Tuesday, October 20, 2009

पर्बत प्रबाशी समाज द कोरियाको सुचना

सन्जीब चापागाई
सोमबार,October,१९,२००९

पर्बत प्रबाशी समाज द कोरियाले यहि आउदो महिनाको 2009/11/01 तारिक दोङ्देमुनमा सम्पुण पर्बत बासी दाजु भाई तथा दिदी बहिनीहरुलाई आमन्त्रण गरि ब्यापक छलफल गरिने भएको छ । सो छलफलमा पर्बत प्रबाशी समाजका आन्तरीक बिसयहरु लगायत आगामी सल्नाल 2010/02/14 तारिकमा प्रर्बत प्रबाशी समाजद्धरा गरिने सास्कृतिक कार्यक्रमको तयारीको लागि कलाकार छनौट लगायतका बिषयहरुमा निणायक छलफल गरिने भएकोले उक्तदिन सम्पुण पर्बतबासी दाजु भाइ तथा दिदि-बहिनीहरुलाई उपस्थित भइदिनु हुन प्रबत प्रबाशी समाज हार्दिक अनुरोध गर्दछ ।
स्थान - रेन्बो स्कुल दोङ्देमुन
समय - दिनको १२ बजे (लाइन नम्वर १ दोङ्देमुन - गेट नम्बर १ ,२ र ३)
सम्पर्क फोन नम्बर
तुल ब पुर्जा 01046949826 , संसार पुन 01085012037, गोविन्द गुरुङ् 01096911332,

टिका गुरुङ् 01053311294, Sanjib Chapagai 0102520 0032

रेनु पुन 01068704266, हरि प्रसाद पौडेल 01086887726, सुर्य पुन 01196857916,

राजेन्द्र अधिकारि 01072198208,

अमर पुन 01028912526, ओम गुरुङ् 01058162326, रीतु थापा 01086825704

Sunday, October 18, 2009

प्रवासी मजदुरहरुलाई समातेर घर फर्काउने चलन नयाँ र नौलो होइन तर


संसार पुन, दक्षिण कोरिया
संसार पुन ,कोरिया

कोरियामा अबैधानिक प्रवासी मजदुरहरुलाई समातेर घर फर्काउने चलन नयाँ र नौलो होइन तर केहि समय देखि कोरियामा नौलो र नयाँ तरिकाले पक्रिने कोसिस गरिरहेको छ जसको लागि प्रवासी मजदुर संघ मात्रै नभई कोरियाको सम्पूर्ण राजनिक दलहरु पनि पुर्णरुपमा बिरोद र पर्तिकार गरिरहेको छन् l
कोरियामा अध्यागमनले १९९५ तिर पनि धर्पकट गर्ने बेलामा १९९७ मा एसियामा लागेको "आइ यम यफ" (व्यापार घाटा) कोरियामा पूर्ण असर पर्दा धेरै बिदेशीहरु घर फर्के पछि धर्पकट सामान्य भएको थियो रे पछि किम्देअजुंग रास्ट्रपति भएको बेला 'फिफा वोर्ल्ड कप" हुदा सम्पूर्ण बिदेशीहरुलाई अबैधानिकबाट बैधानिक बनाएको थियो भने नमुहेअन रास्ट्रपति भएको बेला २००४ बाट "इ प यस" नियम लागु गरि केहि अबैधानिकलाई बैधानिक बनाउदै र नयाँ कामदारहरु कोरियामा परबेश गराउदै कडा धर्पकट सुरु गरेको थियो l
जेहोस धर्पकट मुख्य स्थान र कम्पनिहरुबाट हुनेता गर्दथियो तर नेपालीहरुको मुटु र गल्लीको रुपमा परिचित तोंगदेमुनको रेस्टुरेन्ट र पसलहरुमा पसेर अध्यागमनले समतने, कोठा-कोठाहरुमा छापा हानेर समतने, काम गरेबापत पाइने तलब तथा १ वर्ष काम गरे बापत पाइने १००-२०० पर्तिसत थेजिकम तथा बोनस कुराहरु कम्पनि मालिक(साहु) संघ गर्दा अध्यागमनलाई बोलाई समताउने र छुटेकोहरुलाई पनि प्रहरी लाई रिपोर्ट गर्ने तथा बाटो-बाटोमा समतने नियम कडा र कठोर निकाली रहेको छ जसको लागि वर्तमान रास्ट्रपति इमेम्बाकले अध्यागमन, नोदोंग्बू (लेबोर ओफिस ), प्रहरी र सरकारी कर्मचारीहरुलाई परिचालन यहि २००९ अक्टुबरबाट सुरु गरिरहेछ l

कोरियाको पत्रिकाहरुको रिपोर्टहरुमा २००६ मा २३७७१ २००७मा २२५४६ र २००८मा ३२५९१ जना प्रबासी मजदुरहरु समातेर घर फिर्ता पठाएको थियो भने यहि अक्टुबर मा कोरियामा १८ बर्ष बस्नु भएका कोरियामा मिनु भनेर चिनिनु हुने नेपाली जो ३८ वर्ष पुग्नु भएको छ उहा योंग्सान क्षेत्र बाट समातिनु भएको छ उहाले प्रबासी मजदुर संघको रेडियो प्रोग्राम चलाउनु हुनुहुन्थियो l उहा गायक पनि हुनुहुन्छ l उहाको रिहाइको लागि होवासा जेल अगाडी प्रवासी मजदुर संघले १६ तारिक धर्ना दिएको छ जसको फैसला छिट्टै हुदै छ उक्त धर्ना अर्थात् बिरोद कार्यक्रमलाई कोरिएको सम्पूर्ण राजनीतिक दलहरुले सहयोग गर्दै छिटो धर्पकट बन्द गर्न चेतावनी दिएको छ साथै प्रवासी मजदुरहरुलाई समातेर पठाउनु भनेको चराको पखेटा काटेर छोडिनु हो भनेको छन् l

Wednesday, October 14, 2009

नेपल-भारत सिमाको ६ स्थानमा रेल सेवा

नेपल-भारत सिमाको ६ स्थानमा रेल सेवा

भारतले नेपालको ६ स्थानमा रेलसेवा जोड्ने गरी काम अगाडि बढाएको छ । रेलसेवा संचालनका लागि सम्भावनाको अध्ययन गर्न आयोग समेत गठन गरेर काम अगाडि बढाइएको छ ।
भारतीय रेल मन्त्रालयका उच्च अधिकारीको हवाला दिदै भारतीय दैनिक हिन्दुस्तान टाइम्सले छ वटा रेल लाइनहरुमा तीनवटा विहार, दुइवटा उत्तर प्रदेश र एउटा पश्चिम बंगालबाट जोड्ने योजना बनाइएको छ ।
प्रस्तावित रेल लाइनहरुमा रक्सौलबाट वीरगञ्ज, नौतहवाबाट भैरहवा, नेपालगञ्जरोडबाट नेपालगञ्ज, जोगवनीबाट विराटनगर, न्यू जलपाइगुरीबाट काकडभिट्टा र जयनगर बर्दिवास छन् ।
भारतीय रेल मन्त्रालयले छ मध्ये कतिपय योजनाको प्रारुप तयार भइसकेको जनाएको छ । योजना निर्माणमा छिट्टै काम थालिने भन्दै अध्ययन भइरहेका योजनाहरुको काम द्रुत गतिमा भइरहेको उल्लेख छ । रेल सेवा भविष्यमा काठमाडौंसम्म जोड्ने गरी योजना भइरहेको समाचारमा उल्लेख छ ।
चीनले तिब्बतको किङहाइ हुदै काठमाडौं सम्म रेल सेवा विस्तार गर्ने चर्चा चलिरहदा भारतले छ स्थानमा रेल सेवा जोड्ने योजनालाई गति दिएको हो।

एस के नेपाल न्यूज सर्भिस
बुघबार,October,१४,२००९

यो बर्षका धनाड्य ब्यक्तीहरु

यो बर्षका धनाड्य ब्यक्तीहरु

यो बर्ष धनाड्य ब्यक्ती हरुकालागी निकै मुस्किलको बर्ष साबित भएको छ। अघिल्लो बर्ष ११२५ बिलिनेयर थिए भने यसबर्ष जम्मा जम्मी ७९३ मात्र बिलिनेयरमा परेका छन। गत बर्षका ११२५ बिलिनेयर मध्ये ३१३ तालिका बाट बाहिरिएका छन् भने, ३५५ गत बर्षको तुलनामा यो बर्षको तालिका बाट तल्लो स्थानमा झरेका छन। १८ जना बिलिनेयरको देहान्त भएको छ, साथै ३८ जना नयाँ अनुहारका बिलिनेयर यस बर्षको तालिकामा भित्रिएका छन।यी सारा संसारका बिलिनेयरहरु पनि यस बर्ष गतबर्षको तुलनामा निकै गरीब बन्न पुगेका छन। गतबर्षको तुलनामा बिलिनेयर हरुको समिश्रण पुजीमा २ ट्रीलियन डलर घटेको छ।जुन सरदरमा २३% अर्थात ३ बिलियन प्रती ब्यक्ती हुन आउछ।यस बर्षमा बिल गेटले मात्र १८ बिलियन डलर गुमाएका छन तथापी उनिनै यस बर्ष को तालिकामा पहिलो स्थानमा रहेका छन, भने गत बर्ष पहिलो स्थान ओगटेका वारेन्ट बफेट यस बर्ष ५०% यानिकी २५ बिलियन डलर (BRK) मा गुमाएर दोस्रो स्थान मा झरेका छन। त्यस्तै गरी मेक्सिकन (टेलिकम्-टाइटनका) कारलोस स्लीप हेलु ले २५ बिलियन डलए गुमाएर यस बर्षको तेस्रो स्थानमा पुगेका छन।

यस बर्ष सबै भन्दा धेरै गुमाउनेमा गत बर्ष सबै भन्दा धेरै कमाउने इन्डियाका अनिल अम्बानी परेका छन, जस्ले ३२ बिलियन अर्थात ७६% सेयर बजारमा गुमाएका छन।उन्ले धेरै जसो (रिलाएन्स कमुनिकेसन) मा गुमाएका छन भने उन्को (रिलाएन्स पावर र रिलाएन्स क्यापिटल) कोल्याप्स भएको छ। अम्बानी यस बर्षका २४ जना इन्डियन बिलिनेयर मध्दे एक हुन। अरु २९ जना बिलिनेयर इन्डियनहरुले आफ्नो स्थान गुमाएर यस बर्षको बिलिनेयर तालिका बाट बाहिरिएका छन। इन्डियाको पैसा "भारु" पनि यो बर्ष डलरको तुलनामा १८% ले घटेको छ। यो बर्ष इन्डिया एसियामा सबै भन्दा धेरै बिलिनियर हुने देशमा पर्दैन किनकी यो स्थान अब चाइनाले ओगटेको छ । जहाँ हाल २८ जना बिलिनेयर छन।मास्को बिलिनेयर हरुको आँधिबेरी र भुकम्पको केन्द्रबिन्दु बनेको छ, जसले यस बर्ष ५५ बिलिनेयर हरुलाई गुमाएको छ। जुन गतबर्षको तुलनामा दुई तिहाई हुन तिनिहरु मध्ये डमिट्री पम्प्यानस्कीले ५ बिलियन घुमाए भने आना एनिसिमोभाले ३.२ बिलियन लुज गरेका छ्न। १२ महिना अगाडी मास्कोले न्युयोर्क लाई पछारेर मास्को शहर संसारको बिलिनेयर राजधानी कहलाएको थियो,जसमा ७४ बिलिनेयर (टाइकोन) मास्कोका थिए भने न्युयोर्क मा ७१ (टाइकोन) थिए। तर आज मास्कोमा जम्मा २७ बिलिनेयर छनभने न्युयोर्कमा अझै पनि ५५ छन।

अमेरिकामा मात्र यसबर्ष गतबर्ष भन्दा ११० कम बिलिनेयर छन। सबै भन्दा बढी ढाड सेकिनेमा वाल स्ट्रिट र (AIG) मा सेयर हुने टाइकोनहरु परेका छन। निबर्तमान (AIG) सिनियर मौरिश हेन्क ग्रिनबर्गको १.९ बिलियन खोलामा गएपछी इन्सुरेन्स बेहेमोये लाई यू.एस्. सरकारले सहयोग गरेपछी पनि आज ग्रीनबर्ग जम्मा१०० मिलियन भन्दा पनि कम भ्यालुको छ। निबर्तमान सिटी ग्रुपका च्यरमेन स्यान्डी विल पनि यसबर्ष गतबर्षको तालिकाबाट तल झरेका छन।साथै यस बर्ष १२ जना बक्तिगत सम्पत्ति भएका बिलिनियरहरु पनि बिलिनियरहरुको तालिका बाट बहिरिएका छन, जुन गत बर्ष ३९ थियो। ब्लयाक स्टोन-ग्रुप (BX) का स्टेफन स्वर्जमेनले ४ बिलियन डलर र कोलबर्क क्राभिश ले २.५ बिलियन गुमाए पनि बिलियनका स्थान जोगाउन सफल भएका छन।

गत बर्ष ६५६ बिलिनियर ले घाटाको बिजिनेस गरेका छन अर्थात पैसा लुज गरेका छनभने ४४ जना बिलिनेयर मुनाफा कमाउन सफल भएका छन। ति मध्ये धेरैले सही समयमा जानेर सेयर बेचेरनै हो।३८ नयाँ अनुहारका बिलिनियर हरु यस बर्षको लिस्टमा आएका छन। ज्यादा गरी मेक्सिकन परेका छन। यिनिहरु मध्ये एक जोअकुइन गुजमेन लेएरा जो अमेरिकामा सबै भन्दा बढी कोकिन पठाउने ब्यक्ती हो। त्यस्तै गरी चाइनाका अर्का नयाँ टाइकोन वाङ च्वान्फुले आफ्नो (BYD) कम्पनी मार्फत बिधुतिय गाडी डिसेम्बर देखी बेच्न सुरु गरेका थिए।

Thursday, October 8, 2009

बेलायतमा ठगिँदै नेपाली विद्यार्थी

बेलायतमा ठगिँदै नेपाली विद्यार्थी

नवीन पोखरेल
23 October, 2009
काठमाडौं
उच्च शिक्षा लिन बेलायत आइपुगेका नयाँ विद्यार्थी काम नपाएर छटपटिइरहेका बेला उनीहरूमाथि थप प्रहार भएको छ। उनीहरूलाई यसपटक मर्माहत बनाउनेमा छन् कलेज। नेपालीद्वारा सञ्चालित केही कलेजको लापरबाहीका कारण हजारौं नेपालीको शैक्षिक भविष्य अन्यौल छ। परिधि नाघेर कोटाभन्दा बढी विद्यार्थी झिकाइदिँदा सरकारको कारबाहीमा परेका त्यस्ता कलेजले लाइसेन्स त गुमाउँदैछन्, लाखौं खर्चेर बेलायत टेकेका विद्यार्थीलाई अब अर्को कलेज खोज्न त्यति नै रकम जोहो गर्नुपर्ने बाध्यता आइपरेको छ।
भर्खरमात्र होम अफिसले नेपालीद्वारा सञ्चालित लन्डन कलेज अफ इञ्जिनियरिङ एन्ड म्यानेजमेन्ट, उलबीच लन्डनको लाइसेन्स 'सस्पेन्ड' गरिदिएपछि त्यहाँ पढ्न आएका सयौं विद्यार्थीको विचल्ली हुने भएको छ। सोही कलेजमा ट्राभल-टुरिज्म पढ्न ३८ सय पाउण्ड तिरेर ४ अक्टोबरमा आइपुगेकी इन्दिरा भट्टराईको मन कलेजको लाइसेन्स खारेजीले विक्षिप्त भएको छ। 'राम्रो पढ्न भनेर आएँ, शुरुमै कलेज सस्पेन्ड भएछ,' इन्दिराको आक्रोश छ, 'कलेज सञ्चालकले धेरै विद्यार्थीको भविष्यमाथि खेलबाड गरे। कम्तीमा उनीहरूले यो परिस्थिति आउनुपूर्व एकपटक विद्यार्थीको भविष्य सोच्नुपर्थ्यो।'
उज्यालो र झिलिमिलीको पर्व तिहारका बेला खुसी हुनुको सट्टा कलेजकै कारण निरास बनेकी उनले अन्यत्र पढ्नु परे कलेज खर्च जुटाउनै मुस्किल हुने बताइन्। त्यही कलेजमा पढ्न १४ अक्टोबरमा युके उत्रेका राजु कोइरालालाई पनि खारेजीको खबरले चिन्तित पारेको छ। १० वर्ष क्यासिनो अन्नामा काम गरेर उच्च शिक्षा लिन आएका कोइराला भन्छन्, 'अहिले म कलेजमै बु�न आएको छु, व्यवस्थापकहरू यो तपाईंको समस्या होइन, हाम्रो समस्या हो भनेर अघि नै पर्दैनन्। तर, समस्या जटिल हुने देखेको छु।' भएभरको सबै पैसा सकिएकाले अन्य कलेज भर्ना हुन पनि सहज नभएको उनको गुनासो छ।
लाइसेन्स खारेजीका विषयमा सम्पर्क गर्न खोज्दा कलेजका प्रिन्सिपल शेखर शर्मा सम्पर्कमा आउन चाहेनन्। 'म ड्राइभिङमा छु, आधा घण्टापछि गर्नू' भनेका शर्मा दिनभर फोन गर्दा पनि सम्पर्कमा आएनन्।

बेलायत सरकारले अप्रिल १, २००९ देखि 'प्वाइन्ट बेस्ड सिस्टम' लागू गरेको छ। उसको नयाँ नियममा युरोपेलीबाहेक अन्य राष्ट्रका विद्यार्थी झिकाउन कलेजले होम अफिसबाट 'स्पोन्सरसिप लाइसेन्स' लिन जरुरी छ। लाइसेन्सप्राप्त कलेजलाई सरकारले वार्षिक कोटा दिन्छ र सोहीअनुसार विद्यार्थी झिकाउन मिल्छ। तर, आर्थिक लाभबाट प्रेरित केही कलेजले कोटाको दुरुपयोग सुरु गरेका छन्।
होम अफिसले लाइसेन्स लिँदा गरेका सर्त पूरा नगरे कलेजको 'स्पोन्सरसिप लाइसेन्स' खारेज गर्नसक्छ। मापदण्डविपरीत कोटाभन्दा बढी विद्यार्थी झिकाउने, कलेजको भौतिक पूर्वाधार, सेवा-सुविधा अपर्याप्त, विद्यार्थीका कागजात सुरक्षित नराख्नु आदि कारण लाइसेन्स खारेजी हुनसक्छ। तोकिएका सर्त नमाने होम अफिसले कलेजका 'ग्रेड' समेत घटाइदिन सक्छ। 'ग्रेड' घटेको पछिल्लो उदाहरण छ, बोस्टन कलेज लन्डन। प्राप्त समाचारअनुसार नेपालीद्वारा सञ्चालित उक्त कलेजको ग्रेड 'ए' हालै 'बी' मा घटुवा भएको छ। घटुवापछि बेलायतमा नेपालीको सबैभन्दा पुरानो ठानिएको उक्त कलेजको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा भएको छ।
अर्को ह्यारोस्थित हेलिफ्याक्स् कलेजको पनि 'ग्रेड' झरेको छ। त्यहाँ पढ्ने सयौं नेपालीमध्ये एक झापाका प्रकाश वखिम भन्छन्, 'अहिले त साइन गरेर मात्र फर्किए हुन्छ भन्छन् सरहरू, पढाइ हुनै छाड्यो।'
लन्डन थेम्स् कलेजका निर्देशक बिपी खनाल कुनै कलेजको लाइसेन्स खारेज भएमा नयाँ भिसा प्राप्त नहुने, भिसा अबधि नथपिने र अध्यागमन अधिकारीले विद्यार्थीलाई कुनै पनि एयरपोर्टमा रोकिदिन सक्नेतर्फ सचेत गराउँदै भन्छन्, 'तर, हतारहतार अर्को कलेज परिवर्तन गर्दा झन् झन्झट हुनसक्छ। अप्ठेरो परिस्थितिमा होम अफिसले समेत ६० दिनभित्र अन्य विकल्प खोज्न अवसर दिने भएकाले संयमता अपनाउँदा उचित हुनेछ।'
केही कलेजले आफूखुसी कोटाभन्दा बढी विद्यार्थी झिकाएर अपुग कक्षा कोठा सञ्चालनका लागि अन्य ४-५ वटा बिल्डिङ प्रयोग गरिरहेका समेत पाइएको छ। कलेजले कक्षा सञ्चालन गर्नुपरेमा लोकल काउन्सिलबाट 'प्लानिङ परमिसन' लिएर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्छ। ती सम्बन्धन (एक्रिडेशन) प्राप्त निकायबाट स्वीकृति लिई होम अफिसलाई जानकारी गराएरमात्र कक्षा सञ्चालन गर्नुपर्नेमा आफूखुसी गरिरहेको कलेज सञ्चालककै स्वीकारोक्ति छ।
म्यारिटाइम ग्रीनविच कलेजका प्रिन्सिपल नरेन्द्र कँडेल नेपालीद्वारा सञ्चालित कलेजको लाइसेन्स खोसिएकामा स्तव्ध र आक्रोशित छन्। 'एउटा नेपालीबाट सञ्चालित कलेजको लाइसेन्स खोसिँदा अन्य कलेजको प्रतिष्ठामा समेत असर पर्ने र विद्यार्थीमा गलत सन्देश जाने हुँदा कलेज व्यवस्थापकहरूलाई सतर्क र जिम्मेवारीसाथ अघि बढ्न आग्रह छ,' उनले भने। परिस्थितिवश कठिनाइमा परेका कलेज र विद्यार्थीलाई सक्दो सहयोग गर्न आफू तयार रहेको जिकिर समेत उनको छ।
नयाँ नियम लागू भएपछि नेपालबाट मात्र करिब ५ हजार विद्यार्थी युके आएको अनुमान छ। नेपालमा रहेका अधिकांश शैक्षिक कन्सल्टेन्सीले 'युकेमा मज्जाले कमाइन्छ' भन्ने गलत आश्वासन दिएर पनि नेपाली विद्यार्थी ओइरिने क्रम बढिरहेको छ। यसमा नेपाल सरकार समेत नीरिह देखिएको छ। नेपालका कन्सल्टेन्सी उद्योग मन्त्रालयमा दर्ता हुने र सरकारसँग उनीहरूको प्रत्यक्ष 'लिंक' नहुने हुँदा उनीहरूले लापरबाही गरिरहेका स्वीकार्छन् शिक्षा मन्त्रालयका सह-प्रवक्ता लेखनाथ पौडेल। 'तर, हामीले ती कन्सल्टेन्सीकै सहभागितामा निर्देशिका बनाउँदैछौं जसबाट सम्बन्धित निकायलाई सही सूचना प्रदान होस्,' उनले भने। विद्यार्थीलाई कन्सल्टेन्सीले ठगिरहँदा पनि नेपाल सरकार मुकदर्शक बनेको आरोप छ नर्थवेष्ट कलेज लन्डनका निर्देशक महेन्द्र कँडेलको। 'विद्यार्थीलाई नेपालमै प्रलोभनमा पारिन्छ। यसलाई निरुत्साहित गर्न सरकार नै सक्रिय हुन जरुरी छ। सरकारले कन्सल्टेन्सीलाई 'रेगुलेट' गर्ने हो भने विद्यार्थी युके आएर विचल्ली हुने अवस्था आउँदैन,' युकेमा तीनवटा कलेज सञ्चालन गरिरहेका कँडेलले भने।



दयनीय कलेज
बेलायत आइपुग्नु अघि वेबवसाइटमा कलेजका ठूलाठूला भवन, फराकिला कक्षाकोठा, दामी पुस्तकालय, कलेजभित्रै चमेनागृह आदि देखेका विद्यार्थी कलेजको वास्तविक हालत देखेपछि जिल्लिएका छन्। 'यहाँका कलेज त हाम्रो नवलपरासी जिल्लामा खुलेका 'उच्च मावि' जत्ति पनि रहेनछन्,' एक महिनाअघि बेलायत आइपुगेकी २१ वर्षीया सरिना गाह भन्छिन्, 'कलेजभर दुई-तीनवटामात्र कक्षाकोठा भाडामा लिएका रहेछन्, पढाउने पनि सबै भारतीय र नेपालीमात्रै। अंग्रेजी जानिएला भनेको त हिन्दी पो सिकियो।' उनले आफ्नो कलजेको वेबसाइटमा देखिएका गोरा अनुहारका विद्यार्थी, लन्डन टावर ब्रिज (धेरैले युके टेक्नेवित्तिकै फोटो खिचाउने ठाउँ), लन्डन आइ, ग्रीनवीच संग्रहालय जस्तो लाग्ने पुस्तकालय त वेबसाइटमा मात्रै पाइन्।



उनको कलेजले नेपाली, भारतीय, बंगाली र पाकिस्तानीद्वारा सञ्चालित अधिकांश कलेजको प्रतिनिधित्व गर्छ।



बेलायत आइसकेपछि कलेजले गर्ने व्यवहार पनि एकदम रुखो लागेको छ कमल पौडेललाई। ४१ सय पाउण्ड लाग्ने 'आइएमआइएस' कोर्स पढ्न सुरुमा नेपालस्थित कन्सल्टेन्सीलाई २३ सय पाउण्ड बुझाएर बेलायत आइपुगेका पौडेल त्यतिखेर झस्किए, जतिबेला कलेज पुग्दा बाँकी १८ सय पाउण्ड तुरुन्तै नतिरे भर्ना नै नगरिदिने चेतावनी पाए। 'भिसा नलागुन्जेल एउटा कुरा, कलेज पुगिसकेपछि अर्को गरेर हामीलाई ठूलो संकटमा पारे,' उनको गुनासो छ।

बेलायतमा नेपाली व्यवस्थापकद्वारा सञ्चालित कलेज संख्या एक दर्जन हाराहारी छ। ती कलेजका झण्डै ७० प्रतिशत विद्यार्थी नेपाली नै छन्। एउटा कलेजमात्र बन्द भएमा सयौं विद्यार्थीको भविष्य अन्यौल हुने भएकाले सम्बन्धित निकायले बेलैमा ध्यान पुर्‍याउन जरुरी रहेको जानकार बताउँछन्

Thursday, October 1, 2009

उल्टै जरिवाना

दैलेख, ७ कात्तिक
सरकारले दलित बिहे गर्नेलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका एक दलित युवाको परिवारले ६० हजार जरिवाना तिर्नु पर्‍यो, बेहुली खोसिइन् र बेहुला बेपत्ता छन्
सरकारले दलित बिहे गर्नेलाई एक लाख दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका दलित युवालाई समाजले कुटपिट गरेर ६० हजार तिराएको छ । तर, पुरस्कार दिने प्रशासन मौन छ ।
दैलेख jaगनाथ गाविस-६ का अमित विक र सविता शाहीबीच १६ भदौमा प्रेमविवाह भएको थियो । यही 'आरोप' मा केटीपक्षले दलित युवालाई कुटपिट गरे, ६० हजार जरिवाना पनि तिराए ।

अमित विकले कुटपिट सहे, ६० हजार पनि तिरे । तर, कथित माथिल्लो जातको समाजले त्यत्तिमा चित्त बुझाएन । सवितालाई जबर्जस्ती अर्कैसँग बिहे पनि गरिदिएको छ ।

सरकारले अन्तर्जातीय बिहे गर्नेलाई एक लाख दिने भनेको छ । तर, दैलेखका दलितले अन्तर्जातीय बिहे गरेकै कारण कुटपिट सहनुपर्‍यो, ६० हजार जरिवाना तिर्नुपर्‍यो र प्रेम गरेर भित्र्याएकी श्रीमती छाड्नुपर्‍यो । तर, दोषीमाथि कुनै कारबाही भएको छैन ।

'बिहे गरेकै कारण युवालाई कुटपिट गरियो, गरिब परिवारबाट ६० हजार उठाइयो,' दलित अधिकारकर्मी प्रेम भुर्तेलले नयाँ पत्रिकासित भने, 'दलितकी नवविवाहित श्रीमतीलाई पनि अर्कैसँग बिहे गर्न बाध्य पारियो, योभन्दा ठूलो अन्याय अरू के हुन्छ ?'

जगनाथ-३ का गोठे विक (दिवंगत) का छोरा अमित र पदमबहादुर शाहीकी छोरी सविताबीच गत १६ भदौमा बिहे भएको थियो । तर, गाउँमा बस्दा कुटपिट हुने डरले उनीहरू रातारात भागेर दैलेख सदरमुकाम आएका थिए ।

तर, दुवैजनालाई सदरमुकामबाट फर्काउन २७ भदौमा केटीका बुबा र आमा आएका थिए । उनीहरूले दलित युवाकी आमा र दाइलाई पनि लिएर आएका थिए । माइतीपक्षका अभिभावकले 'जे हुनु भयो, अब तिमीहरूको राम्रोसँगै बिहे गराइदिन्छौँ' भनेर घर फर्काएका थिए ।

हामी घरमा लैजान्छौँ, औपचारिक बिहे पनि गराइदिन्छौँ भन्दै नवविवाहित जोडीलाई खोजिदिन उनीहरूले अधिकारवादी संघसंस्थासँग अनुरोध पनि गरेका थिए । अधिकारवादीहरूको समेत रोहवरमा बेहुलाबेहुलीलाई घर फर्काइएको थियो । तर, २९ भदौको साँझ माइतीपक्षको घर पुग्नासाथ दलित युवा र उनका अभिभावकलाई समेत कुटपिट गरिएको थियो ।

'अभिभावकहरू नै सदरमुकाम आएर दलित अधिकारकर्मी र अन्य संघसंस्थासँग सुरक्षा र न्यायको माग पनि गरेका थिए,' अधिकारकर्मी भुर्तेलले भने, 'तर, अभिभावक आएर औपचारिक बिहे गराइदिने आश्वासन दिएपछि उनीहरू गाउँ फर्किएका हुन्, उनीहरूमाथि धोका भयो ।'

दलित बेहुला भीरबाट हामफाली भागे पनि उनका दाजुलाई बेहुलीका जेठाबाबु चक्रबहादुर शाहीले जरिवाना तिर्न बाध्य बनाएका थिए । उनको धम्कीअनुसार दलित परिवारले ४ असोजमा ५० हजार तिरेका थिए । तर, त्यतिले पुगेन भन्दै उनीहरू पाँच दिनपछि दलितको घरमा आएर थप १० हजार लिएर गएका थिए । ६० हजार जरिवाना उठाएपछि दलित युवाकी प्रेमिकालाई जाजरकोट जिल्लाको मजकोट गाविसमा बिहे गरेर पठाइएको छ ।

कुटाइबाट बच्न भागेका अमित अहिलेसम्म बेपत्ता छन् । कुनै दिन उनी घर फर्किए मारिदिने धम्कीसमेत कथित माथिल्लो जातको समाजले दिएको रुम गाविसका शिक्षक नन्द विश्वकर्माले जानकारी दिए । उनले भने, 'अमितले एसएलसी पास गरेको सर्टिफिकेट र मार्कसिट तथा नागरिकता पनि उनीहरूले नै खोसेर लगेका छन् ।' पीडित परिवारका सदस्य त यति डराएका छन्, उनीहरूले यसबारेमा पत्रिकासँग केही पनि बोल्न सकेनन् ।

दलित स्वावलम्बी समाजका अध्यक्षसमेत रहेका भुर्तेलले घटनालाई दानवीय भन्दै सरकारले दोषीलाई कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्ने बताउँछन् । 'दोषीलाई सरकारले कारबाही गर्नुपर्छ, न्यायका लागि लड्न हामी तयार छौँ,' उनले भने, 'न्यायको टुंगो लगाउन पीडितहरूलाई सदरमुकाम बोलाएका छौँ । सदरमुकामबाटै उजुरी दिई कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।'

Wednesday, September 23, 2009

Sunday, September 20, 2009

Parbat Volley ball Membership Chart

Volley ball Chart

सम्योजक :- सुर्य पुन (सालिजा} (011 9685 7916)

सह-सम्योजक :- सुनिल बरुवाल ( मल्लाज ) (010 8690 2654)

सदस्यहरु :-
Mr.Jitu warn Thapa
Mr.Dhurba K.C
Mr.Lok Pun
Mr.Hira B.K.
Mr.Nabin Grung
Mr.Ashok Grung
Mr.Kiran Adhikari
Mr.Gobinda Khatri
Mr.Ram Shresth
Mr.Tia Pun
Mr.M K.C.

Parbat Parbasi Samaj ko Membership Chart

अध्यक्ष :- Tul Bahadur Purja (010 4694 9826)
उप-अध्यक्ष :- Sansar Pun (010 8501 2037)
सचिब :- Gobinda Grung (010 2571 1445)
सह-सचिब :- Tika Maya Grung (010 5331 1294)
कोषाध्यक्ष:- Exec. Renu Pun/Ex. Dhan Bahadur Purja (01068704266)
सह-कोषाध्यक्ष:- Amar Pun (0102991 2526)

सदस्यहरु :-
Mr.Om Parsad Grung
Mr.Rajendra Adhikari
Mr.Ritu Thapa
Mr.Prakash Gautam
Mr.Hari Parsad Paudel
Mr.Surya Pun
Mr.Ashok Shresth (010 2945 2035)
Mr.Amrit Shresth
Advisers : -
Buddhi Grung
Rudra Sharma
Surendra Baral
Rekh Pun

Friday, September 11, 2009

धरानमा चर्च भत्किदा २३ जनाको मृत्यु ६४ जना घाइते


धरानमा चर्च भत्किदा २३ जनाको मृत्यु ६४ जना घाइते
एस के नेपाल न्यूज सर्भिस
बुघबार,सेप्टेम्बर ,३०,२००९


धरान-१९ भिक्टोरिया चोक स्थित चर्च भत्किदा पुरिएर चार बालबालिका सहित २३ जनाको मृत्यु भएको छ । मंगलवार राती साढे ११ बजे कि्रश्चियन धर्मावलम्बीहरुको सियोन चर्चमा आयोजित अन्तर्राष्ट्रिय पवित्र सम्मेलनका लागि बनाइएको बांसको दूइ तले अस्थायी टहरा भत्किएर सो दुर्घट्ना भएको हो ।

दुर्घट्नामा ६४ जना गम्भीर घाइते भएकाहरुको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको प्रहरीले वताएको छ । मृत्य ुभएकाहरुमा बांसको टहरा भत्किए पछि मृत्यु हुनॆहरुमा झापा बौकाझोडाकी ४५ बर्षीया नन्दाकिशोरी लिम्बू झापा भद्रपुर-१२ बस्ने ४० बर्षीया सरोजा लिम्बू झापा सैनिक मोड बस्ने १२ बर्षीया आशा राई ललितपुर इमाडोल-८ बस्ने ४८ बार्षीया सरिता दियाली झापा सूर्यनगर-३ बस्ने ९ बर्षीया इकोला लिम्बू बेल्डागी झापा बस्ने २ बर्षीया दिलमाया लुहागुन उदयपुरको ठोक्सला- बस्ने २९ बर्षीय राजेश राई झापा महेशपुर-३ बस्ने १६ बर्षीया शान्ति तामाङ रहेका छन् ।

यसैगरी झापा शान्तिनगर-१ बस्ने १० बर्षीय अभिशेक राई मोरङ डागीहाट बस्ने ३५ बर्षीया पवित्रा लिम्बू तरहर-२ बस्ने ६० बर्षीया गोमा भूजेल पाचकन्याको निशानडाडा बस्ने ५५ बर्षीया आटीमाया राई झापाको विर्तामोड बस्ने २८ बषीय मसर् मेचे काठमाण्डौ निवासी ७ बार्षिय सुलेमान तामाङ भारत गुवाथान बस्ने ३५ बर्षीया निरु राई झापा बेल्डागीकी नन्दीमाया विकको मृत्यु भएको छ ।
यसैगरी सोही घट्नामा परि मृत्यु हुनेहरुमा मोरङ बेल्वारी-३ बस्ने ३८ राजेश राई रुपन्देहीको मृगौलीया बस्ने ३८ बर्षीया कलावती खौसियार मोरङ डागीहाट-१ बस्ने ६० बर्षीय किशन चौधरी मोरङ्को चन्द्रपुर बस्ने ५५ बर्षीया कुमारी तामाङ मोरङ लक्ष्मीमार्ग बस्ने ५० बर्षीया पुनम मगर पाचथरको यासोक बस्ने ४८ बर्षीय पिटर लावती कास्कीको तल्लो गगनगौडा बस्ने २५ बर्षीया कल्पना थलामी रहेका छन् ।

चर्चको सम्मेलनमा नेपाल भारतका गरि २ हजार भन्दा बढी सहभागी भएका थिए । सम्मेलन असोज १२ गते देखि सुरु भएकेा थियो । बांसको टहरामा एक हजार ५ सय बढी बसेका थिए । मृतक सवैको सनाखत भइसकेको प्रतिष्ठान स्थित प्रहरी पोष्टका प्रमुख वैजु योगीले बताउनु भएको छ ।