माधव ढुङ्गेल, काठमाडौं, असार ११- गृहमन्त्री कृष्णबहादुर महराले तस्कर र डनहरूलाई राजनीतिक दलका नेताको संरक्षण रहेका कारण अपराधीलाई कारवाही गर्न कठिन भएको रहस्योद्घाटन गरेका छन्। गृहमन्त्री महराले राजनीतिक दलहरूले साँच्चै प्रतिबद्धता जनाए भने मात्र अपराध नियन्त्रण गर्न सकिने पनि प्रष्ट पारे।
संसद्को राज्य व्यवस्था समितिमा महराले ठूला अपराधिक गतिविधिमा राजनीतिक संरक्षण देखिने गरेको बताए। 'मलाई एकजना प्रहरी अधिकृतले सुझाव दिए- यदि राम्रो सुरक्षा कायम गर्न चाहनुहुन्छ भने सय जना डनहरू पक्रनुपर्छ, सय जना तस्करहरू पक्रनुपर्छ तर त्योभन्दा अगाडि तिनीहरूलाई संरक्षण गर्ने सय जना राजनीतिक नेता पनि पक्रनुपर्छ', गृहमन्त्री महराले भने, 'तस्करलाई समात्न सकिन्छ, डनलाई पनि समात्न सकिन्छ तर उनीहरूलाई संरक्षण गर्ने राजनीतिक नेता पत्ता लगाउन निकै गाह्रो छ।'
उनले सुरक्षाको नयाँ अनुभूति राजनीतिक दलहरूमा आउने परिवर्तनबाट मात्र देख्न सकिने बताए। उनले त्यो काम गृहमन्त्रीका रूपमा गर्न निकै गाह्रो भएको अनुभूति पनि समितिमा सुनाए। उनले भने, 'अपराधिक गतिविधिको कतै न कतै गएर अन्ततः राजनीतिक संरक्षण देखिने गरेको छ जसका कारण अपराधीहरूलाई कारवाही गर्न निकै कठिनाइ हुन्छ।'