Saturday, October 31, 2009
पूजा लामाको पनि अश्लील भिडियो
भिडियो सार्वजनिक गरेको आरोपमा पूजाका ब्वायफ्रेन्ड शिशिर भनिने प्रशनले माओवादी लगाएर पि्रतम पाण्डेलाई अपहरण गराए, प्रहरीले माओवादीको स्वयम्भु सम्पर्क कार्यालयमा छापा मारेर पाण्डेलाई उद्धार गर्यो
काठमाडौं, १४ कात्तिक
मोडलबाट नायिका हुँदै गायिका भएकी पूजा लामाको अश्लील भिडियोले अपहरणसम्मको 'स्क्यान्डल' मच्चाएको छ । पूजाको अश्लील भिडियो सार्वजनिक गरेको भन्दै अपहरणमा परेका एक युवालाई प्रहरीले शुक्रबार मुक्त गरेको छ ।
पापी फिल्मबाट नायिकाको रूपमा उदाएकी पूजाले पछिल्लोपटक दीपक रायमाझीको नयाँ फिल्म 'लभ स्टोरी २०६६' मा अभिनय गरेकी छिन् । सामयिक 'म्युजिक भिडियो इन्डस्ट्री' चल्तीकी मोडल पूजाले पछिल्लो समयमा गीत पनि गाएकी छिन् ।
उनै मोडल, नायिका, गायिका पूजाले आफ्नो प्रेमीसँग गरेको यौनसम्पर्कको भिडियो भन्दै अहिले मोबाइलबाट मोबाइलमा फरवार्ड भइरहेको छ ।
एक मिनेट २३ सेकेन्डको सो भिडियोमा युवती हातमा कप लिएर केही (सम्भवतः कफी) पिइरहेकी देखिन्छिन् । संवाद र वातावरण हेर्दा यो बिहानको दृश्य हो । कोठाको भित्तामा पूजाकै ब्लोअप तस्बिर देखिन्छ । अश्लील भिडियोमा युवतीको पूरै शरीर देखिन्छ, तर युवकको यौनांग मात्र ।
पुरुषले युवतीलाई 'गुडमर्निङ माई लभ' भन्छन् । पुरुषको उत्तेजित यौनांग देखेर रमाउँदै युवती भन्छिन्, 'ओ अल्वेज स्ट्यान्डबाई ।' पुरुष पनि भन्छन्, 'आँच, क्या दियो ।' संवादपछि दुवैजना खित्का छाड्छन् । त्यसपछि युवतीले मुखमैथुन सुरु गर्छिन् । भिडियो सकिन्छ ।
Friday, October 30, 2009
२० की कंगनालाई ५० का सञ्जयको जोडी
शुक्रवार, 30 अक्टोबर 2009
मुम्बई, कात्तिक १३ (एजेन्सी)- हिरो र हिरोइनका नमिल्दा जोडी बलिउडका लागि नयाँ होइन। रणवीर कपुर-कोनकोना सेन शर्मा पछि बलिउडलमा अर्को एउटा नमिल्दो जोडी आउने तयारीमा छ। यो जोडी हो, सञ्जय दत्त र कंगना रणावतको।
पचास वर्षका सञ्जय र बीस वर्षकी कंगनाको जोडी एक, होइन दुई फिल्ममा देखिँदैछ। यी फिल्म हुन्, 'नो प्रोब्लम' र 'नक आउट'। अहिले सुटिङ भइरहेको फिल्म 'नक आउट' मा कंगनाको जोडी बन्नका लागि सञ्जयले दस किलो तौल समेत घटाएका छन्। र, उनी दस वर्ष कान्छोजस्तो देखिएको फिल्मका निर्देशक मणिशंकरले दाबी गरेका छन्।
'१६ डिसेम्बर' र 'ट्याङ्गो चार्ली'जस्ता फिल्म बनाएका मणीको यो फिल्ममा सञ्जय एक हत्याराको भूमिकामा देखिँदैछन्। कंगना भने टिभी पत्रकारको भूमिकामा हुनेछिन्। यो भूमिकामा कंगनाको सिफारिस सञ्जयले नै गरेका थिए। उनीहरूको अर्को फिल्म 'नो प्रोब्लम' भने कमेडी हो।
Thursday, October 29, 2009
न बाआमा छन् न बास छ
29/10/2009 04:35:00 सन्तोष थापा
तीन साताअघि अर्थात् असोज २१ गतेको दिन, पर्वत थापाठाना— ५, पत्यारका दुर्गाबहादुर भण्डारी र बिनु भण्डारीका घरमा 'दैव'ले वियोग जुरायो । घटनाको विवरणले सुन्नेको त मन पगाल्छ भने त्यहीँबाट टुहुरा बनेका दुई बालिकाको बिचल्लीले कसका आँखा नरसाउँदा हुन् । घटना थियो बाढीपहिरोको । र, परिणाममा एकै परिवारका चारजनाले एउटै चितामा जल्नुपर्यो ।
पाँचजनाको परिवारमा अहिले दुई बालिका मात्रै जीवित छन्, १३ वर्षकी बिन्दु र १० वर्षकी रेखा । एउटै घरमा सुतिरहेका दुईजना मात्रै संयोगले बाँचे । पहिरोले घर पुर्दा बाबुआमासँगै भाइ र बहिनीलाई कहिल्यै नर्फकने गरी पृथ्वीको गर्भमा पुर्यायो । अब उनीहरूको बाँकी जीवन पीडामा सहाराविहीन भएर कटाउनुपर्ने अवस्था छ ।
रेखा र बिन्दु घरको उपल्लो तलामा सुतिरहेका थिए, बुबाआमा र भाइबहिनी तल्लो तलामा । घरबाट झन्डै १० मिटरमाथिको मोटरबाटोबाट आएको पहिरोले उनीहरूलाई उछिट्टयाइदियो । त्यसपछि बेहोस यी दिदीबहिनीलाई छिमेकीहरू आएर बाहिर निकालेका थिए । त्यो कहालीलाग्दो कहानी सुनाउँदै गर्दा बिन्दुले गहभरि आँसु पारिन्, 'अब हामीलाई कसले खान दिने, कसले पढाइदिने ?' बाबु दुर्गा, आमा बिनु, बहिनी सिमाना र भाइ दीपचन्दले बिन्दु र रेखालाई संसारको जिम्मामा छाडेर आफूहरूले संसार छाडे । शिक्षादीक्षा, पालनपोषणका लागि के गर्ने र कसो गर्ने भन्ने कुनै टुंगो छैन । गाउँलेहरू अत्तालिएर सहयोगको खोजीमा जुटेका छन् । तर, कतै कुनै उपाय फेला परेको छैन ।
नेपाली सेनाबाट चार वर्षअघि अवकासप्राप्त भण्डारीका माइला बुबा जायश्वर भण्डारीले अहिले बिन्दु र रेखाको हेरचाह गरेका छन् । माइला बुबाको घर पनि पहिरोको जोखिममा परेकाले उनी पनि विस्थापित छन् । बिन्दु र रेखालाई पढाइ तथा दैनिक हातमुख जोर्ने समस्याले पिरोलेको थापाठाना गाविसका निवर्तमान अध्यक्ष गंगानारायण श्रेष्ठले बताए । 'उनीहरूलाई दैवले हाम्रो जिम्मा लगाएर गयो । तर, कसरी संरक्षण गर्ने भन्ने चिन्ता छ,' उनी भन्छन् । बिन्दु थापाठाना माविमा कक्षा ८ र रेखा कक्षा ६ मा पढ्छिन् ।
घटनालगत्तै जिल्ला प्रशासन कार्यालय, पर्वतले एक लाख पाँँच हजार, लायन्स क्लब अफ शिवालयले २५ हजार, स्थानीय गाविसले १० हजार, हेल्पिङ ह्यान्डस, पर्वतले पाँच हजार र प्याब्सन पर्वतले तीन हजार सहयोग गरेका छन् । क्लबले राहतकोष नै स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले एक दिनबराबरको तलब संकलन गरी ६ हजार आठ सय सहयोग गरेका छन् । राहत जतिसुकै प्रदान गरिए पनि घर नै गुमेपछि बासको पनि समस्या भएको र भविष्य अन्योलमा रहेको पीडितका आफन्तले बताएका छन् ।
Wednesday, October 28, 2009
नेपालमै सोलार कार
बुधवार, 28 अक्टोबर 2009 08:28 नागरिक
नेपालमै सोलार कार
दीलिप पौडेल, बाग्लुङ,कात्तिक ११-बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन्। उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्।
उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो। ढाकाटोपी र दौरा सुरुवालमा सजिएका बालकले 'कुशल सोलार कार, सेभ द वर्ल्ड' लेखेको सेतो रङको कार हर्न बजाउँदै ल्याउँदा सवै अचम्मित भए। उनले बाग्लुङ बजारमा कार हुँइक्याउँदा सडकको छेउछाउ बसेका सबैले ताली बजाएर स्वागत गरे।
सौर्य उर्जाबाट इन्धन आपूर्ति गर्ने भएकाले कारको नामै सोलार कार राखिएको हो। 'विश्वव्यापी रूपमा बढ्दो वायू प्रदूषण र तापक्रम न्यूनीकरण गर्न सोलारबाट चल्ने कार बनाएको हुँ,' केसीले सञ्चारकर्मीसँग भने, 'यो पहिलो परीक्षण हो, पाँच वर्षभित्र पेट्रोलबाट चल्ने कारले जति गति लिन्छ, त्यहीअनुसारका कार बनाउँछु।' अहिले सोलार कार ६० किलोमिटर प्रतिघण्टा दौडिने उनले बताए। चार घन्टा चार्ज गरेपछि यो ५० किलोमिटर दौडन्छ।
'पहिलो पटक अक्सफोर्ड विश्वविद्यालय लन्डनका विद्यार्थीले सोलारबाट चल्ने कार बनाए थिए,' केसीले भने, 'तर, उनीहरूले बनाएको कार दिउँसो मात्र गुड्थ्यो। तर,यो कार रात र दिन जुनसुकै समय पनि गुडाउन सकिन्छ।'
कान्छो उमेरमा सोलारबाट चल्ने कार बनाएकाले उनले गिनिज बुकमा नाम दर्ता गराउन सबैसँग सहयोगको आग्रह गरेका छन्। 'सबैभन्दा सानो उमेरमा नयाँ आविष्कार गरेको छु,' उनले भने, 'गिनिज बुकमा नाम लेखाउन नेपाल सरकार र सबैको सहयोग आवश्यक छ।' प्रिन्सिपल महेशचन्द्र प्रधानले कुशलको कामलाई विद्यालयले सहयोग गर्दै आएको बताए। 'नयाँ परीक्षण भएको छ, गिनिज बुकमा नाम लेखाउन पहल गर्छौं,' उनले भने।
केसीले ब्याट्री, मोटर र सोलार जोडेर कार बनाएका छन्। कारको अगाडि, छत र पछाडि २० वाटका ६ वटा सोलार प्यानल जडान गरिएको छ। सोलारबाट संकलन गरिएको ऊर्जा ब्याट्रीमा जडान गरेर चार्ज गरिन्छ। घाम लागेको समयमा भने ब्याट्रीको ऊर्जासमेत प्रयोग नगरी कार गुड्छ। बिजुलीबाट समेत चार्च गर्नमिल्ने व्यवस्था मिलाइएको छ।
कारमा तीनवटा पांग्रा प्रयोग गरिएको छ। अगाडि एउटा र पछाडि दुईवटा। कारको अगाडि ड्राइभरसहित तीनजना बस्नमिल्ने सिट राखिएको छ।
कार बनाउन आवश्यक सामग्री उनले चीन र भारतबाट किनेका थिए। उनले करिब ४० दिनमा कार बनाएका हुन्। यसअघि उनले हेलिकप्टर बनाएर पोखरा र काठमाडौंमा प्रदर्शन गरेका थिए।
कार बनाउँदा करिब ६ लाख रुपैयाँ खर्च भएको बाबु भीम केसीले बताए। यसका लागि नास्टबाट १० हजार र विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलगायतबाट करिब २ लाख रुपैयाँ संकलन भए पनि अन्य रकमको जोहो गर्न मुस्किल परेको उनका बाबुले बताए।
राष्ट्रकै शिर उचो बनाउने काम भए पनि कुनै निकायले सहयोग गरेको छैन,' बाबुले भने, 'ऋण काढेर भए पनि आवश्यक सामग्री जुटाएको हुँ। छोरोले राम्रो काम गरेकाले गर्व लागेको छ।' केसीको परिवार अहिले बाग्लुङ सदरमुकाममा बस्दै आएको छ।
उनको प्रतिभा हेर्न उनको जन्मस्थानबाट एक दिन लगाएर काका, काकी, छिमेकीसमेत सदरमुकाम आएका थिए। उनलाई मंगलबारै विद्यालय तथा विभिन्न संघसंस्थाले अभिनन्दन गरेका थिए। बधाइ दिनेको घुइँचै थियो।
माओवादी आन्दोलनको "कमाण्डर" प्रचण्ड ,"फिल्ड कमाण्डर" बाबुराम
एस के नेपाल न्यूज सर्भिस
मंगलबार,नोवेम्बर ०३,२००९
एकीकृत नेकपा माओवादीले कात्तिक १५ गतेदेखि थालेको दोस्रो चरणको आन्दोलनको "सर्वोच्च कमाण्डर" पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई तोकेको छ। केही महिनाअघि पार्टीभित्र शक्ति सन्तुलन मिलाउन बहुपदीय प्रणाली अपनाए पनि आन्दोलनको मुखैमा दाहाललाई नै पार्टीको "सर्वेसर्वा" बनाइएको हो।
आन्दोलन चर्किदै जाँदा त्यसको परिचालन तथा निर्देशन गर्न सजिलो होस् भनेर हालै बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले "हेडक्वार्टर" लाई आन्दोलनको अन्तिम अधिकार सुम्पेको हो। पार्टी र जनवर्गीय संगठन र मोर्चालाई एकीकृत गर्नका अध्यक्षले नेतृत्व गर्दा आन्दोलन छरितो हुने माओवादीको निश्कर्ष छ।यसअघि माओवादीले संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिको नेतृत्व पार्टीका तेस्रो वरियताक्रमका बाबुराम भट्टराईलाई सुम्पेको थियो, जसको उपाध्यक्षमा तिलक परिवार, अमिक शेरचन र रामकुमारी यादव, महासचिवमा नेत्रविक्रम चन्द, सचिवमा जनार्दन शर्मा, कोषाध्यक्षमा लेखराज भट्ट र विभिन्न जनवर्गीय तथा मोर्चाका प्रमुखगरी एक सय १७५ सदस्यीय समिति बनेको छ।
आइतबार बेलुका राजधानीमा दोस्रो चरणको आन्दोलन आरम्भ गर्न दाहाल स्वयं रत्नपार्कमा गई राँको बालेका थिए। संयोग नै भनौ, त्यसबेला संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिका संयोजक भट्टराईचाहिं गृह जिल्ला गोरखामा व्यस्त थिए।भट्टराईचाहिं
महिनाको एकपटक गृहजिल्ला जाने नियमित रुटिनअन्तर्गत गोरखा सदरमुकामबाट तीन घण्टा टाढाको बोर्लाङ गाउँमा आमसभालाई सम्बोधन गर्न पुगेको उनीनिकटस्थ स्रोतको दाबी छ। "यहाँ (राजधानीमा) अध्यक्ष स्वयम् उपस्थित हुने भएकोले एक महिनाअघि तय भएको कार्यक्रममा बाबुराम गोरर्खातिर जानुभएको हो।", स्रोतले भन्यो।
यद्यपि, माओवादीले जनआन्दोलनको "फिल्ड कमाण्डर" का रूपमा बाबुराम नै भएको जनाएको छ। "आन्दोलनको रुपलाई विशिष्टकरण गर्न फिल्डमा बाबुरामजीकै नेतृत्वमा मास परिचालन हुनेछ, तर आन्दोलन कसरी लैजाने भन्ने अधिकार केन्द्रीय कार्यालयमा निहित गरिएको छ", दाहालका स्वकीय सचिव विकेश श्रेष्ठले भने।०६२
असोजको चुनवाङ बैठकले दाहाललाई सेना र पार्टी संगठनको सम्पूर्ण अधिकार केन्द्रीकृत गर्ने निर्णय गरेको थियो। त्यसअघि पार्टीका वरिष्ट नेता बाबुराम भट्टराईले शक्तिको केन्द्रीयकरण गर्दा दुरूपयोग हुनसक्ने खतरा औल्याउँदा उनको दाहालसँग मतभिन्नता सिर्जना भएको थियो। चुनवाङ बैठकमा भट्टराईले ल्याएको लोकतान्त्रिक गणतन्त्रको लाइन दाहालले स्वीकारेपछि भट्टराईले पनि दाहालको केन्द्रीकृत नेतृत्व स्वीकारेका थिए।
आन्दोलनको मुखैमा दाहाललाई दिइएको सर्वोच्च कमाण्डरको अधिकार चुनवाङ वैठकपछि निर्णयसँग मिल्दोजुल्दो छ। त्यसवेला दाहाललाई माओवादी जनमुक्ति सेनाको सुप्रिम कमाण्डरको सँगसँगै आवश्यक परेको वेला एकल निर्णय गर्ने अधिकार दिएको थियो।अहिलेकोमा
फरक यत्ति छ कि, दाहालले आन्दोलनको रणनीति तय गर्नुअघि हेडक्वार्टरमा छलफल गर्नुपर्नेछ, जसमा पार्टीका उपाध्यक्षत्रय मोहन वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा तथा सचिवद्वय सीपी गजुरेल र पोष्टबहादुर बोगटीसँग प्रारम्भिक सल्लाह लिनेछन्। उनीहरू पार्टीको स्थायी समिति सदस्य पनि हुन्। साथै, माओवादीको सैन्य इञ्चार्ज वर्षमान पुन पनि हेडक्वार्टरका सहयोगीका रूपमा रहनेछन्।
माओवादीले दोस्रो चरणको आन्दोलनलाई राणनैतिक प्रत्याक्रमणको दोस्रो योजना भनेर व्याख्या गरेका छन्। माओवादीमा प्रत्याक्रमण भनेको लडाइँ जितिनसकेको तर आफू माथि परेको अवस्था भन्ने बुझिन्छ। यतिखेर उनीहरूले आन्दोलन शान्तिपूर्ण गर्ने बताएका छन्। माओवादीको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)लाई आन्दोलनका सहयोगका रुपमा अन्य जनवर्गीय संगठन विद्यार्थी, महिला, मजदुर आदितिर पनि छुट्टै "वाईसीएल सेल" गठन गरी त्यसको प्रत्यक्ष कमाण्ड दाहालले गर्नेछन्। सैन्य होइन कि मास केन्द्रीत गर्ने उनीहरूको उद्देश्य छ। २६ र २७ गते दुई लाखजति जमात उपस्थित गराएर सिंहदरबार घेराउ गर्दासम्म राष्ट्रिय सरकार बन्ने वातावरण नदेखिएमा भद्र अवज्ञा गर्ने माओवादीको भित्री योजना छ, जसलाई उनीहरूले गान्धीवादी आन्दोलन स्वरूप नामाकरण गरेका छन्।
चौध वषर्ीया बालिकामाथि सामूहिक बलात्कार
03/11/2009 नरेश खड्का/नयाँ पत्रिका
बझाङ, १७ कात्तिक : स्याँडी गाविस— ८ की एक बालिकालाई दाइ नाता पर्ने सोही गाउँका दुईजनाले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले दुवैलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सदरमुकाम चैनपुरबाट २३ कोस दक्षिण-पश्चिममा रहेको सो गाउँकी १४ वषर्या बालिका पार्वती बोहरा -नाम परिवर्तन) लाई ४२ वषर्ीय वीरजित बोहरा र ४० वषर्ीय नरबहादुर बोहराले आइतबार राति बलात्कार गरेका हुन् ।
मदिरा-सेवन गरी आएका उनीहरूले आमासित सुतिरहेकी बालिकाको मुख थुनेर बाहिर ल्याएको र आमालाई मार्ने धम्की दिई सामूहिक बलात्कार गरेको खुल्न आएको छ । बलात्कार गरेर भाग्ने क्रममा आमा सन्जाले गाउँलेलाई गुहारी उनीहरूलाई समातेर प्रहरीलाई बुझाएको बालिकाका काका मानबहादुर बोहराले बताए ।
सदरमुकाम चैनपुरस्थित प्रहरी कार्यालयमा जाहेरी दिन आएका बोहराका अनुसार दुईवटा हँसियासमेत बोकेर आएका आरोपीहरूले पीडित बालिकाकी आमाले कानमा लगाएको गहना पनि लुछेर लगेका छन् ।
आरोपी दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको निमित्त प्रहरी नायब उपरीक्षक मिलन बस्नेतले बताए । बलात्कृत बालिकाको स्वास्थ्यपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको र रिपोर्ट आएपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए । पीडित बालिकाकी आमाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुलुकी ऐनमा १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा अभियुक्तलाई आठदेखि १२ वर्षसम्म कैद-सजायको व्यवस्था छ ।

Sunday, October 25, 2009
प्रहरीबाट कार्यालयमै सामूहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको बयान

प्रहरीसेवामा प्रवेश गर्नुअघि या गरेपछि कहिल्यै मैले मेरो जीवनमा यस्तो बलात्कारजस्तो घटना बेहोर्नुपर्ला भन्ने सोचेकी थिइनँ । मेरो नाम सुनीता (नाम परिवर्तन) हो । पाँच वर्ष भयो, नेपाल प्रहरीमा प्रवेश गरेको । बुटवलमा तालिम लिएँ, दुई वर्ष रामनगर वडाप्रहरी कार्यालयमा बसेँ । तीन वर्षअघि अछाम जिल्ला प्रहरी कार्यालयमा सरुवा भएँ । दुई/तीनजना महिला प्रहरी थियौँ तर सात-आठ महिनाअघिदेखि म एक्लै थिएँ । अरू सबै सरुवा भएर गइसकेका थिए ।
सबैसँग राम्रै सम्बन्ध थियो, व्यावसायिक सम्बन्ध । सबैले सहयोग गरिरहेकै थिए । त्यस्तो मनमुटाब, रिसइबी केही थिएन । यही वैशाख ४ गते एकजना स्थानीय युवकसँग मैले बिहे गरेँ । अन्तरजातीय बिहे भएकाले घर-परिवारले स्विकारिसकेका थिएनन् । त्यसैले मेरा श्रीमान् र म अछाम जिल्ला प्रहरी कार्यालयभित्र क्वार्टरमै बस्थ्यौँ । जिल्ला प्रहरी कार्यालयले पनि मेरा श्रीमान्लाई जिप्रकाभित्र क्वार्टरमा बस्न सहयोग नै गरेको थियो ।
नवमीको दिन (असोज ११ गते) हो, डिएसपीसाप घरबिदामा हुनुहुन्थ्यो । इन्स्पेक्टरसाप (शारदा चौधरी, जनआन्दोलन (२ का दोषी ठहर) हुनुहुन्थ्यो । ड्युटी सकेर दिउँसो ३ बजे आफ्नो क्वार्टरमा गएँ । सरसफाइ गरे । साँझ ६ बजे खाना पकाएर टेलिभिजन हेर्दै थिएँ, सशस्त्र प्रहरीको कार्यक्रम आइरहेको थियो । असइसाप (दानसिंह भण्डारी) ले बोलाए मलाई । युनिर्फम लगाएँ, अनि असइसापकोमा गएँ । म त्यहाँ पुग्दा अन्य प्रहरी जवानसहित असइसाप रक्सी खाइरहेका थिए । उनीहरू मलाई देख्नेबित्तिकै हाँस्न थाले । मैले केही मतलब गरिनँ । मलाई उनीहरूको हाँसोप्रति त्यति चासो पनि जागेन । नवमीको दिन भएकाले सञ्चार-सामग्रीको पूजा गरिसकिएको रहेछ । ठीक नियत भएको भए त मलाई पूजा गर्ने वेलामै बोलाउनुपर्ने हो । तर, यस्तो गरिएन । यतिवेलासम्म ८ बजिसकेको थियो ।
हवल्दार (करवीर थलाल) ले 'ल तिमी असइसापको कोठामा धूप बालेर आऊ' भन्यो । आदेश मान्नैपर्यो । हवल्दारलाई सलुट हानेँ, धूप जलाउन असइसापको कोठातिर गएँ । त्यहाँ जाँदा सबै गलल्ल हाँसे । हवल्दारले 'खाना खाएर जाऊ' भन्यो । तर, मैले खाना पकाइसकेकाले म जान्छु भनेर हिँड्न खोजेँ । त्यसपछि असइसापलाई मासु पुर्याइदेऊ भन्यो उही हवल्दारले । आदेश मान्नैपर्यो । सलुट ठोकेँ, मासु समातेर असइसापको कोठामा गएँ ।
असइसापको कोठामा एउटा कुर्सी राखिएको थियो । असइसापले बस भने । पहिले त बसिनँ, बस न बस भनेर कर लगाएपछि भनेको मान्नैपर्यो । सलुट हानेर कुर्सीमा बसेँ । मलाई पनि कचौरामा मासु दिएका थिए । म मासु खान थालेँ । मासु खाँदा कता-कता नमीठो लाग्न थाल्यो । असइसाप खाऊ, खाऊ भन्दै थिए । खाँदाखाँदै आँखा बुझिन थाले । अप्ठेरो महसुस हुन थाल्यो । उठ्नै गाह्रो हुन थाल्यो । पानी लिन जान खोज्दा लड्नेजस्तै भएँ । उठ्न गाह्रो भएपछि कुर्सीमै बसेँ । त्यतिवेला सबै त्यही कोठामा आइसकेका थिए । सबै गलल्ल हाँसे ।
यत्तिकैमा, एउटाले मेरो हात समात्यो । मैले त सहयोग गर्न हात समातेको होला भन्ने सोचेकी थिएँ । तर, त्यस्तो रहेनछ । अनि प्रहरी जवान नरभान महतरा आयो । उसले मुख छोप्यो । म कराउन खोजेँ, तर सकिनँ । त्यसपछि उनीहरूले मलाई गालामा टोक्न थाले । असइसाप हाँसिरहे । असइसापले पनि जथाभावी गरे । त्यसपछि हवल्दारहरू करवीर थलाल, वीरेन्द्रबहादुर बम र वीरादत्त बडु, प्रहरीहरू नरभान महतरा र जगदीश पाण्डेयले जथाभावी गरे ।
सबैले जे-जे मन लाग्यो सबै गरे । म बेहोस भएछु ।
१२ असोजको बिहान, निद्रा खुल्दा मुखदेखि खुट्टासम्म घाउ नै घाउ देखेँ । शरीर अत्यन्तै दुखिरहेको थियो । उठ्न खोजेँ, उठ्न सकिनँ । राति ११ बजेको कुरा, तिनीहरूले मेरा श्रीमान्लाई फोन गरेर बोलाएछन् । श्रीमान्ले मलाई कोठामा लगेछन् । उनीहरूले श्रीमान्लाई पनि कुटेछन् । श्रीमान्ले रातिका सबै कुरा बताए । त्यसपछि म बलजफ्ती इन्स्पेक्टरसाप -शारदा चौधरी, जनआन्दोलन—२ को दोषी ठहर) कोमा गएँ । त्यहाँ जाँदा पनि सबै हाँस्न थाले । सबै कुरा इन्स्पेक्टरसापलाई भनेँ । उजुरी दिन खोजेँ, तर कसैले मानेनन् । मलाई उल्टै हकारे । 'प्रहरीको बदनाम हुन्छ, बाहिर पनि यो कुरा भन्यौ भने मारिदिन्छु भने । मारेर आत्महत्या गरेको हो भनिदिन्छौँ भनेर इन्स्पेक्टरसापले हप्काए । रुँदै-रुँदै म आफ्नै कोठामा फर्कें ।
श्रीमान्ले पनि घटनालाई उजुरी गर्न मानेनन् । अञ्चल प्रहरी कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी गर्छु भन्दा श्रीमान्ले पनि सहयोग नगर्दा मेरो मन कुँढियो । 'बदनाम हुन्छ । तिमीले यो कुरा बाहिर ल्यायौ भने म तिमीलाई अस्वीकार गर्छु । हाम्रो परिवारले पनि स्विकार्नेवाला छैन । म यहाँ बस्दिनँ, सीधै भारत जान्छु । त्यतै हराउँछु' भन्न थाले मेरा श्रीमान्ले । त्यसै पनि अन्तरजातीय विवाह भएकाले परिवारले मलाई मेरो श्रीमान्को घर जान दिएको थिएन, बिहेपछि श्रीमान् मसँगै थिए । श्रीमान्का कुरा सुनेपछि एकातर्फ सोचेँ, ठीकै छ, श्रीमान्ले नै यस्तो भन्छन् भने सहेरै बस्छु ।
यता, दिउँसो घरमा फोन गर्न सञ्चारमा जाँदा पनि सबैले मेरो खिल्ली उडाउने क्रम जारी थियो । मैले केही मतलब गरिनँ ।
असोज १३ गतेको कुरा हो । अब त दैनिक कामधाममा जाने विचार गरेकी थिएँ । दिदीलाई फोन गरौँ भनेर सञ्चारमा जाँदै थिएँ, असइसाप र मेजरहवल्दारहरू हाँस्न थाले । गिज्याउँदै भने, 'बल्ल ठीक भो । तेरो सेखी झर्यो । हिजो राति के-के भयो, तँलाई थाहा छ नि ?' सबै हाँस्न थाले । सञ्चारमा गएर दिदीलाई फोन गरेर फर्किंदा पनि त्यही भने । बाटोको दुवैतिर उभिएर हाँस्दै भने, 'बल्ल मजा आयो । अब त आनन्द भयो होला । बेस्सरी दुखिरहेको छ होला । मुखमा पनि घाउ भएछ ।' उनीहरू यस्तै कुरा गरेर टर्चर दिइरहेका थिए । बलात्कारभन्दा पनि उनीहरूको टर्चर सहन साह्रै गाह्रो भो मलाई । मैले केही सोच्नै सकिनँ । कोठामा गएँ । लुगाफाटो पोको पारेर दिपायल हिँडेँ ।
डिआइजीसाप (पार्वती थापामगर) लाई भेटेँ । सबै कुरा बताएँ । क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएँ । उजुरीका लागि डिआइजीसाप थापामागरले सहयोग गर्नुभो । डिआइजीसापसँगै सेती अञ्चल प्रहरी कार्यालय धनगढी आएँ । एसएसपीसाप (ढकबहादुर कार्की) लाई पनि सबै कुरा भनेँ । उहाँले पनि कारबाही गर्छु भन्नुभो, तर उजुरी लिन मान्नुभएन । सबै कुरा मिडियामा आयो । पाँच दिनपछि सेती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरियो । छानबिन गर्छौं भनेर अछाम लगियो । अछाममै थिएँ । गृहमन्त्रीजी (भीम रावल) आउनुभो । गृहमन्त्रीजीलाई पनि सबै कुरा भनुँला भन्ने सोचेकी थिएँ । उहाँसँग भेट गर्न दिइएन मलाई । उहाँसँग भेट गर्न नदिइए पनि उहाँले त कम्तीमा मसँग कुराकानी गर्नुहोला भन्ने सोचेकी थिएँ, आस गरेकी थिएँ । तर, त्यस्तो भएन । गृहमन्त्री रावलले पनि पनि केही मतलब गर्नुभएन ।
त्यसपछि प्रधानमन्त्रीजी (माधवकुमार नेपाल) लाई त सबै कुरा भनेँ । नेपाली सेनाको ब्यारेकमा उहाँलाई भेटेकी थिएँ । सबै कुरा बेलीविस्तार लगाएँ मैले प्रधानमन्त्री नेपालसँग । प्रधानमन्त्री नेपालले मेरो कुरा सुनेपछि उनीहरूलाई कारबाही गर्छु भन्नुभएको थियो । तर, अहिलेसम्म केही भएको छैन । यत्तिका दिन बितिसके, म यसरी नै कहिले धनगढी, कहिले दिपायल र कहिले अछामतिर लुकिछिपी बसिरहेकी छु । दोषीहरू निर्धक्क भएर घुमिरहेका छन् । उल्टै मलाई दोषीहरूले पागल हो भनेर मेरो कुरा काटिरहेका छन् । घटनाका विषयमा मिडियामा आएपछि र मैले उजुरी दिएपछि मेरा श्रीमान्ले पनि मलाई सहयोग गरिरहेका छन् । यसमा डिआइजीसापको पनि सहयोग छ, तर अरू धेरैले दोषीहरूलाई बचाउन खोजेजस्तो लागेको छ मलाई । प्रहरीसेवाभित्रै यस्तो घटनाको सिकार भएकी मैले के-के सोचेकी हुँली, मेरो मनमा कस्ता कुरा खेल्छन् होला, सबै अनुमान लगाउन मात्र सकिने कुरा हुन् । जबसम्म दोषीहरूलाई सख्त कारबाही हुँदैन तबसम्म म राम्ररी निदाउन सक्दिनँ । कतिपय वेला त म अब यस संसारमा बाँचेर काम छैन, यस्तो अन्याय सहनुभन्दा मर्नुपर्छ भन्ने पनि लाग्छ ।
Saturday, October 24, 2009
भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ
महेन्द्रनगर, ५ कात्तिक
भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।
मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।
स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।
तीव्र वेग, भयंकर आवाज र धुवाँको मुस्लोसहित जहाज उडेपछि सीमाक्षेत्रका नेपाली मंगलबार नै त्रसित भएका थिए । तर, नेपाली प्रशासनले कुनै प्रतिक्रिया नजनाएपछि बुधबार बिहान सुपरसोनिक फेरि नेपाली आकाशमा देखिएको थियो ।
मंगलबारजस्तै बुधबार पनि सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाश चक्कर लगाएर उत्तरी सीमातिर लागेको थियो ।
दार्चुलाका प्रहरीप्रमुख डिएसपी डिल्लीराज विष्टले पनि भारतीय जहाज सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेको बताए । 'महाकाली नदी हुँदै जहाज उत्तरतिर उडेको हो, नदी त नागवेली छ, तर जहाज सीधा उडेकोले कहिले नेपाल त कहिले भारतको आकाशमा उडेको होला,' डिएसपी विष्टले भने ।
उनले सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेपछि बुधबार दिउँसो भारतको धार्चुलाका प्रशासनिक तथा सुरक्षा निकायसँग जानकारी लिन खोजेको जानकारी पनि दिए । भारतीय अधिकारीले सीमाक्षेत्रको नियमित गस्ती गरेको जानकारी दिएका थिए ।
तर, सीमाक्षेत्रको गस्ती गर्दा जहाज नेपाल किन प्रवेश गर्यो भन्ने विषयमा कुनै छलफल नभएको नेपाली अधिकारीको भनाइ छ । 'उनीहरू (भारतीय सुरक्षा अधिकारी) सँग कुरा गरेका थियौँ, नियमित पेट्रोलिङ हो भन्ने जानकारी आयो,' डिएसपी विष्टले नयाँ पत्रिकासित भने, 'महाकाली-महाकाली भएर उत्तरी क्षेत्रमा पेट्रोलिङ गरेको हो भनेका छन्, यो त नियमित प्रक्रिया हो भन्ने कुरा आयो ।'
दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बराज थानीले पनि नेपाली आकाशमा अचानक भारतीय जहाज आएको बताए । 'भारतीय सेनाले सीमाक्षेत्रमा त्यस्तो जहाज उडाउँदैछ भन्ने हामीलाई पूर्वजानकारी थिएन,' उनले भने, 'जहाजले चक्कर लगाएर गयो, त्यसपछि पनि भारतीय पक्षले केही भनेको छैन ।'
के हो सुपरसोनिक ?
लडाकु जहाजमा सुपरसोनिक दुनियाँमै दु्रततम् र सबैभन्दा हलुका मानिन्छ । सुपरसोनिकमा पनि भारतले संसारकै सबैभन्दा सानो र हलुका लडाकु विमान एलसिए -लाइट कम्ब्याट एअरक्राफ्ट) बनाएको छ । भारतीय वायुसेनाले एलसिएलाई सीमा-गस्तीमा लगाएको छ ।
एलसिए सुपरसोनिक भारत आफैले बनाएको दोस्रो लडाकु विमान हो जसमा एक पाइलटका लागि मात्रै सिट छ । विमान हलुका र तीव्र मात्र होइन, प्रतिस्पर्धीलाई छक्याएर उड्न सक्ने क्षमताको मानिन्छ । सन् २००८ मा औपचारिक उडान सुरु गरेको एलसिए सन् २०१५ सम्ममा पूर्ण प्रविधियुक्त हुने भारतको अपेक्षा छ ।
भारतले पहिलो लडाकु विमान 'हिन्दुस्तान फाइटर' सन् १९६२ मा नै बनाएको हो । हिन्दुस्तान फाइटर (एचएफ) लाई विकसित गरेर एलसिए सुपरसोनिक जहाज बनाइएको हो । यसको तयारी सन् १९८३ मा सुरु भएको हो । तर, पोखरण परमाणु परीक्षणको प्रतिक्रियास्वरूप अमेरिकाले सैनिक सहयोगमा नाकाबन्दी लगाएपछि एलसिए निर्माण लगभग अवरुद्ध भएको थियो । तर, एलसिएको सफल परीक्षणपछि भारत डबल इन्जिनको एमसिए बनाउने तयारीमा छ ।
आकाशबाट आकाशमै र आकाशबाट जमिनमा क्षेप्यास्त्र प्रहार गर्न यो विमान बनाइएको हो । त्यस्तै, लेजरको निर्देशनमा खस्ने बम पनि यो विमानले बोक्न सक्छ । यो विमानले चार हजार किलो हतियार बोक्न सक्छ ।

माओवादीद्वारा नौदिने अल्टिमेटम
काठमाडौं, ६ कात्तिक
माओवादीले १५ कात्तिकसम्म आफ्ना माग पूरा गर्न सरकार र सरकारमा सहभागी राजनीतिक दलहरूलाई 'अल्टिमेटम' दिएको छ । आफ्ना माग सम्बोधन नभए सरकारविरुद्ध अवज्ञामूलक आन्दोलन गर्ने निर्णयसमेत उसले गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्ताव बैठकले एकमतले पारित गरेको हो ।
'१५ गतेसम्म नागरिक सर्वोच्चता स्थापित गर्नेतर्फ अन्य दलले ध्यान दिएनन् भने हामी आन्दोलनमा जान्छौँ,' पार्टी प्रवक्ता दीनानाथ शर्माले बैठकपछि संवादाताहरूसँग भने ।
बैठकले 'संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल' नामक मोर्चालाई आन्दोलनको समय र तिथिमिति तय गर्न निर्देशन दिएको छ । ८ र ९ कात्तिकमा बस्ने मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम तय गर्नेछ । सरकारको रवैया हेरेर आन्दोलनका स्वरूप निर्धारण गर्ने माओवादी स्थायी समिति सदस्य सिपी गजुरेल गौरवले बताए ।
यसअघि नागरिक सर्वोच्चता र राष्ट्रपतिको असंवैधानिक कदमका विषयलाई मात्र उठाएर आन्दोलन गर्दै आएको माओवादीले अबको आन्दोलनमा आफ्नो पार्टीको नेतृत्वका नयाँ सरकार गठनको मागलाई पनि अगाडि सार्ने भएको छ ।
'यो सरकारले संविधान निर्माण, शान्तिप्रक्रिया, सेना समायोजन र जनताका दैनिक समस्याका मुद्दालगायतका काम गर्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो,' गौरवले शुक्रबार साँझ नयाँ पत्रिकासँग भने, 'त्यसकारण अबको आन्दोलनमा नयाँ सरकारको मुद्दा पनि थपिनेछ ।'
बैठकले राजनीतिक दलहरू जारी राजनीतिक गतिरोध हल गर्नका लागि जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । 'अन्य दलहरू शान्ति र नयाँ संविधान चाहँदैनन्, देशलाई गृहयुद्धमा धकेल्न चाहन्छन्,' प्रवक्ता शर्माले भने, 'हामीले जिम्मेवार प्रतिपक्षको हैसियतले पटकपकट सहमतिका लागि प्रयास गरेका छौँ ।'
स्रोतका अनुसार भारतको एउटा तप्का अहिले पनि वार्ता नहोस् र नेपालमा थप अराजकता सिर्जना होस् भन्ने पक्षमा रहेको माओवादी विश्लेषण छ ।
माओवादीले नागरिक सर्वोच्चताको विषय र सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमबारे सदनमा बहस नभएसम्म सदन चल्न नदिने आफ्नो अडान कायम राख्ने निर्णय लिएको छ । 'सदन हामीले रोकेको होइन, राष्ट्रपतिको असंवैधानिक कदममा छलफल गर्न दिए एक मिनेटमै सदन खोल्छौँ,' प्रवक्ता शर्माले भने, 'सदन खोल्ने वातावरण सरकारले बनाउनुपर्छ ।'
संगठनात्मक जिम्मेवारी हेरफेर गर्ने बैठकको एजेन्डा रहेको भए पनि करिब एक घन्टा बसेको स्थायी समितिको बैठकले यसबारे कुनै निर्णय गरेन ।
यसअघि ५ असोजमा बसेको माओवादी स्थायी समितिको बैठकले दसैँसम्म सहमति नबने अर्को चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो । गत २ असोजमा माओवादीको पहिलो चरणको आन्दोलनको कार्यक्रम सकिएको थियो ।
त्यसपछि १८ असोजमा बसेको माओवादीको स्थायी समिति बैठकले राजनीतिक गतिरोध हटाउन तिहारसम्म सहमतिका लागि प्रयास गर्ने निर्णय गरेर अनौपचारिक रूपमा आन्दोलन स्थगित गरेको थियो ।
Wednesday, October 21, 2009
हङकङमा भिसा खोल्न पहल
हङकङमा भिसा खोल्न पहल
23 October, 2009
काठमाडौं
साढे चार वर्षदेखि रोकिएको हङकङ रोजगारी खोल्न सरकारले पहल सुरु गरेको छ । जेठ, ०६४ सालमा हङकङ सरकारले द्वन्द्वको कारण देखाउँदै नेपाली कामदारलाई भिसा रोक लगाएको थियो ।
माओवादी युद्ध सकिएपछि पनि हङकङले निर्णयमा पुनर्विचार गरेको छैन । साढे चार वर्षपछि हालै श्रम मन्त्रालयका अधिकारीले हङकङ गई निर्णय पुनर्विचार गर्न औपचारिक आग्रह गरेका छन् । 'नेपाली महिलाका लागि हङकङ सबैभन्दा उपयुक्त रोजगार गन्तव्य भएकाले बन्द भिसा खुलाउने प्रयास थालिएको हो,' मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले भने, 'नेपालमा फेरिएको परिस्थितिबारे हामीले हङकङ अधिकारीलाई विस्तृत जानकारी गराएका छौँ । उनीहरूले गम्भीरतापूर्वक लिएको बताउँदै विकसित अवस्थाको समीक्षा गर्ने आश्वासन दिएका छन् ।'
हङकङमा नेपाली घरेलु कामदारको न्यूनतम तलब तीन हजार पाँच सय ८० हङकङ डलर तोकिएको छ । हाल त्यहाँ घरेलु कामदारका रूपमा नेपाली महिलाको संख्या सात सय २० छ । साढे चार वर्षअघि एक हजार आठ सयको हाराहारीमा नेपाली महिला कामदार थिए । स्थानीय परिचयपत्र प्राप्त गरी नेपालीमूलका करिब १८ हजार मानिस हङकङमा बस्छन् ।
साढे चार वर्षअघि नेपालसँगै नाइजेरिया र श्रीलंकाको भिसा पनि रोकिएको थियो । तर, ती मुलुकले कामदारका लागि भिसा नखोले खुला व्यापारमा कडाइ गर्ने चेतावनी दिएपछि हङकङले निर्णय पुनर्विचार गरेको थियो । नेपालले भने यसबीचमा पहल गरेको थिएन ।
नेपालले पहल नगरेको, नेपालसँग हङकङको खासै व्यापारिक सम्बन्ध नभएको, नेपाली कामदारले पछिल्लो समयमा राम्रो छाप पार्न नसकेको र हङकङमा चीनबाट बसाइ सरेर आएको नयाँ पुस्ताले नेपालीको योगदान नबुझेका कारण त्यहाँको सरकारले नेपाललाई कम वास्ता गरेको निष्कर्ष श्रम मन्त्रालयले निकालेको छ ।
मन्त्रालयले हङकङ भ्रमणको क्रममा त्यहाँस्थित कामदार, नेपाली समाज, सरकारी अधिकारी र सांसदसँग कुराकानी गरी सो निष्कर्ष निकालेको हो । 'नेपाली महिला यौन व्यवसायमा लागेको, फर्जी विवरण पेस गरेर शरणार्थी भत्ता बुझ्ने गरेको र फर्जी विवरण तयार गर्न स्थानीय समाजले सहयोग गर्ने गरेकोलगायतका कारणले पनि नेपालीप्रति सरकारले सहानुभूति नराखेको बुझियो,' एक सहभागीले बताए ।
हङकङ अधिकारीसँग नेपाली सरकारी प्रतिनिधि र स्थानीय समाजले नेपालबाट शरणार्थी नआउने प्रतिबद्धता व्यक्त गर्दै त्यहाँ फैलिएका विभिन्न भ्रम निवारण गर्ने प्रयास गरेका थिए । हङकङले नक्कली शरणार्थी आएका कारण भिसा रोकेको दाबी गरे पनि साढे चार वर्षको अन्तरमा शरणार्थी संख्या झन् बढेको छ । यो अवधिमा शरणार्थी संख्या १६ जनाबाट पाँच सय पुगेको छ ।
पछिल्लो समयमा फिलिपिन्स र इन्डोनेसियाले घरेलु तालिम दिएर कामदार पठाउन थालेका कारण पनि नेपालतिर हङकङको ध्यान नगएको बताइएको छ । 'त्यहाँ सक्षम कामदारको अभाव छैन, त्यसैले नयाँ मुलुक खोज्नेतिर कसैको चासो छैन,' भ्रमणमा सहभागीले भने, 'नेपाल आपैले पहल गर्नुपर्छ ।'
हाल नेपालबाट हङकङमा करिब १० करोड रुपैयाँबराबर निर्यात र एक अर्ब रुपैयाँबराबर आयात हुने गरेको छ । हङकङ व्यापारिक राज्य भएको हुनाले उसले अन्य देशसँग राख्ने सम्बन्ध व्यापारिक नाफा- नोक्सानमा आधारित हुने जानकारहरू बताउँछन् ।
नेपाली महिला घरेलु कामदारको उपयुक्त अर्का गन्तव्य इजरायल पनि अहिले रोकिएको छ । नेपालका वैदेशिक रोजगार व्यवसायीले महँगो शुल्क लिएर कामदार पठाएको भन्दै महँगो शुल्क लिने कम्पनीलाई कारबाही नगरेसम्म भिसा रोक्ने निर्णय इजरायल सरकारले गरेको छ ।
यसैगरी, खाडी मुलुकमा नेपाली महिला कामदार असुरक्षित भएको भन्दै सरकार आफैँले घरेलु काममा पठाउन स्थगन गरेको छ । महिलाका लागि उपयुक्त मुलुकको रूपमा अहिले लेवनान मात्र रहेको छ ।

Tuesday, October 20, 2009
पर्बत प्रबाशी समाज द कोरियाको सुचना
सन्जीब चापागाई
सोमबार,October,१९,२००९
पर्बत प्रबाशी समाज द कोरियाले यहि आउदो महिनाको 2009/11/01 तारिक दोङ्देमुनमा सम्पुण पर्बत बासी दाजु भाई तथा दिदी बहिनीहरुलाई आमन्त्रण गरि ब्यापक छलफल गरिने भएको छ । सो छलफलमा पर्बत प्रबाशी समाजका आन्तरीक बिसयहरु लगायत आगामी सल्नाल 2010/02/14 तारिकमा प्रर्बत प्रबाशी समाजद्धरा गरिने सास्कृतिक कार्यक्रमको तयारीको लागि कलाकार छनौट लगायतका बिषयहरुमा निणायक छलफल गरिने भएकोले उक्तदिन सम्पुण पर्बतबासी दाजु भाइ तथा दिदि-बहिनीहरुलाई उपस्थित भइदिनु हुन प्रबत प्रबाशी समाज हार्दिक अनुरोध गर्दछ ।
स्थान - रेन्बो स्कुल दोङ्देमुन
समय - दिनको १२ बजे (लाइन नम्वर १ दोङ्देमुन - गेट नम्बर १ ,२ र ३)
सम्पर्क फोन नम्बर
तुल ब पुर्जा 01046949826 , संसार पुन 01085012037, गोविन्द गुरुङ् 01096911332,
टिका गुरुङ् 01053311294, Sanjib Chapagai 0102520 0032
रेनु पुन 01068704266, हरि प्रसाद पौडेल 01086887726, सुर्य पुन 01196857916,
राजेन्द्र अधिकारि 01072198208,
अमर पुन 01028912526, ओम गुरुङ् 01058162326, रीतु थापा 01086825704

Sunday, October 18, 2009
प्रवासी मजदुरहरुलाई समातेर घर फर्काउने चलन नयाँ र नौलो होइन तर
संसार पुन, दक्षिण कोरिया
संसार पुन ,कोरिया
कोरियामा अबैधानिक प्रवासी मजदुरहरुलाई समातेर घर फर्काउने चलन नयाँ र नौलो होइन तर केहि समय देखि कोरियामा नौलो र नयाँ तरिकाले पक्रिने कोसिस गरिरहेको छ जसको लागि प्रवासी मजदुर संघ मात्रै नभई कोरियाको सम्पूर्ण राजनिक दलहरु पनि पुर्णरुपमा बिरोद र पर्तिकार गरिरहेको छन् l
कोरियामा अध्यागमनले १९९५ तिर पनि धर्पकट गर्ने बेलामा १९९७ मा एसियामा लागेको "आइ यम यफ" (व्यापार घाटा) कोरियामा पूर्ण असर पर्दा धेरै बिदेशीहरु घर फर्के पछि धर्पकट सामान्य भएको थियो रे पछि किम्देअजुंग रास्ट्रपति भएको बेला 'फिफा वोर्ल्ड कप" हुदा सम्पूर्ण बिदेशीहरुलाई अबैधानिकबाट बैधानिक बनाएको थियो भने नमुहेअन रास्ट्रपति भएको बेला २००४ बाट "इ प यस" नियम लागु गरि केहि अबैधानिकलाई बैधानिक बनाउदै र नयाँ कामदारहरु कोरियामा परबेश गराउदै कडा धर्पकट सुरु गरेको थियो l
जेहोस धर्पकट मुख्य स्थान र कम्पनिहरुबाट हुनेता गर्दथियो तर नेपालीहरुको मुटु र गल्लीको रुपमा परिचित तोंगदेमुनको रेस्टुरेन्ट र पसलहरुमा पसेर अध्यागमनले समतने, कोठा-कोठाहरुमा छापा हानेर समतने, काम गरेबापत पाइने तलब तथा १ वर्ष काम गरे बापत पाइने १००-२०० पर्तिसत थेजिकम तथा बोनस कुराहरु कम्पनि मालिक(साहु) संघ गर्दा अध्यागमनलाई बोलाई समताउने र छुटेकोहरुलाई पनि प्रहरी लाई रिपोर्ट गर्ने तथा बाटो-बाटोमा समतने नियम कडा र कठोर निकाली रहेको छ जसको लागि वर्तमान रास्ट्रपति इमेम्बाकले अध्यागमन, नोदोंग्बू (लेबोर ओफिस ), प्रहरी र सरकारी कर्मचारीहरुलाई परिचालन यहि २००९ अक्टुबरबाट सुरु गरिरहेछ l
कोरियाको पत्रिकाहरुको रिपोर्टहरुमा २००६ मा २३७७१ २००७मा २२५४६ र २००८मा ३२५९१ जना प्रबासी मजदुरहरु समातेर घर फिर्ता पठाएको थियो भने यहि अक्टुबर मा कोरियामा १८ बर्ष बस्नु भएका कोरियामा मिनु भनेर चिनिनु हुने नेपाली जो ३८ वर्ष पुग्नु भएको छ उहा योंग्सान क्षेत्र बाट समातिनु भएको छ उहाले प्रबासी मजदुर संघको रेडियो प्रोग्राम चलाउनु हुनुहुन्थियो l उहा गायक पनि हुनुहुन्छ l उहाको रिहाइको लागि होवासा जेल अगाडी प्रवासी मजदुर संघले १६ तारिक धर्ना दिएको छ जसको फैसला छिट्टै हुदै छ उक्त धर्ना अर्थात् बिरोद कार्यक्रमलाई कोरिएको सम्पूर्ण राजनीतिक दलहरुले सहयोग गर्दै छिटो धर्पकट बन्द गर्न चेतावनी दिएको छ साथै प्रवासी मजदुरहरुलाई समातेर पठाउनु भनेको चराको पखेटा काटेर छोडिनु हो भनेको छन् l
Wednesday, October 14, 2009
नेपल-भारत सिमाको ६ स्थानमा रेल सेवा
नेपल-भारत सिमाको ६ स्थानमा रेल सेवा
भारतले नेपालको ६ स्थानमा रेलसेवा जोड्ने गरी काम अगाडि बढाएको छ । रेलसेवा संचालनका लागि सम्भावनाको अध्ययन गर्न आयोग समेत गठन गरेर काम अगाडि बढाइएको छ ।
भारतीय रेल मन्त्रालयका उच्च अधिकारीको हवाला दिदै भारतीय दैनिक हिन्दुस्तान टाइम्सले छ वटा रेल लाइनहरुमा तीनवटा विहार, दुइवटा उत्तर प्रदेश र एउटा पश्चिम बंगालबाट जोड्ने योजना बनाइएको छ ।
प्रस्तावित रेल लाइनहरुमा रक्सौलबाट वीरगञ्ज, नौतहवाबाट भैरहवा, नेपालगञ्जरोडबाट नेपालगञ्ज, जोगवनीबाट विराटनगर, न्यू जलपाइगुरीबाट काकडभिट्टा र जयनगर बर्दिवास छन् ।
भारतीय रेल मन्त्रालयले छ मध्ये कतिपय योजनाको प्रारुप तयार भइसकेको जनाएको छ । योजना निर्माणमा छिट्टै काम थालिने भन्दै अध्ययन भइरहेका योजनाहरुको काम द्रुत गतिमा भइरहेको उल्लेख छ । रेल सेवा भविष्यमा काठमाडौंसम्म जोड्ने गरी योजना भइरहेको समाचारमा उल्लेख छ ।
चीनले तिब्बतको किङहाइ हुदै काठमाडौं सम्म रेल सेवा विस्तार गर्ने चर्चा चलिरहदा भारतले छ स्थानमा रेल सेवा जोड्ने योजनालाई गति दिएको हो।
एस के नेपाल न्यूज सर्भिस
बुघबार,October,१४,२००९

यो बर्षका धनाड्य ब्यक्तीहरु
यो बर्षका धनाड्य ब्यक्तीहरु
यो बर्ष धनाड्य ब्यक्ती हरुकालागी निकै मुस्किलको बर्ष साबित भएको छ। अघिल्लो बर्ष ११२५ बिलिनेयर थिए भने यसबर्ष जम्मा जम्मी ७९३ मात्र बिलिनेयरमा परेका छन। गत बर्षका ११२५ बिलिनेयर मध्ये ३१३ तालिका बाट बाहिरिएका छन् भने, ३५५ गत बर्षको तुलनामा यो बर्षको तालिका बाट तल्लो स्थानमा झरेका छन। १८ जना बिलिनेयरको देहान्त भएको छ, साथै ३८ जना नयाँ अनुहारका बिलिनेयर यस बर्षको तालिकामा भित्रिएका छन।यी सारा संसारका बिलिनेयरहरु पनि यस बर्ष गतबर्षको तुलनामा निकै गरीब बन्न पुगेका छन। गतबर्षको तुलनामा बिलिनेयर हरुको समिश्रण पुजीमा २ ट्रीलियन डलर घटेको छ।जुन सरदरमा २३% अर्थात ३ बिलियन प्रती ब्यक्ती हुन आउछ।यस बर्षमा बिल गेटले मात्र १८ बिलियन डलर गुमाएका छन तथापी उनिनै यस बर्ष को तालिकामा पहिलो स्थानमा रहेका छन, भने गत बर्ष पहिलो स्थान ओगटेका वारेन्ट बफेट यस बर्ष ५०% यानिकी २५ बिलियन डलर (BRK) मा गुमाएर दोस्रो स्थान मा झरेका छन। त्यस्तै गरी मेक्सिकन (टेलिकम्-टाइटनका) कारलोस स्लीप हेलु ले २५ बिलियन डलए गुमाएर यस बर्षको तेस्रो स्थानमा पुगेका छन।
यस बर्ष सबै भन्दा धेरै गुमाउनेमा गत बर्ष सबै भन्दा धेरै कमाउने इन्डियाका अनिल अम्बानी परेका छन, जस्ले ३२ बिलियन अर्थात ७६% सेयर बजारमा गुमाएका छन।उन्ले धेरै जसो (रिलाएन्स कमुनिकेसन) मा गुमाएका छन भने उन्को (रिलाएन्स पावर र रिलाएन्स क्यापिटल) कोल्याप्स भएको छ। अम्बानी यस बर्षका २४ जना इन्डियन बिलिनेयर मध्दे एक हुन। अरु २९ जना बिलिनेयर इन्डियनहरुले आफ्नो स्थान गुमाएर यस बर्षको बिलिनेयर तालिका बाट बाहिरिएका छन। इन्डियाको पैसा "भारु" पनि यो बर्ष डलरको तुलनामा १८% ले घटेको छ। यो बर्ष इन्डिया एसियामा सबै भन्दा धेरै बिलिनियर हुने देशमा पर्दैन किनकी यो स्थान अब चाइनाले ओगटेको छ । जहाँ हाल २८ जना बिलिनेयर छन।मास्को बिलिनेयर हरुको आँधिबेरी र भुकम्पको केन्द्रबिन्दु बनेको छ, जसले यस बर्ष ५५ बिलिनेयर हरुलाई गुमाएको छ। जुन गतबर्षको तुलनामा दुई तिहाई हुन तिनिहरु मध्ये डमिट्री पम्प्यानस्कीले ५ बिलियन घुमाए भने आना एनिसिमोभाले ३.२ बिलियन लुज गरेका छ्न। १२ महिना अगाडी मास्कोले न्युयोर्क लाई पछारेर मास्को शहर संसारको बिलिनेयर राजधानी कहलाएको थियो,जसमा ७४ बिलिनेयर (टाइकोन) मास्कोका थिए भने न्युयोर्क मा ७१ (टाइकोन) थिए। तर आज मास्कोमा जम्मा २७ बिलिनेयर छनभने न्युयोर्कमा अझै पनि ५५ छन।
अमेरिकामा मात्र यसबर्ष गतबर्ष भन्दा ११० कम बिलिनेयर छन। सबै भन्दा बढी ढाड सेकिनेमा वाल स्ट्रिट र (AIG) मा सेयर हुने टाइकोनहरु परेका छन। निबर्तमान (AIG) सिनियर मौरिश हेन्क ग्रिनबर्गको १.९ बिलियन खोलामा गएपछी इन्सुरेन्स बेहेमोये लाई यू.एस्. सरकारले सहयोग गरेपछी पनि आज ग्रीनबर्ग जम्मा१०० मिलियन भन्दा पनि कम भ्यालुको छ। निबर्तमान सिटी ग्रुपका च्यरमेन स्यान्डी विल पनि यसबर्ष गतबर्षको तालिकाबाट तल झरेका छन।साथै यस बर्ष १२ जना बक्तिगत सम्पत्ति भएका बिलिनियरहरु पनि बिलिनियरहरुको तालिका बाट बहिरिएका छन, जुन गत बर्ष ३९ थियो। ब्लयाक स्टोन-ग्रुप (BX) का स्टेफन स्वर्जमेनले ४ बिलियन डलर र कोलबर्क क्राभिश ले २.५ बिलियन गुमाए पनि बिलियनका स्थान जोगाउन सफल भएका छन।
गत बर्ष ६५६ बिलिनियर ले घाटाको बिजिनेस गरेका छन अर्थात पैसा लुज गरेका छनभने ४४ जना बिलिनेयर मुनाफा कमाउन सफल भएका छन। ति मध्ये धेरैले सही समयमा जानेर सेयर बेचेरनै हो।३८ नयाँ अनुहारका बिलिनियर हरु यस बर्षको लिस्टमा आएका छन। ज्यादा गरी मेक्सिकन परेका छन। यिनिहरु मध्ये एक जोअकुइन गुजमेन लेएरा जो अमेरिकामा सबै भन्दा बढी कोकिन पठाउने ब्यक्ती हो। त्यस्तै गरी चाइनाका अर्का नयाँ टाइकोन वाङ च्वान्फुले आफ्नो (BYD) कम्पनी मार्फत बिधुतिय गाडी डिसेम्बर देखी बेच्न सुरु गरेका थिए।

Thursday, October 8, 2009
बेलायतमा ठगिँदै नेपाली विद्यार्थी
बेलायतमा ठगिँदै नेपाली विद्यार्थी
नवीन पोखरेल
23 October, 2009
काठमाडौं
उच्च शिक्षा लिन बेलायत आइपुगेका नयाँ विद्यार्थी काम नपाएर छटपटिइरहेका बेला उनीहरूमाथि थप प्रहार भएको छ। उनीहरूलाई यसपटक मर्माहत बनाउनेमा छन् कलेज। नेपालीद्वारा सञ्चालित केही कलेजको लापरबाहीका कारण हजारौं नेपालीको शैक्षिक भविष्य अन्यौल छ। परिधि नाघेर कोटाभन्दा बढी विद्यार्थी झिकाइदिँदा सरकारको कारबाहीमा परेका त्यस्ता कलेजले लाइसेन्स त गुमाउँदैछन्, लाखौं खर्चेर बेलायत टेकेका विद्यार्थीलाई अब अर्को कलेज खोज्न त्यति नै रकम जोहो गर्नुपर्ने बाध्यता आइपरेको छ।
भर्खरमात्र होम अफिसले नेपालीद्वारा सञ्चालित लन्डन कलेज अफ इञ्जिनियरिङ एन्ड म्यानेजमेन्ट, उलबीच लन्डनको लाइसेन्स 'सस्पेन्ड' गरिदिएपछि त्यहाँ पढ्न आएका सयौं विद्यार्थीको विचल्ली हुने भएको छ। सोही कलेजमा ट्राभल-टुरिज्म पढ्न ३८ सय पाउण्ड तिरेर ४ अक्टोबरमा आइपुगेकी इन्दिरा भट्टराईको मन कलेजको लाइसेन्स खारेजीले विक्षिप्त भएको छ। 'राम्रो पढ्न भनेर आएँ, शुरुमै कलेज सस्पेन्ड भएछ,' इन्दिराको आक्रोश छ, 'कलेज सञ्चालकले धेरै विद्यार्थीको भविष्यमाथि खेलबाड गरे। कम्तीमा उनीहरूले यो परिस्थिति आउनुपूर्व एकपटक विद्यार्थीको भविष्य सोच्नुपर्थ्यो।'
उज्यालो र झिलिमिलीको पर्व तिहारका बेला खुसी हुनुको सट्टा कलेजकै कारण निरास बनेकी उनले अन्यत्र पढ्नु परे कलेज खर्च जुटाउनै मुस्किल हुने बताइन्। त्यही कलेजमा पढ्न १४ अक्टोबरमा युके उत्रेका राजु कोइरालालाई पनि खारेजीको खबरले चिन्तित पारेको छ। १० वर्ष क्यासिनो अन्नामा काम गरेर उच्च शिक्षा लिन आएका कोइराला भन्छन्, 'अहिले म कलेजमै बु�न आएको छु, व्यवस्थापकहरू यो तपाईंको समस्या होइन, हाम्रो समस्या हो भनेर अघि नै पर्दैनन्। तर, समस्या जटिल हुने देखेको छु।' भएभरको सबै पैसा सकिएकाले अन्य कलेज भर्ना हुन पनि सहज नभएको उनको गुनासो छ।
लाइसेन्स खारेजीका विषयमा सम्पर्क गर्न खोज्दा कलेजका प्रिन्सिपल शेखर शर्मा सम्पर्कमा आउन चाहेनन्। 'म ड्राइभिङमा छु, आधा घण्टापछि गर्नू' भनेका शर्मा दिनभर फोन गर्दा पनि सम्पर्कमा आएनन्।
बेलायत सरकारले अप्रिल १, २००९ देखि 'प्वाइन्ट बेस्ड सिस्टम' लागू गरेको छ। उसको नयाँ नियममा युरोपेलीबाहेक अन्य राष्ट्रका विद्यार्थी झिकाउन कलेजले होम अफिसबाट 'स्पोन्सरसिप लाइसेन्स' लिन जरुरी छ। लाइसेन्सप्राप्त कलेजलाई सरकारले वार्षिक कोटा दिन्छ र सोहीअनुसार विद्यार्थी झिकाउन मिल्छ। तर, आर्थिक लाभबाट प्रेरित केही कलेजले कोटाको दुरुपयोग सुरु गरेका छन्।
होम अफिसले लाइसेन्स लिँदा गरेका सर्त पूरा नगरे कलेजको 'स्पोन्सरसिप लाइसेन्स' खारेज गर्नसक्छ। मापदण्डविपरीत कोटाभन्दा बढी विद्यार्थी झिकाउने, कलेजको भौतिक पूर्वाधार, सेवा-सुविधा अपर्याप्त, विद्यार्थीका कागजात सुरक्षित नराख्नु आदि कारण लाइसेन्स खारेजी हुनसक्छ। तोकिएका सर्त नमाने होम अफिसले कलेजका 'ग्रेड' समेत घटाइदिन सक्छ। 'ग्रेड' घटेको पछिल्लो उदाहरण छ, बोस्टन कलेज लन्डन। प्राप्त समाचारअनुसार नेपालीद्वारा सञ्चालित उक्त कलेजको ग्रेड 'ए' हालै 'बी' मा घटुवा भएको छ। घटुवापछि बेलायतमा नेपालीको सबैभन्दा पुरानो ठानिएको उक्त कलेजको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा भएको छ।
अर्को ह्यारोस्थित हेलिफ्याक्स् कलेजको पनि 'ग्रेड' झरेको छ। त्यहाँ पढ्ने सयौं नेपालीमध्ये एक झापाका प्रकाश वखिम भन्छन्, 'अहिले त साइन गरेर मात्र फर्किए हुन्छ भन्छन् सरहरू, पढाइ हुनै छाड्यो।'
लन्डन थेम्स् कलेजका निर्देशक बिपी खनाल कुनै कलेजको लाइसेन्स खारेज भएमा नयाँ भिसा प्राप्त नहुने, भिसा अबधि नथपिने र अध्यागमन अधिकारीले विद्यार्थीलाई कुनै पनि एयरपोर्टमा रोकिदिन सक्नेतर्फ सचेत गराउँदै भन्छन्, 'तर, हतारहतार अर्को कलेज परिवर्तन गर्दा झन् झन्झट हुनसक्छ। अप्ठेरो परिस्थितिमा होम अफिसले समेत ६० दिनभित्र अन्य विकल्प खोज्न अवसर दिने भएकाले संयमता अपनाउँदा उचित हुनेछ।'
केही कलेजले आफूखुसी कोटाभन्दा बढी विद्यार्थी झिकाएर अपुग कक्षा कोठा सञ्चालनका लागि अन्य ४-५ वटा बिल्डिङ प्रयोग गरिरहेका समेत पाइएको छ। कलेजले कक्षा सञ्चालन गर्नुपरेमा लोकल काउन्सिलबाट 'प्लानिङ परमिसन' लिएर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्छ। ती सम्बन्धन (एक्रिडेशन) प्राप्त निकायबाट स्वीकृति लिई होम अफिसलाई जानकारी गराएरमात्र कक्षा सञ्चालन गर्नुपर्नेमा आफूखुसी गरिरहेको कलेज सञ्चालककै स्वीकारोक्ति छ।
म्यारिटाइम ग्रीनविच कलेजका प्रिन्सिपल नरेन्द्र कँडेल नेपालीद्वारा सञ्चालित कलेजको लाइसेन्स खोसिएकामा स्तव्ध र आक्रोशित छन्। 'एउटा नेपालीबाट सञ्चालित कलेजको लाइसेन्स खोसिँदा अन्य कलेजको प्रतिष्ठामा समेत असर पर्ने र विद्यार्थीमा गलत सन्देश जाने हुँदा कलेज व्यवस्थापकहरूलाई सतर्क र जिम्मेवारीसाथ अघि बढ्न आग्रह छ,' उनले भने। परिस्थितिवश कठिनाइमा परेका कलेज र विद्यार्थीलाई सक्दो सहयोग गर्न आफू तयार रहेको जिकिर समेत उनको छ।
नयाँ नियम लागू भएपछि नेपालबाट मात्र करिब ५ हजार विद्यार्थी युके आएको अनुमान छ। नेपालमा रहेका अधिकांश शैक्षिक कन्सल्टेन्सीले 'युकेमा मज्जाले कमाइन्छ' भन्ने गलत आश्वासन दिएर पनि नेपाली विद्यार्थी ओइरिने क्रम बढिरहेको छ। यसमा नेपाल सरकार समेत नीरिह देखिएको छ। नेपालका कन्सल्टेन्सी उद्योग मन्त्रालयमा दर्ता हुने र सरकारसँग उनीहरूको प्रत्यक्ष 'लिंक' नहुने हुँदा उनीहरूले लापरबाही गरिरहेका स्वीकार्छन् शिक्षा मन्त्रालयका सह-प्रवक्ता लेखनाथ पौडेल। 'तर, हामीले ती कन्सल्टेन्सीकै सहभागितामा निर्देशिका बनाउँदैछौं जसबाट सम्बन्धित निकायलाई सही सूचना प्रदान होस्,' उनले भने। विद्यार्थीलाई कन्सल्टेन्सीले ठगिरहँदा पनि नेपाल सरकार मुकदर्शक बनेको आरोप छ नर्थवेष्ट कलेज लन्डनका निर्देशक महेन्द्र कँडेलको। 'विद्यार्थीलाई नेपालमै प्रलोभनमा पारिन्छ। यसलाई निरुत्साहित गर्न सरकार नै सक्रिय हुन जरुरी छ। सरकारले कन्सल्टेन्सीलाई 'रेगुलेट' गर्ने हो भने विद्यार्थी युके आएर विचल्ली हुने अवस्था आउँदैन,' युकेमा तीनवटा कलेज सञ्चालन गरिरहेका कँडेलले भने।
दयनीय कलेज
बेलायत आइपुग्नु अघि वेबवसाइटमा कलेजका ठूलाठूला भवन, फराकिला कक्षाकोठा, दामी पुस्तकालय, कलेजभित्रै चमेनागृह आदि देखेका विद्यार्थी कलेजको वास्तविक हालत देखेपछि जिल्लिएका छन्। 'यहाँका कलेज त हाम्रो नवलपरासी जिल्लामा खुलेका 'उच्च मावि' जत्ति पनि रहेनछन्,' एक महिनाअघि बेलायत आइपुगेकी २१ वर्षीया सरिना गाह भन्छिन्, 'कलेजभर दुई-तीनवटामात्र कक्षाकोठा भाडामा लिएका रहेछन्, पढाउने पनि सबै भारतीय र नेपालीमात्रै। अंग्रेजी जानिएला भनेको त हिन्दी पो सिकियो।' उनले आफ्नो कलजेको वेबसाइटमा देखिएका गोरा अनुहारका विद्यार्थी, लन्डन टावर ब्रिज (धेरैले युके टेक्नेवित्तिकै फोटो खिचाउने ठाउँ), लन्डन आइ, ग्रीनवीच संग्रहालय जस्तो लाग्ने पुस्तकालय त वेबसाइटमा मात्रै पाइन्।
उनको कलेजले नेपाली, भारतीय, बंगाली र पाकिस्तानीद्वारा सञ्चालित अधिकांश कलेजको प्रतिनिधित्व गर्छ।
बेलायत आइसकेपछि कलेजले गर्ने व्यवहार पनि एकदम रुखो लागेको छ कमल पौडेललाई। ४१ सय पाउण्ड लाग्ने 'आइएमआइएस' कोर्स पढ्न सुरुमा नेपालस्थित कन्सल्टेन्सीलाई २३ सय पाउण्ड बुझाएर बेलायत आइपुगेका पौडेल त्यतिखेर झस्किए, जतिबेला कलेज पुग्दा बाँकी १८ सय पाउण्ड तुरुन्तै नतिरे भर्ना नै नगरिदिने चेतावनी पाए। 'भिसा नलागुन्जेल एउटा कुरा, कलेज पुगिसकेपछि अर्को गरेर हामीलाई ठूलो संकटमा पारे,' उनको गुनासो छ।
बेलायतमा नेपाली व्यवस्थापकद्वारा सञ्चालित कलेज संख्या एक दर्जन हाराहारी छ। ती कलेजका झण्डै ७० प्रतिशत विद्यार्थी नेपाली नै छन्। एउटा कलेजमात्र बन्द भएमा सयौं विद्यार्थीको भविष्य अन्यौल हुने भएकाले सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउन जरुरी रहेको जानकार बताउँछन्

Thursday, October 1, 2009
उल्टै जरिवाना
दैलेख, ७ कात्तिक
सरकारले दलित बिहे गर्नेलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका एक दलित युवाको परिवारले ६० हजार जरिवाना तिर्नु पर्यो, बेहुली खोसिइन् र बेहुला बेपत्ता छन्
सरकारले दलित बिहे गर्नेलाई एक लाख दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका दलित युवालाई समाजले कुटपिट गरेर ६० हजार तिराएको छ । तर, पुरस्कार दिने प्रशासन मौन छ ।
दैलेख jaगनाथ गाविस-६ का अमित विक र सविता शाहीबीच १६ भदौमा प्रेमविवाह भएको थियो । यही 'आरोप' मा केटीपक्षले दलित युवालाई कुटपिट गरे, ६० हजार जरिवाना पनि तिराए ।
अमित विकले कुटपिट सहे, ६० हजार पनि तिरे । तर, कथित माथिल्लो जातको समाजले त्यत्तिमा चित्त बुझाएन । सवितालाई जबर्जस्ती अर्कैसँग बिहे पनि गरिदिएको छ ।
सरकारले अन्तर्जातीय बिहे गर्नेलाई एक लाख दिने भनेको छ । तर, दैलेखका दलितले अन्तर्जातीय बिहे गरेकै कारण कुटपिट सहनुपर्यो, ६० हजार जरिवाना तिर्नुपर्यो र प्रेम गरेर भित्र्याएकी श्रीमती छाड्नुपर्यो । तर, दोषीमाथि कुनै कारबाही भएको छैन ।
'बिहे गरेकै कारण युवालाई कुटपिट गरियो, गरिब परिवारबाट ६० हजार उठाइयो,' दलित अधिकारकर्मी प्रेम भुर्तेलले नयाँ पत्रिकासित भने, 'दलितकी नवविवाहित श्रीमतीलाई पनि अर्कैसँग बिहे गर्न बाध्य पारियो, योभन्दा ठूलो अन्याय अरू के हुन्छ ?'
जगनाथ-३ का गोठे विक (दिवंगत) का छोरा अमित र पदमबहादुर शाहीकी छोरी सविताबीच गत १६ भदौमा बिहे भएको थियो । तर, गाउँमा बस्दा कुटपिट हुने डरले उनीहरू रातारात भागेर दैलेख सदरमुकाम आएका थिए ।
तर, दुवैजनालाई सदरमुकामबाट फर्काउन २७ भदौमा केटीका बुबा र आमा आएका थिए । उनीहरूले दलित युवाकी आमा र दाइलाई पनि लिएर आएका थिए । माइतीपक्षका अभिभावकले 'जे हुनु भयो, अब तिमीहरूको राम्रोसँगै बिहे गराइदिन्छौँ' भनेर घर फर्काएका थिए ।
हामी घरमा लैजान्छौँ, औपचारिक बिहे पनि गराइदिन्छौँ भन्दै नवविवाहित जोडीलाई खोजिदिन उनीहरूले अधिकारवादी संघसंस्थासँग अनुरोध पनि गरेका थिए । अधिकारवादीहरूको समेत रोहवरमा बेहुलाबेहुलीलाई घर फर्काइएको थियो । तर, २९ भदौको साँझ माइतीपक्षको घर पुग्नासाथ दलित युवा र उनका अभिभावकलाई समेत कुटपिट गरिएको थियो ।
'अभिभावकहरू नै सदरमुकाम आएर दलित अधिकारकर्मी र अन्य संघसंस्थासँग सुरक्षा र न्यायको माग पनि गरेका थिए,' अधिकारकर्मी भुर्तेलले भने, 'तर, अभिभावक आएर औपचारिक बिहे गराइदिने आश्वासन दिएपछि उनीहरू गाउँ फर्किएका हुन्, उनीहरूमाथि धोका भयो ।'
दलित बेहुला भीरबाट हामफाली भागे पनि उनका दाजुलाई बेहुलीका जेठाबाबु चक्रबहादुर शाहीले जरिवाना तिर्न बाध्य बनाएका थिए । उनको धम्कीअनुसार दलित परिवारले ४ असोजमा ५० हजार तिरेका थिए । तर, त्यतिले पुगेन भन्दै उनीहरू पाँच दिनपछि दलितको घरमा आएर थप १० हजार लिएर गएका थिए । ६० हजार जरिवाना उठाएपछि दलित युवाकी प्रेमिकालाई जाजरकोट जिल्लाको मजकोट गाविसमा बिहे गरेर पठाइएको छ ।
कुटाइबाट बच्न भागेका अमित अहिलेसम्म बेपत्ता छन् । कुनै दिन उनी घर फर्किए मारिदिने धम्कीसमेत कथित माथिल्लो जातको समाजले दिएको रुम गाविसका शिक्षक नन्द विश्वकर्माले जानकारी दिए । उनले भने, 'अमितले एसएलसी पास गरेको सर्टिफिकेट र मार्कसिट तथा नागरिकता पनि उनीहरूले नै खोसेर लगेका छन् ।' पीडित परिवारका सदस्य त यति डराएका छन्, उनीहरूले यसबारेमा पत्रिकासँग केही पनि बोल्न सकेनन् ।
दलित स्वावलम्बी समाजका अध्यक्षसमेत रहेका भुर्तेलले घटनालाई दानवीय भन्दै सरकारले दोषीलाई कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्ने बताउँछन् । 'दोषीलाई सरकारले कारबाही गर्नुपर्छ, न्यायका लागि लड्न हामी तयार छौँ,' उनले भने, 'न्यायको टुंगो लगाउन पीडितहरूलाई सदरमुकाम बोलाएका छौँ । सदरमुकामबाटै उजुरी दिई कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।'

Subscribe to:
Posts (Atom)