Thursday, March 11, 2010

सेतीवेणी, पर्वतमा विश्वकै ठूलो शालीग्राम पर्यटकको पर्खाइमा

दुर्गाप्रसाद शर्मा, (सेतीवेणी, पर्वत), पर्यटन वर्ष२०११ को शुरुआतसँगै धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको विश्वकै ठूलो शालीग्राम शिला रहेको स्थल सेतीवेणीधाम यतिबेला पर्यटकको पर्खाइमा छ।

तीन अञ्चल र तीन जिल्लाको सिमानामा रहेको यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन लागिएको हो। लुम्बिनी, धौलागिरि र गण्डकी अञ्चल र तीन जिल्ला पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा रहेको शालीग्राराम शिला तथा सेतीवेणीधाममा रहेको शिलालाई धार्मिक दृष्टिले विष्णु भगवान्को अवतारको रुपमा मानिँदै आएको छ। पौराणिक कालदेखि नै विष्णुको अवतारको रुपमा मानिँदै आएको शालीग्राम आन्तरिक तथा बाहृय पर्यटकका लागि आकर्षाको केन्द्र बनेको छ।

हिन्दु धर्मअनुसार शिलालाई विष्णुको रुपमा पूजा गरिँदै आएको छ। शिलाको दर्शनका लागि देश तथा विदेशवाट दर्शनार्थी तथा पर्यटकहरू आउने गर्दछन्। शिलाको दर्शन गरे मनले सोचेको पुग्ने, रोगव्याधी हट्ने तथा भाग्य उदय हुने विश्वासमा स्वदेश तथा विदेशवाट दर्शनार्थीहरू आएको पाइन्छ।

सेतीवेणीमा हरेक एकादशी, औंसी, संक्रान्तिलगायतका चार्डपर्वहरूमा धूमधाम मेला लाग्ने मात्र नभई धार्मिक आस्था राख्नेहरू दैनिक पूजापाठ गर्ने गर्दछन्। मेला भर्नका लागि विशेष गरी पर्वत, स्याङ्जा, र गुल्मीका हजारौं दर्शनार्थीहरू आउने गर्दछन् भने छिमेकी जिल्लाबाट आउनेहरूको भीड पनि उत्तिकै हुने गर्दछ। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा स्टिमर र डुङ्गाहरू सञ्चालनमा आएपछि दर्शन गर्न आउनेहरूको चाप झनै बढ्दै गएको छ। अहिले दैनिक एक दर्जनभन्दा बढी स्टिमरमा हजारौंको संख्यामा आन्तरिक तथा बाहृय पर्यटकहरू शिलाको दर्शन तथा अवलोकनका लागि आउने गर्दछन्।

विशेष गरी धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नका लागि यस क्षेत्रका बासिन्दाहरू लागि परेका छन्। पर्यटन वर्ष२०११ को आरम्भसँगै यस क्षेत्रलाई व्यापक रुपमा प्रचारप्रसार गर्न सके तीन वटै जिल्लाको आर्थिक विकास गर्न सकिने संरक्षण समितिका नवीन पाण्डेको भनाइ छ। यस क्षेत्रकै संरक्षणका लागि आर्थिक संकलन गर्न स्थानीयवासीहरूले महायज्ञसमेत सञ्चालन गरेका छन्। महायज्ञबाट १ करोड ७० लाख रुपियाँ संकलन भइसकेको छ।

Tuesday, February 16, 2010

तमु धीं गणतन्त्र कोरियाको आयोजनामा नेपालको चर्चित नेपथ्य ब्याण्ड कोरियामा आउनेसुरज गुरुङ गणतन्त्र कोरिया

यही २०१० सेप्टेम्बर २१ तारिक कोरियाको महान चाड छुसकको अवसर पारी तमू धीं गणतन्त्र कोरियाले नेपालको चर्चित ख्याती प्राप्त नेपथ्य ब्याण्ड र लोकप्रिय कलाकारहरु ल्याई भब्य रुपमा रोधीं सांगीतिक सौगात -२ आयोजना गर्ने भएको छ ।

उक्त दिन गणतन्त्र कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु बुद्धीजिवी व्यावसायी अथवा व्यक्तिगत रुपमा एक आपसमा सहयोग र सदभावको सम्बन्ध राखी कार्यक्रम सफल पारिदिनहुन तमू धीं गणतन्त्र कोरियाका अध्यक्ष राम काजी गुरुङले हार्दिक अनुरोध गर्नु भएको छ ।  सोमबार,अप्रिल ,२६,२०१०

Thursday, February 11, 2010

फेब्रुअरी १४ तारिख कोरियामा साँगितिक ज्वालाको बिस्फोटन





बुघबार,फेब्रुअरी ,१०,२०१०
प्रेम दिवसको अवसर पारेर यहि फेब्रुअरी १४ तारिखका दिन कोरियाको राजधानीमा सिओलमा साँगितिक ज्वालाको बिस्फोटन हुने भएको छ । पर्वत जिल्ला अस्पतालको सहयोगार्थ गुप्तेश्वर सांक्रितिक सौगात नामक कार्यक्रममा नेपालका चर्चित कलाकार नायिका रेखा थापा, गायिका कोमल ओली, सिन्धु मल्ल, गायक सुगम पोखरेल र हाँस्यकलाकार कमल गाउँलेले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेर कोरिया बासी नेपालीहरू माझ साँगितिक ज्वालाको बिस्फोटन गर्ने भएका छन् ।


पर्वत समाज कोरियाको आयोजनामा हुन लागेको उक्त बृहत साँगितिक कार्यक्रममा अबिबाहित गायिका कोमल ओलीले कोरियामा रहेका झ्वाँक तन्नेरीहरूको लागि बिशेष गीत गाउने भएकी छिन् । कोरियामा रहेका नेपाली झ्वाँक तन्नेरीहरू एकदमै मन पर्ने भएकोले र त्यसैमाथी प्रेम दिवस परेकोले आफ्नो बिल्कुलै नयाँ एल्बम 'त्यही मोराको मायाले' मा रहेका बिशेष गीतहरू गाउने गायिका ओलीले एस के नेपाल न्यूज सर्भिसजानकारी दिईन् ।

अहिले सम्म अबिबाहित रहेकी गायिका ओलीलाई प्रेम प्रस्ताव राख्न कोरियामा रहेका नेपाली झ्वाँक तन्नेरीहरूको लागी यो सुनौलो मौका रहेको छ । कार्यक्रममा जस्ले गायिका ओलीलाई प्रेम प्रस्ताव राख्छ उसलाई गायिका ओलीले 'आन्योङ हासियो' भन्दै गुलावको फूल दिनेछिन् । प्रेम दिवसको दिन कार्यक्रमको आयोजना गरिएकोले कार्यक्रम पूर्णरूपमा प्रेममय हुने नायिका रेखा थापाको भनाई छ ।

कार्यक्रममा सहभागी हरेक कलाकारले नयाँ प्रस्तुती प्रस्तुत गर्ने भएकोले कोरिया बासी नेपालीहरूलाई कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भव्य रूपले सफल पारिदिन आयोजकले बिनम्र अनुरोध गरेको छ । कार्यक्रममा आफ्नो प्रस्तुती पस्कन कलाकारहरू यहि बिहिबार कोरिया प्रस्थान गर्दैछन् । कार्यक्रम सिओल स्थित सदेमुन आर्ट हल (सदेमुन सागरी) मा मध्यान्न १२:३० बजे शुरू हुने छ ।

Saturday, January 16, 2010

टैटु मोडलको नाजी स्ल्युट



...ओस्कार विजेता सान्ड्रा बुलांक र उनका पति जेस्सी जेमका बीचको झगडाको बिज बनेको टैटु मोडल मिशेल मैकगीको एक पटक पुनः हट फोटो सार्वजनिक भएको छ।
करिब करिब न्युड फोटो शुटमा मिशेलले नाजी र नस्लीय प्रतिकहरुलाई टैटुका रुपमा कुँदाएकी छन् । तस्वीरमा मिशेलले वास्तविक वास्तविक ब्याण्ड र नाजी ह्याट पनि लगाएकी छन्।
मिशेलको यो उत्तेजक तस्वीर टीएमजीको वेभसाइटमा प्रकाशित छ। मिशेलको यो तस्वीर जेसी जेम्सका आफन्त मागेको एक दिनपछि सार्वजनिक भएको हो । हालै जेम्सलाई मिशेलसंगको सम्बन्धमा गर्मी बढेपछि पत्नी सान्ड्रासँगको सम्बन्ध चिसिएको थियो । मिशेल निकट स्रोतका अनुसार उनले यो तस्वीरको माध्यमबाट उत्तेजक देखिने कोशिस गरेकी छन् ।

Friday, January 8, 2010

Thursday, December 31, 2009

मन्दिर आएका २ युवती ७ जनाद्वारा बलात्कृत

मंगलवार, 16 मार्च 2010

दिलबहादुर छत्याल, धनगढी, चैत ३- कैलालीको उर्मा गाविसस्थित प्रसिद्ध धार्मिक स्थल बेहेडा बाबा मन्दिरको दर्शनार्थ आएका दुई भारतीय युवती बलात्कृत भएका छन्। उनीहरुलाई ७ जनाको सङ्ख्यामा रहेको एउटा समूहले अपहरण गरेर सामूहिक बलत्कार गरेको ती युवतीले बताएका छन्। बलात्कार गर्नेहरु पक्राउ परेका छैनन्।

वर्षको ४ पटक मेला लाग्ने धार्मिक स्थल बेहेडा बाबा मन्दिरमा भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट हजारौं भारतीय नागरिक दर्शन गर्न आउने गर्छन्। आइतबार चैते औंशीको अवसरमा लाग्ने मेलामा पनि भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आएका थिए।

भारतको निघासनबाट आएका दर्शनार्थीको एक समूह मन्दिरमा पुग्न करिव २ किलोमिटर बाँकी थियो। उर्मा गाविस-७ पत्थरियाको जङ्गलमा ७ जनाको युवा समूहले कुटपिट र लुटपाट गर्न थालेपछि भागेर सबै जना उम्के पनि २ युवतीलाई उनीहरुले कब्जामा लिएका थिए। अभिभावकले २ युवती कब्जा गरेको खबर गरेपछि बेहेडा बाबा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र प्रहरी खोज्न गए पनि रातभर ती युवतीलाई फेला पार्न सकेनन्। रातभर बलात्कार गरेर बिहान छोडिदिएपछि ती युवती रुँदै मन्दिर पुगेका थिए।

Wednesday, December 30, 2009

दक्षिण कोरीया स्थीत संचारकर्मीहरुको प्रेश बिज्ञप्ती


मीन प्रकाश उप्रेती ( दक्षिण कोरीया)
शनिबार,मार्च ,०६,२०१०

हाल देशमा संचार क्षेत्र संग समंधित ब्यात्तीहरु माथि लागातार भईरहेको हत्या तथा हत्या गर्ने धम्की प्रति दक्षिणकोरीयाका कृयाशिल संचारकर्मीहरुको गम्भिर ध्यान आर्कषण भएको छ ।
सञ्चार उद्यमी जमीम शाहाको हत्या गरीएको रगतको टाटो सूक्न नपाउंदै अर्का सञ्चार उद्यमी अरुण सिँहानियाको हत्याले हामीलाई मर्माहित बनाएको छ । सही र सत्यसमाचार लेख्ने कलमलाई कायरहरुले बन्दुक द्धारा आफ्नो अनुकुल बनाउने दूष्प्रयासको हामी घोर निन्दा र भर्षना गर्दछौ ।
देशको संचार क्षेत्रमा देखापरेको सूरक्षाको यो अकरिलो र असहज परिस्थितीको मूख्यकारण देशको शान्ती सुरक्षाको जिम्मालीने सरकार भएको हाम्रो ठहर छ । त्यसैले हामी प्रवाशमा रही आशु र पसीना सगै पत्रकारीतामा कृयाशिल पत्रकारहरु शान्ती सुरक्षाकायम गर्न नसक्ने गृह मंत्रीको राजीनामा माग गर्दै नेपाल पत्रकार माहासंघले अघी सारेका सबै संघर्षका कार्यक्रममा हाम्रो पुर्ण सर्मथन रहेको जानकारी गराउन चहान्छौ ।

खगेन्द्र खत्री -प्रधान सम्पादक ( एसके नेपाल डट ओआरजी ) , डम्बर सुब्बा - (पत्रकार महसंग कोरीया शाखा संथापक अधक्ष्य तथा नेपालीकोरीया डट कम प्रधान सम्पादक ) , मीन प्रकाश उप्रेती - (नेपाल पत्रकार महासंघ सदस्य तथा जनआन्दोलन घाईते पत्रकार ) , ख्याम कार्की - कारीया प्रतीनीधी (ऐकेबद्धता मासीक ) , सन्तोष गौतम - कोरीया प्रतीनीधी (नेपाल बाणी एफ एम इलाम) , दीपक रेग्मी - सम्पादक (कोरीया सैगात माशीक ) , अक्कल लामा - सम्पादक (बिहानी संदेश मासीक) , संसार पुन - सम्पादक ( पर्बत ब्लग स्पोट डट कम ) , भरत तुलाचन - सम्पादक (म्याग्दी समाज कोरिया ब्लग तथा थसेस कोरिया ब्लग ) ।

Monday, December 28, 2009

प्रवाशि मजदुर युनियन(MTU) र EPS नेपाल सेबा समाजले कानुन तथा मजदुर कानुन सम्वन्धी प्रशिक्षण तथा परामर्श गर्ने सूचना

सन्जीव चापागाई
शुक्रबार,मार्च ,१२,२०१०

मीठा सपना र सुरक्षीत भविष्यको आशामा प्रवासीनु सोचनै हामी नेपालीहरुको लागी प्रतिकुल सावीत वन्दै गएको छ । प्रवासीदैमा सम्पुर्ण समस्याको समाधान हुन्छ भन्ने हाम्रो सोच र प्रवासमा आएर नयां सस्कृती नयां परिवेशमा काम गर्दा धेरैनै कठीनाइ महसुस हुन जानु असोभावीक हाईन । तर गणतन्त्र कोरियाको समाजले आफ्नै सस्कृतीमा गौरव गर्ने र आप्रवासी प्रबासी मजदुरहरु अत्यान्तै गरिव देशवाट आएको हुनाले प्रवासी मजदुरहरुलाई जस्तो ब्यावाहार गर्दा पनि हुन्छ भन्ने सोचाई राख्नाले प्रवासी मजदुरहरुले ठुलो अपमान र भेदभाव व्यहोर्नु परेको छ । प्रबासी मजदुर संघर्षले कोरियन मजदुर कानुनमा धेरै परिर्वतनका हरफहरु लेख्न र कोरियन समाजलाइ प्रबाशि मजदुर पनि मजदुर हो भनेर झक्झकैयाउन सफल भयपनि तल्लो स्तरका कोरियन जनताहरु र प्रवासी मजदुरहरुलाई काम लगाउने कम्पनि मालीकहरुको सोमनस्थिती यथावतनै छ । भाषाको समस्या र उचित सन्चारको अभावले गर्दा मजदुर कानुनले सम्म्रक्षेण गरेका प्रवासी मजदुरहरुको अधिकारलाई कम्पनि मालीकहरुले कम्पनिको व्यावाहार भन्दा पनी दाशताको व्यावाहार गरेको पाइन्छ । हामिहरुलाई हाम्रो अधिकारहरुको ज्ञान नहुनाले कम्पनिमा कम्पनि मालीकको पेलाई स-सगै कामगर्ने कोरियन कामदारको पेलाई र निर्दोश मजदुरले अधिकारको माग गर्दा देश फर्काई दीन्छु अथवा अवैधानिक वनाईदीन्छु भन्ने धम्की गाली र मारपीट जस्ता अत्यान्तै घृीणीत व्यावाहार गर्ने गरेको पाईन्छ । त्यसैलै सर्वप्रथम हामीहरुले हाम्रो अधिकारहरु के - के हुन कम्पनि मालीकतथा अन्य सगै काम गर्ने कोरियनहरुले प्रवाशि मजदुरहरु प्रती गर्ने मार पीट धम्की गाली आदी मानव अधिकारको उंलगन हो की हैन त्यस्तै कम्पनिले हामीहरुले सम्झौता गरेको सम्झौता पत्र अनुसार व्यावाहार नगर्ने र सम्झौता पत्र अनुसार माग गर्दा अवैधानिक वनाईदीन्छु अथवा देश फर्काइदीन्छु भन्ने धम्कीले हामी डराउने की नडराउने के कम्पनि मालीकले साच्चीनै अवैधानिक वनाउन वा देश फकाउन सक्छ हामीहरुले के कस्तो अवश्थामा कम्पनि परिर्वतन गर्न सक्दछौ कम्पनि परिर्वतनका आधारहरु के - के हुन आदि इत्यादी EPS सम्वन्धी हजारौ जीज्ञासा तथा समस्याहरुको समाधानको लागी प्रवाशि मजदुर युनियन र EPS नेपाल सेबा समाजको सयुक्त आयोजनामा अनुभवि कानुन विद्धद्धरा EPS माफर्त कोरियामा काम गन आउनु भएका नेपाली कामदारहरुलाई EPS कानुन तथा मजदुर कानुन सम्वन्धी प्रशिक्षण तथा परामर्श गने उदेश्यले प्रशिक्षण कायक्रम गरियको हुनाले सम्पुर्ण इच्छुक नेपाली साथीभाई हरुलाई उक्त दीन उपस्थित भई अफ्नो अधिकारको वारेमा जानाकारी लिनुहुन हार्दीक अनुरोध गर्दछौ ।
सम्पर्क फोन नम्बरहरु
सन्जीव चापागाई (एम टि यु ) ०१०२५२०००३२ - ०२२२८५६०६८ , डेबिड राई - नपाली सम्पर्क समिती ०१०२७८७७४७३, मिजास राई - EPS नेपाल सेबा समाज ०१०३१४४२३४६

सुनिल कार्की - EPS नेपाल सेबा समाज ०१०३१४०४५२४, इन्द्र प्रसाद न्यौपाने - EPS नेपाल सेबा समाज ०१०८६९३३९८१


आयोजक - प्रवाशि मजदुर युनियन र EPS नेपाल सेबा समाज
मीती २०१०- ०३- २८ आईतवार दीनको दुई वजे

स्थान - प्रवासी मजदुर युनियन (MTU) कायर्लय सदेमुन लाइन नम्वर ५ गेट नम्वर १ सदेमुन स्टसन (Seodaemun Station)

Sunday, December 27, 2009

दुर्घटनामा नायिकाको मृत्यु





काठमाडौं/ उदीयमान नायिका महिमा पोखरेलको सुटिङबाट फर्किने क्रममा सडक दुर्घटनामा परी मृत्यु भएको छ । काभ्रेको पातलखेतमा डिजिटल प्रविधिको अधिकार फिल्मको सुटिङ सकेर र्फकंदा बुधबार उनी दुर्घटनामा परेकी थिइन् ।

पानीट्यांकीनजिकको सडकमा एकै दिशाबाट आएको बा२ख १६०८ नम्बरको टि्रपरले उनी चढेको बा२१प ५५०२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । मोटरसाइकलमा तीनजना चढेको र सोही फिल्मका अर्का कलाकार दिनेश खड्काले चलाएका थिए । ठक्करबाट मोटरसाइकल र चालक बाटोमुनि खसेको र महिमालाई टि्रपरले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसो साढे चार बजे भएको सो दुर्घटनामा घाइते भएका मोटरसाइकलचालक दिनेश र अर्का कलाकार राजु घिमिरे धुलिखेल अस्पतालमा उपचार गरी घर फर्केका छन् ।

टि्रपरको लापबाहीका कारण दुर्घटना भएको भन्दै अधिकारको सुटिङ युनिट र मृतक नायिकाका पारिवारले अपराह्नदेखि बिपी राजमार्गको काभ्रे भञ्ज्याङ खण्डमा आवागमन बन्द गरेका थिए । पीडितले क्षतिपूर्ति नपाएसम्म लास बुभन नमानेको कलाकार उत्तम केसीले बताए ।

छोटो यात्रा
नेपालगन्ज धम्बोजीकी २२ वर्षीया महिमा रजतपटमा छिरेको धेरै भएको छैन । एअर होस्टेसको ट्रेनिङ छाडेर उनी अभिनयमा हाम्फालेकी थिइन् । दिनभरि उनीसितै काम गरेका कलाकार उत्तम केसी भन्छन्, 'साह्रै नम्र स्वभावकी र मिहिनेती थिइन् ।'

रामकाजी घिमिरेको निर्देशनमा काभ्रेली कलाकार मञ्चले निर्माण गरिरहेको डिजिटल फिल्म अधिकारअघि महिमाले जंगली बाबु, जंगल-२, तिरस्कार, फाइटर, म तिमीलाई माया गर्छु, नाता मनकोलगायत डिजिटल फिल्ममा अभिनय गरेकी थिइन् । अभिनय तथा फिल्मी फाइटको समेत प्रशिक्षण लिइरहेकी उनी नायिकाकी रूपमा स्थापित हुने क्रममा थिइन् ।

Thursday, December 24, 2009

सुनियोजित धडपकड,नेपाली ९ जनालाई पक्राउ


सुनियोजित धडपकड,नेपाली ९ जनालाई पक्राउ
१५-फेब्रौरी (कोरियाको दोश्रो महान चाड सलनालको तेश्रो दिन) , २०१० को ११ बजे सिओलको तोङृदेमुन स्थित फेवा रेष्टुरेन्टबाट उईजङृबुको अध्यागमनले सुनियोजित तरिकाले धडपकड गरेको थियो। आज फेब्रुअरी १५ तारिख दिउसोको १० बजे देखि कोरिया स्थित बामपन्थीहरुको साझा संगठन प्रवासी नेपाली संघको बैठकलाई निसाना बनाएर सो संघका अध्यक्ष विक्रम राई, झक थापा (मगर संग अध्यक्ष), विनोद Thakali (बौध परिवार अध्यक्ष/कोष अध्यक्ष), Hem Thapa (अध्यक्ष MTU Woijumbu Sector), अध्यक्ष Suman Rai (Khotang), Shyam Thapa, Manu Shai , Bandari (EPS) लगायतका 8 जना कार्यकर्तालाई रेष्टुरेन्ट भित्रबाट धडपकड गरिएको थियो । फेवा रेस्टुरेन्टमा रहेका सम्पूर्ण नेपालीहरुलाई १ घण्टा नजरबन्दीमा राखी छनोट प्रक्रिया गर्दै 12 जना जति कोरियनहर सबैले भिडियो खिचेर लागेको थिए बांकी १ जना महिलाको भिसा भएको कारण छोडी दिएको उईजङृबु अध्यागमन विभागका कर्मचारीले बताएको छ।

प्रत्यक्षदर्शीले बताए अनुसार संघको बैठक भएको अन्दाजी ३ मिनट पछि उईजङृबुअध्यागमन विभागका अन्दाजी १२ जना कर्मचारीको टोली आई अदालतका आदेश पत्रलाई नेपालीमा अनुवाद गरि ल्याएको पत्रलाई उपस्थित नेपालीहरुलाई देखाई आईडी(एलिएन कार्ड)को माग गरि आईडी नभएका अवैध नेपाली 8 जनालाई २ जनाको दरले हातकडी लगाई लगेको थियो । त्यसमा एक जना महिला पनि रहेको बताएको थियो ।

नयां बर्षको विदाको दिनमा यसरी धडपकड गरेको पहिलो केश हो । सिओलको एरियामा उईजङृबुको अध्यागमन विभागले धडपकड गर्नु र अदालतको आदेश पत्रलाई नेपालीमा अनुवाद गरि ल्याउनाले यो धडपकड सुनियोजित रहेको विदेशीहरुलाई सहयोग गर्ने कोरियाली संघ संस्थाहरुको भनाई रहेको छ ।

यस्तो अबैधानिक रुपमा अनि विना सूचना चाडको बेलामा सम्पूर्ण नेपालीहरुलाई १ घण्ट नजर बन्दिमा राखी दर र धम्कि अनि त्रास देखाई दिनु नै ठाडै मानबअधिकार हनन भएको भन्दै कोरियाको सम्पूर्ण बुद्धिजीबी, ब्यापारी, संघसंस्था र पत्रकारहरुको संयुक्त हस्ताक्षरमा नेपालमा प्रधान मन्त्रीलाई पत्र पठाई सकेको जानकारी आएको छ साथै धडपकडको एकै छिनमा नेपाली आमा(छाबि चिब) कमल प्रसाद कोइराला (नेपाली राजदुत) पनि उपस्तिथी भएको जानकारी आएको छ