मिस कल
रमनः -आफ्नो शिक्षिकसंग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?
शिशिकाः मैले १ छैन त, तर किन ?
रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रीनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर ।
प्रेम विवाह
रिताः विवाहभन्दा पहिला मैले तिमीलाई ठुलै बहादुर सम्झेकी थिए ।
रमनः तिमीसंग प्रेम विवाह गर्नु के बहादुरीको काम होइन ?
.....................
सुन्दरता या समझदारी
पत्नीले पतिसंग सोधिन्ः तपाईलाई मेरो के राम्रो लाग्छ- मेरो सुन्दरता कि समझदारी ?
‘मलाई त तिम्रो ठट्टा गर्ने बांनी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।
...................
वकिल र सुन्दर युवती
एक जना वकिल आफ्नी श्रीमतिसंग गार्डनमा घुमिरहेका थिए । त्यही गार्डनमा एउटी सुन्दर युवती हिडिरहेकी थिइन् । वकिलले हांसेर अभिवादन गरे।
श्रीमतिले वकिलसंग सोधिनः ती युवतीलाई तिमी कसरी चिन्छौ?
वकिलले आफ्नो बचाउ गर्दै भन्योः एक पटक कामको सिलसिलामा मेरो उनीसंग भेट भएको थियो।
आफ्नो पेसा कि उसको पेसाको सिलसिलामा ? वकिलकी श्रीमति चिच्याइन् ।
किन ढिलो ?
अध्यापकले -विद्यार्थीसंग) किन ढिला आयौ श्र छात्र -अध्यापकसंग) वाइक बिग्रेर सर ।
अध्यापकः बसमा आउन सक्दैन थियौ त ?
छात्रः म त आउने थिएन सर तर तपाईकी छोरी तयार थिइनन् ।
....................
लोग्ने स्वास्नीको झगडा
झगडाका बीच श्रीमान बोल्योः विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ, दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।
श्रीमतिले तत्काल जवाफ दिइन्ः र, तिमी पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ, दोस्रो वर्ष मात्र नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?
......................
अर्काको काम
शिक्षकः मानिस त्यही हो जो अरुको काममा काम लागोस् ।
छात्रः तर परिक्षामा त न तपाई हाम्रो काम लाग्नु हुन्छ न अरुलाई नै आउन दिनुहुन्छ।
.....................
फोटो नेच्युरल आउनेछ
रमन आफ्नी श्रीमतिका साथ फोटो खिचाउन फोटोग्राफरकोमा पुगे ।
फोटोग्राफरः तपाई अलि पतिदेवको नजिक जानुस र आफ्नो हात उनको हातमा राख्नुस तब फोटो बढी नेच्युरल आउनेछ।
रमनले दुखाईले चिच्याउंदै भने, फोटोग्राफर बाबु… राम्रो हुनेछ तपाई यिनको हात मेरो खोजीमा राखिदिनुस् । फोटो तब नेच्युरल आउनेछ।
...............
१०८ गाली
गधा साले गोरु चोर
भतुवा भाते हरामखोर
गाँडु हुक्के कामचोर
जाली फटाहा भूडिफोर
डल्ले कुइरे बदमास झुठ
पानीगुण्डो मुसुमुन्द्रे ठग
गजडी दलाल हिजडा कुकुर
पानी मरुवा डाँका भडुवा सुगुर
नामर्द बेइज्वती छेरुवा सन्की
वेइमान भालु हिजडा पात्तकी
हैजाको काल बोको बजिया
अनिकाले जंगली घुस्याहा मरिजा
नलिखुट्टे काले सिगाने झिगे
अलछिनी घनटाउके फोहोरी तिघ्रे
खाते भुलक्कड पापी जोईटंग्रे
ढटुवा स्वार्थी नाथे दुइजिबे्र
घोप्टे कप्टी संहारे काइते
लोभी चण्डाल रिसाहा गाइने
गफाडी लठ्ठक खंचुवा लठेब्रो
बज्रस्वाठ आधो निर्धो र अदबेस्रो
महारोगी पाजी अवसवादी गिठ्ठे
जड्याहा भातमारा लाछी रिठ्ठे
उग्रपन्थि चम्चे बाह्रमासे ज्यानमारा
अध्यारो घोप्टे कोढी भाइमारा
गद्धार उल्लु वेबकुफ मुर्ख
चुतिया अधम बाठो र बुज्रुक
पागल साँढे लुते र लुच्चो
बाउन्ने मोरो धुर्त र छुच्चो
...................
अल्छी:
विश्व अल्छी प्रतियोगिता भएको थियो । प्रतियॊगिताको अन्त्यमा ब्राजिलको एक जना अल्छीलाई "महाअल्छी" घोषित मात्र गर्न के थालिएको थियो एक जना नेपालीले ठुलो स्वरमा करायो पख्नुस पख्नुस यो भन्दा पनि महाअल्छी त हाम्रो देशको छ ।
मंचबाट आवाज आयो खोइत त्यो अल्छी ?
नेपाली: उ त याँहा आउन पनि अल्छी मानेर घरमै बसिरहेको छ ।
......................
बुढा........ बुढी
एउटा गाउँमा बुढा बुढी बस्थे ।
उनिहरु एक दिन खसी चोर्ने भनी कुनै
एउटा � ूलो मान्छेको घरमा गएछन् ।
दुई जना गफ गर्दै :
बुढा : हेर बुढी म खसीलाई तेरो
काखमा फालिदिन्छु त्यसपछि तैंले
भिरबाट मिल्काउनु अनि घर लग्न
सजिलो हुन्छ, कुरो बुझिस् ?
बुढी : बुझें बुझें
बुढो खसी झिक्न लाग्दै थियो,
खसीले उसैलाई बुढीको काखमा हुत्याइ
दियो । अँध्यारो थियो, बुढीले पनि
हतारपतारमा हो न हो खसी भनी हत्त
न पत्त बुढोलाई नै टिपेर भिरबाट मिल्काइदिइछन् ।
...........................
हा..... हा. .... हा...
घरमा चोर पसेपछि घरधनी हत्तपत्त एउटा ठूलो बाकसभित्र लुकेछ । चोरहरूले जताततै खोज्दा पनि मूल्यवान् कुनै सामान नभेटेपछि अन्त्यमा उक्त बाकस खोलेछन् । त्यहा घरधनीलाई देखेर अचम्म मान्दै चोरले सोधेछ, "तपाई यो बाकसभित्र ? किन ??" घरधनीले मुख लुकाउँदै भनेछ, "तपाईहरू चोर्न आइहाल्नुभयो । मेरो घरमा भने चोर्न लायकको कुनै सामान छैन । त्यसैले सार्है लाज लागेर लुकेको हुँ हजुर !"
आयुश्मा सापकोटा
म्यारिकभिल,सिडनी।
..................
हार्ट ....एट्याक
छोरो पाएको १५ दिनमा रामे बिदेश गयो ।
पाँच बर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न
अवस्थामा रोइरहेकी थिइन् ।
रामे: के भो कोपिला ?
कोपिलाः मलाई हार्ट एट्याक भयो, ऐया......।
रामे हत्तपत्त घरको तल्लो कोठामा झरेर एम्बुलेन्समा फोन गर्नमात्र के लागेको हुन्छ,
५ बर्षको उनको छोरो साजन आएर भन्योः
साजन - बाबा बाबा, सपन अंकल पल्लो कोठमा लुकेर कपडा लगाउँदै हुनुहुन्छ ।
उ फोन भुइँमा राखेर दौडदै श्रीमती भए ठाउँपुग्यो, हेर्यो र अर्को कोठामा पुग्यो,
नभन्दै त्यहाँ उसैको मित्र सपनपनि अर्धनग्न अवस्थामा कोठामा यताउता घुम्दै थियो ।
रामे : (राता राता आँखा पार्दै) साले, तँ कस्तो साथी होस् यार ! उता मेरो श्रीमतीलाई
हर्ट एट्याक भइरहेको छ । तँ भने, केटाकेटी जस्तो कोठामा नांगै खेलेर बसेको
छस्....... जा............एम्बुलेन्स बोलाएर लिएर आइज !