खिलानाथ ढकाल, दार्जिलिङ (भारत) मंसिर २० -
गोर्खाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङका सबै विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुलाई नेपाली पोशाक अनिवार्य लगाउन उर्दी गरेको छ। आफ्नो निर्णय उल्लंघन गरे बल प्रयोग गर्ने धम्की मोर्चाले दिएको छ।
पोशाक आन्दोलनअन्तर्गत छात्रहरुलाई दौरा सुरुवाल, कोट, टोपी तथा छात्राहरुलाई चौबन्दी चोलो र सारी लगाउन भनिएको छ। पाँच दिनदेखि जारी भएको मोर्चाको उर्दीपछि स्थानीय विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु पोशाक लगाएरै विद्यालय आउन थालेका छन्।
गोर्खाल्याण्ड राज्यको मागलाई अझ सशक्त बनाउन पोशाक आन्दोलनलाई अगाडि बढाइएको मोर्चाले जनाएको छ। 'गोर्खाल्याण्ड राज्यका लागि सञ्चालित आन्दोलनलाई निर्णायक विन्दुमा पुर्याउन पोशाकबाट अर्को आन्दोलन शुरु गरिएको हो', मोर्चाका केन्द्रीय सदस्य हर्क क्षेत्रीले भने, 'गोर्खालीहरुकै स्वाभिमान र गरिमाका लागि यस्तो निर्देशन दिइएको हो।'
विद्यालयबाट शुरु भएको विद्यार्थीको पोशाक आन्दोलनले आगामी डिसेम्बर २१ मा दार्जीलिङमा हुने मोर्चाको मागका विषयमा राज्य सरकार र केन्द्र सरकारबीचको वार्तालाई थप दबाब दिने क्षेत्रले बताएका छन्। गत वर्ष पनि मोर्चाले पर्यटक भित्रिने मुख्य सिजन पारेर एक महिनासम्म पोशाक आन्दोलन गरेको थियो।
विद्यार्थीहरुले विद्यालयमा नेपाली पोशाक लगाए नलगाएको निगरानी गर्न मोर्चाको सेना पर्सनल लडाकु दस्ता जिएलपी परिचालन गरिएको छ। पोशाक नलगाउने विद्याथीलाई कार्वाही स्वरुप विद्यालय प्रवेशमा रोक लगाइने मोर्चाले चेतावनी दिएको छ। मोर्चाले केही समय अघिदेखि बंगाल सरकारलाई कर बुझाउँदै आएका स्थानीय रक्सी पसलहरु बन्द गर्दै आएको छ भने विद्यार्थीलाई मोटरसाइकल र मोबाइल चलाउन प्रतिबन्ध गरेको छ।
Saturday, December 5, 2009
Friday, December 4, 2009
कालापत्थरमा मन्त्रिपरिषद्को बैठक सम्पन्न, सगरमाथा घोषणापत्र जारी

शुक्रवार, 04 डिसेम्बर ,श्याम भट्ट, स्याङबोचो, मंसिर १९-
समुद्री सतहबाट १७ हजार फिटमाथि रहेको कालापत्थरमा शुक्रबार बिहान मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ। बैठकले १० बूँदे सगरमाथा घोषणापत्र जारी गरेको छ। मौसमले साथ दिएको हुनाले निर्धारित २० मिनेटभन्दा बढी करिब एक घण्टा बैठक बसेको थियो।
बैठकले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र, रामेछाप र दोलखाको गौरीशंकर संरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर पार्ने तथा बाँके राष्ट्रिय निकुञ्ज थप्ने निर्णय गरेको छ।
प्रधानमन्त्री माधवकुमार नेपालले बैठकमा सम्बोधन गर्दै कार्बन उत्सर्जन गर्ने राष्ट्रहरुले त्याग गर्न आह्वान गरे। हिमाली राष्ट्रहरु जलवायु परिवर्तनविरुद्ध एकजुट हुनुपर्ने आवश्यकता पनि उनले औँल्याए।
बैठकले गरेका निर्णयहरुका बारेमा स्याङबोचेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो। स्याङबोचेमा स्थानीय बासिन्दाले मन्त्रीहरुको स्वागत गरेका थिए।
यसअघि कालापत्थर जानुअघि प्रधानमन्त्री लगायत २३ मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उनीहरुको रगतमा अक्सिजनको मात्रा सन्तोषजनक देखिएपछि चिकित्सकहरुले कालापत्थर जान अनुमति दिएका थिए।
मौसम सफा भए मन्त्रीहरु आजै काठमाडौँ फर्कँदै छन्।
के छ घोषणापत्रमा ?
घोषणापत्रमा जलवायु परिवर्तनको दृष्टिले जोखिममा परेका हिमालय र पर्वतीय पर्यावरणीय प्रणालीलाई जोगाउन तथा विश्व समुदायको ध्यानाकर्षण गराउने निर्णय गरेको उल्लेख छ।
यसैगरी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको विषम परिस्थितिबाट स्थानीय जनजीविका, सिमान्तकृत समूह, आदिवासी समूह, महिला, बालबालिकामा पर्ने असरबारे स्थानीय र राष्ट्रिय जनचेतना सञ्चालन गर्ने निर्णय छ।
कृषि र अन्य क्षेत्रमा सामयिक अनुकूलन गर्न पूर्व सूचना प्रणाली, जलवायु परिवर्तनको प्रारुपहरुको विकास एवम् क्षमता अभिवृद्धिको उपाय अवलम्बन गरिने भएको छ।
पर्वतीय पर्यावरणीय संरक्षण गर्ने क्रममा २० प्रतिशत संरक्षित भू-भागलाई २५ प्रतिशतमा पुर्याउने र ४० प्रतिशत वन क्षेत्र पुर्याउन अपिनप्पा र गौरीशङ्करलाई संरक्षण क्षेत्रको रुपमा घोषणा गरेको छ।
जलवायु परिवर्तनबाट जलस्रोत, वन, कृषि, मानव जीवन एवम् मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय अनुकूलन प्रभावकारीरुपमा कार्यान्वयन गर्न विश्व समुदायको सहयोग प्राप्त गर्ने, साथै विकसित मुलुकहरुले कूल गार्हस्थ्य उत्पादनको एक दशमलव पाँच प्रतिशत जलवायु अनुकूलन कोषमा योगदान गर्ने प्रस्तावको समर्थन गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न स्याङबोचेमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधवकुमार नेपालले स्वच्छ ऊर्जाको विकासबाट नेपालले यस क्षेत्रमा कार्बन उत्सर्जन कम गर्न सकिने विश्वास राख्दै यसका लागि उपयुक्त एवम् आधुनिक प्रविधिको विकास एवम् सुलभ हस्तान्तरण तथा छिमेकी राष्ट्रहरुको ध्यानाकर्षण गराउने निर्णय भएको पनि जानकारी दिए।
स्वच्छ विकास संयन्त्र (सिडिएम)मा रहेको कोषबाट नेपालले लाभ लिनका लागि गरिब मुलुकका लागि बढी लाभ वितरण गर्न तथा हिमस्खलन प्रक्रियामा हिमाली क्षेत्रको जलवायु परिवर्तनको असरबारे अध्ययन अनुसन्धान कम भएकोले तत्सम्बन्धी ज्ञानको कमी पूरा गर्न पहल गर्ने पनि निर्णय गरिएको छ।
मानव क्रियाकलापबाट जलवायु परिवर्तनमा भयावह स्थिति सिर्जना हुन नदिन वायुमण्डलमा हतिरगृह ग्यासको मात्रा ३५० पिपिभन्दा कम हुनुपर्ने तथा पृथ्वीको औसत तापक्रम औद्योगीकरणको थालनी पूर्वको तहभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी नगर्न पनि मन्त्रिपरिषद्ले आह्वान गरेको छ।
सो अवसरमा प्रधानमन्त्री नेपालले नेपालको इतिहासमा सबैभन्दा उचाईमा बसेको मन्त्रिपरिषद्को आजको बैठकले सगरमाथा घोषणापत्र जारी गरी विश्व समुदायलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनबाट परेको असरको बारेमा जानकारी गराउनुका साथै जलवायु परिवर्तनप्रति सामूहिक प्रतिबद्धता व्यक्त गर्न र यसबाट सिर्जित नकारात्मक प्रभावबाट बच्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले जलवायु परिवर्तनबाट सिर्जित समस्या नेपालको कारणबाट नभई औद्योगिक तथा विकसित मुलुहरुबाट भएकोले ती मुलुकहरुले नेपाललगायत विकासोन्मुख मुलुकमा थप लगानी गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा हिमाली र समुद्रीतटका मुलुकहरु प्रभावित रहेकोले विश्व समुदायमा यसबारेमा सामूहिकरुपमा आवाज उठाउनुपर्दछ भने।
पृथ्वी हाम्रो साझा घर हो, यसको संरक्षण गर्नु हाम्रा लागि र हाम्रा भावी सन्ततिको लागि आवश्यक छ भन्ने मान्यताअनुसार वातावरण संरक्षणमा ध्यान दिनु जरुरी भएको उल्लेख गर्दै उनले हिमालय क्षेत्रमा परेको असर दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणमा असर पुगेकोले यसतर्फ सबैको ध्यान जानु आवश्यक छ भने।
पर्वतेली कलाकार सम्मानित

पर्वत/ पर्वतमा जन्मी राजधानीमा रहेर लोकगायनमा लागेका आधादर्जन कलाकार एउटै मञ्चमा सम्मानित भएका छन् । जिल्ला विकास समिति पर्वत र सुन्तला महोत्सव आयोजक समितिले उनीहरूलाई सम्मान गरेको हो । कलाकारिताको माध्यमबाट जिल्ल्ााको लोकस्ांस्कृतिको जगेर्ना गर्न लागिपरेको भन्दै उनीहरूलाई सम्मान गरिएको छ । सम्मानित कलाकारमा विमलराज क्षेत्री, कस्तुप पन्त, कुलेन्द्र विक, संकल्प सुवेदी र युवराज भुसाल रहेका छन् । त्यसैगरी जिल्ल्ााबाहिरका मैना रेश्मीमगर र मुना थापालाई पनि स्ाम्मान गरिएको हो । उनीहरूलाई फूल, अबिर र खादा ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै कलाकार विमलराज क्षेत्रीले गायन क्षेत्रमा लागेर जिल्लामा पहिलोपटक सम्मानित हुँदा गर्व लागेको बताउँदै जिल्लाको पहिचान र मौलिक कलासंस्कृतिको जगेर्नाका लागि कला क्षेत्रबाट प्रयासरत रहने बताए । उनल्ो यस्ताखालका कार्यक्रमले थप हौसला मिल्ने बताए । ला मिल्ने वताए ।
Wednesday, November 25, 2009
गढीमाईमा बीभत्स पशुबलि १८ हजार राँगा ढालिए, मन्दिर क्षेत्र रक्ताम्य

पहिलो दिनमै १८ हजार राँगा ढालिए, मन्दिर क्षेत्र रक्ताम्य
प्रकाश लम्साल/नयाँ पत्रिका
बरियारपुर, बारा, ९ मंसिर
बाराको गढीमाई मन्दिरमा पशुबलिको पहिलो दिन मंगलबार १८ हजारभन्दा बढी राँगा ढालिएका छन् । यत्रतत्र टाउको काटिएका राँगा लम्पसार परेका देखिन्छन् भने आसपासको क्षेत्र रक्ताम्य बनेको छ ।
पशुबलि चढाइने ब्रह्मस्थाननजिक भीडका कारण पुग्न नसक्नेले तोकिएको सीमाभित्र यत्रतत्र बलि दिएका थिए । चार बिघा क्षेत्रफलमा रहेको बधशालामा बलि चढाइएको राँगाको रगतले मन्दिर क्षेत्रमा रगतको आहाल बनेको छ । पशुबलिका लागि तीन किलोमिटर क्षेत्रफल सिमाना छुट्टयाइएको छ ।
'बलि सकेसम्म व्यवस्थित गर्ने हाम्रो प्रयास छ,' गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव जितेन्द्र गुप्ताले भने, 'सबैले तिथिकै मौका छोपी बलि दिने हुँदा रक्ताम्य हुनु स्वाभाविकै हो ।'
जतासुकै पशुको रगत भरिएकाले गढीमाई मन्दिरमा शुद्ध पूजा गर्ने श्रद्धालुलाई कठिनाइ उत्पन्न भएको हेटौँडाबाट आएका प्रमोद वाग्लेले बताए । 'शुद्ध पूजा गर्नेका लागि समितिले मन्दिरसम्म आउन छुट्टै बाटो बनाइदिनुपथ्र्यो,' वाग्लेले भने ।
साँझसम्म १८ हजारभन्दा बढी राँगा बधशालाभित्र बलि दिइएको मेला मूल समितिका सचिव मोतीलाल कुशवाहले बताए ।
'विशाल बलिलाई व्यवस्थित गर्नु हाम्रो जिम्मेवारी हो । आगामी दिनमा थप व्यवस्थित गर्न प्रयास गर्नेछौँ,' कुशवाहले भने ।
चाँँडै बलि दिने होडबाजी चल्दा मार हान्नेहरूलाई बलि दिन आएकाले तानातान गरिरहेको देखिन्थ्यो । बलिको समाचारका लागि स्वदेशी तथा विदेशी सञ्चारकर्मीको व्यापक उपस्थिति थियो । आर्थिक अभावका कारण लाखौँको संख्यामा हुने हाँस, कुखुरा र बोकाको बलिका लागि व्यवस्थित बधशाला बनाउन नसकिँदा यस्तो स्थिति भएको समितिले जनाएको छ । समितिका अनुसार यसपटकको मेलामा झन्डै चार बिघा क्षेत्रफलमा राँगाका लागि व्यवस्थित बधशाला निर्माण गरिएको छ ।
The Matches of Fifa 2010 Result list
Scheduler
Group A Match Date - Time - Country
11/06 16:00 South Africa - Mexico
11/06 20:30 Uruguay - France
16/06 20:30 South Africa - Uruguay
17/06 20:30 France - Mexico
22/06 16:00 Mexico - Uruguay
22/06 16:00 France - South Africa
Group B Match Date - Time - Country
12/06 16:00 Argentina - Nigeria
12/06 13:30 Korea Republic - Greece
17/06 16:00 Greece - Nigeria
17/06 13:30 Argentina - Korea Republic
22/06 20:30 Nigeria - Korea Republic
22/06 20:30 Greece - Argentina
Group C Match Date - Time - Country
12/06 20:30 England - USA
13/06 13:30 Algeria - Slovenia
18/06 16:00 Slovenia - USA
18/06 20:30 England - Algeria
23/06 16:00 Slovenia - England
23/06 16:0 USA - Algeria
Group D Match Date - Time - Country
13/06 20:30 Germany - Australia
13/06 16:00 Serbia - Ghana
18/06 13:30 Germany - Serbia
19/06 16:00 Ghana - Australia
23/06 20:30 Ghana - Germany
23/06 20:30 Australia - Serbia
Group E Match Date - Time - Country
14/06 13:30 Netherlands - Denmark
14/06 16:00 Japan - Cameroon
19/06 13:30 Netherlands - Japan
19/06 20:30 Cameroon - Denmark
24/06 20:30 Denmark - Japan
24/06 20:30 Cameroon - Netherlands
Group F Match Date - Time - Country
14/06 20:30k Italy - Paraguay
15/06 13:30 New Zealand - Slovakia
20/06 13:30 Slovakia - Paraguay
20/06 16:00 Italy - New Zealand
24/06 16:00 Slovakia - Italy
24/06 16:00 Paraguay - New Zealand
Group G Match Date - Time - Country
15/06 16:00 Côte d'Ivoire - Portugal
15/06 20:30 Brazil - Korea DPR
20/06 20:30 Brazil - Côte d'Ivoire
21/06 13:30 Portugal - Korea DPR
25/06 16:00 Portugal - Brazil
25/06 16:00 Korea DPR - Côte d'Ivoire
Group H Match Date - Time - Country
16/06 13:30 Honduras - Chile
16/06 16:00 Spain - Switzerland
21/06 16:00 Chile - Switzerland
21/06 20:30 Spain - Honduras
25/06 20:30 Chile - Spain
25/06 20:30 Switzerland - Honduras
South Africa 2010 Match Schedule PDF Document

Monday, November 23, 2009
नेपाली सेनाको सर्वसाधारणले विरोध

सदरमुकाम कुस्मास्थित नेपाली सेनाको गुल्म सार्ने तयारी भएको भन्दै पर्वतको देवीस्थानका सर्वसाधारणले विरोध गरेका छन्। सेनाको नयाँ भैरवी दल गुल्म देवीस्थान–८ स्थित माझी गाउँको चौरमा सार्न एक साताअघि गुल्मपतिले निरीक्षण गरेका थिए। आइतबार देवीस्थान गाविस वडा न ७, ८ र ९ का सर्वसाधारण सदरमुकाम आएर प्रदर्शन गरेका हुन।
चामल माग्ने जनताले खाए पुलिसको लाठी

नयाँ पत्रिका
बाजुरा, ७ मंसिर
बिहान-बेलुकाको छाक टार्न नसकेपछि खाद्य संस्थानमा चामल माग्न गएका सर्वसाधारण प्रहरीको लाठी खाएर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । चामलका लागि प्रदर्शन गर्ने ११ स्थानीयवासी र पाँच प्रहरी घाइते अस्पतालमा छन् ।
भोकमरी पीडित बाजुरावासी खाद्य संस्थानले चामल बाँडिरहेको खबर पाएपछि सदरमुकाम पुगेका थिए । तर, दिनभर लाइन बसेपछि कर्मचारीले चामल सकियो भन्दै गेट बन्द गर्न खोजेपछि झडप भएको थियो ।
चामलका लागि सर्वसाधारण प्रदर्शनमा उत्रिएपछि नियन्त्रणका लागि प्रहरी परिचालन भएको थियो । चामलका लागि सर्वसाधारणको लाइन लागेको थियो, तर चामल सकियो भन्ने खबर पाउनासाथ सर्वसाधारणको लाइन जुलुसमा परिणत भएको थियो ।
झडपमा घाइते भएकाको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ । आइतबार दिउँसोबाट सुरु भएको झडप रातिसम्म जारी थियो ।
चामल नपाएको झोँकमा आक्रोशित सर्वसाधारणले नाराजुलुस गरिरहेका वेला जुलुसलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा १५ जना घाइते भएका छन् ।
घाइतेमा सुना चुदारा र चक्रराज जोशी गम्भीर छन् । उनीहरूको बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको संख्या बढी भए पनि सम्पूर्णको नाम खुल्न सकेको छैन ।
संस्थानले प्रतिव्यक्ति पाँच किलो चामल वितरण गरिरहेको थियो । बाजुराको उपभोक्ताले १० देखि १५ किलोसम्म चामल पाउनुपर्ने माग गरिरहेका थिए । तर, दिउँसो नै चामल सकियो भन्दै खाद्य संस्थानका ढोका बन्द भएपछि सर्वसाधारणको प्रदर्शन सुरु भएको थियो ।
जिल्ला कृषि विकास कार्यालय बाजुराले उत्पादनमा ८० प्रतिशत ह्रास आएकाले यो वर्ष आवश्यक खाद्यान्न पुर्याउन नसक्ने घोषणा गरिसकेको छ । जिल्लाको उत्पादनमा ह्रास आएको बेला खच्चर पनि बिरामी भएर मर्न थालेपछि जिल्लामा खाद्य संकट देखिएको कृषि विकास कार्यालयको भनाइ छ ।
यही बेला जिल्लामा चामल ढुवानी गर्ने खच्चर मरिरहेका छन् । तीन सातायता जिल्ला आएका ३२ खच्चर अज्ञात रोगले मरेका थिए । जीवित खच्चर पनि तिनका साहुले सुरक्षाका लागि भन्दै परिचालन गरेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले भने खच्चरको अभाव भएपछि हवाईमार्गबाट खाद्यान्न संकट टार्ने बताएका छन् । 'हामी अहिले (आइतबार राति) मात्र सर्वदलीय बैठक बसेका छौँ, अब हवाईमार्गबाट पाँच सय क्विन्टल चामल मगाउने निश्चित भएको छ,' उनले भने । प्रजिअ निरौलाले घाइतेका उपचार जिल्ला स्वास्थ्यमा भइरहेको पनि बताए ।
प्रजिअले पाँच सय क्विन्टल चामल मगाउने घोषणा गरेका छन् । जबकि नेपाल खाद्य संस्थानको बाजुरा मार्तडी शाखा र कोल्टी डिपोमा हप्ताको दुईपटक मात्र बिक्री गर्दा पनि ६ देखि आठ हजार क्विन्टल चामल बिक्री हुने गरेको छ ।
माओवादी नेता डा. बाबुराम भट्टराई दक्षिण कोरियामा आउने निश्चित

एस के नेपाल न्यूज सर्भिस
आइतबार,नोवेम्बर ,२२,२००९
एकिकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष डा.बाबुराम भट्टराई नेपाल जनअधिकार मंच दक्षिण कोरियाले आयोजना गर्न लागेको अन्तरकि्रया कार्यक्रममा भाग लिन यहि नोभेम्वर २९ तारिकका दिन दक्षिण कोरियाको राजधानी सोलमा आउने हुने भएको छ ।
सोल शहरको दुन्देमून स्टडियम स्थित एक सभा हलमा डा. भट्टराईले नेपाली राजनीतिक संकट तथा समाधान विषयक अन्तरकि्रया कार्यक्रमलाई सम्बोधन गर्नु हुने छ । नेपाली समुदाय तथा नेपाल प्रति चासो राख्ने कोरियालीहरुको उक्त कार्यक्रममा उपस्थिति रहने आयोजक संस्था नेपाली जनअधिकार माच दक्षिण कोरियाले जनाएको छ ।
एकिकृत नेकपा माओवादीको नागरिक सर्वोचत्ता आन्दोलन नेपाली राजनीतिक संकट नयाँ संविधान निमार्ण तथा स्थायी शान्तिका विषयमा पार्टीको घारणा डा. भट्टराईले व्यक्त गर्नु हुने बताइएको छ । डा.भट्टराई यहि नोभेम्वर २८ तारिक शनिवारका दिन सोलमा आउने हुने र २९ तारिकका दिन उक्त अन्तरकि्रया कार्यक्रममा सहभागी भए लगत्तै स्वदेश फर्कनु हुने आयोजक संस्थाले जनाएको छ ।दोङ्देमुन स्टेडियम नजिकै रहेको उक्त हलमा जान लाइन नं २, ४, ५ को गेट नं १४ वाट निस्किएर मिग्लिओरे विल्डिङ तथा डुसान टावरलाई दाया पारेर १५० मिटर अघि हिड्दा कार्यक्रम हल जुङ्गु गुमिनह्वेग्वान्मा पुग्न सकिनेछ । सउल शहर तथा आसपासका शहरवाट चल्ने ०१, ०२, १०१, १०५, १०६, १४४, १५२, २०१, २६१, ३०१, ३०३, ४२०, ६०१ नम्बरको वसवाट डुसान टावरको नजिकै रहेको बस स्टेशन ओर्ली कार्यक्रम स्थलमा पनि पुग्न सकिनेछ ।
Saturday, November 14, 2009
पर्बत प्रबाशी समाज दक्षिण कोरियाको प्रेस विज्ञप्ति
मितिः २००९ अक्टुबर १४
२००९ फेब्रुरी १५ तारिक "नेपाल सम्पर्क समिति दक्षिण कोरिया" को आयोजनामा आगामी कोरियाको महान चाड "छुसक र सल्नाल" मा को कसले रमाइलो सांस्कृतिक कार्यक्रम देखाउने ? भन्ने बारेमा कोरियामा स्थापना भएका संपूर्ण संघ र समाजहरुलाई "नेपाल सम्पर्क समिति" अर्थात छाता संघठनको कार्यलयमा बोलाई राती अबेरसम्मको निर्णयमा गोला पर्थ बाट "पर्बत प्रबासी समाज दक्षिण कोरिया" ले मिति २०१० फेब्रुरी १४ तारिक सल्नाल को दिन आफ्नो "सलनाल पर्बत सांस्कृतिक सौगात २०१०" प्रस्तुत गर्ने मौका पाई सबै स्थान्हरुमा प्रचार-प्रसार गर्दै अई रहेको छ साथै २००९ अक्टूबर ०१ तारिक पर्बत प्रबाशी समाजको नियमित बैठक बसी आउदो सलनाल पर्बत सांस्कृतिक सौगात २०१०" तयारीको लागि कलाकार छनोट, हलको व्यवस्था र टिकेट उपर निर्णय पारित गरेको छ l
तर कही दिन देखि नेपाल कोरिया न्यूज़ मार्फत रघु त्रिपाटी अध्यक्ष रहनु भएका "आपात कालीन समाज" ले अचानक बिना निर्णय र पर्बत प्रबाशी समाज संघ कुनै सलाह नगरी फेब्रौरी १४ तारिक नै नेपाल बाट "नेपथ्य बेन्ड" लेउने हल्ला फिजाई रहनु सरा-सर मुर्खता जनाउनु भएको तथा सिधै कोरियाको संपूर्ण संस्थाहरु को निर्णय बिपरीत भएको हुदा आपातकालीन समाजको यो निर्णय फिर्ता गरिदिनुहोला भन्ने अनुहारोद गर्दछु
पर्बत प्रबासी समाज
दक्षिण कोरिया

परिवार र देश विछोडको तुलनामा मैले कोरियामा केही पाइँन
बम लावती : Ex President of NCC south korea
१४ वर्षदेखि कोरियामा श्रम, राजनीति, समाजसेवा तथा साहित्यमा एकैसाथ संलग्न भएका बम लावतीलाई अहिले कोरिया अध्यागमनले ह्वासङ प्रवासी बन्दी गृहमा राखेको छ। गत साता पक्राउ परेका उनलाई शनिवार नेपाल फकाइँदैछ। बन्दीगृहमा उनी आफ्नो विगतको सुक्ष्म विश्लेषण गरिरहेका छन्, विदेशी भूमिमा के पाएँ र के गुमाएँ भन्दै। नाबालक छोराछारी र जवान श्रीमतीलाइ स्वदेशमै छोडेर पराइ भूमीमा बस्दा उनलाई परिवारको साथ नै सबैभन्दा बढी गुमेको अनुभव भएको छ। उनको 'चट्टान फुटाउदै गरेका बालबालिका' नामक पुस्तक कोरियाली भाषामा प्रकासित छ। कोरियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली सम्पर्क समितिका अध्यक्ष समेत रहेर काम गरिसकेका लावतीसँग माधवी भट्टले गरेको संक्षिप्त कुराकानीः
प्रश्नः तपाइँत जेलमा हुनुहुन्छ। किन पक्राउ गरिएको हो ?
म सन १९९६ मा कोरिया आएका हुँ। मैले काम गरेको कम्पनी राम्रो थिएन। त्यसैले तीन महिनामा नै भिषाविहीन हुन पुगेँ।जनावरजस्तै खटिँदा पनि त्यो तीन महिनामा मैले काम गरेको तलव सबै पाइनँ। त्यसपछि म कोरियामा भिषाविहीन भएरै बसे। भिषाविहीन विदेसी श्रमिकलाइ धपाउने कोरिया सरकारको नीतिको म पनि शिकार भएको हुँ।
प्रश्नः नेपाल कहिले फर्काइदै हुनुहुन्छ? पक्राउ नपरेको भए कतिसमयसम्म कोरिया बस्ने विचार थियो?
नेपाल पठाउने सवै प्रक्रिया पुरा भइसकेको छ। यही शनिवार फर्काइँदैछ। पक्राउ नपरेको भएपनि आउने डिसेम्बरसम्ममा नेपाल जाने सोच बनाइसकेको थिएँ। लामोसमयको विदेश बसाइमा म परिवार र स्वदेशको सम्झनामा नराम्ररी छटपटिएका थिएँ।
प्रश्नः कोरिया आउनअघि नेपालमा तपाइँको परिचय के थियो? किन कोरिया आउनुभएको?
नेपाल आउनअघि म पाँचधर जिल्लाको शरस्वती विद्यालयमा शिक्षक थिएँ। नेपाल शिक्षक संघको राजनीतिमा पनि सक्रिय थिएँ। काठमाडौं आउजाउको क्रममा साथीहरुले राजनीतिको लागि ३०-४० लाख रुपैया चाहिन्छ भन्थे। मलाई पनि कुरो ठिकै जस्तो लाग्यो। कोरियामामा ३-४ वर्ष काम गरैर पैसा कमाएपछि नेपालमा राजनीति गरौँला भन्ने सोचले म यता हानिएको थिएँ। तर सोचेजस्तो भएन। उता संघसंगठनमा हिँडेको बानी यता आएर पनि त्यसलाई छोढ्न सकिएन। खासगरी कोरिया आएको पहिलो वर्ष हातकाटिएका ३ जना प्रवासी श्रमिकलाइ कोरिया अध्यागमन अधिकारीहरुले लछारपछार गरेको देखें। यो दृश्यले मलाइ यहाँको मानवअधिकारको स्थिति दर्दनाक छ भन्ने थाहा भयो। त्यसैले श्रमिक अधिकारका लागि पनि संघर्ष गरेँ।
प्रश्नः ३०-४० लाख पैसा जम्मा भयो त? अब गएर के गर्ने विचार छ?
पैसा त ३५-४० लाख कमाइयो होला तर त्यो एकमुष्ट जम्मा गरिएन। कमाउदै परिवारलाइ पठाउँदै गरियो। अब नेपाल गएर जिल्लाको राजनीति र समाजसेवामा नै सक्रिय रहने विचार छ। कोरियामा त राजनीति र सामाजिक कार्यबाट बाहिर निष्कन सकिएन। नेपालमा पनि के त्यसै बस्न सकिएला र?
प्रश्नः तपाइँ केहीवर्षअघि कोरियामा भएको धरकपकडविरुद्ध धर्ना र प्रदर्शनीमा पनि सामेल हुनुभएको थियो। अहिले पनि केही नेपालीहरु प्रदर्शनमा सामेल छन्। यसरी विरोधमा सहभागी हुनपर्ने कारण कै होला?
कोरियामा विदेशी मजदुरमाथीको चरम शोषण देखेकाले कोरियनहरुले प्रवासी श्रमिकअधिकारका लागि गरेको आन्दोलनमा म पनि सक्रिय थिएँ। कोरियाको राजधानी सोलको म्योङदोङ चर्चमा भएको सिट इन स्ट्रगलका बेला म स्वयं प्रचारप्रसार समितिमा थिएँ। अहिले मलाइ के लाग्छ भने त्यसमा विदेसीहरुको अधिकार मुद्दा केवल नारामा मात्र रहेछ वास्तविकतामा होइन। कोरियालीहरुले अमेरिकी गाइको मासुविरुद्धको आन्दोलनमा, अमेरिकी आर्मीकौ उपस्थितिका विरुद्धमा हुने प्रदर्शनमा पनि विदेसी श्रमिकलाई सहभागी गराइरहेका छन्।
कोरियनहरु कस्ता हुन तपाइँ नजरमा?
कोरिया जति विकसित छ। कोरियन समाज र मानिसहरुको सोच त्यति विकसित भएजस्तो लागेन मलाई। तर कोरियालीहरुबाट सिक्नुपर्ने दुइटा कुरा छ। अनुशासनकौ पाठ र श्रम गर्ने संस्कार।
तपाइँले कोरियामा के पाउनुभयो र के गुमाउनु भयो?
मैले कोरियामा करिब डेड दशकको अवधिमा सधैँ गुमाएको मेरो परिवार नै हो। म नेपाल छोड्दा छोरा सातवर्षको र छोरी डेडवर्षकी थिइन्। जवान श्रीमतीलाई उता एक्लै छोडेर यता आफू एक्लै। देशको सम्झलनाले सताइरह्यो। परिवार र देशको विछोडको तुलनामा मैले कोरियामा केही प्राप्त गरिन्।

Subscribe to:
Posts (Atom)