अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत पर्ने अन्नपूर्ण पदयात्रामा सो गाउँ समावेश छ । कास्कीको नयाँपुल, धान्द्रुक, म्याग्दीको घोरेपानी, शिख, तातोपानी, घाासा, लेते, कोबाङ हुँदै मार्फा पुग्न सकिन्छ ।
बाग्लुङ/ आन्तरिक तथा बाह्य पर्यटकका लागि मुस्ताङको मार्फागाउँ पर्यटकीय आकर्षणको रूपमा विकास हुँदै गएको छ । धौलागिरि, नीलगिरि, टुकुचे पिकलगायत हिमालका काखमा अवस्थित, थकाली समुदायको आकर्षक बस्ती भएको मार्फागाउँमा पर्यटक आगमन बढेको छ ।
'मोटरबाटो सहज भएपछि मार्फामा पर्यटक निकै बढेका छन्,' स्थानीय पर्यटन व्यवसायी कान्छा लालचनले भने, 'मुस्ताङ आएका पर्यटक एकपटक मार्फा घुमेर जान थालेका छन्, पर्यटक नआएको दिन खाली छैन ।' स्थानीयवासीका अनुसार, दुई वर्षअघिसम्म मार्फागाउँमा कम मात्रामा पर्यटक आउँथे ।
थकाली समुदायको संस्कृति, रहनसहन, विश्वमै प्रसिद्ध स्याउबारी, वनस्पति, जडीबुटी, वन्यजन्तु, पक्षी आदि मार्फा गाउँका आकर्षण हुन् । करिब १ सय प्रजातिका विभिन्न जडीबुटी, कस्तुरी मृगजस्ता दुर्लभ वन्यजन्तु, डाँफे, कालिज पक्षीको बासस्थान र दर्जनौँ हिमशृंखलाको मनमोहक दृश्य मार्फागाउँबाट प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
पर्यटक बसाइ सहज र सुविधायुक्त गराउने उद्देश्यले हरेक घरमा खान र बस्ने व्यवस्था मिलाइएको छ । गत वर्ष ३० हजार विदेशी पर्यटकले भ्रमण गरेको मार्फामा चालू वर्षर्को आठ महिनामा नै सो संख्यामा पर्यटक आइसकेको कान्छा लालचनले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत पर्ने अन्नपूर्ण पदयात्रामा सो गाउँ समावेश छ । कास्कीको नयाँपुल, धान्द्रुक, म्याग्दीको घोरेपानी, शिख, तातोपानी, घाासा, लेते, कोबाङ हुँदै मार्फा पुग्न सकिन्छ ।
मनाङ, म्याग्दी, डोल्पा र चीनसँग सीमा जोडिएको मुस्ताङको मार्फागाउँ लम्जुङको बेँसीसहरदेखि सुरु हुने विश्वको दस उत्कृष्ट पदयात्राभित्र पर्ने अन्नपूर्ण पदयात्राको थोराङ पार गरेर आएका पर्यटकका लागि थकाइ मेटाउने थलो बन्दै गएको छ ।
आन्तरिक पर्यटक र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीका लागि पनि मार्फा अर्को आकर्षण बन्न थालेको सभासद् वीरेन्द्र जुहारचनको भनाइ छ ।
Sunday, December 20, 2009
विदेशबाट पैसा होइन लास आयो
नयाँ पत्रिका
सल्यान, ३ पुस
गत ८ मंसिरमा कवितालाई श्रीमान्ले मलेसियाबाट फोन गरेका थिए । उनले भनेका थिए, 'एक हप्ताभित्र पैसा पठाइदिन्छु । साहुको ऋण तिर्नु र अन्नको जोहो गर्नु ।' पैसाको प्रतीक्षामा बसेकी कविताको त्यसबेला होस गुम भयो, जब पैसा होइन, घरमै श्रीमान्को लास आयो ।
साहुसित ऋण काढेर बिदेसिएका स्यानिखाल-४ का रुद्रबहादुर केसीको लास आएपछि उनको परिवार बिचल्लीमा परेको छ । श्रीमती कविताको अझै होस राम्रोसित खुलेको छैन भने दृष्टिविहीन आमा बिजुली रातोदिन अलौनाबिलौना गरेर बसिरहेकी छिन् । 'भएको जायजेथा बेचिसकियो, अब दुई छाक कसरी टार्ने ? साहुको ऋण कसरी तिर्ने ?' बिजुलीले भनिन् ।
आफ्नो नाममा भएको सबै जग्गाजमिन बेचविखन गरी त्यसले पनि नपुगेपछि साहुको ऋणमा १७ वैशाखमा रुद्र मलेसिया पुगेका थिए । घरको आर्थिक समस्या टार्ने र पैसा कमाएर सुखी जिवन बिताउने रुद्रको सपना खरानीमा मिलेको छ । श्रीमती र तीन नाबालक छोराको भरोसाको खम्बा भाँचिएको छ भने आँखा नदेख्ने आमा बिजुलीको आशाको द्वीप निभेको छ ।
परिवार र छरछिमेकका अनुसार रुद्र मलेसियालको एक प्लास्टिक कम्पनीमा काम गर्न थालेका थिए । सात महिनाको रकम जम्मा गरी घर पठाउन श्रीमतीलाई फोन गरेको एक सातापछि एकैचोटी उनको लास घरमा आएको थियो । 'घरमा लास आउँदासम्म हामीलाई केही थाहा थिएन,' आमा बिजुलीले भनिन् । उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म परिवारलाई थाहा हुन सकेको छैन । घरमा शव ल्याउँदासमेत शरीरमा कुनै घाउचोट नदेखिएको गाउँलेले बताएका छन् ।
रुद्रको परिवार केही वर्षपहिले थारमारे-१ बाट बसाइँ सरेर स्यानीखालामा आएको थियो । बसाइँ सरेर आउँदा केही पाखे जमिन उनले किनेका थिए, तर विदेश जाँदा त्यो पनि बेचे । अहिले उनीहरूसँग जमिन एक टुक्रा पनि छैन । बिजुलीले भनिन्, 'सबै सकियो, म अन्धी बूढीले कसरी नातिहरू जगेरु ?' उनको परिवारलाई एकातिर एक्लो छोरोको रहस्यमय निधनको पीडा छ भने अर्कोतिर साँझ बिहानको छाक टार्न मुस्किल पर्न थालेको छ । बिदेसिँदा ऋण लागेको डेढ लाखले पनि पिरोलिरहेको छ ।
'अहिले दुःखमा भएकाले छिमेकीले पैसा मागेका छैनन्,' बिजुलीले भनिन्, 'पछि मागेपछि कसरी तिरूँ ?'

Subscribe to:
Posts (Atom)