङकाइटिस र निमोनिया रोगवाट ग्रसित हुनुहुन्थ्यो । सन् १९२५ मा जन्मनु भएका कोइराला प्रजातन्त्रको आन्दोलनमा दाजु विश्वेश्वरप्रसाद कोइरालासंगै सहभागी हुनु भएको थियो । चार पटक प्रधानमन्त्री भइसकेका काँग्रेस सभापति कोइराला पहिलो पटक १९९१ देखि १९९४ सम्म प्रधानमन्त्री हुनु भएको थियो । १ सय १४ सिट ल्याएर २०४८ सालको निर्वाचनमा वहुमत प्राप्त पार्टीको नेतृत्व गर्नु भएका कोइरालाले २०५१ सालमा मध्यावधि निर्वाचन गर्न तयार भएपछि पहिलो पटक नेपालमा मनमोहन अधिकारीको नेतृत्वमा एमाले नेतृत्वको अल्पमतको सरकार वन्न पुग्यो । नेपाली राजनीतिका माहिर खेलाडी मानिने कोइरालाको राजनीतिक चलखेलका कारण एमाले नेतृत्वको सरकार नौ महिनामै ढल्न पुगेको थियो । एमाले सरकार ढलेपछि सकि्रय रुपमा कुटनैतिक र राजनैतिक चालवाजीमा लागेका कोइराला २०५४ देखि २०५५ मा दोस्रो पटक प्रधानमन्त्री वन्नु भयो भने २०५६ देखि २०५७ मा तेस्रो पटक प्रधानमन्त्री वन्नु भएको थियो । २०५८ जेठ १९ को दरवार हत्याकाण्ड पछि नेपालको राजसंस्था वाट टाढा रहनु भएका काँग्रेस सभापति गिरीजाप्रसाद कोइराला २०५९ असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्रले चालेको शाही कदम विरुद्ध संघर्षमा उत्रिनु भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिनीधिसभा विघटन गरी शेरवहादुर देउवालाइ प्रधानमन्त्री वनाउदा हालका प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमन आधा सच्चियो भन्ने तर्क गरेपछि कोइराला लोकतन्त्रका लागी वरु माओवादीसंग नरम हुँदै जानुभयो । २०६१ माघ १९ को शाही कदम पछि कोइराला र माओवादी नेतृत्व विच टेलिफोन वार्ता मार्फत सहकार्यको राजनीति सुरु गर्ने सहमति भयो र जसको परिणाम ज्ञानेन्द्रले गरेको स्थानिय निकायको निर्वाचन असफल भयो र अन्तत १२ वुदे दिल्ली सम्झौता भयो । १२ वुदे दिल्ली सम्झौता पछि भएको १९ दिने जन आन्दोलनमा कोइरालाले गुप्तवासवाटै नेतृत्व गर्नु भएको थियो । जनयुद्ध र जन आन्दोलनको समायोजन वाट नेपालमा राजशाहीको अन्त्य भएपछि प्रतिनीधीसभा पुनस्रथापित भयो र अन्तरिम संविधान अन्तरिम सरकार हुँदै संविधान सभा र गणतन्त्रको औपचारीक घोषणा भयो । नेपालको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गर्नुभएको कोइरालालाई देशले निरन्तर सम्झिरहनेछ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मु¢ा लगाइ सर्वस्वहरण सहित देश निकाला गरेपछि ४५ जनाको परिवार सहित भारतको वनारस निर्वासनमा पुगेको कोइराला परिवार बिक्रम सम्बत् १९७५ मा भारत बिहार राज्यको सहर्ष जिल्लाको टेडीमा पुग्यो । । नेपालका धेरै मानिसहरुलाइ थाह छैन गिरीजा प्रसाद कोइरालाको जन्म कहाँ भयो परिवार देश निकाला भएपछि भारत निर्वासनमा रहँदा कोइरालाको जन्म विहारको सहर्षा जिल्लाको टेडिमा भएकॊ थियो । ंकोइराला परिवारको आय स्रोत खेतिपाती थियो । चन्द्रशम्शेरको मृत्यु पछि पिता कृष्ण प्रसाद कोइराला बिक्रम सम्बत १९८६ मा विराटनगर फर्कनुभयो । त्यतीबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो । पछि विसं १९०३ साल असोज २ मा पिताजी कृष्णप्रसाद कोइरालाले राणाशासन बिरु¢ बिराटनगरबाट जनताका थोत्रा कपडा हुलाक मार्फत पठाएपछि राजद्रोहको मु¢ा लगाइ सर्वस्वहरण सहित पुन देश निकाला गरेको थियो । पिताकै प्रेरणाबाट गिरिजाप्रसाद कोइरालामा राणाशासन विरोधी भावना जन्मिएको थियो । त्यसैले उहाँ २३ वर्षको उमेरेदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो । उहाले २३ वर्षको उमेरमा नै बिराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९४८ मा त उहाँ नेपाल टे्रड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्नुभयो । सन् १९५२ देखि १९६० सम्म कांग्रेसको मोरङजिल्ला सभापति बन्नुभएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी सात वर्षसम्म जेल हालियो । उहाले त्यतिबेला जेलमा नै २१ दिने भोकहड्ताल समेत गर्नुभयो । जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि बीपीसंगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । सन् १९७५देखि ९१ सम्म उहाँ पार्टीको महामन्त्री बन्नुभएको थियो । २०३९ साल साउन ६ गते बीपी कोइरालाको निधन पछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान िसंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढ्ेको थियो । २०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५३ साल बैसाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको नवौं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो । यो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुन पार्टी सभापतिमा निर्वाचित हुनुभयो । २०६२ साल भदौ १४ गतेदेखि १७ गतेसम्म ललितपूरमा सम्पन्न एघारौं अधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुन निर्वाचित हुनुभयो । जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहाँ १३ वर्षदेखि नै कांग्रेसको सभापतिमा हुनुभयो । दिल्लीमा भएको १२ बुदे समझदारीदेखि शान्ति सम्झौताहँुदै नेपालको शान्ति प्रकृयामा पनि कोइरालाको महत्वपूर्ण भूमिका रह्यो । नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा पहिलो बिराटनगर मजदुर आन्दोलनका नेता कोइरालाले निरंकुश राणा शासनबिरुद्ध जनक्रान्ति पाचायती व्यवस्थाबिरुद्धको संयुक्त आन्दोलन र २०६२÷ ६३ को लोकतान्त्रीक आन्दोलनमा उहाँले अग्रणी भूमिका पूरा गर्नुभयो । लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन िसंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० बर्ष लामो युद्ध गरेको माओबादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो । माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रण हुनुभयो । तर २०६२ सालमा भने उहाँ युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसंग समेत हातेमालो गर्न पुग्नुभयो । युद्धकालमौ माओवादीसंग राजतन्त्रबिरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढसय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । पछिल्लो समय माओवादी नेतृत्वको सरकार ढलेपछि संविधानसभाको चुनावमा अधिकांश पराजितहरुको बाहुल्यता रहेको एमाले नेतृत्वमा नयाँ सरकार बनेपछि नेपालको राजनीतिले अस्थिरता पैदा गर्यो । नेपाली राजनीतिमा भएको अस्थिताको अन्त्यको लागि पहल गर्न उच्च स्तरिय राजनीतिक संयन्त्रको अध्यक्ष समेत हुनुभयो तर उच्च स्तरिय राजनीतिक संयन्त्रको संयोजक भएर पनि नेपालको राजनीतिको अस्थिताको अन्त्य नहुँदै कोइरालाको अन्त्य हुन पुग्यो । जुन कुरा कोइरालामा मात्र होइन नेपाली राजनीतिमा नै अधुरो बन्न पुगेको छ । कोइरालको निधन प्रति पर्बत प्रबाशी समाज दक्षिण कोरिया हार्दिक श्रद्धााजली अर्पण गर्दछ ।

वेभसाइट जसले संसार बदल्यो
यी ती वेभसाइट हुन जुन छैन भने आज इन्टरनेट र जीवनको कल्पना गर्न कठिन छ। जो कुनै व्यक्तिले पनि एक पटक इन्टरनेटको प्रयोग गरेको छ भने उसले यी सबै वा यसमध्ये अधिकांश साइटमा ब्राउज गरेको हुनुपर्छ । यी साइटहरु स्वयममा एउटा उदाहरण हुन्-
1.विकीपेडिया
जानकारी प्राप्त गर्न सकिने सर्वश्रेष्ठ माध्यम हो विकीपेडिया । आज कुनै पनि विषयमा आधारित खोज गर्नुस् पहिलो लिंक तपाईले विकीपेडियाकै पाउनु हुनेछ। विकी पेडियाको आगमनअघि पनि अनलाइन इन्साक्लोपेडिया त कैयौ थिए तर ती सबैमा कमै मात्र जानकारी हुने गर्दथ्यो र तिनीहरुको प्रयोग पनि कठिन थियो ।तर विकीपेडियाको आगमनसँगै पुरै परिस्थितिमा परिवर्तन आयो । विकीपेडिया एउटा निःशुल्क ज्ञानकोष हो । यसलाई कुनै पनि व्यक्तिले सम्पादन गर्न सक्दछ र लाखौ स्वयमसेवकका कारण हरेक दिन यसको ज्ञानकोषको उचाई कयौ गुना बढिरहेको छ।आजभोलि यो ज्ञानकोष अंग्रेजीमा मात्र नभएर नेपालीलगायत हरेक भाषामा उपलव्ध छ।
सुरुवातः १५ जनवरी २००१
निर्माताः जिम्मी वालेस, ल्यारी सैंगर
भाषाः २४०
2.हटमेल
आजको नयाँ पिढीले यो नाम पहिचान गरुन वा पहिचानका लागि ध्यान नदिउन् तर हटमेलले कुनै समय इमेलको परिभाषा नै बदलिदिएको थियो । हटमेलभन्दा पहिला इमेल गर्नु र इमेल प्राप्त गर्नु दुर्लभ कार्य थियो । अनलाइन इमेल क्लाइन्ट सफ्टवेयर उपलव्ध थिएन । तपाई जब इमेललाई आफ्नो एक पीसीमा डाउनलोड गर्नुहुन्थ्यो तब रिमोट सर्भरबाट त्यो डिलेट हुने गर्दथ्यो । अर्थात एउटा इमेल एक स्थानमा मात्र हेर्न सकिन्थ्यो ।हटमेलले वेभमेलको सुरुवात गर्‍यो । हटमेललाई कुनै पनि पीसीमा ब्राउज गर्न सकिन्थ्यो । कुनै इमेललाई कयौ स्थानबाट खोल्न सकिन्थ्यो । शब्बीर भाटिया र केही अन्य व्यक्तिको यो खोजले इमेल गर्ने तौरतरिकामै बदलाव ल्यायो । पछि माइक्रोसफ्टले हटमेल किन्यो र अहिले यो ब्राण्ड समाप्त भइसक्यो । त्यसको स्थान माइक्रोसफ्ट लाइभ मेलले लिएको छ। तर, हटमेलको याद मानिसहरु अहिले पनि गर्दछन् ।
सुरुवातः ४ जुलाई १९९६
निर्माताः शब्बीर भाटिया र अन्य
अधिग्रहणः माइक्रोसफ्ट
3.फेसबुक
फेसबुक विश्वको सबैभन्दा लोकप्रीय सामाजिक सञ्जाल साइट हो । अमेरिकाजस्ता देशमा त यसले गुगललाई पनि उछिनेर सबैभन्दा लोकप्रीय साइटको गौरव पनि प्राप्त गरिसकेको छ। फेसबुकका प्रयोगकर्ताहरु करोडौको संख्यामा छन् र कैयौ मानिसको त दिन र रात फेसबुकमै बित्ने गरेको छ।तर फेसबुक पहिलो सामाजिक सञ्जाल साइट भने थिएन । तर,m यसले सामाजिक सञ्जालको सिद्धान्तनै परिवर्तन गरिदियो । फेसबुकले थर्ड पार्टी एप्लिकेशनहरुलाई मन्जुरी दिएर आफ्नो लोकप्रीयतामा तिब्रताका साथ बढायो । फेसबुक लोकप्रीय बनिरह्यो किनभने उसले आफूलाई समय अनुसार परिर्वतन गर्दै गयो ।
सुरुवातः ४ फेब्रुअरी २००४
निर्माताः र्माक जकरवर्ग
4.ट्वीटर
के राजनेता, के अभिनेता, के समाजसेवी, के धर्मगुरु, के आम नागरिक । आज सबैजसो ट्वीटरमा उपस्थित छन् । १४० अक्षरका साथ तपाई संसारभरसँग जोडिन सक्नु हुन्छ। के केही वर्ष पहिलेसम्म कुनै कल्पना गर्न सक्दथ्यो कि एउटा सामान्य व्यक्ति विल गेट्सलगायतका चर्चित हस्तीहरुसँग सिधा प्रश्न गर्न सक्छ कि आफूले उत्तर पनि पाउने गरी ।यो ट्वीटरकै कमाल हो, जसले आम र विशेषको भेद मेटाइदियो । अब हरेक ‘विशेष’ व्यक्ति ट्वीटरको माध्यमबाट आम संसारसंग जोडिन चाहन्छ । संसारभरको सरकारका सरकारहरु यो सेवादेखि डराउन थालिसकेका छन् । किनभने सूचनाको अति तिब्र माध्यम क्षणभरमा पलपलको खबर संसारको कुनाकुनामा पुर्‍याइरहेको छ। ट्वीटर आज जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ।
सुरुवातः २००६
निर्माताः ज्याक डोर्सी, इवान विलियम्स, विज स्टोन
5.युट्युब
युट्युवले मनोरञ्जनको अर्थ नै परिवर्तन गरिदियो । युट्युवभन्दा पहिला अनलाइन भिडियो हेर्न सकिने राम्रो माध्यम थिएन । युट्युवको सुरुवात जब भयो तब विश्वभर निकै ब्याण्डविथ नै उपलव्ध थिएन । त्यतिबेला मानिसहरु सोच्थे यो साइट चल्दैन । किनभने लामा लामा भिडियो मानिसहरुले कसरी हेर्ने छन्? मानिसहरु आफ्नो साइटमा भिडियो अपलोड गर्दैन थिए किनकि यसबाट उनीहरुको ब्याण्डविथ खर्च ह्वात्तै बढाउथ्यो ।तर युट्युवको आगमनका साथै परिस्थिति बदलियो । युट्युवले मानिसहरुलाई अचम्ममा पार्‍यो । अब निशुल्क भिडियो अपलोड गर्न सकिन्थ्यो र त्यसलाई कुनै पनि साइटमा राख्न पनि सकिन्थ्यो ।अहिले गुगलले लिएको यो सेवामा हजारौ भिडियो दैनिक अपलोड हुने गर्दछन् । र, लाखौ मानिस यो भिडियो हेर्ने गर्दछन् ।
सुरुवातः फेब्रुअरी २००५
निर्माताः चाड हर्ली, जावेद, करिब, स्टीभ चैन
अधिग्रहण : गुगल (२००६)
6.गुगल
नाम मात्रै पर्याप्त छ । इन्टरनेटबारे सामान्य मात्र ज्ञान राख्ने शायदै कुनै व्यक्ति होलान् जो गुगलका विषयमा थाहा नहोस् । गुगल अर्थात खोज खोज अर्थात गुगल । यतिबेला मानिसहरु भौतिक सामग्री हराए पनि झक्किएर गुगलमा खोजी गर्न जाने बेला भइसकेको छ। मानिसहरु भन्छन्, कुनै जानकारी चाहियो गुगलमा जानुस् न ।अहिले इन्टरनेटमा चाहे जेसुकै गरियोस प्रयोगकर्ताहरु गुगलमा एक पटक जान्छन् । गुगलमा खोजी नगरे पनि यसका असंख्य निःशुल्क सेवाको प्रयोग सबैले गर्छन । जीमेल छ, रिडर छ, ब्लगपोष्ट छ, पिकासा छ, युट्युव छ, सूची लामो हुनेछ । आफै सोच्नुस्।
सुरुवातः ४ सेप्टेम्बर १९९८
निर्माताः सर्जेई विन, लारेन्स पैज
7.अमेजन
किनमेल त्यसै पनि हुन सक्दछ। पसल नै नगई घरै बसेर लगइन गर्नुस् । आफूले मन पराएको उत्पादन छान्नुस् । क्रेडिट कार्डबाट शुल्क तिर्नुस् काम सकियो । घरमै बसेर तपाईलाई आफूले किनेको सामान प्राप्त हुनेछ। अमेजनले मानिसहरुको किनमेलको बानी नै परिवर्तन गरिदियो । अहिले इन्टरनेटमा असंख्य अनलाइन सपिङ्ग साइट छन् तर यस उद्योगको सुरुवात अमेजनले नै गरेको थियो ।

..........................

बढ्यो यौन उन्माद
पश्चिमा खुला समाज र डिजिटल प्रविधिको सुविधाबाट प्रेरित नेपाली युवाहरू आफ्नै अश्लील भिडियो रेकर्ड गरी आनन्द लिँदैछन् । सहरिया तन्नेरीहरू मात्र होइन, ग्रामीण युवायुवतीहरूसमेत यौन स्वच्छन्दताको राजमार्गमा खुला विचरण गरिरहेका छन् । साइबर क्याफेको च्याटको कुनो, फेसबुकमार्फत फोन साटासाट गरेर घण्टौं फोनसेक्समा आनन्द लिनेहरू पनि छन् । रातभर वेबक्यामको सहायताले भिडियो सेक्सको आनन्द लिने, घण्टौं पोर्नोसाइट एवं आफ्नै अश्लील चलचित्रको स्वादमा लिप्त रहने युवायुवतीको संख्या बढ्दै गएको छ । यौनसम्बन्धलाई शारीरिक प्यास मेटाउने माध्यमका रूपमा मात्र लिनेहरूको जमात बढिरहेको छ ।
डान्सबार र रेस्टुराँहरूमा पुग्ने र स्टेजमा नर्तकीले लुगा फुकाल्दै जाँदा जिब्रो टोक्ने नेपाली युवाहरू नेपाली जोडीको रतिक्रीडा हेर्दै रमाउन थालेका छन् । उनीहरू पश्चिमा शैलीका अश्लील भिडियोहरूभन्दा लजालु नेपाली युवतीसँग रेकर्ड गरिएका अश्लील चलचित्रतिर आकषिर्त हुँदैछन् । यस्ता चलचित्र केही नितान्त व्यक्तिगत मनोरञ्जन र केही व्यवसायिक हिसाबले बनाइएका छन्, जसलाई डिजिटलमय प्रविधिले सबैको हातहातमा पुर्‍याएको छ । एक दशकअघि लुकीलुकी अश्लील चलचित्र हेर्ने नेपालीहरूका कम्प्युटरका हार्डडिक्स, मोबाइल र आइपोडको मेमोरीमा आफ्नै अनुहारका यस्ता चलचित्र प्रशस्त भेटिन थालेका छन् । लुकीलुकी यस्ता चलचित्र बनाउने र शयनकक्षमा त्यसकै सिको गर्नेहरू पनि बढ्दैछन् । यौन र विवाह भन्ने कुरा अहिलेको जोडीलाई धेरै महत्त्वको विषय रहेन । यौनसम्बन्ध लोग्ने वा स्वास्नीसँग मात्र राख्नुपर्ने नेपाली समाजको पुरातन मान्यतामा परिवर्तन आउन थालेको छ । नेपाली समाजमा पारपाचुके र पुनःविवाहले मान्यता पाउने क्रम पनि बढ्दैछ । कञ्चनपुरकी एक युवतीले तीन वर्षसम्म लगातार तीन जनासँग सम्बन्ध कायम गरिन् । पोखरा, काठमाडौं र धनगढीका तीन युवकसँगको सम्बन्धपछि उनले अन्ततः काठमाडौको एक युवकसँग लगनगाँठो कसिन् । उनले विवाह गरेपछि धनगढी र पोखराका युवकले आफ्नी गर्लफ्रेन्ड भएको भन्दै बेला-बेलामा भएका शारीरिक सम्बन्धहरूका बारेमा उनका पतिलाई भने, तर उनले सहज रूपमा आफूलाई हिजो जे गरेको भए पनि श्रीमतीका रूपमा स्वीकार्य रहेको बताए । यो श्रीमतीसँग हिँड्दैमा शंका गर्ने नेपाली समाजको परिवर्तित सन्दर्भको परिचायक घटना हो । 'उसले मसँग कैयौं रात बिताएकी छे । शारीरिक सम्बन्ध कति पटक भयो भन्ने गनेर साध्य छैन, तर उसको लोग्नेलाई यसको कुनै परवाह छैन,' उनका एक पूर्व ब्वाइफ्रेन्डले बताए । यस्ता घटना नेपाली समाजको बदलिएको यौनजीवनका लागि अब नौला कुरा रहेनन् । प्लस टु जीवनका दुई वर्षमा ५ जना गर्लफ्रेन्डसँग सयौँ पटक डेटिङ हिँडेका समीर पशुपतिदेखि नगरकोट हुँदै चोभारसम्म पुगेका छन् । समीर भन्छन्, 'आज एक जनासँग गइन्छ भोलि अर्कोसँग जानुपर्छ, के गर्ने एक जनासँगको सम्बन्ध 'लङ लास्टिङ' बनाउन सकिँदैन । उनको विचारमा पछिल्लो जेनेरेसन प्रेम र विवाहको मामिलामा फरक सोच राख्छ । उनको अनुभवमा टिनएजरहरूको सोचमा व्यापक परिवर्तन आएको छ । प्रेम र विवाहको परिभाषा बदलिएको छ । क्षणिक मनोरञ्जनका लागि प्रेम गर्नेहरू बढ्दै गएका छन् । राजधानीका प्लस टुदेखि स्नातक तहका क्याम्पसहरूसम्म यस्तै प्रेमको बोलवाला छ । गोदावरीमा सानो खुद्रा पसल चलाएर बसेका हरि बस्नेत प्रेम र यौनप्रति उदार बन्दै गएको नयाँ पुस्ताका बारेमा भन्छन्, 'अब एक अर्कालाई चुम्बन गर्नु, अँगालोमा कस्नु, स्पर्शमा रमाउनु नयाँ कुरा रहेन ।' उनले दैनिक ५० भन्दा बढी जोडी गोदावरी क्षेत्रका रूखहरूमा बसेर मायाप्रीति साट्ने बताउँदै भने, 'रूख र एकान्त परेका खाल्डाहरूमा चुम्बन र स्पर्शमा रमाइरहेका हुन्छन् । ६० वर्ष कटेका बस्नेतले नेपाली युवायुवतीहरूमा केही वर्षयता यस्तो खुलापन निकै बढेको बताए । पश्चिमा संस्कृतिप्रति आकषिर्त हुँदै गएको नयाँ पुस्ता यौन स्वच्छन्दताको खोजीमा छ । यौन उत्तेजक औषधीहरू सेवन गरी मसाज सेन्टर र राजधानीका कोठीहरूमा लामो समयसम्म यौनको स्वाद लिनेहरू पनि छन् । धरानका विजय सातामा दुई दिन राजधानीका यौनकेन्द्रहरूमा पुग्छन्, जसमा उनी लामो समयसम्म रतिक्रीडामा रहन औषधी सेवन गर्छन् । विजय भन्छन्, 'औषधी प्रयोग गर्दा लामो समयसम्म यौनसम्पर्क गर्न सकिन्छ ।' तर यस्ता कतिपय औषधीले यौनाङ्गलाई कमजोर एवं दुव्यर्सनी बनाउने कुरातिर भने उनी पूरै अनभिज्ञ छन् । पश्चिमी यौनजीवन र अङ्ग्रेजी चलचित्रको अन्धनक्कल गर्ने दुस्साहसी युवाजमातले दीर्घकालीन परिणामलाई भन्दा क्षणिक सन्तुष्टिलाई केन्द्रमा राख्ने हुनाले पनि धेरै युवा विजयकै बाटोमा छन् ।
यौन उदारताको परिणति
उदार यौनजीवनले नेपाली सामाजिक जीवनका हरेक पक्षमा समस्या पनि जन्माइरहेको छ । शारीरिक सम्बन्ध भैसकेपछि कैयौँ युवतीले आत्महत्याको बाटो रोजिरहेका छन् । केटाहरू पनि प्रेममा धोका खाएपछि यही बाटो पछ्याइरहेका छन् । असुरक्षित यौनसम्बन्धका कारण पछिल्लो समयमा गर्भ तुहाउनेहरू पनि बढ्न थालेका छन् । १४ वर्षका युवतीहरू पनि गर्भ तुहाउन आएको एक प्रसूति विशेषज्ञले बताए । उनले भने, 'यौन उदारताको परिणति हो यो ।' यसले पनि यौन उदारताले निम्त्याउने परिणामलाई देखाएको छ ।
...................................................................

फिडेल क्यास्ट्रोको हत्याका लागि ६३८ योजना

सम्पूर्ण जीवन अमेरिकासँग लाप्पा खेलेर बिताएका क्युबाली नेता फिडेल क्यास्ट्रोको हत्या गर्न जम्माजम्मी ६ सय ३८ योजना बनाइएछन् । यीमध्ये अधिकतम योजना सुपि्रम अमेरिकाको जासुसी संस्था सिआइएद्वारा बनाइएका थियो । र, अमेरिकामा निर्वासित क्युबालीहरूद्वारा पनि केही खेप योजना बनाइएका थिए । करिब आधा शताब्दीभित्र बनाइएका हुन् यी योजना । संसारका अन्य कुनै नेताको हत्याका लागि यति धेरै योजना सायदै बनाइएका छन् । यिनै हत्या योजनाका नालीबेली समेटेर यौटा डकुमेन्ट्री फिल्म नै बनाइएको छ- सिक्स हन्ड्रेड थर्टी एट वेज टु किल क्यास्ट्रो ।तर, यति धेरै हत्या योजनाका बाबजुद क्यास्ट्रोको ज्यानमा एक खत लगाउन पनि सकेन सिआइएले । भाग्यमा विश्वास गर्नेहरूका लागि क्यास्ट्रो संसारको सबैभन्दा बलियो 'ग्रह' भएका नेता हुन् । कतिका लागि भने क्यास्ट्रो इस्पातले बनेका मान्छे हुन् ।उनको हत्या-योजना तथा प्रयासमा अपनाइएका विधिहरू पनि कम्ती रोचक थिएनन् । विस्फोटक सिगारदेखि लिएर विषालु बल पोइन्टसम्मलाई अस्त्र बनाउन खोजिएको थियो । सिआइएले सुन्दरीहरूलाई पनि हतियार बनायो । तर, कसैले उनको रौँ पनि झार्न सकेनन् । सिआइए क्यास्ट्रोको हत्या गर्न यति इच्छुक र आतुर थियो कि ऊ जेम्स बन्डजस्ता उपन्यासका लागि समेत उडन्ते र हावादारी लाग्ने हत्याका विधिहरू अपनाउन तयार थियो । सिआइएका केही अधिकारीका भनाइमा क्युबा पूर्णचन्द्रजस्तो थियो, जो आफ्ना प्रभावले अमेरिकालाई पागल बनाइरहेको थियो । र, पागल अमेरिका फिडेलको हत्या गर्न जुनसुकै पागलपन अख्तियार गर्न तयार थियो । सिआइएका विभिन्न हत्या-योजनामध्ये सबभन्दा चर्चित थियो- सिगारका सोखिन क्यास्ट्रोको मुखैमा सिगार पड्काइदिने । त्यस्तै, डाइभिङ सुट योजना पनि कम्ती रोचक थिएन । क्यास्ट्रो समुद्रभित्र सयर गर्न असाध्यै मन पराउँथे । अमेरिकी योजना थियो- यौटा यस्तो डाइभिङ सुट बनाउने, जसलाई लगाउने व्यक्ति छालासम्बन्धी असाध्य रोगबाट संक्रमित होस् । तर, अमेरिकाको यो योजना पनि यत्तिकै तुहियो । क्लिन्टन प्रशासनले पनि क्यास्ट्रोलाई समुद्रमै उडाइदिने योजना बनाएको थियो । तर, अरू धेरै योजनाझैँ ड्रइङ बोर्डभन्दा बाहिर आउन सकेन यो योजना पनि । सन् १९५९ मा क्यास्ट्रो सत्तामा आएदेखि नै उनको हत्या-प्रयास सुरु भएको थियो । सन् १९६१ मा अमेरिकी सरकारको सहयोगमा अमेरिकामा निर्वासित क्युबालीहरूले बे अफ पिग्ज्मा क्यास्ट्रो, उनका भाइ राहुल र अनन्य मित्र चे ग्वेभाराको हत्या गर्ने प्रयास गरेका थिए । अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्या भएकै दिन सिआइएले एक एजेन्टलाई क्यास्ट्रोको हत्या गर्न पठाएको थियो । विषालु बलपेनद्वारा उनको हत्या गर्ने योजना थियो । तर, उक्त एजेन्ट असफल भयो । फिडेलकी पूर्वप्रेमिकालाई पनि सिआइएले प्रयोग गर्न बाँकी राखेन । सिआइएले उनलाई विषालु पिल्स (चक्की) हरू दिएको थियो । कोल्ड क्रिमको बट्टामा लुकाइएका ती विषालु पिल्स पग्लिएछन् । जब उनी क्यास्ट्रोको कोठामा पुगिन्, क्यास्ट्रोले उनलाई आफ्नो पेस्तोल दिँदै भने, 'मलाई थाहा छ, तिमी मलाई मार्न आएकी हौ ।' उनी छाती तन्काएर गोली थाप्न तयार भए । तर, उनकी पूर्वप्रेमिकाले उनीमाथि गोली चलाउन सकिनन् । सन् २००० मा क्यास्ट्रो पानामाको भ्रमणमा थिए । उनी बोल्ने मञ्चमुन्तिर ९० केजी विस्फोटक पदार्थ राखिएको थियो । क्यास्ट्रोको निजी सुरक्षा-दस्ताले यो षड्यन्त्र पत्ता लगाएको थियो । र, क्यास्ट्रो बाँच्न पुगेका थिए । यस षड्यन्त्रका नाइके थिए लुइस पोसाडा । उनी लामो समयदेखि अमेरिकामा निर्वासनमा थिए र सिआइएका लागि काम गर्थे । क्यास्ट्रोको हत्या गर्न समर्पित भएर लाग्नेहरूमा उनी अग्रणी थिए । अमेरिकाको फ्लोरिडा राज्यमा क्यास्ट्रोको असफल हत्या प्रयासमा संलग्नहरूमध्ये अधिकांशका घर छन् । उनीहरूलाई अमेरिकी सरकारले संरक्षण दिएको छ भनिन्छ ।
.........................................................

कसरी आउँछन् चर्चामा नायिकाहरू



नेपाली फिल्मको व्यावसायिक गतिअनुरूप नायिकाहरूको चर्चा-परिचर्चा बढी सुन्न वा पढ्न पाइयो । अफेयर, झगडा र पारिवारिक सम्बन्धका कारण धेरै नायिकाले यस्तो चर्चा पाए । अर्थात् स्क्यान्डल र नायिका पर्यायका रूपमा देखिन थाले । पछिल्ला दिनमा पनि यो क्रम रोकिएको छैन । जनआन्दोलन-०४६ पछि फिल्म निर्माणको क्रम ह्वात्तै बढ्यो । 'स्टार' बनाउने र त्यसलाई बेच्ने फिल्मी अर्थशास्त्रीय मन्त्रअनुरूप नायिकाहरूमाथि पनि चर्चा सुरु भयो । फिल्मवृत्तबाटै नायिकालाई चर्चामा ल्याउन 'गसिप' मिडियासम्म पुर्‍याउने काम हुन थाल्यो ।'भाग्यरेखा'मा अनुबन्ध भएलगत्तै कृष्टि मैनाली नायिकाबाट निकालिएको घोषणा गरे निर्देशक दीपक रायमाझीले । कृष्टि र राजेश हमाललाई 'ब्रेक' दिन तयार रायमाझीले काम सुरु नहुँदै कृष्टि र राजेशबीच हिमचिम बढेको थाहा पाएर दुवै नायक-नायिकालाई पन्छाए भनियो । पछि सो फिल्ममा कृष्टिको ठाउँमा मौसमीलाई अभिनय गराइयो । सिनेमा बजार उकालो लाग्दै गर्दा बढी चर्चा पाएको सम्भवतः यो नै पहिलो 'गसिप' थियो ।

चालीसको दशकमा रजतपटमा उदाएकामध्ये सापेक्षिक कम स्क्यान्डलमा पर्ने हिरोइनको रूपमा चिनिन्छिन् कृष्टि । सुटिङका क्रममा भएका ठोलाबाजी र प्रेमप्रसंगबाहेकका विवादमा यिनको नाम आएन । कृष्टिकै समकालीन नायिका मौसमी मल्ल स्क्यान्डलको हिसाबले अलि अगाडि थिइन् । उनै मौसमी अहिले निर्मात्रीको रूपमा १२ वर्षपछि फेरि रजतपटमा आएकी छिन् ।सिनेमाका प्रसंगभन्दा पनि व्यक्तिगत सवालमा बढी चर्चा भयो मौसमीको । चलचित्रमा सक्रिय हुँदाहुँदै श्रीमान्सँग सम्बन्ध बिगि्रएपछि पलायन भएकी थिइन् उनी । पारिवारिक किचलोका बारेमा बढी चर्चा गरिएकी मौसमीको समकालीन हिरोहरूसँग नाम जोडिएन । मौसमीपछि सबैभन्दा बढी चर्चा पाउने हिरोइन भइन् रूपा राना । नायक धीरेन शाक्यसँग बास बस्ने गरी घुम्न गएको भन्ने खबरले सिनेबजार तताउनु ततायो । सुटिङ नभएको वेला शाक्यको गाडीमा कहिले नारायणघाट त कहिले पोखरामा देखिने गरेकी रूपाले चलचित्र 'चोट'मा दिएको बेडसिनले पनि त्यत्तिकै चर्चा पायो । ६ वर्षभन्दा बढी समय विदेश बसेर फेरि चलचित्रमै काम सुरु गरेकी रूपा अहिले गुमनामजस्तै छिन् ।सिरियलमा अभिनय गरेर राम्रै जस आर्जन गरेकी विना बुढाथोकी पनि एकताका खुवै चर्चामा थिइन् । दीपक रायमाझी निर्देशित चलचित्र 'कसम'को एउटा गीतमा 'प्यान्टी' नै देखिएपछि उनको अभिनयभन्दा धेरै चर्चा भएको थियो अंग-प्रदर्शनको । 'त्यो एउटा हल्लाजस्तै भयो । खास दम थिएन त्यो स्क्यान्डलमा,' निर्देशक रायमाझी भन्छन्, 'अहिले त त्यस्ता कुरा सामान्य भइसके ।'पहिलो फिल्म 'सन्तान'मा काम गर्दा स्पटमै धुरुधुरु रोएर चर्चामा आएकी करिश्मा मानन्धर फिल्मी करिअरभरि नै कुनै न कुनै प्रपोगान्डामा मुछिइरहिन् । सबैभन्दा बढी त फिल्म 'महादेवी'को सुटिङका क्रममा सुनियो उनको चर्चा । अभिनेता भुवन केसीसँगको चुम्बनको दृश्यदेखि भुवनले फ्रक उचालिदिएको प्रसंगलाई फिल्मी पत्रपत्रिकाले पर्याप्त स्थान दिए । चुम्बनकै दृश्यमा नायक केसीसँग करिश्माको विवाद भएपछि यसलाई सल्टाउन करिश्माका पति तथा निर्माता विनोद मानन्धर हेलिकोप्टर चढेर पोखरा पुगेका थिए । उनले केसीलाई भन्दा बढी निर्देशक नारायण पुरीलाई थर्काए भन्ने सुनियो । उनले निर्देशक पुरीलाई त्यसवेला धम्कीको भाषामा भनेका थिए रे, 'सभ्य ढंगमा काम गर्नुस्, म रिसाएँ भने राम्रो हुँदैन ।'

जतिवेला करिश्मा र राजेश हमालको फिल्मी जोडी जमेको थियो त्यतिवेला हमालसँगको सामीप्यता पनि धेरैका लागि गफ गर्ने विषय बन्यो । दर्जनभन्दा बढी चलचित्रमा राजेशकी हिरोइन बनेकी करिश्मालाई एकताका राजेशकी पार्टनर नै भनेर टिप्पणीसमेत गरियो । यो चर्चाबारे हमालले एउटा अन्तर्वार्तामा भनेका छन्, 'करिश्मा र म कुनै वेला मिल्ने साथीजस्ता थियौँ तर बाहिर हल्ला भएजस्तो भने होइन ।'

बीचमा एकपटक नेपाल फर्केकी नायिका करिश्माले भनेकी थिइन्, 'सिनेमा हल्लैहल्लाको क्षेत्र हो भने अमेरिका जस्तो काम गरे पनि सम्मान पाइने देश ।'करिश्माकै समकालमा जमेकी अर्की नायिका गौरी मल्ल भने करिअरको 'पिकआवर'मा त्यति विवादित बनिनन् । केही वर्ष पहिला उनी 'अब सिनेमा खेलेर खान पुग्दैन' भन्दै जापानतिर लागेकी थिइन् । ठीक त्यति नै वेला उनी र उनका पतिको सम्बन्धबारे पनि नेपाली मिडियामा 'गसिपहरू' देखा परे । भनियो, 'श्रीमान् उज्ज्वल भण्डारीसँग गौरीको सम्बन्ध रहेन अब ।' डेढ दशक अभिनय गर्दा जति चर्चा भयो त्यसको तुलनामा सम्बन्धविच्छेदको चर्चा बढी भयो नायिका गौरीका बारेमा । तुलसा सिलवाल अभिनयमा जम्न सकिनन्, तर सबैभन्दा धेरै चर्चा उनकै भयो । अभिनेता भुवन केसीसँग चुम्बन गरेको तस्बिर सार्वजनिक भएलगत्तै चर्चामा आएकी तुलसाले कथानक चलचित्र 'धर्म'मा अभिनय गरे पनि करिअर उचो बनाउन सकिनन् । कहिले नग्न तस्बिरले सतायो भने कहिले निर्मातासँग नाम जोडिएको चर्चाले । विभिन्न स्क्यान्डलले पनि फिल्मी करिअर बनाउन नसकेपछि बलिउड फिल्ममा काम गर्ने भन्दै मुम्बै छिरेकी तुलसाको दैनिकी अहिले भारतीय सहरमा आयोजना हुने दोस्रो दर्जाको स्टेज कार्यक्रममा बित्न थालेको छ ।त्यसो त वर्षा खड्काको पनि चर्चा कम थिएन पचासको मध्यदशकतिर । निर्देशक समुद्र भट्टचनसँगको सम्बन्धले उनलाई लामो समयसम्म चर्चामा ल्यायो । विवाह गरेर गृहिणी बन्न पुगेकी वषर्ा अहिले गुमनाम छिन् । त्यसैगरी, पटकपटक निर्माता, नायक र व्यवसायीसँग नाम जोडिने नायिका श्रीषा कार्कीले एउटा पत्रिकामा नग्न तस्बिर प्रकाशित भएपछि आत्महत्या नै गरिन् । नायिका एवं निर्मात्री सुनिता खड्कालाई पनि कहिल्यै विवादले छोडेन । उनलाई पनि फिल्म क्षेत्रका कतिपय व्यक्तिसँग जोडेर 'गसिप' बनाइयो । नीलु रायमाझी र किरण डिसी एउटै समयमा आएका थिए । चर्चामा आए पनि करिअर बनाउन नसकेपछि यी हिरोइन अहिले दर्शकको मस्तिष्कबाट हराइसकेका छन् ।

केही फिल्ममा काम गर्नुको अतिरिक्त टेलिभिजन कार्यक्रम निर्मात्रीसमेत बनेकी पूजा चन्दको फिल्मी करिअर राम्रै थियो । युवराज लामाले बनाएको भिडियो फिल्म 'खेलौना'मा अर्धनग्न रूपमा प्रस्तुत भएकी पूजा चन्द पनि श्रीमान्सँगको सम्बन्धविच्छेदको ह्याङबाट मुक्त हुन सकिनन् । सम्बन्धविच्छेदको कानुनी प्रक्रिया पूरा नहुँदै उनी लोग्नेसँग छुट्टै बसेकी थिइन् । श्रीमतीले छोडेपछि अर्की युवतीलाई श्रीमती बनाएका सुरज चन्दले पूजासँगको सम्बन्धकै कारण केही दिन हनुमानढोकामा बिताउनुपर्‍यो । सुरजले दोस्री श्रीमती ल्याएको अभियोग लगाउँदै हनुमानढोका पुर्‍याएकी पूजा आफू भने केही महिना एक व्यापारी प्रकाश पौडेलको 'लिभिङ पार्टनर' बनेको खबर मिडियामा आएको थियो । अहिले त पूजाले पनि फिल्म इन्डस्ट्रीलाई बाइबाइ गरिसकेकी छिन् । उनी अहिले अमेरिकामा छिन् ।हिन्दी फिल्म 'लभ इन नेपाल'मा अभिनय गरेपछि व्यापक विवादको सामना गरेकी झरना बज्राचार्य फिल्मको एउटा गीतमा अर्धनग्न रूपमा प्रस्तुत भएकी थिइन् । अर्धनग्न भएर अभिनय गरी चर्चा कमाए पनि बलिउड जाने सपना भने त्यसै तुहिएको थियो उनको । मिस नेपालको ताजपछि फिल्म हतियारबाट फिल्मी पर्दामा देखिएकी झरनाको फिल्मी करिअरमा पनि पटकपटक निर्माता, निर्देशक र नायकसँगको सम्बन्धबारे चर्चा भइरह्यो । केही म्युजिक भिडियोमा अभिनय गरे पनि ठूलो पर्दाको फिल्मबाट लगभग टाढिएकी झरना डेढ वर्षअघि एक बेलायती नागरिकसँग टीकोटालो गरेर चर्चामा आएकी थिइन् । टीकाटालो गरेको डेढ वर्ष बित्दासमेत बिहे नगरेकी झरना अहिले मौन छिन् । सारंगा श्रेष्ठले पनि चर्चाकै आडमा बजार तताइन् कुनैवेला । आइटम डान्सका लागि चर्चित सारंगाले नाइटोमा 'हे संगीता' लेखेकोदेखि नायक रमेश उप्रेतीसँगको प्रेम-सम्बन्धबारे चर्चा खेपिन् । नायिका सारंगाले पनि नेपालमा आफ्नो भविष्य नदेखेपछि अमेरिकामै बसेर भविष्य बनाउन सुरु गरेकी छिन् । उनलाई बिहे गर्ने एक अमेरिकीले अहिले उनलाई डिभोर्स गरेको चर्चा सुन्न थालिएको छ ।केही फिल्ममा अभिनय गरेकी कविता खड्का नायक सौरभ कार्कीसँगको प्रेम-प्रसंगले चर्चामा आएकी थिइन् । पछिल्लो समय गृहिणी जीवन बिताउन थालेकी कविताको अहिले पर्दाको साइनो पनि टुटेको छ । राम्रै ब्यानरमा काम गर्न पाए पनि अभिनयमा सकारात्मक छाप छोड्न नसकेकी मेलिना मानन्धर फोटोग्राफर राजीव श्रेष्ठसँगको प्रेम-प्रसंगले चर्चामा आएकी थिइन् । पछिल्ला दिनमा केही म्युजिक भिडियो र टेलिचलचित्रमा अभिनय गरेकी मेलिना अहिले निर्मात्रीसमेत भएकी छिन् । गुपचुप बिहे गरेपछि एक्कासि चर्चामा आएकी सञ्चिता लुइँटेलले सम्बन्धविच्छेद पनि गुपचुपमै गरेकी छिन् । फिल्मी करिअर उकालो लाग्दा आकाश शाहसँग कोर्टम्यारिज गरेकी सञ्चिता बिहेपछिका एकाध वर्ष निष्त्रिmय रहिन् अभिनयमा । पछिल्लो समय व्यस्त अभिनेत्रीको रूपमा नाम दर्ता गर्न सफल सञ्चिता अन्य सवालमा लफडा नगर्ने नायिकाको रूपमा चिनिन्छिन् । पटक-पटक विवादमा आइरहने नायिकाको रूपमा चिनिन्छन् रेखा थापा र रेजिना उप्रेती । सम्बन्ध र सिनेमामा एक्स्पोज हुने विषयलाई लिएर चर्चामा आइरहने यी हिरोइनका स्क्यान्डलले पनि एकताक मज्जैले बजार पिट्यो । निर्देशक शोभित बस्नेतकी प्रेमिकाको परिचय बनाएकी रेजिना पछिल्ला दिनमा शोभितलाई झटारो हान्नसमेत पछि परिनन् । धेरैले छोटो लुगा लगाउने हिरोइन भनेर टिप्पणी गर्दा पनि आपत्ति नजनाउने रेजिना कथानक चलचित्र 'हंगामा'मा टुपिसमा प्रस्तुत भएकी थिइन् ।प्रायः चलचित्रमा छोटो ड्रेसमै देखिने रेखा थापा सिनेमाकै प्रसंगले पटक-पटक चर्चामा आउने गरेकी छिन् । नेपाली फिल्मका 'प्रोमो' मात्र हेर्नेहरूले पनि भन्छन्, 'रेखाको फिल्म त हेरेको छैन तर, उनको अभिनय मन पर्छ ।' पछिल्लोपटक बलिउड कलाकार शक्ति कपुरले दुव्यवहार गर्दा प्रतिकारमा उत्रेपछि चर्चामा आएकी रेखा अहिले निर्देशक बन्छु भन्दै हिँडेकी छिन् । त्यसैगरी नायिका रेखा र नायक निखिल उप्रेतीको दुश्मनी पनि पटक-पटक 'गसिप' सामग्री बन्दै आइरहेको छ ।सम्बन्धविच्छेदको खबरले चर्चामा आएकी थिइन् भुवन केसीकी श्रीमती एवं नायिका सुस्मिता केसी पनि । सम्बन्धविच्छेदपछि पनि अभिनेता केसीसँगै बस्दै आएकी सुस्मिता पछिल्लो समय 'म तिमीविना मरिहाल्छु नि'को निर्मात्रीका रूपमा दर्शकसँग परिचय गाँस्न आइपुगेकी थिइन् ।नवनायिका जेनिसा केसीलाई पनि फिल्ममा डेब्यु गरेपछि विभिन्न चर्चाको पात्र बनाउन थालिएको छ । मौसमी मल्लको फिल्म 'गिरफ्तार'मा काम गर्दा नायक विराज भट्टसँग प्रेमलाप गरेको प्रसंगले चर्चा पाएको थियो । प्रायः विराजको सिफारिसमा काम गर्दै आएकी जेनिसाले पछिल्लो फिल्म 'दोस्ती'बाट निकालिएर फेरि काम गर्नुपरेको थियो ।निर्देशक श्याम भट्टराईकी पूर्वपत्नी तथा नायिका रञ्जना शर्माले पनि चर्चामा आउनका लागि कुनै कसर बाँकी राखिनन् । गीतमा भित्री लुगा देखाएर नाच्नेदेखि भुवन केसीसँग प्रेमलाप गरेको प्रसंगले ठाउँ पाएको थियो उनका बारेमा । पछिल्लो चर्चा भने श्रीमान् श्यामसँग सम्बन्धविच्छेदबारे थियो ।

................................................................

६९ वर्ष अगाडिको एसएलसी


१९९७ को एसएलसी परीक्षाका बोर्डफस्र्ट भुवनलाल प्रधान अहिले बिरामीले थलापरेका छन् ।
माइतीघरस्थित उनकै निवासमा भेट्न पुग्दा उनी ओछयानमै थिए । उठ्न-बस्न पनि नसक्ने अवस्थामा रहेका प्रधानलाई उनकी पत्नी र छोराछोरीले स्याहारिरहेका छन् । ८८ वषर्ीय प्रधानले सुतिसुती ६९ वर्षअघि आफूले एसएलसी दिँदाको अनुभूति सुनाए ।

४१ परीक्षार्थी, दुईजना फस्र्ट डिभिजन

पहिले र अहिलेको एसएलसी परीक्षामा आकाश-पाताल फरक छ । हाम्रो पालामा अहिले जति विद्यार्थी कहाँ हुनु ? मैले १९९७ मा एसएलसी दिँदा जम्मा ४१ परीक्षार्थी थिए । उनीहरूमध्ये २९ पास भएका थिए । सबैभन्दा बढी नम्बर ल्याएर म बोर्डफस्र्ट भएँ । आठ सय पूणर्ांंकमा, मलाई ठयाक्क याद भएन, मैले पाँच सय चानचुन नम्बर ल्याएको थिएँ ।

त्यसवर्ष मसहित दुईजना प्रथम, १९ द्वितीय, आठजना तृतीय श्रेणीमा पास भएका थिए भने बाँकी १२ जना फेल भए । हामीले एसएलसी दिँदा चार-पाँचवटा मात्र विद्यालय थिए । ती सबैको एउटै केन्द्रमा परीक्षा हुन्थ्यो । हाम्रो परीक्षाकेन्द्र त्रि-चन्द्र क्याम्पस थियो ।

भारतबाट आउँथे सुपरिटेन्डेन्ट

हाम्रो पालाको परीक्षा एकदम मर्यादित र शान्त वातावरणमा हुन्थ्यो । परीक्षाहलमा कुनै आवाज निकाल्न पाइँदैनथ्यो । परीक्षामा सुपरिटेन्डेन्ट हिन्दुस्तान -भारत) बाट आउने गर्थे । उनीहरू देख्दै डरलाग्दा त कोही काला हब्सी जस्ता थिए भने कोही गोरा र अग्ला । उनीहरूलाई देख्नेबित्तिकै सबै डराउँथे । एउटै कक्षामा चार-पाँचजना सुपरिटेन्डेन्ट बस्थे ।

हामीले नेपाली, अंग्रेजी, गणित, भूगोल, इतिहास, संस्कृत, रसायनविज्ञान र भौतिकविज्ञान गरी आठ विषयको परीक्षा दिनुपथ्र्यो । त्यतिवेला परीक्षा दिनेमा महिला खासै थिएनन् । छोरीले पढ्नुहुन्न भन्ने मान्यता थियो । राणा खानदानका र केही धनी परिवारका दुई-तीनजना छोरीहरू जाँच दिन आएका देखिन्थे, तर पढ्न त्यति आउँदैनथे । तिनीहरूलाई पनि छुट्टै कक्षामा राखेर परीक्षा दिन लगाइन्थ्यो ।

श्री ३ महाराजलाई दाम चढाएर ढोग्नुपथ्र्यो

हामीले एसएलसी परीक्षा दिने वेला राणा शासन थियो । त्यतिखेर एसएलसी परीक्षा पास गरेकाले विद्यालयका गुरुसित श्री ३ महाराजकहाँ गएर दाम चढाएर ढोग्नुपर्ने नियम थियो । एसएलसी टप गर्दा म असाध्यै विरामि परेको थिएँ । मलाई पनी दाम चढाएर दर्शन गर्ने मन थियो तर विरामि भएका कारण पाइनँ । साथिहरुले दाम चढाएर ढोगे ।

पुरस्कार मासिक १५ रुपियाँ

हाम्रो पालमा एसएलसी टपरलाई उच्चशिक्षा अध्ययन गर्न सरकारले पुरस्कारस्वरुप मासिक १५ रुपैयाँ दिने गरेको थियो । दोस्रो हुनेले मासिक १० रुपैयाँ पाउँथे । मलाई पनि दुई वर्षसम्म मासिक १५ रुपैयाँ दियो । त्यतिवेला १५ रुपैयाँले पढाइ खर्च धानेर पनि केही रकम जोगाउन सकिन्थ्यो । मैले त्रि-चन्द्रमा उच्च शिक्षा हासिल गरे । त्यतिवेला अरू क्याम्पस थिएनन् । मैले इतिहास र अर्थशास्त्रमा उच्च शिक्षा पूरा गरेको हुँ ।

यसरी जन्म्यो एसएलसी बोर्ड

१९३६ अगाडि नेपालमा दस कक्षासम्म मात्र पढाइ हुन्थ्यो । यहाँबाट दस कक्षा उत्तीर्ण गरेका विद्यार्थी उच्च शिक्षा लिन भारत जाँदा त्यहाँका विश्वविद्यालयले मान्यता दिँदैनथे । उता, मान्यता नपाएपछि नेपाली विद्यार्थी नेपालै र्फकन बाध्य थिए ।

नेपालीले उच्च शिक्षा अध्ययन गर्न नपाएपछि नेपाल सरकारले १९३६ मा कलकत्ता विश्वविद्यालयसित परीक्षा लिने सहमति गर्‍यो । त्यतिखेर एसएलसी भनिदैनथ्यो । ँम्याटि्रकुलेसन इक्जाम’ भन्ने गरिन्थ्यो । नेपाल सरकारको आग्रहपछि कलकत्ता विश्वविद्यालयले नेपालमा अध्ययन गर्ने विद्यार्थीले विश्वविद्यालयमै गएर मात्र परीक्षा दिन पाउने व्यवस्था गर्‍यो । त्यसपछि दरबार हाइस्कुलबाट कक्षा दस उत्तीर्ण विद्यार्थी कलकत्ता गएर परीक्षा दिन थाले ।

१९७४ सम्म नेपालीले कलकत्ता विश्वविद्यालयमा परीक्षा दिए । त्यसपछि सरकारले पटना विश्वविद्यालयसित सहकार्य गर्‍यो । किनभने त्यो वेला बेलायतले पटना विश्वविद्यालय र मद्रास विश्वविद्यालयलाई मान्यता दिन्थ्यो । बेलायतले कलकत्ता विश्वविद्यालयलाई राम्रो मान्दैनथ्यो । नेपाल सरकाको आग्रहपछि पटनाले १९७५ देखि म्याटि्रकुलेसन इक्जाम लिन सुरु गर्‍यो । नेपालीले १९८५ सम्म पटनामा गएर परीक्षा दिए । त्यतिखेर सरकारले भारतमा परीक्षा दिन जाने विद्यार्थीलाई प्रतिविद्यार्थी १५ रुपैयाँ दिने गरेको थियो । त्यही १५ रुपैयाँबाट विद्यार्थीले भारत गएर एक महिना डेरा गरेर बस्नुपथ्र्यो ।

सुरुदेखि नै भारत परीक्षा दिन जानेलाई रकम दिँदै आएको सरकारले पसछ विद्यार्थी संख्या बढ्दै गएकाले नेपालमै एसएलसी परीक्षा दिने व्यवस्था गर्न पटना विश्वविद्यालयसित आग्रह गर्‍यो । सोही आग्रहबमोजिम पटना विश्वविद्यालयले १९८५ काठमाडौंमा परीक्षाकेन्द्र खोल्यो । त्यसपछि नेपालबाटै परीक्षा दिन थालियो । यो क्रम १९८९ सम्म चल्यो । त्यसपछि नेपालमै १९९० मा एसएलसी बोर्ड गठन भयो । १६ कात्तिक १९९० नेपाल सरकारले सदनबाट नेपालमै एसएलसी परीक्षाको व्यवस्था गर्ने प्रस्ताव पास गरेको थियो । सोही निर्णयबमोजिम सोही वर्षदेखि नेपाली बोर्डले एसएलसी परीक्षा सञ्चालन गर्न थाल्यो । जुन हालसम्म निरन्तर छ । विद्यार्थीले दिएको परीक्षाको उत्तरपुस्तिका भारतमै परीक्षण भएर उत्तरपुस्तिका र प्रमाणपत्र नेपाल पठाइन्थ्यो । त्यसमा नेपाल सरकारले आफ्नो छाप लगाएर वितरण गथ्र्यो ।

पहिलो वर्षमै सर्‍यो परीक्षा

१९९० मा नेपाल सरकारले नेपालबाटै एसएलसी परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार सरकारले एसएलसी बोर्ड गठन गरेर परीक्षाको तयारी गर्‍यो । नेपालमा बोर्ड गठन गर्न त्रि-चन्द्रका पि्रन्सिपल रुद्रराज पाण्डेले पटना विश्वविद्यालयसित कुरा गर्नुभएको थियो । उहाँको आग्रह र नेपाल सरकारको प्रयासपछि पटना विश्वविद्यालयले नेपालमा एसएलसी बोर्ड गठन गर्न सहमति दियो ।

बोर्ड गठन गर्नुअगाडि पटना विश्वविद्यालयले नेपालमा मास्टर्स पास गरेका व्यक्ति भएमात्र वोर्ड गठन गर्न पाइने बताएको थियो । त्यतिवेला नेपालमा मास्टर्स पास गरेका तीनजना मात्र भएकाले पटनाले प्रश्नपत्र, सुपरिटेन्डेन्ट नेपालमै पठाउने र उत्तरपुस्तिका विश्वविद्यालयमै परीक्षण गर्ने सर्तमा बोर्ड गठन गर्न दिएको हो ।

१९९० मा नेपालमै एसएलसी बोर्डको स्थापना गरेर माघ ३ बाट एसएलसी परीक्षा सञ्चालन गर्ने तयारी भएको थियो । तर, सोही वर्ष माघ २ गते ठूलो भूकम्प गएपछि एसएलसी परीक्षा पनि सर्‍यो । भूकम्प गएको एक महिनापछि फागुनमा परीक्षा सञ्चालन गरियो । त्यही वर्षदेखि एसएलसी परीक्षा फागुनमा लिन थालिएको हो । हामीले पनि फागुनमै परीक्षा दिएका हौँ ।

२००३ सम्म पटना विश्वविद्यालयसित सहकार्य गरेर परीक्षा सञ्चालन गरियो । त्यसपछि नेपालमै सम्पूर्ण व्यवस्था मिलाएर आफैँ परीक्षा लिन थालियो । त्यस अघिसम्म नेपाल सरकारले उताबाट पठाएको प्रमाणपत्रमा ँनेपाल सरकार एसएलसी बोर्ड’ भनेर छाप हानेर विद्यार्थीलाई दिने गथ्र्यो ।