Tuesday, March 11, 2014

नांगाहरूको सामूहिक स्नान

सोमबार, 24 फेब्रुअरी 2014 01:04

अस्ट्रेलियाको तस्मान समुद्रमा शनिबार नांगा मानिसको भीड लागेको थियो । सयौँ मानिसले समुद्रमा सामूहिक रूपमा नांगै डबुल्की मारेका छन् । नग्नताको समर्थनमा सात सयभन्दा बढी मानिसले यसरी सामूहिक स्नान गरेका हुन् ।

अस्ट्रेलियाको इतिहासमा नांगाहरूको यो अहिलेसम्मकै दोस्रो ठूलो सामूहिक स्नान हो । गत वर्ष अस्ट्रेलियाका राष्ट्रिय निकुञ्जका लागि आर्थिक सहयोग जुटाउन साढे सात सय मानिस सामूहिक रूपमा नांगिएका थिए ।

स्नानमा सहभागीमा कुनै ठूलै काम गर्दाको जस्तै आत्मसन्तुष्टि झल्किएको थियो । बिहान आठ बजेदेखि सामूहिक स्नान सुरु भएको थियो ।

स्नान कार्यक्रम आरम्भ हुनुअघि एक सहभागीले नांगाको भीडलाई सम्बोधन गर्दै भनेका थिए, ‘हामी सबै नांगै जन्मिएका हौँ । नग्नता हाम्रो जन्मजात स्वभाव हो । त्यसैले कसैले हाम्रो नांगो शरीर देख्ला कि भन्ने कुरालाई बाल दिनुहुँदैन ।’

कार्यक्रमपछि एक सहभागीले कार्यक्रमको अनलाइन पेजमा लेखेका छन्, ‘अरूका अगाडि अहिलेसम्म कहिल्यै नांगै ननुहाएकाले मलाई थोरै संकोच लागेको थियो । यद्यपि, अप्ठेरो हुनेगरी लाज भने लागेन । एकदमै मजा आयो ।’ स्नान गर्नेमध्ये कतिपयले शरीरका गोप्य मानिएका अंगमा नग्नताको समर्थन गर्दै नारा र पेन्टिङ कोरेका थिए ।

Saturday, January 21, 2012

यसरी आउँदैछ चिनियाँ रेल

पूर्ण बस्नेत, हङकङ, माघ ७- चीनले तीव्र गतिमा विस्तार भइरहेको तिब्बत रेलमार्ग तीन वर्षभित्रै ल्हासाबाट सिगात्से पुग्ने र लगत्तै नेपालतर्फ विस्तार गरिने संकेत गरेको छ।चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमणको क्रममा गत शनिबार तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं विस्तार गरिने जनाएलगत्तै बेइजिङमा यससम्बन्धी प्रगति विवरण सार्वजनिक भएको हो।
ल्हासा-सिगात्से खण्डमा पर्ने २ सय ५३ किलोमिटर रेलमार्गको ७७ प्रतिशत र उक्त भागमा पर्ने सुरुङ मार्गको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको तिब्बत क्षेत्रीय विकास तथा सुधार आयोगले मंगलबार जनाएको छ।

'तिब्बतको राजधानी ल्हासाबाट सिगात्सेतर्फ रेलमार्ग विस्तार कार्य तीव्र गतिमा भइरहेको छ, सन् २०१५ सम्म यो पूरा हुनेछ,' आयोग प्रमुख जीन सिसुनलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
बेइजिङस्थित दक्षिण एसिया मामिला विज्ञहरूले एक दशकभित्रै नेपाललाई रेलमार्गले जोड्ने चीनको तयारी रहेको जनाएका छन्। चीनको राज्य परिषद् अन्तर्गतको संस्था सिआइसिआइआरको दक्षिण तथा दक्षिण पूर्व अध्ययन केन्द्रका निर्देशक हु शिशेङ नौ वर्षभित्र तिब्बत रेलमार्ग नेपालसँग जोडिने बताउँछन्।

Sunday, December 4, 2011

नेपालको व्यापार घाटा ४ खर्ब नजिक

2070 Chaitra
आयातको तुलनामा उत्पादन तथा निर्यात उल्लेखनीरूपमा बढाउन नसक्दा नेपालको कुल व्यापार घाटा अझ वृद्धि भएको देखिएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ९८ अर्ब ५२ करोड रुपियाँ पुगेको छ। यो अघिल्लो आवको सोही अवधीको भन्दा १७ दशमलव ८ प्रतिशतले बढी हो। निर्यातमा केही सुधार देखिएपनि अधिकांश प्रमुख वस्तुहरूको आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटा बढेको केन्द्रले जनाएको छ।
केन्द्रको प्रारम्भीक तथ्यांक अनुसार आव २०७०⁄७१ को प्रथम आठ महिनाको अवधीमा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब २० अर्ब ४८ करोड रुपियाँ पुगेको छ। यो अघिल्लो आवको सोही अवधीको भन्दा १८ दशमलव ४ प्रतिशतले बढी हो। कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ११ दशमलव ७ प्रतिशत र ८८ दशमलव ३ प्रतिशत रहेको छ। समीक्षा अवधीमा नेपालको कुल निर्यात २० दशमलव ३ प्रतिशतले वृद्धि भएको छ। उक्त अवधीमा नेपालले करीब ६० अर्ब ९८ करोड रुपियाँ बराबरका वस्तु निर्यात गरेको छ। त्यस्तै, आयात भने १८ दशमलव १ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ५० करोड रुपियाँ पुगेको छ। केन्द्रका अनुसार प्रथम आठ महिनाको अवधीमा निर्यात–आयात व्यापारको अनुपात १ः७.५ पुगेको छ।
समिक्षा अवधीमा उनी गलैचा, तयारी पोशाक, फलाम तथा स्टील, पोलिष्टार तथा धागोलगायत वस्तुको निर्यात बढेको देखिएको छ। त्यस्तै, मुसुरोको दाल, अदुवा, हर्बल, जुट तथा बोरा, मासु तथा मासुजन्य वस्तुको निर्यात भने घटेको छ। यस अवधीमा नेपालबाट भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, बंगलादेश, बेलायत, अफगानिस्तान, फ्रान्स, जापानलगायत मुलुकमा बढी निर्यात भएको केन्द्रको तथ्यांक छ। उक्त अवधीमा फलाम तथा स्टील र तिनका उत्पादनहरू, पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पार्टपुर्जा, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्री, औषधीलगायत वस्तुको आयात उल्लेखीयरूपमा बढेको छ। नेपालमा भारत, चीन, युएई, इन्डोनसिया, जापान, मलेसियालगायत मुलुकबाट उच्च आयात हुने गरेको छ।

Monday, November 14, 2011

फिनल्यान्डकी अन्तर्राष्ट्रिय विकासमन्त्री हाइडी



थप्रेक (तनहुँ), मंसिर १८ - छेउको तस्बिरले खास केही अर्थ राख्ला ? सम्भवतः राख्दैनथ्यो, यदि उनी आम नेपाली ग्रामीण महिला थिइन् भने । तर उनी हुन्- फिनल्यान्डकी अन्तर्राष्ट्रिय विकासमन्त्री हाइडी हाउटाला । फिनल्यान्ड सरकारको अनुदानमा सञ्चालित खानेपानी अवलोकन गर्न शनिबार
यहाँ आएकी उनले पुरानो कुवाबाट सञ्चालित धारामा पानी भरी डोकोमा बोकेकी हुन् ।
गाग्रीसहितको डोको बोकेर केही पाइला चाल्न खोजेकी उनी अघि बढ्न भने सकिनन् । भनिन्, 'ओहो यहाँका मानिसले पानीकै लागि खेप्नुपरेको सास्ती धेरै रहेछ भन्ने मेरो सानो अनुभवले देखाइसक्यो ।' त्यसपछि उनले डोको बिसाइन् । मन्त्री हाउटालासहित फिनल्यान्ड र नेपालका करिब २ दर्जन उच्च अधिकारीहरू करिब १५ मिनेट हिँडेर थप्रेक काठेपीपलका करिब ३५ घरले उपभोग गर्ने उक्त कुवा हेर्न गएका थिए । यात्राकै क्रममा समेत मन्त्री हाउटालालाई पटकपटक उनका सहयोगी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना तनहुँकी इन्जिनियर रुविका श्रेष्ठले हात समातेर हिँडाएकी थिइन् ।

Tuesday, August 2, 2011

नेपाल प्रहरीको दर्जा नेपालीमा


InsigniaRank English                                                    नेपाली
 Inspector General of Police                   प्रहरी महानिरीक्षक
Additional Inspector General of Police-प्रहरी अतिरिक्त महानिरीक्षक
 Deputy Inspector General of Police -प्रहरी नायब महानिरीक्षक
 Senior Superintendent of Police          प्रहरी वरिष्ठ उपरीक्षक
 Superintendent of Police                     प्रहरी उपरीक्षक
 Deputy Superintendent of Police         प्रहरी नायब उपरीक्षक
 Police Inspector                                 प्रहरी निरीक्षक
 Sub Inspector of Police                       प्रहरी नायब निरीक्षक
 Assistant Sub Inspector of Police        प्रहरी सहायक निरीक्षक
 Police Head Constable                          प्रहरी हल्दार
 Police Constable                                    प्रहरी जवान

Thursday, July 14, 2011

डक्टरकी छोरी पोर्न स्टार





doctor
वासिङ्टनका डाक्टर केविन विक्सलाई आफ्नी छोरी मरियम विक्स पोर्ने स्टार बनिन् भन्ने सुन्दा उनलाई विश्वासै लागेन। तर मरियम स्वयंले ‘ड्याडी म पोर्न स्टार हुँु भनेपछि उनलाई विश्वास गर्न बाध्य भयो। १८ वर्षीया मरियमले यस्तो पेसा अपनाएको देख्दा उनका बुबा भने छाँगाबाट खसेजस्तै भएका थिए।
‘मैले उसलाई कुनै कुरामा कमी हुन दिएको थिइनँ। तर पनि उसले यस्तो कदम चाली।’ –मरियमका पिताले भनेका छन्। मरियमले भने आर्थिक अभावका कारण यस्तो पेसामा लागेको बताएकी छिन्। ‘मलाई घर परिवारले पोर्न इन्डस्ट्रीमा छिरेकामा राम्रो मानिरहेको छैन। तर यसको सबभन्दा ठूलो कारण भनेको आर्थिक थियो। ‘मलाई यति अभाव भयो कि मसँग फि तिर्ने पैसा पनि हुँदैन थियो’, उनले भनेकी छिन्– ‘मलाई ट्युसन पढ्न निकै खर्च लाग्थ्यो। पोर्न इन्डस्ट्रीमा मलाई राम्रो पैसा आउँथ्यो।’ मरियम वासिङटनको एक महँगो कलेजमा अध्ययन गर्थिन्। केविनका तीन सन्तानमध्ये मरियम एक हुन्। उनीकी आमा भने भारतीय मूलकी हुन्।

Sunday, July 3, 2011

अस्ट्रेलियाले २ हजार विद्यार्थीको भिसा रोक्यो


25, 2014
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको गलत ऋणको कागजात बनाएको भन्दै नयाँ दिल्लिस्थित अष्ट्रेलियन दुतावासदे करिब २ हजार नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।
नयाँ दिल्लीस्थित दूतावासले अष्ट्रेलियन विश्वविद्यालयलाई पत्र काटेर ति विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रक्रिया रद्द गर्न समेत पत्राचार गरेको छ।
अष्टेलिया जान लालायित विद्यार्थीले करिब १ लाख रुपैयाँ खर्च गरेर भिसा प्रक्रिया सुरु गरेका थिए। नेपालमा रहेका बैंकहरुले स्ट्यान्डर्ड पूरा नगरी मनपरी रुपमा ऋणको कागजात बनाएको जनाउँदै अष्ट्रेलियन दूतावासले भिसा प्रक्रिया रद्द गर्ने तयारी गरेहो छ। दूतावासको तथ्याङ्क अनुसार करिब २ हजार विद्यार्थीको प्रक्रियाको विषयमा अनुसन्धान भइरहेको छ।
नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको घुइँचोलागेसँगै बैंकलेसमेत मनपरी रुपमा ऋणको कागजात बनाउन थालेपछि समस्या बढेको स्रोतबो दाबी छ। बैंकको विषयमा शंका लागेपछि दूतावासले तत्कालका लागि सबै विद्यार्थीको भिसा प्रक्रिया स्थगित गरेको हो। दूतावासले नविल, एसविआईलगायत बैंकबाट मात्र कागजात तयार पार्न आग्रह गरेको छ। सबै विद्यार्थीको भिसा रद्द भयो भने करिब २० करोड रुपैयाँ जोखिममा पर्नेछ।
स्रोतका अनुसार नेपालमा संचालित एजिुकेशन कन्सल्टेन्सीले कुमारी, प्राइम, एनआइसी, एनबी, सानीमालगायत बैंकबाट पेपरलोन बनाउँदा गलत प्रकृया देखिएकोले भिसा प्रकृया रोक्का गरेको छ।

ल्याण्डमार्क एजुकेशन कन्सल्टेन्सीका संचालक कुमार कार्कीले कमर्सियल बैंकले ऋणको कागजात बनाउँदा प्रक्रिया नमिलेको भन्दै अष्ट्रेलियास्थित आधा दर्जनभन्दा बढी विश्वविद्यालयले इमेल पठाएर भिसा प्रकृयाको बारेमा थप अध्ययन भैरहेको जानकारी दिएको बताए । ‘दूतावासले विश्वविद्यालयलाई र विश्वविद्यालयले हामीलाई इमेल पठाएर ऋणको प्रकृयामा गलत नियत देखिएको जनाएका थिए। अहिले अष्ट्रेलिया हाइ कमिशनले बैंक, कन्सल्टेन्सी र अभिभावकसँग समेत जानकारी लिएको छ्’ उनले भने। कसको गल्ती भयो भन्न सकिँदैन, तर प्रक्रिया नपुगेको भन्दै भिसा प्रक्रिया रद्द गरी अधिकांश विद्यार्थीको कागजात पेन्डिङ गरी राखेको छ–कार्कीले भने।
नेपाली विद्यार्थीहरू अध्ययन गर्ने फारम भरेको मक्वाइरी, ओलङवाङ र अस्ट्रेलियन क्याथोलिक विश्वविद्यालयबाट इमेल पठाएर प्रकृया गलत भएको जानकारी दिएको छ। अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीलाई एजुकेशन कन्सलटेन्सीले विश्वविद्यालयदेखि दुतावाससम्म प्रकृया संचालन गरेवापत १० हजार र दुतावासले भीषा र अन्य प्रकृयाको लागि करिब ७५ हजार रुपियाँ लिने गरेका छन्। लामो समयदेखि अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको भिसा नआएपछि ती विद्यार्थी अन्योलमा परेका छन्। बैंकको गलत प्रकृयाको विषयमा दूतावाससमेत गम्भीर भएको स्रोतको भनाइ छ। शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष राजेन्द्र बरालले सबै विषयमा हल्ला मात्रै भएको बताउँदै नेपालका बैकले सबै कानुनी प्रकृया पुरा गरेर लोन दिएको दाबी गरे ।

Monday, June 20, 2011

अमेरिका कुद्‍ने ट्रकमा नेपाल !


 

दीपकदत्त गौतम, ब्राम्टन, टोरन्टो (क्यानडा), पुस २३- एक नेपालीले क्यानडा र अमेरिकामा चल्ने आफ्नो ट्रकमा नेपाल झल्काउने विभिन्न तस्बिर अंकित गरी पर्यटन प्रबर्द्धनको सुरुवात गरेका छन्। उनले ५३ फिट लामो १८ पांग्रे ट्रकको बायाँ भागमा पशुपतिनाथ मन्दिर, गैंडा, बाघ, ताल, जंगललगायतका तस्बिर राखेका हुन्। क्यानडा बसोबास गरिरहेका नरबहादुर टन्डनले यसका लागि ५ हजार ५ सय क्यानेडियन डलर (करिब पाँच लाख रुपैयाँ) खर्च गरेको बताए।

Friday, May 27, 2011

वर्षेनी २२ हजार बंगलादेशी नेपाली पासपोर्टबाट विदेशिँदै

सुरेन्द्र पौडेल, काठमाडौं, साउन २३- केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार वार्षिक झन्डै २२ हजार बंगलादेशी नागरिक नेपाली राहदानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने गरेका छन्। अधिकांश बंगलादेशी खाडी राष्ट्रमा काम गर्न नेपाली राहदानी र नेपालको बाटो हुँदै जाने गरेको अनुसन्धानमा भेटिएको छ।
• नेपाली राहदानीमा तिब्बती शरणार्थीलाई विदेश पठाउने गिरोहसँग सम्बन्ध रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यागमन अधिकृत घनश्याम गौतमलाई बुधबार पक्राउ गर्‍यो। साउन १० मा नेपाली राहदानीसहित पक्राउ परेका दुई तिब्बती शरणार्थीलाई अमेरिका पठाउन खोज्ने छिरिङ टासी गुरुङको बयानका आधारमा गौतम अनुसन्धानमा तानिएका हुन्। उनले 'प्रतिव्यक्ति २५ हजार रुपैयाँमा तिब्बती शरणार्थीलाई विमानस्थल कटाउने जिम्मा लिने गरेको' गुरुङको बयान छ।
• वैशाख अन्तिम साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका पाँच कर्मचारीमाथि राहदानी हेरफेर गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गर्‍यो। सभासदद्वय गायत्री साह र बिपी यादवको राहदानीमा फोटो परिवर्तन (पिसी) गरी अबुधावी पुगेका पृथ्वी छन्त्याल र सीता साहलाई अध्यागमन पार गर्न सघाएको आरोपमा पाँच कर्मचारी भूमिनन्द भण्डारी, श्यामबाबु भण्डारी, देवीदत्त खत्री, खडानन्द ढकाल र इन्द्र सुनुवारविरुद्ध मुद्धा दायर गरिएको हो।
• वैशाख पहिलो साता नेपाली राहदानीमा भारतको मधुवानी जिल्ला खजौली ग्राम- ३ का २१ वर्षे डुमो मण्डल कतार पुगे। उनले धनुषा, उमाप्रेमपुर- ७ का २१ वर्षे गंगरु मुखियाको नाममा रहेको ४७९६२९० नम्बरको राहदानी प्रयोग गरेका थिए। ती भारतीय नागरिकले 'नेपाली एजेन्टलाई १ लाख ३५ हजार रुपैयाँ बुझाएर त्रिभुवन विमानस्थलबाट उडेको' बयान दिए। यसको ठिक एक साताअघि एक बंगलादेशी नागरिक नेपाली राहदानीमा कतारको दोहामा पक्राउ परेका थिए।
• दुई साताअघि कुवेतस्थित नेपाली दूतावासले 'मृत्यु भएका ६ नेपाली कामदारको वास्तविक पहिचान खुल्न नसक्दा लास नेपाल पठाउन कठिनाइ भएको' सूचना प्रकाशित गरेको थियो। सूचनामा मृत भनिएका ६ मध्ये म्याग्दी, बाबियाचौर-५ की शान्ति दर्जीले गत साता गाविस कार्यालय गएर आफू जीवितै भएको लिखित दाबी गरिन्। उनको नाममा जारी भएको २७२१७२१ नम्बरको राहदानी कुवेतमा भेटिएको थियो। उनले कुवेत जान आफ्नो राहदानी एकजना दलाललाई बुझाएको र फिर्ता नपाएको स्विकारिन्। उनको राहदानी 'पिसी भएको' जिल्ला प्रशासन कार्यालयको ठहर छ।
नेपाली राहदानी दुरुपयोग गरी 'मानव तस्करी' गरिएका केही उदाहरण हुन् यी।
धेरै नेपालीको अझै हस्तलिखित राहदानी भएकाले सक्कली हो/होइन जाँच्न समस्या छ। मानव तस्करीमा संलग्नहरूले यसैको फाइदा उठाइरहेका छन्। यसमा केही अध्यागमन कर्मचारीको पनि सहयोग छ।
अरू देशमा सामान्य अन्तर्राष्ट्रिय उडान भर्ने विमानस्थलमा समेत एमआरपी र हस्तलिखित राहदानी जाँच्ने मेसिन हुन्छ। नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भने हस्तलिखितका हकमा यस्तो सुविधा छैन।
अध्यागमन विभागले २०६६ साउनमा झन्डै ८५ लाख रुपैयाँ खर्चेर हस्तलिखित राहदानी 'रिड गर्ने' मेसिन (भिएससी-६०००) युरोपबाट ल्याएको थियो। विमानस्थलको अध्यागमन कार्यालयमा राख्ने भनी ल्याइएको त्यो मेसिन कर्मचारीहरूले जडानै गर्न दिएनन्। कर्मचारी दबाब थेग्न नसकेर विभागले आफ्नै कार्यालयमा राख्यो।
विभागका केही कर्मचारीले गत वर्ष उक्त मेसिन विमानस्थलमै राख्नुपर्ने कुरा उठाए। तर, विमानस्थल अध्यागमनका केही कर्मचारी आफ्नो पहिलेको अडानबाट टसमस भएनन्। विभागले पनि हस्तक्षेप गर्नुको सट्टा चुपचाप मेसिन कार्यालयमै थन्क्याएर राखेको छ।
'विमानस्थलमै मेसिन जडान गरिएको भए शंका लागेका हस्तलिखित राहदानी सक्कली हो/होइन तुरुन्तै पत्ता लगाउन सकिन्थ्यो,' अध्यागमनका एक कर्मचारीले भने।
मेसिनले पढ्ने राहदानी (एमआरपी) जाँच्न भने आगमन र प्रस्थानमा १०/१० गरी २० वटा मेसिन राखिएका छन्, जसले राहदानीको सम्पूर्ण सूचना तत्कालै कम्प्युटर स्त्रि्कनमा देखाइहाल्छ। नक्कली बारकोड प्रयोग गरिएको भए पनि तुरुन्तै पत्ता लाग्छ।
'हस्तलिखित राहदानीवाहकलाई यो प्रविधिले समात्न सक्दैन,' ती अध्यागमन कर्मचारीले भने, 'यसैको फाइदा मानव तस्करहरूले उठाइरहेका छन्।'
उनका अनुसार हस्तलिखित राहदानीवाहकको हकमा कति नम्बरको पासपोर्टमा कुन देश गएको भन्ने जानकारीमात्र कम्प्युटरमा राखिन्छ। त्यो पनि विमानस्थलमा उत्तिखेरै राख्न भ्याइँदैन। यात्रुले भरेको कार्ड पर्यटन मन्त्रालय पठाएर सूचना 'इन्ट्री' गराउन कम्तीमा एक साता लाग्छ।
अध्यागमन विभागका एक पूर्वमहानिर्देशकका अनुसार हस्तलिखित राहदानी जाँच्ने मेसिन विमानस्थलमा नराख्दा राहदानी दुरुपयोग गर्ने गिरोहलाई सहायता पुगेको छ। यो गिरोहमा अध्यागमन, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालयका केही कर्मचारीको मिलेमतो रहेको उनको ठहर छ।
'यो गिरोह यति सक्रिय छ, विमानस्थलमा कति बेला कुन पावर सर्किट बिगारे अध्यागमनको कुन काउन्टरमा बत्ती बल्दैन भन्नेसम्म जानकारी राख्छ,' उनले कार्यकालको अनुभव सुनाउँदै भने, 'विमानस्थलमा घरिघरि बत्ती जानुको कारण यही हो।' व्यस्त समयमा बत्ती गए एमआरपीसमेत जाँच्न समस्या हुने उनले बताए।
सिआइबीको अनुसन्धानबाट राहदानी दुरुपयोगका केही 'आश्चर्यलाग्दा' घटना पनि सार्वजनिक भएका छन्।
विमानस्थलको अध्यागमन काउन्टरसम्म सक्कली राहदानीवाहक नै पुगेर कागजपत्र जाँच गराएको र पछि अर्कै व्यक्ति उडेको फेला परेको स्रोतले बतायो। 'यसले विमानस्थलमा मानव तस्कर गिरोहको चलखेल पुष्टि गर्छ,' सिआइबी स्रोतले भन्यो।
विभागका महानिर्देशक जन्मजय रेग्मी राहदानी दुरुपयोग गर्ने 'गिरोहको ठूलो नेटवर्क भएको' स्वीकार गर्छन्।
'नयाँ प्रविधि राख्न सकेका छैनौं। नयाँ प्रविधि जडान गर्न सके राहदानी दुरुपयोगमा संलग्नको पहिचान गर्न सहज हुन्थ्यो,' उनले भने।
हस्तलिखित राहदनी दुरुपयोग रोक्न अध्यागमनका अर्का पूर्वमहानिर्देशक नारायणप्रसाद सञ्जेलले केही उपाय सुझाएका छन्।

उनका अनुसार सबभन्दा पहिला बोर्डिङ पास जारी गराउँदा नै राहदानी जाँच्ने व्यवस्था गर्न सकिन्छ। दोस्रो, श्रम स्टिकरमा अनिवार्य रूपले फोटो राख्नुपर्छ। सबभन्दा बढी राहदानी दुरुपयोग खाडी राष्ट्र जाने कामदारहरूमा भइरहेको अनुसन्धानले देखाएको छ। श्रम स्टिकरमा नाममात्र नभई सम्बन्धित व्यक्तिको फोटोसमेत राखे राहदानी उसैको हो कि होइन पत्ता लाग्ने उनले बताए।

'विमानस्थल अध्यागमनमा अनिवार्य रूपले हस्तलिखित राहदानी जाँच्ने मेसिन राख्नुपर्छ,' सञ्जेलले भने, 'कार्यालयमा थन्क्याएर राख्नुको कुनै औचित्य छैन।'
उनका अनुसार सन् २००९ मा जर्मनको फ्रयांकफ्रट विमानस्थलमा शंका लागेर जफत गरिएका ५५ हजार हस्तलिखित राहदानीमध्ये १६ हजार पिसी गरिएको भेटिएको थियो।

Saturday, May 7, 2011

सबभन्दा बढी हेरिएको अश्लिल भिडियो

लस एञ्जल्स । आफ्नो सेक्सी सुन्दरताका कारण सधैं चर्चामा रहने गरेकी हलिउड अभिनेतृ पेरिस हिल्टन एक पटक पुनः चर्चामा आएकी छन्।


 हलिउड अभिनेतृ कयौ पटक अजिव गतिविधिका कारण चर्चामा आउने गरेकी छन्। तर, यस पटक भने उनी चर्चामा आउनुको कारण उनको अनलाइनमा राखिएको भिडियो सन् २००९ मा सबैभन्दा बढी हेरिएको अश्लिल भिडियो बन्नु हो।
उक्त भिडियोमा पेरिसलाई नुहाउँदै गरेको अवस्थामा देखाइएको छ। नुहाउने क्रममा पेरिसले आफ्नो सबै कपडा उतारेर राखेकी थिइन् । यो भिडियो करिब १.५ मिलियनले हेरेका थिए ।

यद्यपि यो भिडियो सन् २००७ मै आएको हो । तर दर्शकले यस सन् २००९ मा बढी हेरिएको भिडियोमा पारेका छन्। अब हेर्न यो बांकी छ कि पेरिसले यसबाट कति फाइदा लिने छिन्। एजेन्सी

विश्वका सबैभन्दा होचा व्यक्ति फिलिपिन्सका जुन्रे बालाविङ्ग

आइतबार,जुन ,१२,२०११

गिनिज वर्ल्ड रेकर्डले विश्वका सबैभन्दा होचा व्यक्तिको फिलिपिन्सका जुन्रे बालाविङ्ग भएको औपचारिक घोषणा आज गरेपछि खगेन्द्र थापामगरले पाउँदै आएको उपाधि गुमेको छ। गिनिजका अनुसार बालाविङ्ग विश्वका सबैभन्दा होचा जीवित व्यक्ति मात्र नरहेर इतिहास मै सबैभ

न्दा होचा व्यक्ति हुन्।
बालाविङ्ग आजै १८ वर्ष पुगेका छन्। उनको उचाइ सुतेको अवस्थामा नाप्दा २४ इञ्च र उठ्दा २३ इञ्चभन्दा थोरै बढी रहेको गिनिजले जनाएको छ।
खगेन्द्रको उचाइ भने २६ दशमलव ४ इञ्च छ। उनले आठ महिनामात्रै उपाधि कायम राख्‍न सके।खगेन्द्रले विश्वको सबैभन्दा होचा व्यक्तिको उपाधि गत वर्षको अक्टोबर महिनामा मात्रै पाएका हुन्। अब उनी नेपालको सबैभन्दा होचा व्यक्तिका रुपमा मात्र रहने छन्।

Thursday, April 14, 2011

'सय तस्कर र डनसँगै सय नेता पक्रनु जरुरी'

माधव ढुङ्गेल, काठमाडौं, असार ११- गृहमन्त्री कृष्णबहादुर महराले तस्कर र डनहरूलाई राजनीतिक दलका नेताको संरक्षण रहेका कारण अपराधीलाई कारवाही गर्न कठिन भएको रहस्योद्घाटन गरेका छन्। गृहमन्त्री महराले राजनीतिक दलहरूले साँच्चै प्रतिबद्धता जनाए भने मात्र अपराध नियन्त्रण गर्न सकिने पनि प्रष्ट पारे।

संसद्को राज्य व्यवस्था समितिमा महराले ठूला अपराधिक गतिविधिमा राजनीतिक संरक्षण देखिने गरेको बताए। 'मलाई एकजना प्रहरी अधिकृतले सुझाव दिए- यदि राम्रो सुरक्षा कायम गर्न चाहनुहुन्छ भने सय जना डनहरू पक्रनुपर्छ, सय जना तस्करहरू पक्रनुपर्छ तर त्योभन्दा अगाडि तिनीहरूलाई संरक्षण गर्ने सय जना राजनीतिक नेता पनि पक्रनुपर्छ', गृहमन्त्री महराले भने, 'तस्करलाई समात्न सकिन्छ, डनलाई पनि समात्न सकिन्छ तर उनीहरूलाई संरक्षण गर्ने राजनीतिक नेता पत्ता लगाउन निकै गाह्रो छ।'

उनले सुरक्षाको नयाँ अनुभूति राजनीतिक दलहरूमा आउने परिवर्तनबाट मात्र देख्न सकिने बताए। उनले त्यो काम गृहमन्त्रीका रूपमा गर्न निकै गाह्रो भएको अनुभूति पनि समितिमा सुनाए। उनले भने, 'अपराधिक गतिविधिको कतै न कतै गएर अन्ततः राजनीतिक संरक्षण देखिने गरेको छ जसका कारण अपराधीहरूलाई कारवाही गर्न निकै कठिनाइ हुन्छ।'

Thursday, March 3, 2011

साहुले कामबाट निकालेपछि कोरियामा नेपालीद्वारा आत्महत्या

Tuesday, 14 June 2011 मञ्जु थापा, सउल, जेठ ३१- तीन दिनअघि साहुले कामबाट निकालिदिएपछि दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरेका छन्। लमजुङको बाहुनडाँडा गाविस ५ निवासी धनराज गुरुङले थेगुमा आइतबार आत्महत्या गरेका हुन्।

उनी गत वर्षमात्रै इपिएस प्रणालीबाट दक्षिण कोरिया आएका थिए। थेगु छेथन्दोङ्गको कपडा कारखानामा काम कार्यरत उनलाई साहुले कामबाट निकालेपछि साथीहरुको कोठामा बस्दै आएका थिए। उनलाई साहुले मानसिक अवस्था ठीक नभएको आरोप लगाएका थिए।

आत्महत्या गर्नुअगाडि उनले आफ्ना भाइलाई र कारखानाका साहुको नाममा दुई पत्र लेखेका छन्। साहुलाई लेखेको पत्रमा साहुले जबरजस्ती कामबाट निकाल्न खोजेको र मानसिक पीडा दिएको उल्लेख छ। उनले बेला बेलामा साहुले गर्ने दुर्व्यवहार र तनावका कुराहरु गर्ने गरेको उनका नजिकका साथीहरुले बताए।

उक्त घटनाको बारेमा जानकारी लिन सोमबार बिहान एनसीसी सउल शाखाका अध्यक्ष उदय राई घटनास्थल पुगेका छन्। मृतक गुरुङकी श्रीमती, एक छोरी एक छोरा छन्। उनी मंगलबारको उडानबाट नेपाल जाने तयारीमा थिए।

कोरियामा कामको लागि आएका श्रमिकहरुले आत्माहत्या गर्ने थुप्रै कारणहरु मध्ये सम्झौता विपरीत सोचे जस्तो काम नहुने, कामको कुनै सुनिश्चितता नहुने, कामको अत्यधिक चाप, साहुहरुको अमानवीय व्यवहार अथवा परिवारिक बिछोडका कारणहरु प्रमुख रहेको राईले बताए। गएको मार्च २९ मा अर्का एक नेपाली मान बहादुर दर्लामीले पनि डिप्रेशनका कारण आत्महत्या गरेका थिए।

Tuesday, February 22, 2011

न्यूयोर्कमा नेपालीको रहस्यमय मृत्यु

नेपालबाट श्रीमतीले लेखेकी थिइन्- पैसा सबै थोक हैन फर्कनोस्-
काठमाडौं, जेठ ३० (नागरिक)- डिभी परेर अमेरिका पुगेका ३१ वर्षीय अर्जुन पौडेलको न्युयोर्कमा रहस्यमय मृत्यु भएको छ। किङ्स्टनस्थित एक ग्यास स्टेशनमा काम गर्ने पौडेल शनिबार साँझ बाथरुममा मृत अवस्थामा फेला परेका हुन्। तनहुँको व्यास नगरपालिका-३ रानीगाउँ घर भएका उनको मृत्युको कारण खुल्न सकेको छैन।

सँगै बस्ने गणेश श्रेष्ठ जुन ११ बेलुकी ६ बजेतिर आफ्नो ड्युटी सकाएर कोठा फर्कंदा बाथरुममा अर्जुन लडिरहेको अवस्थामा भेटिएका थिए। उनले बोलाउँदा बेहोस जस्तो देखिएका उनले कुनै जवाफ नफर्काएपछि आफ्नो ग्यास स्टेशनको मालिकलाई फोन गरी प्रहरीलाई बोलाइएको थियो। प्रहरीले नै पहिलो पटक अर्जुनको शरीरलाई छोएको र स्थानीय अस्पताल लगेको अर्जुनका आफन्त बिमल पौडेललाई उदृत गर्दै यूएसनेपाल अनलाइनले जनाएको छ। अर्जुनको पोस्टमोर्टम भइरहे पनि त्यसको अन्तिम रिपोर्ट आइसकेको छैन।

त्रिभुवन विश्वविद्यालयबाट गणितमा एमए गरेका पौडेललाई शिक्षण पेशामा रहँदा तीन वर्षअघि अमेरिकी सरकारको डिभी परेको थियो। डिभी परेपछि अर्जुन शिक्षक र ट्युसन पेशा छाडी अमेरिका लागेका थिए। अमेरिकामा उनले शिक्षण पेशालाई निरन्तरता दिन सकेनन्। एकजना साथी अर्जुनलाई उदृत गर्दै सो अनलाइनले जनाए अनुसार सुरुमा रेष्टुराँमा काम गरेका उनी पछिल्लो समय ग्यास स्टेसनमा कार्यरत थिए।
नेपालबाट श्रीमतीले लेखेकी थिइन्- पैसा सबै थोक हैन फर्कनोस्
उनकी श्रीमती लक्ष्मी पौडेल काठमाडौंमा रहेर अङ्ग्रेजीमा एमए गर्दैछिन्। डिभी भर्दा एक्लै भए पनिअहिलेसम्म उनले श्रीमतीलाई अमेरिका ल्याउने कानुनी प्रक्रिया थालेका थिएनन्। 'दुर्भाग्यको कुरा विगत ३ बर्षमा पनि उनले श्रीमतीको नाम राखेर अमेरिका ल्याउने प्रोसेस गरेका रहेनछन्', अर्जुनका आफन्त बिमल पौडेलले भने।
न्यूयोर्क किङ्स्टन सहरमा रहस्यमय रुपमा मृत भेटिएका अर्जुनलाई श्रीमती लक्ष्मीले नेपाल फर्कन आग्रह गरेको खुलेको छ। मोबाइलको टेक्स मेसेजमा श्रीमती लक्ष्मीले अंग्रेजीमा लेखेको सन्देशको सार सुनाउँदै एकजना प्रत्यक्षदर्शी प्रेम अधिकारीले भने- 'म तिमीलाई धेरै सम्झिराखेको छु। म तिमीलाई माया गर्छु। कृपया घर फर्किनोस्। पैसा सबैथोक हैन। हामी सँगै भयौं भने धन सम्पत्ती फेरि जोड्न सकिन्छ।'

श्रीमतीको सन्देशको जवाफ उनले नफर्काएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

३९ श्रीमती, ९४ छोराछोरी, १४ बुहारी , ३३ नातिनातिना सँगै १०० कोठाको घर मा बस्ने एक भारतीय,

The world's biggest family: The man with 39 wives, 94 children and 33 grandchildren

He is head of the world's biggest family - and says he is 'blessed' to have his 39 wives.

Ziona Chana also has 94 children, 14-daughters-in-law and 33 grandchildren.

They live in a 100-room, four storey house set amidst the hills of Baktwang village in the Indian state of Mizoram, where the wives sleep in giant communal dormitories.



Saturday, January 22, 2011

चीन दोस्रो ठूलो आर्थिक शक्ति

लन्डन, (एजेन्सी), सरकारी तथ्यांकका आधारमा चीनको अर्थव्यवस्था जापानलाई उछिन्दै विश्वको दोश्रो ठूलो अर्थव्यवस्था बनेको छ। यद्यपी प्रतिव्यक्ति आयको हिसावले जापान अझै चीनभन्दा धेरै गुणा अगाडि रहेको छ।

गत वर्ष जापानको कुल गार्हस्थ उत्पादन जीडीपी ५५ खर्ब अमेरिकी डलर र³यो भने चीनको जीडीपी ५९ खर्ब रहेको उल्लेख छ। चीनको अर्थव्यवस्था विगतको वर्षका तुलनामा अत्यन्तै तीव्र गतिमा वृद्धि भइरहेको छ। आधिकारिक तथ्यांकले चीनको अर्थव्यवस्था १० दशमलव ३ प्रतिशतले वृद्धि भएको जनाएको छ। चीनको खुद्रा व्यापारमा अत्यधिक वृद्धि भई १८ प्रतिशतले बढिरहेको छ।

त्यसै गरी चीनले विकासशील देशहरुलाई दिने ऋणमा पनि विश्व बैंकलाई पछाडि पारेको थियो। फाइनान्सियल टाइम्सले चीनको विकास बैंक र आयात-निर्यात बैंले विगत दुई वर्षमा १ खर्ब १० अर्ब डलर ऋण विभिन्न सरकार तथा निजी कम्पनीका लागि प्रवाह गरेको उल्लेख गरेको थियो। यो विश्व बैंकका तुलनामा १० प्रतिशतले बढी हुन आउँछ। यस अवधिमा विश्व बैंकले १ खर्ब डलर ऋण स्वीकृत गरेको थियो।

यसैबीच चीनको यस वर्षको शुरुको महिना जनवरीको व्यापारबाट हुने आम्दानीमा कमी आएर साढे ६ अर्ब अमेरिकी डलरमा सीमित भएको छ। उक्त गिरावट अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत भएको जनाइएको छ। निर्यातमा ३७ दशमलव ७ प्रतिशतले वृद्धि भएर १ खर्ब ५० अर्ब ७० करोड पुगेको भए पनि चीनको आन्तरिक मागमा आएको विस्फोटक वृद्धिका कारण उसले गर्ने आयातमा ५३ दशमलव ५ प्रतिशतले वृद्धि भई १ खर्ब ४४ अर्ब ३० करोड डलर पुगेको तथ्यांकले देखाएको छ।

Sunday, December 19, 2010

OPENING CEREMANY OF DONGJIN NEPAL PRV LTD OFFICE
SHYAMBHU, 2010-12-12
RELATED WITH DJ KOREA





Thursday, July 29, 2010

चैत १० देखि एसएलसी / ५ लाख ५ हजार विद्यार्थी सामेल हुँदै


       यही चैत १० गतेदेखि संचालन हुने एसएलसी परीक्षामा ५ लाख ५ हजार विद्यार्थी सम्मिलित हुने भएका छन्। गत वर्षको तुलनामा यस वर्ष ४८ हजार २ सय ८१ परीक्षार्थी थपिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ। गत वर्ष ४ लाख ६७ हजार १९ जना विद्यार्थी सम्मिलित थिए। परीक्षा नियन्त्रक सूर्य गौतमले यस वर्ष १ हजार ६ सय ७५ वटा परीक्षा केन्द्र कायम गरिएको बताउँदै गत वर्षको अनुपातमा केन्द्रसमेत थप भएको बताउनुभयो।


खुला विद्यालयबाट ७ हजार ९६ जना विद्यार्थी सम्मिलित हुने परीक्षामा करिब २ हजार जना माओवादी लडाकू सम्मिलित हुने भएका छन्। शैक्षिक जनशक्ति विकास केन्द्रले साचालन गरेको ८५ वटा खुला विद्यालयमध्ये सबैभन्दा बढी रोल्पाको लिवाङस्थित बालकल्याण उमाविबाट मात्र करिब १ हजार १ सय लडाकूहरु परीक्षामा सहभागी हुने केन्द्रको खुला विद्यालय तालिम शाखाका अधिकृत गुणराज थपलियाले बताउनुभयो। सो विद्यालयमा १ हजार १ सय ८० जना विद्यार्थीले एसएलसी दिँदैछन्।


त्यस्तै जनता उमावि अरुणखोलाका ४ सय ८० चितवन मावि भरतपुरमा १ सय ५० र कान्ति उमावि भरतपुरका ४० जना लडाकूले यस वर्षका एसएलसी परीक्षा दिँदैछन्। गत वर्ष शक्तिखोर शिविरमा संचालित जनसैनिक विद्यालयबाट ५ सय ९७ जना लडाकूले एसएलसी दिए तापनि यस वर्ष सो विद्यालयमा एसएलसी दिने विद्यार्थी हटाइएको छ। माओवादीले सो स्थानमा एसएलसीका विद्यार्थी नपढाउने जनाएपछि त्यहाँका विद्यार्थीले अन्यत्र पढेको केन्द्रका उपनिर्देशक मित्रनाथ गर्तौलाले बताउनुभयो। ७५ वटै जिल्लामा खुला विद्यालय संचालित छन्। उपत्यकाको ७ वटा खुला विद्यालयका विद्यार्थीले एसएलसी दिने भएका छन्। काठमाडौंको ४ ललितपुरको १ र भक्तपुरको २ वटा खुला विद्यालयका विद्यार्थी सम्मिलित हुनेभएका छन्।


यसैबीच परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको अन्तिम तयारी भएको जनाएको छ। पनिकाले उपत्यका र केही जिल्लाबाहेक सबै स्थानमा उत्तरपुस्तिका पुर्याइसकेको जनाएको छ। प्रश्नपत्र पुर्याउने कार्य शुरु गरिएको परीक्षा नियन्त्रक सूर्य गौतमले जानकारी दिनुभयो। उहाँले परीक्षालाई मर्यादित बनाउन सबैको सहयोगको आवश्यकता रहेको बताउँदै त्यसका निम्ति सबैको प्रतिबद्धता आवश्यकता रहेको उल्लेख गर्नुभयो।


भारतीय सेनाले प्रयोग गर्ने गि्रनेडसम्म आपराधिक गिरोहको पहुँच कसरी सम्भव भयो र त्यसलाई कसरी राजधानी भित्र्याइयो ?

 

Four-year-old Chinese girl Ziaoyue

Four-year-old Chinese girl Ziaoyue cries in her mother's arms in Yuncheng, north China's Shanxi Province on Nov. 14, 2010,
According to Xinhua.
Her belly swollen to 1.06 meters in size at present due to her suffering from an unknown disease. She has had the disease since she was eight months old.
Her family members are still trying their best to cure her now despite of failed efforts in several hospitals in past years.
(Xiaoyue is an alias for the sake of privacy).

Friday, June 25, 2010

सम्झनामा नागासाकी

आज अगस्ट ९ । अर्थात् नागासाकी डे ।
 सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाद्वारा दोस्रो अणुबम खसालिएको दिन । अध्ययनक्रममा नागासाकी विश्वविद्यालयमा साढे ६ वर्ष बिताएका डा. खड्ग केसीले आज सबेरै उठेर एकपटक अणुबमले ध्वस्त पारिएको नागासाकी र बम आक्रमणमा बाँचेका आफ्ना जापानी साथीलाई सम्झे । अनि, आजै प्रकाशित जापानका प्रमुख दैनिक पत्रिकाहरू इन्टरनेटबाटै हेरिसके । हरेक वर्ष उनी हिरोसिमामा आणविक बम खसालिएको अगस्ट ६ तारिख र नागासाकीमा खसालिएको अगस्ट ९ तारिखका दिन आणविक अस्त्रमुक्त विश्वका लागि कामना गर्दै आफू पुगेका ती दुई अभागी सहरको सम्झना गर्छन् ।

जापानबाहिर अणुबमले ध्वस्त दुई सहरबारे थुप्रै किस्सा र किंवदन्ती सुनिन्छन्- निकै उराठ लाग्ने मरुभूमिजस्ता छन्, जताततै खरानी-खरानीको थुप्रो मात्रै छ, त्यहाँ कतै पनि झारपात र रूखबिरुवा पलाउँदैनन् आदि । जापान पुग्नुअघि डा. केसीले पनि यस्तै सुनेका थिए र उनलाई यस्तै लाग्थ्यो । सन् २००२ मा छात्रवृत्ति पाएर राजनीतिशास्त्र उच्च अध्ययनका लागि जब उनी पहिलोपटक नागासाकी ओर्ले, दृश्यले सुनिएका किस्सालाई झुटा साबित गरिदियो । नागासाकी पुनर्निर्माण, उन्नति र आधुनिकीकरणले आधा शताब्दीअघिको संहारकारी घटनालाई झन्डै बिर्साइदिँदोरहेछ । अणुबमले तहसनहस पारिएको सहर जापानीले पहिलेको तुलनामा अझ व्यवस्थित र अझ सुन्दर बनाइसकेका छन् । त्यो देखेर नेपालबाट गएका यी जिज्ञासु विद्यार्थी एकमन त दंग परेका थिए । तर, बिस्तारै उनले जापान अहिलेको पुस्तासम्म तत्कालीन अणुबम आक्रमणको प्रभाव गढेको थाहा पाए ।

'नागासाकी डे' को अवसरमा हरेक वर्ष नागासाकीमा विशेष कार्यक्रम गरिन्छ । केसी पनि हरेक वर्ष त्यहाँ पुग्थे । 'प्रत्येक चोटिको 'नागासाकी डे'मा म साथीहरूसहित नागासाकी पिस म्युजियममा जान्थेँ,' केसीले भने, 'पहिलोचोटि त हामीलाई हाम्रो विश्वविद्यालयले नै त्यहाँ लगेको थियो ।' म्युजियममा त्यतिवेलाको नागासाकीका विभिन्न दृश्य र भौतिक वस्तु राखिएको छ । बम आक्रमण र त्यसलगत्तैको अवस्था भिडियो स्लाइडमा भत्केका घर, मान्छेका आर्तनाद र चिच्याहट, पोलिएका-डढेका मान्छे, जलिरहेको बस्ती आदि सबै देख्न सकिन्छ । म्युजियमभित्र त्यस्तो दृश्य देख्दा केसीको आङ एकपटक जिरिङ-जिरिङ भयो । उनलाई लाग्यो- एकपटक यी दर्दनाक दृश्य र नागासाकीवासीका पीडासँग साक्षात्कार गराइदिन पाए आणविक शस्त्रास्त्रमा अहिले पनि होडबाजी गरिरहेका मुलुकका आँखा खुल्थे कि !

नागासाकीमा रहुन्जेल केसीले अणुबम आक्रमण र त्यसका प्रभावका बारेमा धेरै जान्ने-बुझ्ने मौका पाए । बम आक्रमणमा परेर बाँच्न सफल भएका (हिबाकुछा) हरूलाई भेटे । दुईजना हिबाकुछा त उनीसँगै एउटै विश्वविद्यालयमा पढ्ने साथी पनि थिए । बम आक्रमणमा आफ्ना अभिभावक र आफन्त गुमाएकाहरू, बमका छर्रा लागेकाहरू, रासायनिक विकीरणद्वारा अनेक रोग लागेकाहरू, त्यतिखेर गर्भमा रहेका र जन्मँदै क्यान्सर रोग बोकेर आएकाहरू आदि पनि जापानमा हजारौँ छन् । 'लुलालंगडाहरू, लठेब्राहरू, सुस्त मनस्थितिका मान्छेहरू पनि जापानमा थुप्रै भेटिन्छन्,' केसीले भने, 'त्यो सबै त्यही बम आक्रमणको प्रभावले भएको हो ।'

दोस्रो विश्वयुद्धताका जापान सबै हिसाबले एकदमै शक्तिशाली राष्ट्र थियो । त्यतिवेलाको निरंकुश र सैन्यवादी राजतन्त्रको साम्राज्यवादी नीति झन्झन् चुलिँदै थियो । दोस्रो विश्वयुद्ध चलिरहँदा अमेरिका युद्धमा सहभागी थिएन, तर नयाँ उपनिवेश खोजिरहेको र शक्तिको मात चढ्दै गरेको जापानले सन् १९४१ मा अमेरिकामाथि पनि आक्रमण गर्‍यो । यसको बदलास्वरूप अमेरिका जबर्जस्ती प्रत्याक्रमणमा उत्रेको थियो । त्यसपछि १९४१ देखि ४५ सम्मको युद्धमा जापानका ६७ सहर ध्वस्त भइसकेका थिए, ३० लाख मान्छे मारिइसकेका थिए । लडाइँ लम्बिरहेका वेला अमेरिकी तत्कालीन राष्ट्रपति ट्रयुमानले 'पोस्टड्याम डिक्लारेसन' बाट जापानलाई चेतावनी दिए, 'जापान ! अब कि आत्मसमर्पण गर, कि योभन्दा कडा आक्रमणको सामना गर !'

तर, जापान पछि हट्ने 'मुड'मा थिएन । 'जापानी जनता त्यहाँको राजतन्त्रप्रति कति अन्धभक्त थिए भने उसका पक्षमा उनीहरू आत्मघाती विमानमा चढेर अमेरिकामाथि आक्रमण गर्न पनि तयार थिए,' केसीले भने, 'नेपालमा राजतन्त्रलाई भगवान्को अवतार मानिन्थ्यो, त्यहाँ त अवतार होइन, भगवानै मान्ने चलन थियो ।' अमेरिकाले त्यति विध्वंसक र नरसंहारकारी अणुबम हान्ला भन्ने जापानले सायद अनुमान पनि गरेको थिएन । त्यसैले उसले आत्मसमर्पणको चेतावनीलाई इन्कार गरिदियो । कतिसम्म भने हिरोसिमामाथि आक्रमण भइसकेपछि पनि जापानले 'शत्रुसँग मुकाबिला गर्ने' घोषणा गर्‍यो । फलस्वरूप दुई प्रमुख सहर तीन दिनको फरकमा खरानी पारिए । हिरोसिमामा एक लाख ६६ हजार मान्छे मारिए, नागासाकीमा ८० हजार । हजारौँहजार घाइते भए, हजारौँहजार अपांग । विकीरणबाट अहिले पनि मान्छे मरिरहेका छन् । नागासाकी ध्वस्त भएको ६ दिनपछि अगस्ट १५ मा मात्रै जापानले आत्मसमर्पण गर्‍यो र दोस्रो विश्वयुद्धको पनि थान्को लाग्यो ।

बम आक्रमणको पीडा भोग्नेहरू अहिले पनि जापानमा उत्तिकै छन् । खड्ग केसीले नागासाकीमा पनि त्यस्ता थुप्रै मान्छेहरू भेटे, जो अहिले पनि ६५ वर्षअघिको त्यही आक्रमणका देखिने-नदेखिने घाउ बोकेर हिँडिरहेका छन् । माथि भनियो, दुईजना हिबाकुछा (बाँच्न सफल भएका) केसीका साथी नै थिए- ७६ वषर्ीय केइसुके होन्डा र ६७ वषर्ीय हिरोहिको फुकुदा । नागासाकी बम आक्रमणका वेला स्कुले विद्यार्थी रहेका होन्डा केसीसँगै नागासाकी विश्वविद्यालयमा पिएचडी अध्ययन गर्थे । उनीहरूका प्रोफेसर पनि एउटै थिए । फुकुदा पनि केसीसँगै नागासाकी विश्वविद्यालयमा पढ्ने मित्र थिए । फुकुदा बम आक्रमणको समयमा गर्भमा थिए । दुईजना आफ्ना नजिकका यी मित्रहरूबाहेक त्यो घटनामा परेर बाँच्न सफल भएका र त्यसको कुनै न कुनै प्रभाव सहेर बाँचेका थुप्रै जापानीलाई केसीले भेटेका थिए र उनीहरूका अनुभव सुनेका थिए । उनी पहिलो बम आक्रमण भएको सहर हिरोसिमामा पनि चारपटकसम्म पुगेका थिए र हरेकपटक तीन-चार दिन त्यहाँ बसेका थिए ।

केसी नागासाकी पुग्नुको खास उद्देश्य थियो, अध्ययन । तोकिएको समयमा पिएचडी सकेर उनलाई नेपालै र्फकनु थियो । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सरुवा भई आएका उनी त्यतिखेर पृथ्वीनारायण क्याम्पस, पोखरामा राजनीतिशास्त्र पढाउँथे । जापान पुगेपछि पर्वतस्थित आफ्नो गाउँको विद्यालयका लागि सहयोग जुटाउने उद्देश्यले पनि उनले धेरैतिर सम्पर्क गर्न थाले । जसले गर्दा उनले जापानी जीवनशैली र सामाजिक जीवनबारे थप थाहा पाउने अवसर पाए । पहिलोचोटि नागासाकी पिस म्युजियममा सुरक्षित राखिएका वस्तु, फोटोहरू र भिडियो दृश्य हेरेर बाहिर निक्लेपछि केसीको हृदय अणुबम आक्रमणको घटनाले नराम्ररी हल्लाएको थियो । उनले सोचे- यस्तो अमानवीय घटनाका कारण जापानीहरूले अमेरिकाविरुद्ध कस्तो प्रतिशोध साँधिरहेका होलान् ! तर, अनौठो कुरा के रहेछ भने बढीजसो जापानीहरू त उल्टो अमेरिकाप्रति अनुग्रहित पो रहेछन् । 'जापानीहरू कति धेरै सहिष्णु र कति धेरै पोलाइट छन् भने कतै यो नक्कली त होइन जस्तो लाग्छ,' केसीले भने, 'संग्रहालयभित्रको दृश्य देख्दा हामीमा पनि प्रतिशोधको भावना जाग्छ । तर, जापानीहरू प्रतिशोधको भावना देखाउँदैनन् ।' उनले थपे, 'खै, यो पुँजीवादमा भावना पनि ह्रास हुँदै जाँदोरहेछ क्यारे !'

केसीका अनुसार अधिकांश जापानी अहिले पनि अमेरिकाको आक्रमण जापानकै गलत नीतिका कारण भएको हो भन्ने ठान्छन् । मानवअधिकारकर्मी, समाजवादी र राजतन्त्रविरोधी तत्कालीन जापानी राजतन्त्रको साम्राज्यवादी नीतिले गर्दा नै जापानले यति धेरै क्षति बेहोर्नुपरेको हो भन्छन् । 'उनीहरू अमेरिकालाई जिस्काउनै हुँदैनथ्यो, जापानको निरंकुशता र साम्राज्यवादी नीति अझै लम्बिएको भए थप हानी हुन्थ्यो भन्छन्,' केसीले भने, 'केही परम्परावादी जापानीले मात्रै अमेरिकाले माफी माग्नुपर्छ र जापानले अमेरिकासँग बदला लिनुपर्छ भन्ने सोच राख्छन् । केसीका दुईजना हिबाकुछा साथीहरू पनि दुई फरक विचार राख्थे । 'आणविक अस्त्रमुक्त विश्व हुनुपर्छ भन्नेमा चाहिँ सबै जापानी एकमत छन्, त्यसो नभए आउँदो पुस्ताले थप दुःख पाउनेछ भन्ने ठान्छन् उनीहरू,' उनले भने । खड्ग केसीले यस्ता परम्परावादी जापानीहरू पनि देखे, जसले अमेरिकाको खुलेर आलोचना गर्न पनि सक्दैनन् र आफूहरूको गल्ती थियो भनेर माफी पनि माग्दैनन् ।

खड्ग केसी नेपाल फर्किसके । तर, ज्यान यहाँ रहे पनि आफूले साढे ६ वर्ष बिताएको नागासाकी सहरको झल्को उनलाई आइ नै रहन्छ । हिरोसिमा र नागासाकीमा अणुबम खसालिएको दिनमा उनी झन् बढी सम्झन्छन्- जापान बसाइका आफ्ना क्षणहरू । ओहो, शस्त्र होडको घमण्डले आँखा चिम्लँदा जापानले त्यत्रो मानवीय क्षति भोग्नुपर्‍यो, भौतिक संरचना कति ध्वस्त भए कति ! ४० लाख मान्छे मारिए, ७० सहर ध्वस्त भए, विद्यालय-विश्वविद्यालय खरानी पारिए । बम आक्रमणको प्रभाव अहिलेको पुस्ताले पनि भोगिरहेछ । तर, त्यसको जिम्मेवारी न अहिलेसम्म अमेरिकाले लिएको छ, न जापानले नै । नेपाल फर्केपछि पनि जापानका बारेमा गहिरो चासो राख्ने डा. केसीले आफ्ना हिबाकुछा साथीहरू केइसुके होन्डा र हिरोहिको फुकुदालाई पनि सम्भदै भने, 'हाम्रो मित्रराष्ट्र जापानले भोगेको त्रासद घटनाले हामी नेपालीलाई पनि आणविक अस्त्रमुक्त विश्वको पक्षमा उभिन प्रेरित गरेको छ ।'