सन्जीव चापागाई
शुक्रबार,मार्च ,१२,२०१०
मीठा सपना र सुरक्षीत भविष्यको आशामा प्रवासीनु सोचनै हामी नेपालीहरुको लागी प्रतिकुल सावीत वन्दै गएको छ । प्रवासीदैमा सम्पुर्ण समस्याको समाधान हुन्छ भन्ने हाम्रो सोच र प्रवासमा आएर नयां सस्कृती नयां परिवेशमा काम गर्दा धेरैनै कठीनाइ महसुस हुन जानु असोभावीक हाईन । तर गणतन्त्र कोरियाको समाजले आफ्नै सस्कृतीमा गौरव गर्ने र आप्रवासी प्रबासी मजदुरहरु अत्यान्तै गरिव देशवाट आएको हुनाले प्रवासी मजदुरहरुलाई जस्तो ब्यावाहार गर्दा पनि हुन्छ भन्ने सोचाई राख्नाले प्रवासी मजदुरहरुले ठुलो अपमान र भेदभाव व्यहोर्नु परेको छ । प्रबासी मजदुर संघर्षले कोरियन मजदुर कानुनमा धेरै परिर्वतनका हरफहरु लेख्न र कोरियन समाजलाइ प्रबाशि मजदुर पनि मजदुर हो भनेर झक्झकैयाउन सफल भयपनि तल्लो स्तरका कोरियन जनताहरु र प्रवासी मजदुरहरुलाई काम लगाउने कम्पनि मालीकहरुको सोमनस्थिती यथावतनै छ । भाषाको समस्या र उचित सन्चारको अभावले गर्दा मजदुर कानुनले सम्म्रक्षेण गरेका प्रवासी मजदुरहरुको अधिकारलाई कम्पनि मालीकहरुले कम्पनिको व्यावाहार भन्दा पनी दाशताको व्यावाहार गरेको पाइन्छ । हामिहरुलाई हाम्रो अधिकारहरुको ज्ञान नहुनाले कम्पनिमा कम्पनि मालीकको पेलाई स-सगै कामगर्ने कोरियन कामदारको पेलाई र निर्दोश मजदुरले अधिकारको माग गर्दा देश फर्काई दीन्छु अथवा अवैधानिक वनाईदीन्छु भन्ने धम्की गाली र मारपीट जस्ता अत्यान्तै घृीणीत व्यावाहार गर्ने गरेको पाईन्छ । त्यसैलै सर्वप्रथम हामीहरुले हाम्रो अधिकारहरु के - के हुन कम्पनि मालीकतथा अन्य सगै काम गर्ने कोरियनहरुले प्रवाशि मजदुरहरु प्रती गर्ने मार पीट धम्की गाली आदी मानव अधिकारको उंलगन हो की हैन त्यस्तै कम्पनिले हामीहरुले सम्झौता गरेको सम्झौता पत्र अनुसार व्यावाहार नगर्ने र सम्झौता पत्र अनुसार माग गर्दा अवैधानिक वनाईदीन्छु अथवा देश फर्काइदीन्छु भन्ने धम्कीले हामी डराउने की नडराउने के कम्पनि मालीकले साच्चीनै अवैधानिक वनाउन वा देश फकाउन सक्छ हामीहरुले के कस्तो अवश्थामा कम्पनि परिर्वतन गर्न सक्दछौ कम्पनि परिर्वतनका आधारहरु के - के हुन आदि इत्यादी EPS सम्वन्धी हजारौ जीज्ञासा तथा समस्याहरुको समाधानको लागी प्रवाशि मजदुर युनियन र EPS नेपाल सेबा समाजको सयुक्त आयोजनामा अनुभवि कानुन विद्धद्धरा EPS माफर्त कोरियामा काम गन आउनु भएका नेपाली कामदारहरुलाई EPS कानुन तथा मजदुर कानुन सम्वन्धी प्रशिक्षण तथा परामर्श गने उदेश्यले प्रशिक्षण कायक्रम गरियको हुनाले सम्पुर्ण इच्छुक नेपाली साथीभाई हरुलाई उक्त दीन उपस्थित भई अफ्नो अधिकारको वारेमा जानाकारी लिनुहुन हार्दीक अनुरोध गर्दछौ ।
सम्पर्क फोन नम्बरहरु
सन्जीव चापागाई (एम टि यु ) ०१०२५२०००३२ - ०२२२८५६०६८ , डेबिड राई - नपाली सम्पर्क समिती ०१०२७८७७४७३, मिजास राई - EPS नेपाल सेबा समाज ०१०३१४४२३४६
सुनिल कार्की - EPS नेपाल सेबा समाज ०१०३१४०४५२४, इन्द्र प्रसाद न्यौपाने - EPS नेपाल सेबा समाज ०१०८६९३३९८१
आयोजक - प्रवाशि मजदुर युनियन र EPS नेपाल सेबा समाज
मीती २०१०- ०३- २८ आईतवार दीनको दुई वजे
स्थान - प्रवासी मजदुर युनियन (MTU) कायर्लय सदेमुन लाइन नम्वर ५ गेट नम्वर १ सदेमुन स्टसन (Seodaemun Station)
Monday, December 28, 2009
Sunday, December 27, 2009
दुर्घटनामा नायिकाको मृत्यु

काठमाडौं/ उदीयमान नायिका महिमा पोखरेलको सुटिङबाट फर्किने क्रममा सडक दुर्घटनामा परी मृत्यु भएको छ । काभ्रेको पातलखेतमा डिजिटल प्रविधिको अधिकार फिल्मको सुटिङ सकेर र्फकंदा बुधबार उनी दुर्घटनामा परेकी थिइन् ।
पानीट्यांकीनजिकको सडकमा एकै दिशाबाट आएको बा२ख १६०८ नम्बरको टि्रपरले उनी चढेको बा२१प ५५०२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । मोटरसाइकलमा तीनजना चढेको र सोही फिल्मका अर्का कलाकार दिनेश खड्काले चलाएका थिए । ठक्करबाट मोटरसाइकल र चालक बाटोमुनि खसेको र महिमालाई टि्रपरले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसो साढे चार बजे भएको सो दुर्घटनामा घाइते भएका मोटरसाइकलचालक दिनेश र अर्का कलाकार राजु घिमिरे धुलिखेल अस्पतालमा उपचार गरी घर फर्केका छन् ।
टि्रपरको लापबाहीका कारण दुर्घटना भएको भन्दै अधिकारको सुटिङ युनिट र मृतक नायिकाका पारिवारले अपराह्नदेखि बिपी राजमार्गको काभ्रे भञ्ज्याङ खण्डमा आवागमन बन्द गरेका थिए । पीडितले क्षतिपूर्ति नपाएसम्म लास बुभन नमानेको कलाकार उत्तम केसीले बताए ।
छोटो यात्रा
नेपालगन्ज धम्बोजीकी २२ वर्षीया महिमा रजतपटमा छिरेको धेरै भएको छैन । एअर होस्टेसको ट्रेनिङ छाडेर उनी अभिनयमा हाम्फालेकी थिइन् । दिनभरि उनीसितै काम गरेका कलाकार उत्तम केसी भन्छन्, 'साह्रै नम्र स्वभावकी र मिहिनेती थिइन् ।'
रामकाजी घिमिरेको निर्देशनमा काभ्रेली कलाकार मञ्चले निर्माण गरिरहेको डिजिटल फिल्म अधिकारअघि महिमाले जंगली बाबु, जंगल-२, तिरस्कार, फाइटर, म तिमीलाई माया गर्छु, नाता मनकोलगायत डिजिटल फिल्ममा अभिनय गरेकी थिइन् । अभिनय तथा फिल्मी फाइटको समेत प्रशिक्षण लिइरहेकी उनी नायिकाकी रूपमा स्थापित हुने क्रममा थिइन् ।
Thursday, December 24, 2009
सुनियोजित धडपकड,नेपाली ९ जनालाई पक्राउ

सुनियोजित धडपकड,नेपाली ९ जनालाई पक्राउ
१५-फेब्रौरी (कोरियाको दोश्रो महान चाड सलनालको तेश्रो दिन) , २०१० को ११ बजे सिओलको तोङृदेमुन स्थित फेवा रेष्टुरेन्टबाट उईजङृबुको अध्यागमनले सुनियोजित तरिकाले धडपकड गरेको थियो। आज फेब्रुअरी १५ तारिख दिउसोको १० बजे देखि कोरिया स्थित बामपन्थीहरुको साझा संगठन प्रवासी नेपाली संघको बैठकलाई निसाना बनाएर सो संघका अध्यक्ष विक्रम राई, झक थापा (मगर संग अध्यक्ष), विनोद Thakali (बौध परिवार अध्यक्ष/कोष अध्यक्ष), Hem Thapa (अध्यक्ष MTU Woijumbu Sector), अध्यक्ष Suman Rai (Khotang), Shyam Thapa, Manu Shai , Bandari (EPS) लगायतका 8 जना कार्यकर्तालाई रेष्टुरेन्ट भित्रबाट धडपकड गरिएको थियो । फेवा रेस्टुरेन्टमा रहेका सम्पूर्ण नेपालीहरुलाई १ घण्टा नजरबन्दीमा राखी छनोट प्रक्रिया गर्दै 12 जना जति कोरियनहर सबैले भिडियो खिचेर लागेको थिए बांकी १ जना महिलाको भिसा भएको कारण छोडी दिएको उईजङृबु अध्यागमन विभागका कर्मचारीले बताएको छ।
प्रत्यक्षदर्शीले बताए अनुसार संघको बैठक भएको अन्दाजी ३ मिनट पछि उईजङृबुअध्यागमन विभागका अन्दाजी १२ जना कर्मचारीको टोली आई अदालतका आदेश पत्रलाई नेपालीमा अनुवाद गरि ल्याएको पत्रलाई उपस्थित नेपालीहरुलाई देखाई आईडी(एलिएन कार्ड)को माग गरि आईडी नभएका अवैध नेपाली 8 जनालाई २ जनाको दरले हातकडी लगाई लगेको थियो । त्यसमा एक जना महिला पनि रहेको बताएको थियो ।
नयां बर्षको विदाको दिनमा यसरी धडपकड गरेको पहिलो केश हो । सिओलको एरियामा उईजङृबुको अध्यागमन विभागले धडपकड गर्नु र अदालतको आदेश पत्रलाई नेपालीमा अनुवाद गरि ल्याउनाले यो धडपकड सुनियोजित रहेको विदेशीहरुलाई सहयोग गर्ने कोरियाली संघ संस्थाहरुको भनाई रहेको छ ।
यस्तो अबैधानिक रुपमा अनि विना सूचना चाडको बेलामा सम्पूर्ण नेपालीहरुलाई १ घण्ट नजर बन्दिमा राखी दर र धम्कि अनि त्रास देखाई दिनु नै ठाडै मानबअधिकार हनन भएको भन्दै कोरियाको सम्पूर्ण बुद्धिजीबी, ब्यापारी, संघसंस्था र पत्रकारहरुको संयुक्त हस्ताक्षरमा नेपालमा प्रधान मन्त्रीलाई पत्र पठाई सकेको जानकारी आएको छ साथै धडपकडको एकै छिनमा नेपाली आमा(छाबि चिब) कमल प्रसाद कोइराला (नेपाली राजदुत) पनि उपस्तिथी भएको जानकारी आएको छ
सात जिल्लामा गाडिएका २ सय ३६ सीमा स्तम्भ गायब
अमर खड्का, इटहरी माघ १२- नेपाल–भारतको सीमा छुट्याउन पूर्वी नेपालका सात जिल्लामा गाडिएका २ सय ३६ सीमा स्तम्भ गायब भएका छन्। यस्ता स्तम्भ धमाधम हराउन थालेपछि सशस्त्र प्रहरी पूर्वी क्षेत्रीय मुख्यालय बराहबाहिनी पकलीले गरेको स्थलगत सर्वेक्षणमा सीमा स्तम्भ गायब भएको पत्ता लागेको हो।
सशस्त्र प्रहरीले गरेको सर्वेक्षणको रिपोर्टमा ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सीमा स्तम्भ गायब भएको उल्लेख छ।
स्थलगत सर्वेक्षणअनुसार ताप्लेजुङमा पाँच स्तम्भ गायब भएको पाइएको छ। यो जिल्लामा चार वटा दुरुस्त छन् भने एउटा जीर्ण भई मर्मत सम्भारको अवस्थामा छ। ताप्लेजुङका केही भू–भाग चीनसँग पनि जोडिएको छ। तर, भारतीय सीमा जोडिएका स्थानमा सीमा स्तम्भ गायब छन्। इलाममा १ सय १९ वटा सीमा रहेकामा ९ वटा गायब भएका छन्, जसमा दुईवटा मर्मत सम्भार गर्नुपर्ने र १ सय ८ वटा दुरुस्त छन्।
यस्तै, झापामा २० स्तम्भ गायब छन्। १ सय ७५ स्तम्भमध्ये १ सय १२ वटा जीर्ण भई मर्मत गर्नुपर्ने अवस्थामा छन् भने ४३ वटा जस्ताको तस्तै छन्। झापाको तुलनामा मोरङमा दोब्बर सीमा स्तम्भ गायब छन्। मोरङका १ सय २४ स्तम्भमध्ये २२ वटा जीर्ण अवस्थामा छन्, बाँकी दुरुस्त छन्। सुनसरीमा ३९ वटा गायब भएका छन्। २ सय ८३ वटा स्तम्भमध्ये ६१ वटा जीर्ण अवस्थामा छन्। बाँकी भने जस्ताको तस्तै पाइएको छ।
सबैभन्दा बढी सप्तरीमा १ सय २१ स्तम्भ गायब भएका छन्। ३ सय ८३ स्तम्भमध्ये ३९ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन्। सीमा स्तम्भ मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी सिरहामा छन्। त्यहाँ १ सय २६ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सीमा स्तम्भ छन्। मर्मत सम्भार गर्नुपर्नेबाहेक दुई वटा गायब छन् भने १ सय ५३ वटा दुरुस्त छन्। सिरहाको पछिल्लो तथ्याङ्क आउन बाँकी नै रहेकाले दुईवटा मात्र स्तम्भ गायब भएको तथ्याङ्क पूर्वी मुख्यालयसँग रहेको उल्लेख छ।
सिरहामा अरु बढी स्तम्भ गायब भएको दावी गरिएको छ। भारतसँग सीमा जोडिएको पाँचथरमा भने स्तम्भ गायब छैनन्। तर, यो जिल्लामा ३ वटा जीर्ण भएर मर्मत गर्नुपर्ने अवस्थामा छन्। एसएसपी जानकीराज भट्टराईका अनुसार पूर्वी नेपालको नौ जिल्लामा गरेको स्थलगत सर्वेक्षणमध्ये चीनसँग सीमा जोडिएको सङ्खुवासभामा स्तम्भ दुरुस्त अवस्थामा छन्।
४ फिटदेखि ८-१० फिटसम्म अग्ला सिमेन्ट र कङ्क्रिटले बनेका सीमा स्तम्भ पूर्वी नेपालका नौ जिल्लामा १ हजार ४ सयको सङ्ख्यामा छन्।

Monday, December 21, 2009
म्याग्देलीहरुको बिधाई कार्यक्रम
संसार पुन
दिसेम्बेर २० सउल,दक्षिण कोरिया
मिति २००९ दिसेम्बेर १९ तारिक 'जोंग्गाग" दुर्गा रेस्टुरेन्मा म्याग्दी समाज दक्षिण कोरियाले आफ्ना ३ जना सदस्यहरु (भूपू तथा संस्थापक अध्यक्ष - श्री टेक बहादुर सेर्पुजा, खेलकुद अध्यक्ष श्री राम खड्का र सक्रिय सदस्य श्री बाबुराम बरुवाल ) एक सामुहिक रुपमा एकै ठाउँ बाट बिधाई गरेको छ
उक्त कार्यक्रममा पर्बत प्रबासी समाजले आफ्नो स्वरको धनि लोक तथा दोहरी गायक श्री लोक पुनको रमाइलो संस्कृतिक सौगातको साथ उपस्थिति जनाएको थियो भने अन्य छिमेकी जिल्ला तथा संघ संस्था लगाएत आम टी यु (प्रबासी मज्धुर संघ) ले पनि आफ्ना ३ जना सदस्यहरुको उपस्थितिमा सहभागिता जनाएको थियो
बधाई कार्यक्रम धेरै औपचारिक थियो बिधाईको लागि साल र दोसल्ला ओढाई बिधाई गर्नेहरुको घुइचो लागेको थियो बिधाई कार्यक्रम साझं ८ बजे देखि राति अबेरसम्म भएको थियो कार्यक्रमको सभापति संस्थाको अध्यक्ष श्री नर बहादुर पुन ले गर्नु भएको थियो भने संचालन संस्थाकै सचिब भारत तुलाचनले गर्नु भएको थियो
बिधाई कार्यक्रमकै क्रममा यसै दिसेम्बेर २० तारिक पर्बत प्रबासी समाज र दोंग्देमुन एभेरेस्ट करी वोर्ल्डको संयुक्त आयोजनामा "एभेरेस्ट करी वोर्ल्ड" मा उहाहरुलाई दोसल्ला ओढाई छोटो बिधाई कार्यक्रम गरेको छ उहाहरु दिसेम्बेर २१ Nepal Korean Air बाट स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ
हामी सम्पूर्ण पर्बत प्रबासी समाज दक्षिण कोरिया उहाहरुको सफल यात्राको कामना गर्दछ
Sunday, December 20, 2009
पर्यटक लोभ्याउन थाल्यो मार्फाले
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत पर्ने अन्नपूर्ण पदयात्रामा सो गाउँ समावेश छ । कास्कीको नयाँपुल, धान्द्रुक, म्याग्दीको घोरेपानी, शिख, तातोपानी, घाासा, लेते, कोबाङ हुँदै मार्फा पुग्न सकिन्छ ।
बाग्लुङ/ आन्तरिक तथा बाह्य पर्यटकका लागि मुस्ताङको मार्फागाउँ पर्यटकीय आकर्षणको रूपमा विकास हुँदै गएको छ । धौलागिरि, नीलगिरि, टुकुचे पिकलगायत हिमालका काखमा अवस्थित, थकाली समुदायको आकर्षक बस्ती भएको मार्फागाउँमा पर्यटक आगमन बढेको छ ।
'मोटरबाटो सहज भएपछि मार्फामा पर्यटक निकै बढेका छन्,' स्थानीय पर्यटन व्यवसायी कान्छा लालचनले भने, 'मुस्ताङ आएका पर्यटक एकपटक मार्फा घुमेर जान थालेका छन्, पर्यटक नआएको दिन खाली छैन ।' स्थानीयवासीका अनुसार, दुई वर्षअघिसम्म मार्फागाउँमा कम मात्रामा पर्यटक आउँथे ।
थकाली समुदायको संस्कृति, रहनसहन, विश्वमै प्रसिद्ध स्याउबारी, वनस्पति, जडीबुटी, वन्यजन्तु, पक्षी आदि मार्फा गाउँका आकर्षण हुन् । करिब १ सय प्रजातिका विभिन्न जडीबुटी, कस्तुरी मृगजस्ता दुर्लभ वन्यजन्तु, डाँफे, कालिज पक्षीको बासस्थान र दर्जनौँ हिमशृंखलाको मनमोहक दृश्य मार्फागाउँबाट प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
पर्यटक बसाइ सहज र सुविधायुक्त गराउने उद्देश्यले हरेक घरमा खान र बस्ने व्यवस्था मिलाइएको छ । गत वर्ष ३० हजार विदेशी पर्यटकले भ्रमण गरेको मार्फामा चालू वर्षर्को आठ महिनामा नै सो संख्यामा पर्यटक आइसकेको कान्छा लालचनले जानकारी दिए ।

मनाङ, म्याग्दी, डोल्पा र चीनसँग सीमा जोडिएको मुस्ताङको मार्फागाउँ लम्जुङको बेँसीसहरदेखि सुरु हुने विश्वको दस उत्कृष्ट पदयात्राभित्र पर्ने अन्नपूर्ण पदयात्राको थोराङ पार गरेर आएका पर्यटकका लागि थकाइ मेटाउने थलो बन्दै गएको छ ।
आन्तरिक पर्यटक र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीका लागि पनि मार्फा अर्को आकर्षण बन्न थालेको सभासद् वीरेन्द्र जुहारचनको भनाइ छ ।

विदेशबाट पैसा होइन लास आयो
नयाँ पत्रिका
सल्यान, ३ पुस
गत ८ मंसिरमा कवितालाई श्रीमान्ले मलेसियाबाट फोन गरेका थिए । उनले भनेका थिए, 'एक हप्ताभित्र पैसा पठाइदिन्छु । साहुको ऋण तिर्नु र अन्नको जोहो गर्नु ।' पैसाको प्रतीक्षामा बसेकी कविताको त्यसबेला होस गुम भयो, जब पैसा होइन, घरमै श्रीमान्को लास आयो ।
साहुसित ऋण काढेर बिदेसिएका स्यानिखाल-४ का रुद्रबहादुर केसीको लास आएपछि उनको परिवार बिचल्लीमा परेको छ । श्रीमती कविताको अझै होस राम्रोसित खुलेको छैन भने दृष्टिविहीन आमा बिजुली रातोदिन अलौनाबिलौना गरेर बसिरहेकी छिन् । 'भएको जायजेथा बेचिसकियो, अब दुई छाक कसरी टार्ने ? साहुको ऋण कसरी तिर्ने ?' बिजुलीले भनिन् ।
आफ्नो नाममा भएको सबै जग्गाजमिन बेचविखन गरी त्यसले पनि नपुगेपछि साहुको ऋणमा १७ वैशाखमा रुद्र मलेसिया पुगेका थिए । घरको आर्थिक समस्या टार्ने र पैसा कमाएर सुखी जिवन बिताउने रुद्रको सपना खरानीमा मिलेको छ । श्रीमती र तीन नाबालक छोराको भरोसाको खम्बा भाँचिएको छ भने आँखा नदेख्ने आमा बिजुलीको आशाको द्वीप निभेको छ ।
परिवार र छरछिमेकका अनुसार रुद्र मलेसियालको एक प्लास्टिक कम्पनीमा काम गर्न थालेका थिए । सात महिनाको रकम जम्मा गरी घर पठाउन श्रीमतीलाई फोन गरेको एक सातापछि एकैचोटी उनको लास घरमा आएको थियो । 'घरमा लास आउँदासम्म हामीलाई केही थाहा थिएन,' आमा बिजुलीले भनिन् । उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म परिवारलाई थाहा हुन सकेको छैन । घरमा शव ल्याउँदासमेत शरीरमा कुनै घाउचोट नदेखिएको गाउँलेले बताएका छन् ।
रुद्रको परिवार केही वर्षपहिले थारमारे-१ बाट बसाइँ सरेर स्यानीखालामा आएको थियो । बसाइँ सरेर आउँदा केही पाखे जमिन उनले किनेका थिए, तर विदेश जाँदा त्यो पनि बेचे । अहिले उनीहरूसँग जमिन एक टुक्रा पनि छैन । बिजुलीले भनिन्, 'सबै सकियो, म अन्धी बूढीले कसरी नातिहरू जगेरु ?' उनको परिवारलाई एकातिर एक्लो छोरोको रहस्यमय निधनको पीडा छ भने अर्कोतिर साँझ बिहानको छाक टार्न मुस्किल पर्न थालेको छ । बिदेसिँदा ऋण लागेको डेढ लाखले पनि पिरोलिरहेको छ ।
'अहिले दुःखमा भएकाले छिमेकीले पैसा मागेका छैनन्,' बिजुलीले भनिन्, 'पछि मागेपछि कसरी तिरूँ ?'

Tuesday, December 15, 2009
खगेन्द्रले रेखालाई भने, "बिहे गरौँ चारवटा औँठी किन्दिन्छु"

काठमाडौं, २८ मंसिर :
विश्वमै कम उचाइ -६२ सेमी) तथा उमेर -१८ वर्ष) अनुसार कम तौल -४ दशमलव ६ किलो ) भएको भनी गिनिजबुकमा नाम लेखाउन उद्यत खगेन्द्र थापामगरले नायिका रेखा थापासँग बिहे गर्ने इच्छा जाहेर गरेका छन् । खगेन्द्र थापामगर प्रतिष्ठानको पहलमा शेखर खनालको निर्देशनमा निर्माण भइरहेको उनको बायोग्राफी छायांकनका क्रममा आइतबार रेखालाई भेटाउन पुर्याइएका खगेन्द्रले भने, 'तपाईसँग बिहे गर्छु । चारवटा औँठी किन्दिन्छु ।' खगेन्द्रको प्रस्तावमा रेखाले हाँस्दै भनिन्, 'ओके माई डियर ।'
बायोग्राप|mी निर्माण युनिट सदस्य लव प्याकुरेलका अनुसार खगेन्द्रले आफूलाई नायिका रेखा निकै मनपर्ने र उनीसँग भेट्ने इच्छा गरेकाले भेटाउन ल्याएको बताए । खगेन्द्र्रले पनि आफूले टिभी तथा फिल्ममा रेखालाई देखिरहेको तथा साह्रै मन पर्ने भएकाले भेट्न मन लागेको बताउँदै भने, 'राम्री लाग्यो । बिहे गर्छु ।' खगेन्द्रले अन्य कलाकारहरू महजोडी, राजेश हमाल, मेरीबास्सै टेलिशंृखलाका केदार घिमिरे -माग्नेबूढा) तथा सीताराम कट्टेल -धुर्मुस) लाई भेट्ने इच्छा भएको बताए । खगेन्द्रले माग्नेबूढा र धुर्मुसको क्यारिकेचर पनि गर्ने गर्छन् । उनले आफूलाई फिल्म अभिनयमा रुचि भएको बताए । उनले भने, 'फिल्म खेल्ने मन छ । म पनि केही गर्न सक्छु ।'
विश्वमै होचा कदका व्यक्तिका रूपमा गिनिजबुकमा खगेन्द्रको नाम लेखाउनका लागि राज्यले विशेष पहल गर्नुपर्ने कुरामा जोड दिँदै नायिका रेखाले भनिन्, 'उनको नाम विश्वमा चिनाउनुपर्छ । उनी हाम्रो गौरव हुन् ।'
रेखा-खगेन्द्र भेटमा रेखाले उनलाई नेपालको झन्डा उपहार दिएकी थिइन् । खगेन्द्रलाई काखमा बोकेर उनले थुप्रैपटक चुम्बन गरेकी थिइन् । खगेन्द्रले पनि रेखालाई पटक-पटक चुम्बन गरेका थिए ।
खगेन्द्रको नाम गिनिजबुकमा लेखाउने प्रक्रिया अघि बढिसके पनि ढिलासुस्ती भइरहेकाले राज्यले विशेष चासो देओस् भनेर खगेन्द्रलाई विभिन्न दलका शीर्ष नेता, व्यक्ति तथा उनले भेट्ने इच्छा गरेका कलाकारसँग भेटघाट गराइरहेको बायोग्राफी निर्माण युनिट सदस्य लवले बताए । त्यसकै लागि उनको जन्मस्थान बाग्लुङ धुल्लुबासकोट र हालको बसोबास पोखरा, मुस्ताङ चोकसम्म पुगेर लामो समयदेखि उनको बायोग्राफी क्यामेरामा कैद गरिहेको उनले बताए । लवका अनुसार खगेन्द्रलाई राष्ट्रपति डा. रामवरण यादवसँग भेटाउने पहल भइरहेको छ । उनले भने, 'राष्ट्रपतिज्यूले पनि भेट्ने सन्देश दिनुभएको छ । तर, समय दिन तय भएको छैन ।'
Note :- Probably Khagendra Thapa Magar is comming to south Korea in second great festival "Salnal cultural program" and also visit korea's great city (seoul,pusan,thegu,ulsan and guwanju )due to Student refund program in rural village of Nepal
Thursday, December 10, 2009
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु
बुधवार, 09 डिसेम्बर ,मनोज अधिकारी
- मुलुकको प्रमुख पर्यटकीय केन्द्र पोखरामा साढे तीनदशक लामो प्रतीक्षापछि 'क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल' को निर्माण सुरु भएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरदसिंह भण्डारीले मङ्गलबार आफैं डोजर चलाएर धावनमार्गको जमिन सम्याउने कार्यको शुभारम्भ गर्दै विमानस्थल निर्माणको औपचारिक थालनी गरेका हुन्।
सरकारले अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्न पोखरा उपमहानगरपालिका १४, १५ र १८ स्थित छिनेडाँडामा वि.सं.२०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। स्थानीय पर्यटन व्यवसायीदेखि सम्पूर्ण पोखराबासीले लामो समयदेखि माग गर्दै आएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य जग्गा अधिग्रहण गरेको ३४ वर्षपछि मात्र सुरु भएको हो।
मङ्गलबार दुईवटा डोजर लगाई सुरु गरिएको धावनमार्ग सम्याउने काम चालू आर्थिक वर्षभित्र सकिने मन्त्री भण्डारीले बताए। त्यसका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ। 'मैदान सम्याउनका लागि पहिलो चरणमा १५ लाख रुपैयाँ छुट्याएका छौं', मन्त्री भण्डारीले भने- कामका आधारमा थप रकम विनियोजन हुँदै जानेछ।
पोखरामा आन्तरिक उडानका लागि सानो आकारको विमानस्थल हुँदा यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। बुद्व एयरले छिटै भारतको लखनउ उडान भर्ने तयारी गरे पनि आवश्यक पूर्वाधार अभावले कठिनाई भएको छ।
मन्त्री भण्डारीका अनुसार पहिलो चरणमा जमिन सम्याउने र चारैतर्फ तारजाली लगाउने कामसँगै सर्भेसमेत हुनेछ। हाल अधिग्रहण क्षेत्रको करिब आधा भागमा मात्र तारजाली लगाइएको छ। दोस्रो चरणमा संरचना निर्माणका हिसाबले जमिन छुट्याउने र डिजाइन तथा डिटेल सर्भे हुने मन्त्री भण्डारीले जानकारी दिए।
उक्त विमानस्थल निर्माण गर्न चीन सरकारको पहलमा त्यहाँको एक्जिन बैंकसँग 'सफ्ट लोन' का रुपमा ८८ मिलियन डलर अर्थात् करिब ६ अर्ब रुपैयाँ लिने पक्का भएको भण्डारीले बताए। उक्त रकमबारे चीन सरकारसँग सैद्वान्तिक सहमति भएको र यससम्बन्धी छिटै हस्ताक्षर हुने उनले जानकारी दिए।

Tuesday, December 8, 2009
'जलवायु परिवर्तन सम्बन्धी सम्मेलनले इतिहास लेख्न सक्ने'
कोपेनहेगनमा सोमबारदेखि शुरु भएको राष्ट्रसंघीय सम्मेलनले मानिसहरुमा आशा जगाईदिएको छ
राष्ट्र संघका जलवायु प्रमुख युभो डी बोरले कोपनहेगनमा शुरु भएको जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनले इतिहास लेख्ने कुरा बताएका छन्।
तर उनले, उनकै शब्दमा, सही इतिहास लेखिनु आवश्यक रहेको चेतावनी पनि दिए।
उनको भनाइमा विश्व तातिंदै जाने अवस्थाको सामना गर्नका लागि हरितगृह ग्यासहरुको उत्सर्जन कटौती गर्न राष्ट्रहरुले महत्वाकांक्षी लक्ष्यहरु निर्धारण गर्नु पर्छ।
कोपनहेगनमा दुई सातासम्मको वार्तामा प्रतिनिधिहरुले जलवायु परिवर्तन बारे नयां सहमतिमा पुग्ने प्रयास गर्नेछन्।
बैठकमा डेनिश प्रधानमन्त्रीले सहमति हुनै लागेको र सारा विश्वले मानवताको सुरक्षाको लागि आफूहरु तर्फ हेरिरहेको बताए।
राष्ट्र संघका प्रमुख जलवायु वैज्ञानिक राजेन्द्र पचौरीले विश्व नेताहरुले ठोस कदम नचालेमा गम्भीर परिणामहरु आइ पर्ने चेतावनी दिए।
वैज्ञानिकहरु भन्छन्, बाढी, पहिरो, सुक्खा तथा घट्दो उब्जनी जलवायु परिवर्तनका देखिने असरहरु हुन्।
उनीहरु भन्छन्, जलवायु परिवर्तन रोक्ने एउटा मुख्य तरिका वायुमण्डलको तापमानलाई बढ्न नदिनु हो।
कटौती
हाल कोपेनहेगन पुगेका बीबीसी नेपाली सेवाका एकजना संवाददाता भन्छन्, त्यसकालागि कलकारखाना, उर्जा केन्द्र, मोटरजस्ता श्रोतहरुबाट निस्कने कार्बन डाईअक्साइडजस्ता हरितगृह ग्यांसको उत्सर्जनमा कटौती गर्नुपर्छ।
तर उनी भन्छन्, कसले कति कटौती गर्ने भन्ने कुरा मिल्न सकिरहेका छैन।
यसैबीच अफ्रिकी संघले भनेको छ,स्वच्छ मार्गतर्फको परिवर्तनमा औद्योगिक राष्ट्रहरुले गरीब राष्ट्रहरुलाई सहयोग गर्नु पर्छ।
संघका अध्यक्षले संघले चाहेको कुरा हासिल भएन भने बार्ता बहिष्कार गर्ने कुरा बताए।
बिकासोन्मुख राष्ट्रहरुको समूह जी ७७ का प्रतिनिधिहरुले गरीब राष्ट्रहरु लाई सघाउन विकसित राष्ट्रहरुको कम्तीमा एक प्रतिशत राष्ट्रिय धन आवश्यक पर्ने कुरा बताएका छन्।सम्मेलनका सभापति कोनी हेडेगार्डले जलवायु परिवर्तनका असरहरु बिरुद्ध जुध्न गरीब राष्ट्रहरु सम्म रकम कसरी उपलब्ध गराउने भन्ने उपाय पत्ता लागे सहमतिमा पुग्न सजिलो हुने कुरा बताए।
ठूलो आशा र अपेक्षाका बावजुद कोपेनहेगन सम्मेलनमा भाग लिईरहेका मुलुकहरुबीच निकै ठूलो मतभिन्नता देखिन्छ छ। यी मतभिन्नताहरु क्योतोबाट मात्र हैन, सन् १९९२ मा ब्राजिलको रियो दे जेनिरोमा शुरु भएको प्रकृयादेखिनै कायम छंदैछन्।
जानकारहरु भन्छन्, जलवायु परिवर्तन एउटा राजनीतिक विषय पनि हो। त्यसैले कोपेनहेगनमा राजनीतिज्ञहरुले भावी पुस्तालाई कसरी न्याय गर्ने भन्ने बारेमा तिनका साझा धारणा बनाउन कोसिस गर्नेछन्।

Subscribe to:
Posts (Atom)