Wednesday, November 25, 2009

गढीमाईमा बीभत्स पशुबलि १८ हजार राँगा ढालिए, मन्दिर क्षेत्र रक्ताम्य




पहिलो दिनमै १८ हजार राँगा ढालिए, मन्दिर क्षेत्र रक्ताम्य

प्रकाश लम्साल/नयाँ पत्रिका
बरियारपुर, बारा, ९ मंसिर
बाराको गढीमाई मन्दिरमा पशुबलिको पहिलो दिन मंगलबार १८ हजारभन्दा बढी राँगा ढालिएका छन् । यत्रतत्र टाउको काटिएका राँगा लम्पसार परेका देखिन्छन् भने आसपासको क्षेत्र रक्ताम्य बनेको छ ।
पशुबलि चढाइने ब्रह्मस्थाननजिक भीडका कारण पुग्न नसक्नेले तोकिएको सीमाभित्र यत्रतत्र बलि दिएका थिए । चार बिघा क्षेत्रफलमा रहेको बधशालामा बलि चढाइएको राँगाको रगतले मन्दिर क्षेत्रमा रगतको आहाल बनेको छ । पशुबलिका लागि तीन किलोमिटर क्षेत्रफल सिमाना छुट्टयाइएको छ ।
'बलि सकेसम्म व्यवस्थित गर्ने हाम्रो प्रयास छ,' गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव जितेन्द्र गुप्ताले भने, 'सबैले तिथिकै मौका छोपी बलि दिने हुँदा रक्ताम्य हुनु स्वाभाविकै हो ।'

जतासुकै पशुको रगत भरिएकाले गढीमाई मन्दिरमा शुद्ध पूजा गर्ने श्रद्धालुलाई कठिनाइ उत्पन्न भएको हेटौँडाबाट आएका प्रमोद वाग्लेले बताए । 'शुद्ध पूजा गर्नेका लागि समितिले मन्दिरसम्म आउन छुट्टै बाटो बनाइदिनुपथ्र्यो,' वाग्लेले भने ।
साँझसम्म १८ हजारभन्दा बढी राँगा बधशालाभित्र बलि दिइएको मेला मूल समितिका सचिव मोतीलाल कुशवाहले बताए ।
'विशाल बलिलाई व्यवस्थित गर्नु हाम्रो जिम्मेवारी हो । आगामी दिनमा थप व्यवस्थित गर्न प्रयास गर्नेछौँ,' कुशवाहले भने ।
चाँँडै बलि दिने होडबाजी चल्दा मार हान्नेहरूलाई बलि दिन आएकाले तानातान गरिरहेको देखिन्थ्यो । बलिको समाचारका लागि स्वदेशी तथा विदेशी सञ्चारकर्मीको व्यापक उपस्थिति थियो । आर्थिक अभावका कारण लाखौँको संख्यामा हुने हाँस, कुखुरा र बोकाको बलिका लागि व्यवस्थित बधशाला बनाउन नसकिँदा यस्तो स्थिति भएको समितिले जनाएको छ । समितिका अनुसार यसपटकको मेलामा झन्डै चार बिघा क्षेत्रफलमा राँगाका लागि व्यवस्थित बधशाला निर्माण गरिएको छ ।

The Matches of Fifa 2010 Result list

Scheduler

Group A Match Date - Time - Country

11/06 16:00 South Africa - Mexico
11/06 20:30 Uruguay - France
16/06 20:30 South Africa - Uruguay
17/06 20:30 France - Mexico
22/06 16:00 Mexico - Uruguay
22/06 16:00 France - South Africa

Group B Match Date - Time - Country

12/06 16:00 Argentina - Nigeria
12/06 13:30 Korea Republic - Greece
17/06 16:00 Greece - Nigeria
17/06 13:30 Argentina - Korea Republic
22/06 20:30 Nigeria - Korea Republic
22/06 20:30 Greece - Argentina

Group C Match Date - Time - Country

12/06 20:30 England - USA
13/06 13:30 Algeria - Slovenia
18/06 16:00 Slovenia - USA
18/06 20:30 England - Algeria
23/06 16:00 Slovenia - England
23/06 16:0 USA - Algeria

Group D Match Date - Time - Country

13/06 20:30 Germany - Australia
13/06 16:00 Serbia - Ghana
18/06 13:30 Germany - Serbia
19/06 16:00 Ghana - Australia
23/06 20:30 Ghana - Germany
23/06 20:30 Australia - Serbia

Group E Match Date - Time - Country

14/06 13:30 Netherlands - Denmark
14/06 16:00 Japan - Cameroon
19/06 13:30 Netherlands - Japan
19/06 20:30 Cameroon - Denmark
24/06 20:30 Denmark - Japan
24/06 20:30 Cameroon - Netherlands

Group F Match Date - Time - Country

14/06 20:30k Italy - Paraguay
15/06 13:30 New Zealand - Slovakia
20/06 13:30 Slovakia - Paraguay
20/06 16:00 Italy - New Zealand
24/06 16:00 Slovakia - Italy
24/06 16:00 Paraguay - New Zealand

Group G Match Date - Time - Country

15/06 16:00 Côte d'Ivoire - Portugal
15/06 20:30 Brazil - Korea DPR
20/06 20:30 Brazil - Côte d'Ivoire
21/06 13:30 Portugal - Korea DPR
25/06 16:00 Portugal - Brazil
25/06 16:00 Korea DPR - Côte d'Ivoire

Group H Match Date - Time - Country

16/06 13:30 Honduras - Chile
16/06 16:00 Spain - Switzerland
21/06 16:00 Chile - Switzerland
21/06 20:30 Spain - Honduras
25/06 20:30 Chile - Spain
25/06 20:30 Switzerland - Honduras

South Africa 2010 Match Schedule PDF Document

Monday, November 23, 2009

नेपाली सेनाको सर्वसाधारणले विरोध




सदरमुकाम कुस्मास्थित नेपाली सेनाको गुल्म सार्ने तयारी भएको भन्दै पर्वतको देवीस्थानका सर्वसाधारणले विरोध गरेका छन्। सेनाको नयाँ भैरवी दल गुल्म देवीस्थान–८ स्थित माझी गाउँको चौरमा सार्न एक साताअघि गुल्मपतिले निरीक्षण गरेका थिए। आइतबार देवीस्थान गाविस वडा न ७, ८ र ९ का सर्वसाधारण सदरमुकाम आएर प्रदर्शन गरेका हुन।

चामल माग्ने जनताले खाए पुलिसको लाठी



नयाँ पत्रिका

बाजुरा, ७ मंसिर

बिहान-बेलुकाको छाक टार्न नसकेपछि खाद्य संस्थानमा चामल माग्न गएका सर्वसाधारण प्रहरीको लाठी खाएर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । चामलका लागि प्रदर्शन गर्ने ११ स्थानीयवासी र पाँच प्रहरी घाइते अस्पतालमा छन् ।

भोकमरी पीडित बाजुरावासी खाद्य संस्थानले चामल बाँडिरहेको खबर पाएपछि सदरमुकाम पुगेका थिए । तर, दिनभर लाइन बसेपछि कर्मचारीले चामल सकियो भन्दै गेट बन्द गर्न खोजेपछि झडप भएको थियो ।

चामलका लागि सर्वसाधारण प्रदर्शनमा उत्रिएपछि नियन्त्रणका लागि प्रहरी परिचालन भएको थियो । चामलका लागि सर्वसाधारणको लाइन लागेको थियो, तर चामल सकियो भन्ने खबर पाउनासाथ सर्वसाधारणको लाइन जुलुसमा परिणत भएको थियो ।

झडपमा घाइते भएकाको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ । आइतबार दिउँसोबाट सुरु भएको झडप रातिसम्म जारी थियो ।

चामल नपाएको झोँकमा आक्रोशित सर्वसाधारणले नाराजुलुस गरिरहेका वेला जुलुसलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा १५ जना घाइते भएका छन् ।

घाइतेमा सुना चुदारा र चक्रराज जोशी गम्भीर छन् । उनीहरूको बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको संख्या बढी भए पनि सम्पूर्णको नाम खुल्न सकेको छैन ।

संस्थानले प्रतिव्यक्ति पाँच किलो चामल वितरण गरिरहेको थियो । बाजुराको उपभोक्ताले १० देखि १५ किलोसम्म चामल पाउनुपर्ने माग गरिरहेका थिए । तर, दिउँसो नै चामल सकियो भन्दै खाद्य संस्थानका ढोका बन्द भएपछि सर्वसाधारणको प्रदर्शन सुरु भएको थियो ।

जिल्ला कृषि विकास कार्यालय बाजुराले उत्पादनमा ८० प्रतिशत ह्रास आएकाले यो वर्ष आवश्यक खाद्यान्न पुर्‍याउन नसक्ने घोषणा गरिसकेको छ । जिल्लाको उत्पादनमा ह्रास आएको बेला खच्चर पनि बिरामी भएर मर्न थालेपछि जिल्लामा खाद्य संकट देखिएको कृषि विकास कार्यालयको भनाइ छ ।

यही बेला जिल्लामा चामल ढुवानी गर्ने खच्चर मरिरहेका छन् । तीन सातायता जिल्ला आएका ३२ खच्चर अज्ञात रोगले मरेका थिए । जीवित खच्चर पनि तिनका साहुले सुरक्षाका लागि भन्दै परिचालन गरेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले भने खच्चरको अभाव भएपछि हवाईमार्गबाट खाद्यान्न संकट टार्ने बताएका छन् । 'हामी अहिले (आइतबार राति) मात्र सर्वदलीय बैठक बसेका छौँ, अब हवाईमार्गबाट पाँच सय क्विन्टल चामल मगाउने निश्चित भएको छ,' उनले भने । प्रजिअ निरौलाले घाइतेका उपचार जिल्ला स्वास्थ्यमा भइरहेको पनि बताए ।

प्रजिअले पाँच सय क्विन्टल चामल मगाउने घोषणा गरेका छन् । जबकि नेपाल खाद्य संस्थानको बाजुरा मार्तडी शाखा र कोल्टी डिपोमा हप्ताको दुईपटक मात्र बिक्री गर्दा पनि ६ देखि आठ हजार क्विन्टल चामल बिक्री हुने गरेको छ ।

माओवादी नेता डा. बाबुराम भट्टराई दक्षिण कोरियामा आउने निश्चित



एस के नेपाल न्यूज सर्भिस
आइतबार,नोवेम्बर ,२२,२००९


एकिकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष डा.बाबुराम भट्टराई नेपाल जनअधिकार मंच दक्षिण कोरियाले आयोजना गर्न लागेको अन्तरकि्रया कार्यक्रममा भाग लिन यहि नोभेम्वर २९ तारिकका दिन दक्षिण कोरियाको राजधानी सोलमा आउने हुने भएको छ ।

सोल शहरको दुन्देमून स्टडियम स्थित एक सभा हलमा डा. भट्टराईले नेपाली राजनीतिक संकट तथा समाधान विषयक अन्तरकि्रया कार्यक्रमलाई सम्बोधन गर्नु हुने छ । नेपाली समुदाय तथा नेपाल प्रति चासो राख्ने कोरियालीहरुको उक्त कार्यक्रममा उपस्थिति रहने आयोजक संस्था नेपाली जनअधिकार माच दक्षिण कोरियाले जनाएको छ ।

एकिकृत नेकपा माओवादीको नागरिक सर्वोचत्ता आन्दोलन नेपाली राजनीतिक संकट नयाँ संविधान निमार्ण तथा स्थायी शान्तिका विषयमा पार्टीको घारणा डा. भट्टराईले व्यक्त गर्नु हुने बताइएको छ । डा.भट्टराई यहि नोभेम्वर २८ तारिक शनिवारका दिन सोलमा आउने हुने र २९ तारिकका दिन उक्त अन्तरकि्रया कार्यक्रममा सहभागी भए लगत्तै स्वदेश फर्कनु हुने आयोजक संस्थाले जनाएको छ ।दोङ्देमुन स्टेडियम नजिकै रहेको उक्त हलमा जान लाइन नं २, ४, ५ को गेट नं १४ वाट निस्किएर मिग्लिओरे विल्डिङ तथा डुसान टावरलाई दाया पारेर १५० मिटर अघि हिड्दा कार्यक्रम हल जुङ्गु गुमिनह्वेग्वान्मा पुग्न सकिनेछ । सउल शहर तथा आसपासका शहरवाट चल्ने ०१, ०२, १०१, १०५, १०६, १४४, १५२, २०१, २६१, ३०१, ३०३, ४२०, ६०१ नम्बरको वसवाट डुसान टावरको नजिकै रहेको बस स्टेशन ओर्ली कार्यक्रम स्थलमा पनि पुग्न सकिनेछ ।

Saturday, November 14, 2009

पर्बत प्रबाशी समाज दक्षिण कोरियाको प्रेस विज्ञप्ति

मितिः २००९ अक्टुबर १४

२००९ फेब्रुरी १५ तारिक "नेपाल सम्पर्क समिति दक्षिण कोरिया" को आयोजनामा आगामी कोरियाको महान चाड "छुसक र सल्नाल" मा को कसले रमाइलो सांस्कृतिक कार्यक्रम देखाउने ? भन्ने बारेमा कोरियामा स्थापना भएका संपूर्ण संघ र समाजहरुलाई "नेपाल सम्पर्क समिति" अर्थात छाता संघठनको कार्यलयमा बोलाई राती अबेरसम्मको निर्णयमा गोला पर्थ बाट "पर्बत प्रबासी समाज दक्षिण कोरिया" ले मिति २०१० फेब्रुरी १४ तारिक सल्नाल को दिन आफ्नो "सलनाल पर्बत सांस्कृतिक सौगात २०१०" प्रस्तुत गर्ने मौका पाई सबै स्थान्हरुमा प्रचार-प्रसार गर्दै अई रहेको छ साथै २००९ अक्टूबर ०१ तारिक पर्बत प्रबाशी समाजको नियमित बैठक बसी आउदो सलनाल पर्बत सांस्कृतिक सौगात २०१०" तयारीको लागि कलाकार छनोट, हलको व्यवस्था र टिकेट उपर निर्णय पारित गरेको छ l
तर कही दिन देखि नेपाल कोरिया न्यूज़ मार्फत रघु त्रिपाटी अध्यक्ष रहनु भएका "आपात कालीन समाज" ले अचानक बिना निर्णय र पर्बत प्रबाशी समाज संघ कुनै सलाह नगरी फेब्रौरी १४ तारिक नै नेपाल बाट "नेपथ्य बेन्ड" लेउने हल्ला फिजाई रहनु सरा-सर मुर्खता जनाउनु भएको तथा सिधै कोरियाको संपूर्ण संस्थाहरु को निर्णय बिपरीत भएको हुदा आपातकालीन समाजको यो निर्णय फिर्ता गरिदिनुहोला भन्ने अनुहारोद गर्दछु


पर्बत प्रबासी समाज
दक्षिण कोरिया

परिवार र देश विछोडको तुलनामा मैले कोरियामा केही पाइँन

बम लावती : Ex President of NCC south korea
१४ वर्षदेखि कोरियामा श्रम, राजनीति, समाजसेवा तथा साहित्यमा एकैसाथ संलग्न भएका बम लावतीलाई अहिले कोरिया अध्यागमनले ह्वासङ प्रवासी बन्दी गृहमा राखेको छ। गत साता पक्राउ परेका उनलाई शनिवार नेपाल फकाइँदैछ। बन्दीगृहमा उनी आफ्नो विगतको सुक्ष्म विश्लेषण गरिरहेका छन्, विदेशी भूमिमा के पाएँ र के गुमाएँ भन्दै। नाबालक छोराछारी र जवान श्रीमतीलाइ स्वदेशमै छोडेर पराइ भूमीमा बस्दा उनलाई परिवारको साथ नै सबैभन्दा बढी गुमेको अनुभव भएको छ। उनको 'चट्टान फुटाउदै गरेका बालबालिका' नामक पुस्तक कोरियाली भाषामा प्रकासित छ। कोरियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली सम्पर्क समितिका अध्यक्ष समेत रहेर काम गरिसकेका लावतीसँग माधवी भट्टले गरेको संक्षिप्त कुराकानीः
प्रश्नः तपाइँत जेलमा हुनुहुन्छ। किन पक्राउ गरिएको हो ?
म सन १९९६ मा कोरिया आएका हुँ। मैले काम गरेको कम्पनी राम्रो थिएन। त्यसैले तीन महिनामा नै भिषाविहीन हुन पुगेँ।जनावरजस्तै खटिँदा पनि त्यो तीन महिनामा मैले काम गरेको तलव सबै पाइनँ। त्यसपछि म कोरियामा भिषाविहीन भएरै बसे। भिषाविहीन विदेसी श्रमिकलाइ धपाउने कोरिया सरकारको नीतिको म पनि शिकार भएको हुँ।

प्रश्नः नेपाल कहिले फर्काइदै हुनुहुन्छ? पक्राउ नपरेको भए कतिसमयसम्म कोरिया बस्ने विचार थियो?
नेपाल पठाउने सवै प्रक्रिया पुरा भइसकेको छ। यही शनिवार फर्काइँदैछ। पक्राउ नपरेको भएपनि आउने डिसेम्बरसम्ममा नेपाल जाने सोच बनाइसकेको थिएँ। लामोसमयको विदेश बसाइमा म परिवार र स्वदेशको सम्झनामा नराम्ररी छटपटिएका थिएँ।


प्रश्नः कोरिया आउनअघि नेपालमा तपाइँको परिचय के थियो? किन कोरिया आउनुभएको?
नेपाल आउनअघि म पाँचधर जिल्लाको शरस्वती विद्यालयमा शिक्षक थिएँ। नेपाल शिक्षक संघको राजनीतिमा पनि सक्रिय थिएँ। काठमाडौं आउजाउको क्रममा साथीहरुले राजनीतिको लागि ३०-४० लाख रुपैया चाहिन्छ भन्थे। मलाई पनि कुरो ठिकै जस्तो लाग्यो। कोरियामामा ३-४ वर्ष काम गरैर पैसा कमाएपछि नेपालमा राजनीति गरौँला भन्ने सोचले म यता हानिएको थिएँ। तर सोचेजस्तो भएन। उता संघसंगठनमा हिँडेको बानी यता आएर पनि त्यसलाई छोढ्न सकिएन। खासगरी कोरिया आएको पहिलो वर्ष हातकाटिएका ३ जना प्रवासी श्रमिकलाइ कोरिया अध्यागमन अधिकारीहरुले लछारपछार गरेको देखें। यो दृश्यले मलाइ यहाँको मानवअधिकारको स्थिति दर्दनाक छ भन्ने थाहा भयो। त्यसैले श्रमिक अधिकारका लागि पनि संघर्ष गरेँ।

प्रश्नः ३०-४० लाख पैसा जम्मा भयो त? अब गएर के गर्ने विचार छ?
पैसा त ३५-४० लाख कमाइयो होला तर त्यो एकमुष्ट जम्मा गरिएन। कमाउदै परिवारलाइ पठाउँदै गरियो। अब नेपाल गएर जिल्लाको राजनीति र समाजसेवामा नै सक्रिय रहने विचार छ। कोरियामा त राजनीति र सामाजिक कार्यबाट बाहिर निष्कन सकिएन। नेपालमा पनि के त्यसै बस्न सकिएला र?


प्रश्नः तपाइँ केहीवर्षअघि कोरियामा भएको धरकपकडविरुद्ध धर्ना र प्रदर्शनीमा पनि सामेल हुनुभएको थियो। अहिले पनि केही नेपालीहरु प्रदर्शनमा सामेल छन्। यसरी विरोधमा सहभागी हुनपर्ने कारण कै होला?
कोरियामा विदेशी मजदुरमाथीको चरम शोषण देखेकाले कोरियनहरुले प्रवासी श्रमिकअधिकारका लागि गरेको आन्दोलनमा म पनि सक्रिय थिएँ। कोरियाको राजधानी सोलको म्योङदोङ चर्चमा भएको सिट इन स्ट्रगलका बेला म स्वयं प्रचारप्रसार समितिमा थिएँ। अहिले मलाइ के लाग्छ भने त्यसमा विदेसीहरुको अधिकार मुद्दा केवल नारामा मात्र रहेछ वास्तविकतामा होइन। कोरियालीहरुले अमेरिकी गाइको मासुविरुद्धको आन्दोलनमा, अमेरिकी आर्मीकौ उपस्थितिका विरुद्धमा हुने प्रदर्शनमा पनि विदेसी श्रमिकलाई सहभागी गराइरहेका छन्।

कोरियनहरु कस्ता हुन तपाइँ नजरमा?
कोरिया जति विकसित छ। कोरियन समाज र मानिसहरुको सोच त्यति विकसित भएजस्तो लागेन मलाई। तर कोरियालीहरुबाट सिक्नुपर्ने दुइटा कुरा छ। अनुशासनकौ पाठ र श्रम गर्ने संस्कार।

तपाइँले कोरियामा के पाउनुभयो र के गुमाउनु भयो?
मैले कोरियामा करिब डेड दशकको अवधिमा सधैँ गुमाएको मेरो परिवार नै हो। म नेपाल छोड्दा छोरा सातवर्षको र छोरी डेडवर्षकी थिइन्। जवान श्रीमतीलाई उता एक्लै छोडेर यता आफू एक्लै। देशको सम्झलनाले सताइरह्यो। परिवार र देशको विछोडको तुलनामा मैले कोरियामा केही प्राप्त गरिन्।

Friday, November 13, 2009

श्रीमतीले गराइन् अपहरणपछि हत्या




नयाँ पत्रिका

काभ्रे, २६ कात्तिक

६ वर्षदेखि परपुरुषसँग यौनसम्बन्ध राख्दै आएकी एक महिलाले आफ्नै श्रीमान्को अपहरणपछि हत्या गराएको रहस्य खुलेको छ । आरोपी महिला र उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरिएका श्रीमान्को शव अझै फेला परेको छैन ।

श्रीमान्ले आपनो कर्तुत थाहा पाएपछि कुशादेवी-५ की भवानी आचार्यले श्रीमान्को अपहरण गराएकी थिइन् । ५० हजार रुपैयाँ दिएर अपहरण गर्न प्रयोग गरेका अपहरणकारीले भने उनको श्रीमान्को हत्या नै गरिदिएको खबर उनलाई दिएका थिए । भवानीको बयानका आधारमा प्रहरीले उनका सहयोगी लक्ष्मण तिमल्सिनालाई पनि पक्राउ गरेको छ ।

तीन वर्ष मलेसिया बसेर घर र्फकेका भवानीका श्रीमान् ३१ वर्षीय अर्जुन (रामचन्द्र) आचार्य २६ असोजदेखि बेपत्ता थिए । उनको अपहरणपछि हत्यामा उनकै श्रीमतीको मिलेमतोमा भएको रहस्य बुधबार मात्र खुलेको हो ।

भवानीलाई सोमबारसाँझै इलाका प्रहरी कार्यालय बनेपा ल्याइए पनि उनले आफूलाई श्रीमान्को अवस्थाबारे कुनै जानकारी नभएको बताइन् । तर, बुधबार बिहान उनले प्रहरीसँग अपहरण गर्न लगाएको र अपहरणकारीले नै श्रीमान्को हत्या गरेको बयान दिएकी छिन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक ऋषिकेश पाण्डेका अनुसार भवानीले श्रीमान् अर्जुनलाई अपहरण गर्न स्थानीय लक्ष्मण तिमल्सिनालाई ५० हजार रुपैयाँ दिएको बताएकी छिन् । तिमल्सिनासँग उनको ६ वर्षदेखि अनैतिक सम्बन्ध रहेको पनि उनको भनाइ छ ।

तिमल्सिनाले बिहान पाँच बजे घरबाट निस्केका अर्जुनलाई घरबाट गाउँतिर जान लागेको अवस्थामा अपहरण गरी अन्य चारजना सहयोगीको मद्दतबाट हत्या गरेको भवानीले बयानमा भनेकी छिन् । 'मैले एक महिनासम्म अपहरण गरेर बेपत्ता बनाउनू, ५० हजार दिन्छु भनेकी थिएँ,' उनले प्रहरी बयानमा भनेकी छिन्, 'तर २८ असोजमा मारिदिएँ भनेर खबर गरे ।' दसैँअगाडिदेखि नै अर्जुनलाई अपहरण गरेर बेपत्ता बनाउने योजना बनाएको उनले प्रहरीलाई बताएकी छिन् ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार भवानीको बयानका आधारमा तिमल्सिनालाई बुधबारै पक्राउ गरिएको हो । तर, तिमल्सिनाले आफूले अर्जुनको हत्या नगरेको बताएको पाण्डेले जानकारी दिए । 'भवानीले अपहरण गरेर हत्या गर्न लगाएको स्विकारे पनि तिमल्सिनाले स्विकारेका छैनन्,' पाण्डेले बिहीबार नयाँ पत्रिकासँग भने । भवानीले लक्ष्मणसहितका व्यक्तिले अर्जुनको हत्या गरेर कुशादेवी-६ स्थित महादेव मन्दिरनजिकै फालिदिएको बताएपछि बुधबार बिहानैदेखि प्रहरीले अर्जुनको शव खोजी गरिरहेको छ । तर, बिहीबारसम्म पनि उनको शव फेला परेको छैन ।

तीन वर्ष मलेसियामा बसेर गत वर्षमात्र घर फर्केका अर्जुन र भवानीबीच केही समयदेखि आर्थिक हिनामिना र भवानीको अनैतिक सम्बन्धका विषयमा सामान्य झगडा पर्ने गरेको उनका छिमेकी तथा आफन्तले बताएका छन् । बाबुआमासँग छुट्टिएर बस्दै आएका उनका सात र नौ वर्षका दुई छोरा छन् । यसअघि एक दर्जनभन्दा बढी विभिन्न अभियोगमा पक्राउ परिसकेका तिमल्सिना भने आपराधिक चरित्रको व्यक्ति भएको प्रहरी दाबी छ ।


यसरी खुल्यो रहस्य

२६ असोज बिहानैदेखि बेपत्ता भएका अर्जुनका बारेमा उनकी श्रीमती भवानीलाई परिवारका अन्य सदस्य र स्थानीयवासीले पटक-पटक जानकारी माग्दै आएका थिए । उनले 'उहाँ त विदेश जानुभएको छ' भन्दै ढाँट्दै आएकी थिइन् । तर, तिहारपछि उनको घरमा शंकास्पद व्यक्तिको पटक-पटक आवागमन भएको देखेपछि परिवारका सदस्य र गाउँलेले उनीमाथि सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनले विदेश नगएको र २६ गतेदेखि नै अर्जुन हराएको बताइन् । कात्तिकको दोस्रो साता भवानीले श्रीमान् अर्जुन आचार्य हराएकाले खोजी गरी पाऊँ भन्दै प्रहरीचौकी कुशादेवीमा निवेदनसमेत दिइन् ।

Thursday, November 12, 2009

असिना तर्काउने लामा !




पर्वतको बाजुङ गाउँमा मन्त्रको शक्तिले असिना-पानी रोकिदिन्छु भनेर लामाले दुई लाखबराबरको अवैधानिक कर उठाउँछ, लामा राख्ने निर्णय प्रमुख दलहरूको साझा बैठकले गर्छ

आजदेखि मंसिर लाग्यो । किसानहरूको खेतीबाली थन्काउने काम लगभग सकिइसक्यो । अब पर्वत बाजुङका घरघरमा 'तन्त्रमन्त्र' जान्ने लामा थैलो बोकेर 'कर' उठाउन आउनेछ । उसले प्रत्येक घरबाट एक-एक पाथी धान, एक-एक माना चामल, दाल र गेडागुडी, ताजा तरकारी, फलफूल, कुचोका लागि अमि्रसो र बाबियो जम्मा गर्दै हिँड्नेछ । यतिविधि कर जम्मा गर्न उसलाई गाउँका दुईजना कटुवालहरूले सघाउनेछन् । पन्ध्र सयभन्दा बढी घरकुरिया भएको बाजुङ गाउँबाट उसले अढाई लाख जति रकमबराबरको अन्नबाली बटुल्नेछ । यो उसको एक महिनाको 'पारिश्रमिक' हो ।

एकै महिनामा दुई-अढाइ लाख कर ! यो 'कर' असिना-पानीबाट धानबाली जोगाइदिएबापतको हो । 'तन्त्रमन्त्र' र 'फू-फा' गरेर उसले असिना-पानी रोकिदिने दाबी गर्छ । र, बाजुङवासीले त्यही दाबीलाई वैज्ञानिक सूत्रजस्तो विश्वास गर्छन् । अनि, प्रत्येक वर्ष गाउँलेहरूले पोखरा बस्ने बौद्धमार्गी लामालाई गाउँमा निम्त्याएर असिना रोकिदिन अनुरोध गर्छन् । लामा बाजुङ आउँछ र आफ्नै विधि र नियम बनाउँछ । ऊ गाउँको कोटको अग्लो डाँडामा बसेर पूजापाठ गर्छ, शंख फुक्छ, मन्त्र जप्छ । प्रत्येक वडा र टोलमा 'ऊँ मणि पद्ममे हुँ' लेखिएका चक्र -फिरफिरे)हरू बाँसको लिंगोमा गाड्छ ।

लामाले गाउँलेहरूले अनिवार्य पालना गर्नैपर्ने केही नियमहरू बनाउँछ । ऊ कोटमा बसुन्जेलको एकमहिने अवधिमा कमेरोले घर पोत्न पाइने छैन, कर्कलो काट्न पाइने छैन, मस्यौरा पार्न पाइने छैन, देउसी-भैलो खेल्न पाइने छैन, पीङ खेल्न पाइने छैन, मादल बजाउन पाइने छैन, सुसेल्न पाइने छैन आदिआदि । यी नियम उल्लंघन गर्न कसैलाई पनि अनुमति हुँदैन । अनि, असिनापानी पक्कै रोकिन्छ त ? कुनै वर्ष संयोगले असिनै पर्दैन । कुनै वर्ष असिनाले खेती खायो भने लामाले 'कसै न कसैले, कहीँ न कहीँ नियम तोडेको' आरोप लगाउँछ । उसका मतियारहरूले 'होमा हो' मिलाउँछन् । जसरी पनि उसको 'ठग-अभियान' सफल हुन्छ । लामाप्रथा कहिलेदेखि सुरु भयो, कुनै रेकर्ड छैन । सबै भन्छन्, 'धेरै पहिलेदेखि ।'

यस्तो काम कसको अगुवाइमा हुन्छ त ? पहिलेपहिले गाउँ विकास समितिले नै औपचारिक रूपमा लामा राख्थ्यो । अहिले गाउँमा क्रियाशील प्रमुख दलका प्रतिनिधिहरूको बैठकले लामा राख्ने निर्णय गर्छ । खरो क्रान्तिकारी ठानिएको माओवादी पनि 'मन्त्रबाट असिना रोक्ने' परम्पराको अभियन्ता बनेको छ । तीन-चार वर्षयता उसले लामाको विरोध गर्ने स्थानीय युवाहरूलाई सघाउनुको सट्टा आफ्नै पार्टी सदस्यसहितको समिति बनाउँछ र लामालाई स-सम्मान 'कर' बुझाउन जनतालाई आग्रह गर्छ । यस वर्षदेखि पार्टीहरूले 'कर'सम्बन्धमा नयाँ निर्णय गरेका छन्- अब किसानले धानको सट्टा त्यसको मूल्यबराबरको रुपैयाँ लामालाई तिर्ने ।

संसार एक्काइसौं शताब्दीमा प्रवेश गर्‍यो भनिन्छ । अहिलेको युग विज्ञान-प्रविधिको हो पनि भनिन्छ । अन्धविश्वास र रुढिवादका जमाना गए भनेर भाषण दिइन्छ । तर, बाजुङमा नयाँ नेपालका नयाँ पार्टीहरू नै 'मन्त्र' पढ्नेले असिना थामिदिन्छ भनेर जनतालाई अवैधानिक कर तिर्न बाध्य पारिरहेका छन् । विगत छ वर्षदेखि 'लामाप्रथा' हटाउने सामाजिक अभियानको नेतृत्व गरेको संगीतपुर सचेतना केन्द्रले यसपटक पनि 'कर' नतिर्न किसानहरूलाई आग्रह गरेको छ । तर, पार्टीहरू उसको अभियानलाई खिसीटिउरी गर्छन् । केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले भने, 'दुई वर्षसम्म त हाम्रो दबाबमा लामा हटेको पनि थियो । यसपालि फेरि राखिएको छ । हामीले सबै पार्टी प्रतिनिधिहरूलाई तुरुन्तै हटाउन भनेका छौँ, तर उनीहरूले वास्ता गरेका छैनन् ।'

बाजुङमा खान-लाउन नपुग्ने परिवारहरू थुप्रै छन् । स्कुल जान नपाएका बच्चाहरू त्यत्तिकै छन् । आधारभूत आवश्यकताको अभावमा जीवन बाँच्नेहरूको पीडा उस्तै छ । अवसर नपाएर खुम्चिनेहरूको संख्या पनि त्यहाँ कम छैन । तर, हाम्रा पार्टीहरू किसानको मिहिनेत बटुलेर लामालाई पोस्छन् । पञ्चायतदेखि केही ठालु-मुखियाले लामाबाट गाउँभरिबाट अन्न संकलन गराउने र उसलाई अलिकति मात्रै दिएर बाँकी आफँैले राख्ने गर्थे । अहिले पनि लामा राख्ने निर्णय गर्ने समितिलाई लामाले एउटा बोको 'भूमे पुज्ने' बहानामा खुवाउने गर्छ । भित्री रूपमा यस्ता दलाली र लेनदेन कति हुन्छन्, सोझा किसानलाई सबै थाहा छैन ।

पार्टीहरूकै सल्लाह र मिलेमतोमा यस्ता अन्धविश्वासी प्रथालाई निरन्तरता दिइएको छ । जबर्जस्ती अवैधानिक कर उठाएर लामालाई बुझाउन किसानलाई पार्टीहरूले नै बाध्य पारेका छन् । यो रोक्ने कसले हो ? जिल्ला प्रशासन कार्यालयले यतातिर ध्यान दिनुपर्ने हो कि ? स्थानीय युवा र किसानहरूको असहमति हुँदाहँुदै लामा राख्न बाध्य पार्ने त्यहाँका पार्टी समितिलाई केन्द्र पार्टीले कुनै निर्देशन दिनुपर्ने हो कि ? कि नयाँ नेपालमा यस्ता परम्परा जोगाइरहने हो ?

गण्डकी-धौलागिरितिर एउटा लोकगीत प्रचलित छ-

देउपुरको जस्तो खेती र पाती, बाजुङको जस्तो गाउँ

उराठ लाग्दो दुर्लुङको डाँडो, मोहनी लाग्ने पाङ !

अहिलेको संसार शिक्षा, सूचना, वैज्ञानिक चेतना र नयाँनयाँ विकासका खुड्किलाहरू चढ्दै छ । तर, बाजुङ गाउँ लामासहितको उही पुरानै 'बाजुङको जस्तो गाउँ' कहिलेसम्म रहिरहने हो ?

Tuesday, November 10, 2009

एउटै जिल्लाभित्र तीन अञ्चलका फोन

फलेवास, पर्वत ।

जिल्लाभित्रै फोन गर्दा एसटिडी शुल्क लागेको प्रायः कमै सुनिन्छ होला, तर पर्वतका दुई दर्जन गाविसवासीको पीडा यही छ ।
आफ्नै जिल्लाभित्र एसटिडी शुल्क तिरेर टेलिफोन सम्पर्क गर्न बाध्य छन् पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारण । टेलिकमले आफ्नो क्षमता विस्तार गर्न नसक्दा एउटै जिल्लाभित्र पनि धौलागिरि, गण्डकी र लुम्बिनी अञ्चलका सञ्चारसाधन प्रयोगमा आउने गरेका हुन् ।
नेपाल टेलिकमलगायत अन्य कम्पनीका सञ्चार सञ्जाल जिल्ला सदरमुकामलगायत आसपासका क्षेत्रमा मात्र केन्दि्रत बनेपछि सदरमुकामको प्रत्यक्ष सम्बन्धबाट बञ्चित बनेका गाउँलेहरुले अन्य जिल्लाको सहयोगमा महङ्गो शुल्क लाग्ने एसटिडी फोन जडान गरेका छन् ।
धौलागिरि अञ्चलमा पर्ने पर्वतको उक्त क्षेत्रमा लुम्बिनी र गण्डकी अञ्चलको कोड रहेका फोन र मोबाइल प्रयोग गर्न उनीहरु बाध्य छन् । पर्वत जिल्लाको कोड रहेको फोनले नटिप्ने भएपछि छोटो दुरीमा पर्ने छिमेकी जिल्ला स्याङ्जा, पाल्पाका टेलिफोन जडान गरिएको छ ।
‘आफ्नै जिल्लाभित्र फोन गर्दा पनि एसटिडी शुल्क तिर्नुपर्ने स्थिति छ’ वहाकिठाँटीका दीपक भूषालले भन्नुभयो ।
नेपाल टेलिकम, पर्वतले लामो समयदेखि दक्षिणीभेकमा पनि टेलिफोन र मोबाइल सञ्चालन गर्ने बताउँदै आएपनि ती सेवाहरु सदरमुकाम र आसपासका क्षेत्रमै सीमित राखेको छ ।
शाखाले लुंखु र गोल्र्याङधामको लेकमा टावर राख्ने आश्वासन दिँदै आएको छ ।