मंगलवार, 16 मार्च 2010
दिलबहादुर छत्याल, धनगढी, चैत ३- कैलालीको उर्मा गाविसस्थित प्रसिद्ध धार्मिक स्थल बेहेडा बाबा मन्दिरको दर्शनार्थ आएका दुई भारतीय युवती बलात्कृत भएका छन्। उनीहरुलाई ७ जनाको सङ्ख्यामा रहेको एउटा समूहले अपहरण गरेर सामूहिक बलत्कार गरेको ती युवतीले बताएका छन्। बलात्कार गर्नेहरु पक्राउ परेका छैनन्।
वर्षको ४ पटक मेला लाग्ने धार्मिक स्थल बेहेडा बाबा मन्दिरमा भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट हजारौं भारतीय नागरिक दर्शन गर्न आउने गर्छन्। आइतबार चैते औंशीको अवसरमा लाग्ने मेलामा पनि भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आएका थिए।
भारतको निघासनबाट आएका दर्शनार्थीको एक समूह मन्दिरमा पुग्न करिव २ किलोमिटर बाँकी थियो। उर्मा गाविस-७ पत्थरियाको जङ्गलमा ७ जनाको युवा समूहले कुटपिट र लुटपाट गर्न थालेपछि भागेर सबै जना उम्के पनि २ युवतीलाई उनीहरुले कब्जामा लिएका थिए। अभिभावकले २ युवती कब्जा गरेको खबर गरेपछि बेहेडा बाबा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र प्रहरी खोज्न गए पनि रातभर ती युवतीलाई फेला पार्न सकेनन्। रातभर बलात्कार गरेर बिहान छोडिदिएपछि ती युवती रुँदै मन्दिर पुगेका थिए।
Thursday, December 31, 2009
Wednesday, December 30, 2009
दक्षिण कोरीया स्थीत संचारकर्मीहरुको प्रेश बिज्ञप्ती
मीन प्रकाश उप्रेती ( दक्षिण कोरीया)
शनिबार,मार्च ,०६,२०१०
हाल देशमा संचार क्षेत्र संग समंधित ब्यात्तीहरु माथि लागातार भईरहेको हत्या तथा हत्या गर्ने धम्की प्रति दक्षिणकोरीयाका कृयाशिल संचारकर्मीहरुको गम्भिर ध्यान आर्कषण भएको छ ।
सञ्चार उद्यमी जमीम शाहाको हत्या गरीएको रगतको टाटो सूक्न नपाउंदै अर्का सञ्चार उद्यमी अरुण सिँहानियाको हत्याले हामीलाई मर्माहित बनाएको छ । सही र सत्यसमाचार लेख्ने कलमलाई कायरहरुले बन्दुक द्धारा आफ्नो अनुकुल बनाउने दूष्प्रयासको हामी घोर निन्दा र भर्षना गर्दछौ ।
देशको संचार क्षेत्रमा देखापरेको सूरक्षाको यो अकरिलो र असहज परिस्थितीको मूख्यकारण देशको शान्ती सुरक्षाको जिम्मालीने सरकार भएको हाम्रो ठहर छ । त्यसैले हामी प्रवाशमा रही आशु र पसीना सगै पत्रकारीतामा कृयाशिल पत्रकारहरु शान्ती सुरक्षाकायम गर्न नसक्ने गृह मंत्रीको राजीनामा माग गर्दै नेपाल पत्रकार माहासंघले अघी सारेका सबै संघर्षका कार्यक्रममा हाम्रो पुर्ण सर्मथन रहेको जानकारी गराउन चहान्छौ ।
खगेन्द्र खत्री -प्रधान सम्पादक ( एसके नेपाल डट ओआरजी ) , डम्बर सुब्बा - (पत्रकार महसंग कोरीया शाखा संथापक अधक्ष्य तथा नेपालीकोरीया डट कम प्रधान सम्पादक ) , मीन प्रकाश उप्रेती - (नेपाल पत्रकार महासंघ सदस्य तथा जनआन्दोलन घाईते पत्रकार ) , ख्याम कार्की - कारीया प्रतीनीधी (ऐकेबद्धता मासीक ) , सन्तोष गौतम - कोरीया प्रतीनीधी (नेपाल बाणी एफ एम इलाम) , दीपक रेग्मी - सम्पादक (कोरीया सैगात माशीक ) , अक्कल लामा - सम्पादक (बिहानी संदेश मासीक) , संसार पुन - सम्पादक ( पर्बत ब्लग स्पोट डट कम ) , भरत तुलाचन - सम्पादक (म्याग्दी समाज कोरिया ब्लग तथा थसेस कोरिया ब्लग ) ।
Monday, December 28, 2009
प्रवाशि मजदुर युनियन(MTU) र EPS नेपाल सेबा समाजले कानुन तथा मजदुर कानुन सम्वन्धी प्रशिक्षण तथा परामर्श गर्ने सूचना
सन्जीव चापागाई
शुक्रबार,मार्च ,१२,२०१०
मीठा सपना र सुरक्षीत भविष्यको आशामा प्रवासीनु सोचनै हामी नेपालीहरुको लागी प्रतिकुल सावीत वन्दै गएको छ । प्रवासीदैमा सम्पुर्ण समस्याको समाधान हुन्छ भन्ने हाम्रो सोच र प्रवासमा आएर नयां सस्कृती नयां परिवेशमा काम गर्दा धेरैनै कठीनाइ महसुस हुन जानु असोभावीक हाईन । तर गणतन्त्र कोरियाको समाजले आफ्नै सस्कृतीमा गौरव गर्ने र आप्रवासी प्रबासी मजदुरहरु अत्यान्तै गरिव देशवाट आएको हुनाले प्रवासी मजदुरहरुलाई जस्तो ब्यावाहार गर्दा पनि हुन्छ भन्ने सोचाई राख्नाले प्रवासी मजदुरहरुले ठुलो अपमान र भेदभाव व्यहोर्नु परेको छ । प्रबासी मजदुर संघर्षले कोरियन मजदुर कानुनमा धेरै परिर्वतनका हरफहरु लेख्न र कोरियन समाजलाइ प्रबाशि मजदुर पनि मजदुर हो भनेर झक्झकैयाउन सफल भयपनि तल्लो स्तरका कोरियन जनताहरु र प्रवासी मजदुरहरुलाई काम लगाउने कम्पनि मालीकहरुको सोमनस्थिती यथावतनै छ । भाषाको समस्या र उचित सन्चारको अभावले गर्दा मजदुर कानुनले सम्म्रक्षेण गरेका प्रवासी मजदुरहरुको अधिकारलाई कम्पनि मालीकहरुले कम्पनिको व्यावाहार भन्दा पनी दाशताको व्यावाहार गरेको पाइन्छ । हामिहरुलाई हाम्रो अधिकारहरुको ज्ञान नहुनाले कम्पनिमा कम्पनि मालीकको पेलाई स-सगै कामगर्ने कोरियन कामदारको पेलाई र निर्दोश मजदुरले अधिकारको माग गर्दा देश फर्काई दीन्छु अथवा अवैधानिक वनाईदीन्छु भन्ने धम्की गाली र मारपीट जस्ता अत्यान्तै घृीणीत व्यावाहार गर्ने गरेको पाईन्छ । त्यसैलै सर्वप्रथम हामीहरुले हाम्रो अधिकारहरु के - के हुन कम्पनि मालीकतथा अन्य सगै काम गर्ने कोरियनहरुले प्रवाशि मजदुरहरु प्रती गर्ने मार पीट धम्की गाली आदी मानव अधिकारको उंलगन हो की हैन त्यस्तै कम्पनिले हामीहरुले सम्झौता गरेको सम्झौता पत्र अनुसार व्यावाहार नगर्ने र सम्झौता पत्र अनुसार माग गर्दा अवैधानिक वनाईदीन्छु अथवा देश फर्काइदीन्छु भन्ने धम्कीले हामी डराउने की नडराउने के कम्पनि मालीकले साच्चीनै अवैधानिक वनाउन वा देश फकाउन सक्छ हामीहरुले के कस्तो अवश्थामा कम्पनि परिर्वतन गर्न सक्दछौ कम्पनि परिर्वतनका आधारहरु के - के हुन आदि इत्यादी EPS सम्वन्धी हजारौ जीज्ञासा तथा समस्याहरुको समाधानको लागी प्रवाशि मजदुर युनियन र EPS नेपाल सेबा समाजको सयुक्त आयोजनामा अनुभवि कानुन विद्धद्धरा EPS माफर्त कोरियामा काम गन आउनु भएका नेपाली कामदारहरुलाई EPS कानुन तथा मजदुर कानुन सम्वन्धी प्रशिक्षण तथा परामर्श गने उदेश्यले प्रशिक्षण कायक्रम गरियको हुनाले सम्पुर्ण इच्छुक नेपाली साथीभाई हरुलाई उक्त दीन उपस्थित भई अफ्नो अधिकारको वारेमा जानाकारी लिनुहुन हार्दीक अनुरोध गर्दछौ ।
सम्पर्क फोन नम्बरहरु
सन्जीव चापागाई (एम टि यु ) ०१०२५२०००३२ - ०२२२८५६०६८ , डेबिड राई - नपाली सम्पर्क समिती ०१०२७८७७४७३, मिजास राई - EPS नेपाल सेबा समाज ०१०३१४४२३४६
सुनिल कार्की - EPS नेपाल सेबा समाज ०१०३१४०४५२४, इन्द्र प्रसाद न्यौपाने - EPS नेपाल सेबा समाज ०१०८६९३३९८१
आयोजक - प्रवाशि मजदुर युनियन र EPS नेपाल सेबा समाज
मीती २०१०- ०३- २८ आईतवार दीनको दुई वजे
स्थान - प्रवासी मजदुर युनियन (MTU) कायर्लय सदेमुन लाइन नम्वर ५ गेट नम्वर १ सदेमुन स्टसन (Seodaemun Station)

Sunday, December 27, 2009
दुर्घटनामा नायिकाको मृत्यु
काठमाडौं/ उदीयमान नायिका महिमा पोखरेलको सुटिङबाट फर्किने क्रममा सडक दुर्घटनामा परी मृत्यु भएको छ । काभ्रेको पातलखेतमा डिजिटल प्रविधिको अधिकार फिल्मको सुटिङ सकेर र्फकंदा बुधबार उनी दुर्घटनामा परेकी थिइन् ।
पानीट्यांकीनजिकको सडकमा एकै दिशाबाट आएको बा२ख १६०८ नम्बरको टि्रपरले उनी चढेको बा२१प ५५०२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । मोटरसाइकलमा तीनजना चढेको र सोही फिल्मका अर्का कलाकार दिनेश खड्काले चलाएका थिए । ठक्करबाट मोटरसाइकल र चालक बाटोमुनि खसेको र महिमालाई टि्रपरले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसो साढे चार बजे भएको सो दुर्घटनामा घाइते भएका मोटरसाइकलचालक दिनेश र अर्का कलाकार राजु घिमिरे धुलिखेल अस्पतालमा उपचार गरी घर फर्केका छन् ।
टि्रपरको लापबाहीका कारण दुर्घटना भएको भन्दै अधिकारको सुटिङ युनिट र मृतक नायिकाका पारिवारले अपराह्नदेखि बिपी राजमार्गको काभ्रे भञ्ज्याङ खण्डमा आवागमन बन्द गरेका थिए । पीडितले क्षतिपूर्ति नपाएसम्म लास बुभन नमानेको कलाकार उत्तम केसीले बताए ।
छोटो यात्रा
नेपालगन्ज धम्बोजीकी २२ वर्षीया महिमा रजतपटमा छिरेको धेरै भएको छैन । एअर होस्टेसको ट्रेनिङ छाडेर उनी अभिनयमा हाम्फालेकी थिइन् । दिनभरि उनीसितै काम गरेका कलाकार उत्तम केसी भन्छन्, 'साह्रै नम्र स्वभावकी र मिहिनेती थिइन् ।'
रामकाजी घिमिरेको निर्देशनमा काभ्रेली कलाकार मञ्चले निर्माण गरिरहेको डिजिटल फिल्म अधिकारअघि महिमाले जंगली बाबु, जंगल-२, तिरस्कार, फाइटर, म तिमीलाई माया गर्छु, नाता मनकोलगायत डिजिटल फिल्ममा अभिनय गरेकी थिइन् । अभिनय तथा फिल्मी फाइटको समेत प्रशिक्षण लिइरहेकी उनी नायिकाकी रूपमा स्थापित हुने क्रममा थिइन् ।
Thursday, December 24, 2009
सुनियोजित धडपकड,नेपाली ९ जनालाई पक्राउ
सुनियोजित धडपकड,नेपाली ९ जनालाई पक्राउ
१५-फेब्रौरी (कोरियाको दोश्रो महान चाड सलनालको तेश्रो दिन) , २०१० को ११ बजे सिओलको तोङृदेमुन स्थित फेवा रेष्टुरेन्टबाट उईजङृबुको अध्यागमनले सुनियोजित तरिकाले धडपकड गरेको थियो। आज फेब्रुअरी १५ तारिख दिउसोको १० बजे देखि कोरिया स्थित बामपन्थीहरुको साझा संगठन प्रवासी नेपाली संघको बैठकलाई निसाना बनाएर सो संघका अध्यक्ष विक्रम राई, झक थापा (मगर संग अध्यक्ष), विनोद Thakali (बौध परिवार अध्यक्ष/कोष अध्यक्ष), Hem Thapa (अध्यक्ष MTU Woijumbu Sector), अध्यक्ष Suman Rai (Khotang), Shyam Thapa, Manu Shai , Bandari (EPS) लगायतका 8 जना कार्यकर्तालाई रेष्टुरेन्ट भित्रबाट धडपकड गरिएको थियो । फेवा रेस्टुरेन्टमा रहेका सम्पूर्ण नेपालीहरुलाई १ घण्टा नजरबन्दीमा राखी छनोट प्रक्रिया गर्दै 12 जना जति कोरियनहर सबैले भिडियो खिचेर लागेको थिए बांकी १ जना महिलाको भिसा भएको कारण छोडी दिएको उईजङृबु अध्यागमन विभागका कर्मचारीले बताएको छ।
प्रत्यक्षदर्शीले बताए अनुसार संघको बैठक भएको अन्दाजी ३ मिनट पछि उईजङृबुअध्यागमन विभागका अन्दाजी १२ जना कर्मचारीको टोली आई अदालतका आदेश पत्रलाई नेपालीमा अनुवाद गरि ल्याएको पत्रलाई उपस्थित नेपालीहरुलाई देखाई आईडी(एलिएन कार्ड)को माग गरि आईडी नभएका अवैध नेपाली 8 जनालाई २ जनाको दरले हातकडी लगाई लगेको थियो । त्यसमा एक जना महिला पनि रहेको बताएको थियो ।
नयां बर्षको विदाको दिनमा यसरी धडपकड गरेको पहिलो केश हो । सिओलको एरियामा उईजङृबुको अध्यागमन विभागले धडपकड गर्नु र अदालतको आदेश पत्रलाई नेपालीमा अनुवाद गरि ल्याउनाले यो धडपकड सुनियोजित रहेको विदेशीहरुलाई सहयोग गर्ने कोरियाली संघ संस्थाहरुको भनाई रहेको छ ।
यस्तो अबैधानिक रुपमा अनि विना सूचना चाडको बेलामा सम्पूर्ण नेपालीहरुलाई १ घण्ट नजर बन्दिमा राखी दर र धम्कि अनि त्रास देखाई दिनु नै ठाडै मानबअधिकार हनन भएको भन्दै कोरियाको सम्पूर्ण बुद्धिजीबी, ब्यापारी, संघसंस्था र पत्रकारहरुको संयुक्त हस्ताक्षरमा नेपालमा प्रधान मन्त्रीलाई पत्र पठाई सकेको जानकारी आएको छ साथै धडपकडको एकै छिनमा नेपाली आमा(छाबि चिब) कमल प्रसाद कोइराला (नेपाली राजदुत) पनि उपस्तिथी भएको जानकारी आएको छ
सात जिल्लामा गाडिएका २ सय ३६ सीमा स्तम्भ गायब
अमर खड्का, इटहरी माघ १२- नेपाल–भारतको सीमा छुट्याउन पूर्वी नेपालका सात जिल्लामा गाडिएका २ सय ३६ सीमा स्तम्भ गायब भएका छन्। यस्ता स्तम्भ धमाधम हराउन थालेपछि सशस्त्र प्रहरी पूर्वी क्षेत्रीय मुख्यालय बराहबाहिनी पकलीले गरेको स्थलगत सर्वेक्षणमा सीमा स्तम्भ गायब भएको पत्ता लागेको हो।
सशस्त्र प्रहरीले गरेको सर्वेक्षणको रिपोर्टमा ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सीमा स्तम्भ गायब भएको उल्लेख छ।
स्थलगत सर्वेक्षणअनुसार ताप्लेजुङमा पाँच स्तम्भ गायब भएको पाइएको छ। यो जिल्लामा चार वटा दुरुस्त छन् भने एउटा जीर्ण भई मर्मत सम्भारको अवस्थामा छ। ताप्लेजुङका केही भू–भाग चीनसँग पनि जोडिएको छ। तर, भारतीय सीमा जोडिएका स्थानमा सीमा स्तम्भ गायब छन्। इलाममा १ सय १९ वटा सीमा रहेकामा ९ वटा गायब भएका छन्, जसमा दुईवटा मर्मत सम्भार गर्नुपर्ने र १ सय ८ वटा दुरुस्त छन्।
यस्तै, झापामा २० स्तम्भ गायब छन्। १ सय ७५ स्तम्भमध्ये १ सय १२ वटा जीर्ण भई मर्मत गर्नुपर्ने अवस्थामा छन् भने ४३ वटा जस्ताको तस्तै छन्। झापाको तुलनामा मोरङमा दोब्बर सीमा स्तम्भ गायब छन्। मोरङका १ सय २४ स्तम्भमध्ये २२ वटा जीर्ण अवस्थामा छन्, बाँकी दुरुस्त छन्। सुनसरीमा ३९ वटा गायब भएका छन्। २ सय ८३ वटा स्तम्भमध्ये ६१ वटा जीर्ण अवस्थामा छन्। बाँकी भने जस्ताको तस्तै पाइएको छ।
सबैभन्दा बढी सप्तरीमा १ सय २१ स्तम्भ गायब भएका छन्। ३ सय ८३ स्तम्भमध्ये ३९ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन्। सीमा स्तम्भ मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी सिरहामा छन्। त्यहाँ १ सय २६ वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा सीमा स्तम्भ छन्। मर्मत सम्भार गर्नुपर्नेबाहेक दुई वटा गायब छन् भने १ सय ५३ वटा दुरुस्त छन्। सिरहाको पछिल्लो तथ्याङ्क आउन बाँकी नै रहेकाले दुईवटा मात्र स्तम्भ गायब भएको तथ्याङ्क पूर्वी मुख्यालयसँग रहेको उल्लेख छ।
सिरहामा अरु बढी स्तम्भ गायब भएको दावी गरिएको छ। भारतसँग सीमा जोडिएको पाँचथरमा भने स्तम्भ गायब छैनन्। तर, यो जिल्लामा ३ वटा जीर्ण भएर मर्मत गर्नुपर्ने अवस्थामा छन्। एसएसपी जानकीराज भट्टराईका अनुसार पूर्वी नेपालको नौ जिल्लामा गरेको स्थलगत सर्वेक्षणमध्ये चीनसँग सीमा जोडिएको सङ्खुवासभामा स्तम्भ दुरुस्त अवस्थामा छन्।
४ फिटदेखि ८-१० फिटसम्म अग्ला सिमेन्ट र कङ्क्रिटले बनेका सीमा स्तम्भ पूर्वी नेपालका नौ जिल्लामा १ हजार ४ सयको सङ्ख्यामा छन्।

Monday, December 21, 2009
म्याग्देलीहरुको बिधाई कार्यक्रम
संसार पुन
दिसेम्बेर २० सउल,दक्षिण कोरिया
मिति २००९ दिसेम्बेर १९ तारिक 'जोंग्गाग" दुर्गा रेस्टुरेन्मा म्याग्दी समाज दक्षिण कोरियाले आफ्ना ३ जना सदस्यहरु (भूपू तथा संस्थापक अध्यक्ष - श्री टेक बहादुर सेर्पुजा, खेलकुद अध्यक्ष श्री राम खड्का र सक्रिय सदस्य श्री बाबुराम बरुवाल ) एक सामुहिक रुपमा एकै ठाउँ बाट बिधाई गरेको छ
उक्त कार्यक्रममा पर्बत प्रबासी समाजले आफ्नो स्वरको धनि लोक तथा दोहरी गायक श्री लोक पुनको रमाइलो संस्कृतिक सौगातको साथ उपस्थिति जनाएको थियो भने अन्य छिमेकी जिल्ला तथा संघ संस्था लगाएत आम टी यु (प्रबासी मज्धुर संघ) ले पनि आफ्ना ३ जना सदस्यहरुको उपस्थितिमा सहभागिता जनाएको थियो
बधाई कार्यक्रम धेरै औपचारिक थियो बिधाईको लागि साल र दोसल्ला ओढाई बिधाई गर्नेहरुको घुइचो लागेको थियो बिधाई कार्यक्रम साझं ८ बजे देखि राति अबेरसम्म भएको थियो कार्यक्रमको सभापति संस्थाको अध्यक्ष श्री नर बहादुर पुन ले गर्नु भएको थियो भने संचालन संस्थाकै सचिब भारत तुलाचनले गर्नु भएको थियो
बिधाई कार्यक्रमकै क्रममा यसै दिसेम्बेर २० तारिक पर्बत प्रबासी समाज र दोंग्देमुन एभेरेस्ट करी वोर्ल्डको संयुक्त आयोजनामा "एभेरेस्ट करी वोर्ल्ड" मा उहाहरुलाई दोसल्ला ओढाई छोटो बिधाई कार्यक्रम गरेको छ उहाहरु दिसेम्बेर २१ Nepal Korean Air बाट स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ
हामी सम्पूर्ण पर्बत प्रबासी समाज दक्षिण कोरिया उहाहरुको सफल यात्राको कामना गर्दछ
Sunday, December 20, 2009
पर्यटक लोभ्याउन थाल्यो मार्फाले
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत पर्ने अन्नपूर्ण पदयात्रामा सो गाउँ समावेश छ । कास्कीको नयाँपुल, धान्द्रुक, म्याग्दीको घोरेपानी, शिख, तातोपानी, घाासा, लेते, कोबाङ हुँदै मार्फा पुग्न सकिन्छ ।
बाग्लुङ/ आन्तरिक तथा बाह्य पर्यटकका लागि मुस्ताङको मार्फागाउँ पर्यटकीय आकर्षणको रूपमा विकास हुँदै गएको छ । धौलागिरि, नीलगिरि, टुकुचे पिकलगायत हिमालका काखमा अवस्थित, थकाली समुदायको आकर्षक बस्ती भएको मार्फागाउँमा पर्यटक आगमन बढेको छ ।
'मोटरबाटो सहज भएपछि मार्फामा पर्यटक निकै बढेका छन्,' स्थानीय पर्यटन व्यवसायी कान्छा लालचनले भने, 'मुस्ताङ आएका पर्यटक एकपटक मार्फा घुमेर जान थालेका छन्, पर्यटक नआएको दिन खाली छैन ।' स्थानीयवासीका अनुसार, दुई वर्षअघिसम्म मार्फागाउँमा कम मात्रामा पर्यटक आउँथे ।
थकाली समुदायको संस्कृति, रहनसहन, विश्वमै प्रसिद्ध स्याउबारी, वनस्पति, जडीबुटी, वन्यजन्तु, पक्षी आदि मार्फा गाउँका आकर्षण हुन् । करिब १ सय प्रजातिका विभिन्न जडीबुटी, कस्तुरी मृगजस्ता दुर्लभ वन्यजन्तु, डाँफे, कालिज पक्षीको बासस्थान र दर्जनौँ हिमशृंखलाको मनमोहक दृश्य मार्फागाउँबाट प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
पर्यटक बसाइ सहज र सुविधायुक्त गराउने उद्देश्यले हरेक घरमा खान र बस्ने व्यवस्था मिलाइएको छ । गत वर्ष ३० हजार विदेशी पर्यटकले भ्रमण गरेको मार्फामा चालू वर्षर्को आठ महिनामा नै सो संख्यामा पर्यटक आइसकेको कान्छा लालचनले जानकारी दिए ।

मनाङ, म्याग्दी, डोल्पा र चीनसँग सीमा जोडिएको मुस्ताङको मार्फागाउँ लम्जुङको बेँसीसहरदेखि सुरु हुने विश्वको दस उत्कृष्ट पदयात्राभित्र पर्ने अन्नपूर्ण पदयात्राको थोराङ पार गरेर आएका पर्यटकका लागि थकाइ मेटाउने थलो बन्दै गएको छ ।
आन्तरिक पर्यटक र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीका लागि पनि मार्फा अर्को आकर्षण बन्न थालेको सभासद् वीरेन्द्र जुहारचनको भनाइ छ ।

विदेशबाट पैसा होइन लास आयो
नयाँ पत्रिका
सल्यान, ३ पुस
गत ८ मंसिरमा कवितालाई श्रीमान्ले मलेसियाबाट फोन गरेका थिए । उनले भनेका थिए, 'एक हप्ताभित्र पैसा पठाइदिन्छु । साहुको ऋण तिर्नु र अन्नको जोहो गर्नु ।' पैसाको प्रतीक्षामा बसेकी कविताको त्यसबेला होस गुम भयो, जब पैसा होइन, घरमै श्रीमान्को लास आयो ।
साहुसित ऋण काढेर बिदेसिएका स्यानिखाल-४ का रुद्रबहादुर केसीको लास आएपछि उनको परिवार बिचल्लीमा परेको छ । श्रीमती कविताको अझै होस राम्रोसित खुलेको छैन भने दृष्टिविहीन आमा बिजुली रातोदिन अलौनाबिलौना गरेर बसिरहेकी छिन् । 'भएको जायजेथा बेचिसकियो, अब दुई छाक कसरी टार्ने ? साहुको ऋण कसरी तिर्ने ?' बिजुलीले भनिन् ।
आफ्नो नाममा भएको सबै जग्गाजमिन बेचविखन गरी त्यसले पनि नपुगेपछि साहुको ऋणमा १७ वैशाखमा रुद्र मलेसिया पुगेका थिए । घरको आर्थिक समस्या टार्ने र पैसा कमाएर सुखी जिवन बिताउने रुद्रको सपना खरानीमा मिलेको छ । श्रीमती र तीन नाबालक छोराको भरोसाको खम्बा भाँचिएको छ भने आँखा नदेख्ने आमा बिजुलीको आशाको द्वीप निभेको छ ।
परिवार र छरछिमेकका अनुसार रुद्र मलेसियालको एक प्लास्टिक कम्पनीमा काम गर्न थालेका थिए । सात महिनाको रकम जम्मा गरी घर पठाउन श्रीमतीलाई फोन गरेको एक सातापछि एकैचोटी उनको लास घरमा आएको थियो । 'घरमा लास आउँदासम्म हामीलाई केही थाहा थिएन,' आमा बिजुलीले भनिन् । उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म परिवारलाई थाहा हुन सकेको छैन । घरमा शव ल्याउँदासमेत शरीरमा कुनै घाउचोट नदेखिएको गाउँलेले बताएका छन् ।
रुद्रको परिवार केही वर्षपहिले थारमारे-१ बाट बसाइँ सरेर स्यानीखालामा आएको थियो । बसाइँ सरेर आउँदा केही पाखे जमिन उनले किनेका थिए, तर विदेश जाँदा त्यो पनि बेचे । अहिले उनीहरूसँग जमिन एक टुक्रा पनि छैन । बिजुलीले भनिन्, 'सबै सकियो, म अन्धी बूढीले कसरी नातिहरू जगेरु ?' उनको परिवारलाई एकातिर एक्लो छोरोको रहस्यमय निधनको पीडा छ भने अर्कोतिर साँझ बिहानको छाक टार्न मुस्किल पर्न थालेको छ । बिदेसिँदा ऋण लागेको डेढ लाखले पनि पिरोलिरहेको छ ।
'अहिले दुःखमा भएकाले छिमेकीले पैसा मागेका छैनन्,' बिजुलीले भनिन्, 'पछि मागेपछि कसरी तिरूँ ?'

Tuesday, December 15, 2009
खगेन्द्रले रेखालाई भने, "बिहे गरौँ चारवटा औँठी किन्दिन्छु"
काठमाडौं, २८ मंसिर :
विश्वमै कम उचाइ -६२ सेमी) तथा उमेर -१८ वर्ष) अनुसार कम तौल -४ दशमलव ६ किलो ) भएको भनी गिनिजबुकमा नाम लेखाउन उद्यत खगेन्द्र थापामगरले नायिका रेखा थापासँग बिहे गर्ने इच्छा जाहेर गरेका छन् । खगेन्द्र थापामगर प्रतिष्ठानको पहलमा शेखर खनालको निर्देशनमा निर्माण भइरहेको उनको बायोग्राफी छायांकनका क्रममा आइतबार रेखालाई भेटाउन पुर्याइएका खगेन्द्रले भने, 'तपाईसँग बिहे गर्छु । चारवटा औँठी किन्दिन्छु ।' खगेन्द्रको प्रस्तावमा रेखाले हाँस्दै भनिन्, 'ओके माई डियर ।'
बायोग्राप|mी निर्माण युनिट सदस्य लव प्याकुरेलका अनुसार खगेन्द्रले आफूलाई नायिका रेखा निकै मनपर्ने र उनीसँग भेट्ने इच्छा गरेकाले भेटाउन ल्याएको बताए । खगेन्द्र्रले पनि आफूले टिभी तथा फिल्ममा रेखालाई देखिरहेको तथा साह्रै मन पर्ने भएकाले भेट्न मन लागेको बताउँदै भने, 'राम्री लाग्यो । बिहे गर्छु ।' खगेन्द्रले अन्य कलाकारहरू महजोडी, राजेश हमाल, मेरीबास्सै टेलिशंृखलाका केदार घिमिरे -माग्नेबूढा) तथा सीताराम कट्टेल -धुर्मुस) लाई भेट्ने इच्छा भएको बताए । खगेन्द्रले माग्नेबूढा र धुर्मुसको क्यारिकेचर पनि गर्ने गर्छन् । उनले आफूलाई फिल्म अभिनयमा रुचि भएको बताए । उनले भने, 'फिल्म खेल्ने मन छ । म पनि केही गर्न सक्छु ।'
विश्वमै होचा कदका व्यक्तिका रूपमा गिनिजबुकमा खगेन्द्रको नाम लेखाउनका लागि राज्यले विशेष पहल गर्नुपर्ने कुरामा जोड दिँदै नायिका रेखाले भनिन्, 'उनको नाम विश्वमा चिनाउनुपर्छ । उनी हाम्रो गौरव हुन् ।'
रेखा-खगेन्द्र भेटमा रेखाले उनलाई नेपालको झन्डा उपहार दिएकी थिइन् । खगेन्द्रलाई काखमा बोकेर उनले थुप्रैपटक चुम्बन गरेकी थिइन् । खगेन्द्रले पनि रेखालाई पटक-पटक चुम्बन गरेका थिए ।
खगेन्द्रको नाम गिनिजबुकमा लेखाउने प्रक्रिया अघि बढिसके पनि ढिलासुस्ती भइरहेकाले राज्यले विशेष चासो देओस् भनेर खगेन्द्रलाई विभिन्न दलका शीर्ष नेता, व्यक्ति तथा उनले भेट्ने इच्छा गरेका कलाकारसँग भेटघाट गराइरहेको बायोग्राफी निर्माण युनिट सदस्य लवले बताए । त्यसकै लागि उनको जन्मस्थान बाग्लुङ धुल्लुबासकोट र हालको बसोबास पोखरा, मुस्ताङ चोकसम्म पुगेर लामो समयदेखि उनको बायोग्राफी क्यामेरामा कैद गरिहेको उनले बताए । लवका अनुसार खगेन्द्रलाई राष्ट्रपति डा. रामवरण यादवसँग भेटाउने पहल भइरहेको छ । उनले भने, 'राष्ट्रपतिज्यूले पनि भेट्ने सन्देश दिनुभएको छ । तर, समय दिन तय भएको छैन ।'
Note :- Probably Khagendra Thapa Magar is comming to south Korea in second great festival "Salnal cultural program" and also visit korea's great city (seoul,pusan,thegu,ulsan and guwanju )due to Student refund program in rural village of Nepal
Thursday, December 10, 2009
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु
बुधवार, 09 डिसेम्बर ,मनोज अधिकारी
- मुलुकको प्रमुख पर्यटकीय केन्द्र पोखरामा साढे तीनदशक लामो प्रतीक्षापछि 'क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल' को निर्माण सुरु भएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरदसिंह भण्डारीले मङ्गलबार आफैं डोजर चलाएर धावनमार्गको जमिन सम्याउने कार्यको शुभारम्भ गर्दै विमानस्थल निर्माणको औपचारिक थालनी गरेका हुन्।
सरकारले अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्न पोखरा उपमहानगरपालिका १४, १५ र १८ स्थित छिनेडाँडामा वि.सं.२०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। स्थानीय पर्यटन व्यवसायीदेखि सम्पूर्ण पोखराबासीले लामो समयदेखि माग गर्दै आएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य जग्गा अधिग्रहण गरेको ३४ वर्षपछि मात्र सुरु भएको हो।
मङ्गलबार दुईवटा डोजर लगाई सुरु गरिएको धावनमार्ग सम्याउने काम चालू आर्थिक वर्षभित्र सकिने मन्त्री भण्डारीले बताए। त्यसका लागि सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ। 'मैदान सम्याउनका लागि पहिलो चरणमा १५ लाख रुपैयाँ छुट्याएका छौं', मन्त्री भण्डारीले भने- कामका आधारमा थप रकम विनियोजन हुँदै जानेछ।
पोखरामा आन्तरिक उडानका लागि सानो आकारको विमानस्थल हुँदा यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। बुद्व एयरले छिटै भारतको लखनउ उडान भर्ने तयारी गरे पनि आवश्यक पूर्वाधार अभावले कठिनाई भएको छ।
मन्त्री भण्डारीका अनुसार पहिलो चरणमा जमिन सम्याउने र चारैतर्फ तारजाली लगाउने कामसँगै सर्भेसमेत हुनेछ। हाल अधिग्रहण क्षेत्रको करिब आधा भागमा मात्र तारजाली लगाइएको छ। दोस्रो चरणमा संरचना निर्माणका हिसाबले जमिन छुट्याउने र डिजाइन तथा डिटेल सर्भे हुने मन्त्री भण्डारीले जानकारी दिए।
उक्त विमानस्थल निर्माण गर्न चीन सरकारको पहलमा त्यहाँको एक्जिन बैंकसँग 'सफ्ट लोन' का रुपमा ८८ मिलियन डलर अर्थात् करिब ६ अर्ब रुपैयाँ लिने पक्का भएको भण्डारीले बताए। उक्त रकमबारे चीन सरकारसँग सैद्वान्तिक सहमति भएको र यससम्बन्धी छिटै हस्ताक्षर हुने उनले जानकारी दिए।

Tuesday, December 8, 2009
'जलवायु परिवर्तन सम्बन्धी सम्मेलनले इतिहास लेख्न सक्ने'
कोपेनहेगनमा सोमबारदेखि शुरु भएको राष्ट्रसंघीय सम्मेलनले मानिसहरुमा आशा जगाईदिएको छ
राष्ट्र संघका जलवायु प्रमुख युभो डी बोरले कोपनहेगनमा शुरु भएको जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनले इतिहास लेख्ने कुरा बताएका छन्।
तर उनले, उनकै शब्दमा, सही इतिहास लेखिनु आवश्यक रहेको चेतावनी पनि दिए।
उनको भनाइमा विश्व तातिंदै जाने अवस्थाको सामना गर्नका लागि हरितगृह ग्यासहरुको उत्सर्जन कटौती गर्न राष्ट्रहरुले महत्वाकांक्षी लक्ष्यहरु निर्धारण गर्नु पर्छ।
कोपनहेगनमा दुई सातासम्मको वार्तामा प्रतिनिधिहरुले जलवायु परिवर्तन बारे नयां सहमतिमा पुग्ने प्रयास गर्नेछन्।
बैठकमा डेनिश प्रधानमन्त्रीले सहमति हुनै लागेको र सारा विश्वले मानवताको सुरक्षाको लागि आफूहरु तर्फ हेरिरहेको बताए।
राष्ट्र संघका प्रमुख जलवायु वैज्ञानिक राजेन्द्र पचौरीले विश्व नेताहरुले ठोस कदम नचालेमा गम्भीर परिणामहरु आइ पर्ने चेतावनी दिए।
वैज्ञानिकहरु भन्छन्, बाढी, पहिरो, सुक्खा तथा घट्दो उब्जनी जलवायु परिवर्तनका देखिने असरहरु हुन्।
उनीहरु भन्छन्, जलवायु परिवर्तन रोक्ने एउटा मुख्य तरिका वायुमण्डलको तापमानलाई बढ्न नदिनु हो।
कटौती
हाल कोपेनहेगन पुगेका बीबीसी नेपाली सेवाका एकजना संवाददाता भन्छन्, त्यसकालागि कलकारखाना, उर्जा केन्द्र, मोटरजस्ता श्रोतहरुबाट निस्कने कार्बन डाईअक्साइडजस्ता हरितगृह ग्यांसको उत्सर्जनमा कटौती गर्नुपर्छ।
तर उनी भन्छन्, कसले कति कटौती गर्ने भन्ने कुरा मिल्न सकिरहेका छैन।
यसैबीच अफ्रिकी संघले भनेको छ,स्वच्छ मार्गतर्फको परिवर्तनमा औद्योगिक राष्ट्रहरुले गरीब राष्ट्रहरुलाई सहयोग गर्नु पर्छ।
संघका अध्यक्षले संघले चाहेको कुरा हासिल भएन भने बार्ता बहिष्कार गर्ने कुरा बताए।
बिकासोन्मुख राष्ट्रहरुको समूह जी ७७ का प्रतिनिधिहरुले गरीब राष्ट्रहरु लाई सघाउन विकसित राष्ट्रहरुको कम्तीमा एक प्रतिशत राष्ट्रिय धन आवश्यक पर्ने कुरा बताएका छन्।सम्मेलनका सभापति कोनी हेडेगार्डले जलवायु परिवर्तनका असरहरु बिरुद्ध जुध्न गरीब राष्ट्रहरु सम्म रकम कसरी उपलब्ध गराउने भन्ने उपाय पत्ता लागे सहमतिमा पुग्न सजिलो हुने कुरा बताए।
ठूलो आशा र अपेक्षाका बावजुद कोपेनहेगन सम्मेलनमा भाग लिईरहेका मुलुकहरुबीच निकै ठूलो मतभिन्नता देखिन्छ छ। यी मतभिन्नताहरु क्योतोबाट मात्र हैन, सन् १९९२ मा ब्राजिलको रियो दे जेनिरोमा शुरु भएको प्रकृयादेखिनै कायम छंदैछन्।
जानकारहरु भन्छन्, जलवायु परिवर्तन एउटा राजनीतिक विषय पनि हो। त्यसैले कोपेनहेगनमा राजनीतिज्ञहरुले भावी पुस्तालाई कसरी न्याय गर्ने भन्ने बारेमा तिनका साझा धारणा बनाउन कोसिस गर्नेछन्।

Saturday, December 5, 2009
दार्जिलिङका विद्यालयमा नेपाली पोशाक अनिवार्य
खिलानाथ ढकाल, दार्जिलिङ (भारत) मंसिर २० -
गोर्खाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङका सबै विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुलाई नेपाली पोशाक अनिवार्य लगाउन उर्दी गरेको छ। आफ्नो निर्णय उल्लंघन गरे बल प्रयोग गर्ने धम्की मोर्चाले दिएको छ।
पोशाक आन्दोलनअन्तर्गत छात्रहरुलाई दौरा सुरुवाल, कोट, टोपी तथा छात्राहरुलाई चौबन्दी चोलो र सारी लगाउन भनिएको छ। पाँच दिनदेखि जारी भएको मोर्चाको उर्दीपछि स्थानीय विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु पोशाक लगाएरै विद्यालय आउन थालेका छन्।
गोर्खाल्याण्ड राज्यको मागलाई अझ सशक्त बनाउन पोशाक आन्दोलनलाई अगाडि बढाइएको मोर्चाले जनाएको छ। 'गोर्खाल्याण्ड राज्यका लागि सञ्चालित आन्दोलनलाई निर्णायक विन्दुमा पुर्याउन पोशाकबाट अर्को आन्दोलन शुरु गरिएको हो', मोर्चाका केन्द्रीय सदस्य हर्क क्षेत्रीले भने, 'गोर्खालीहरुकै स्वाभिमान र गरिमाका लागि यस्तो निर्देशन दिइएको हो।'
विद्यालयबाट शुरु भएको विद्यार्थीको पोशाक आन्दोलनले आगामी डिसेम्बर २१ मा दार्जीलिङमा हुने मोर्चाको मागका विषयमा राज्य सरकार र केन्द्र सरकारबीचको वार्तालाई थप दबाब दिने क्षेत्रले बताएका छन्। गत वर्ष पनि मोर्चाले पर्यटक भित्रिने मुख्य सिजन पारेर एक महिनासम्म पोशाक आन्दोलन गरेको थियो।
विद्यार्थीहरुले विद्यालयमा नेपाली पोशाक लगाए नलगाएको निगरानी गर्न मोर्चाको सेना पर्सनल लडाकु दस्ता जिएलपी परिचालन गरिएको छ। पोशाक नलगाउने विद्याथीलाई कार्वाही स्वरुप विद्यालय प्रवेशमा रोक लगाइने मोर्चाले चेतावनी दिएको छ। मोर्चाले केही समय अघिदेखि बंगाल सरकारलाई कर बुझाउँदै आएका स्थानीय रक्सी पसलहरु बन्द गर्दै आएको छ भने विद्यार्थीलाई मोटरसाइकल र मोबाइल चलाउन प्रतिबन्ध गरेको छ।

Friday, December 4, 2009
कालापत्थरमा मन्त्रिपरिषद्को बैठक सम्पन्न, सगरमाथा घोषणापत्र जारी
शुक्रवार, 04 डिसेम्बर ,श्याम भट्ट, स्याङबोचो, मंसिर १९-
समुद्री सतहबाट १७ हजार फिटमाथि रहेको कालापत्थरमा शुक्रबार बिहान मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ। बैठकले १० बूँदे सगरमाथा घोषणापत्र जारी गरेको छ। मौसमले साथ दिएको हुनाले निर्धारित २० मिनेटभन्दा बढी करिब एक घण्टा बैठक बसेको थियो।
बैठकले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र, रामेछाप र दोलखाको गौरीशंकर संरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर पार्ने तथा बाँके राष्ट्रिय निकुञ्ज थप्ने निर्णय गरेको छ।
प्रधानमन्त्री माधवकुमार नेपालले बैठकमा सम्बोधन गर्दै कार्बन उत्सर्जन गर्ने राष्ट्रहरुले त्याग गर्न आह्वान गरे। हिमाली राष्ट्रहरु जलवायु परिवर्तनविरुद्ध एकजुट हुनुपर्ने आवश्यकता पनि उनले औँल्याए।
बैठकले गरेका निर्णयहरुका बारेमा स्याङबोचेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो। स्याङबोचेमा स्थानीय बासिन्दाले मन्त्रीहरुको स्वागत गरेका थिए।
यसअघि कालापत्थर जानुअघि प्रधानमन्त्री लगायत २३ मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उनीहरुको रगतमा अक्सिजनको मात्रा सन्तोषजनक देखिएपछि चिकित्सकहरुले कालापत्थर जान अनुमति दिएका थिए।
मौसम सफा भए मन्त्रीहरु आजै काठमाडौँ फर्कँदै छन्।
के छ घोषणापत्रमा ?
घोषणापत्रमा जलवायु परिवर्तनको दृष्टिले जोखिममा परेका हिमालय र पर्वतीय पर्यावरणीय प्रणालीलाई जोगाउन तथा विश्व समुदायको ध्यानाकर्षण गराउने निर्णय गरेको उल्लेख छ।
यसैगरी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको विषम परिस्थितिबाट स्थानीय जनजीविका, सिमान्तकृत समूह, आदिवासी समूह, महिला, बालबालिकामा पर्ने असरबारे स्थानीय र राष्ट्रिय जनचेतना सञ्चालन गर्ने निर्णय छ।
कृषि र अन्य क्षेत्रमा सामयिक अनुकूलन गर्न पूर्व सूचना प्रणाली, जलवायु परिवर्तनको प्रारुपहरुको विकास एवम् क्षमता अभिवृद्धिको उपाय अवलम्बन गरिने भएको छ।
पर्वतीय पर्यावरणीय संरक्षण गर्ने क्रममा २० प्रतिशत संरक्षित भू-भागलाई २५ प्रतिशतमा पुर्याउने र ४० प्रतिशत वन क्षेत्र पुर्याउन अपिनप्पा र गौरीशङ्करलाई संरक्षण क्षेत्रको रुपमा घोषणा गरेको छ।
जलवायु परिवर्तनबाट जलस्रोत, वन, कृषि, मानव जीवन एवम् मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय अनुकूलन प्रभावकारीरुपमा कार्यान्वयन गर्न विश्व समुदायको सहयोग प्राप्त गर्ने, साथै विकसित मुलुकहरुले कूल गार्हस्थ्य उत्पादनको एक दशमलव पाँच प्रतिशत जलवायु अनुकूलन कोषमा योगदान गर्ने प्रस्तावको समर्थन गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न स्याङबोचेमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधवकुमार नेपालले स्वच्छ ऊर्जाको विकासबाट नेपालले यस क्षेत्रमा कार्बन उत्सर्जन कम गर्न सकिने विश्वास राख्दै यसका लागि उपयुक्त एवम् आधुनिक प्रविधिको विकास एवम् सुलभ हस्तान्तरण तथा छिमेकी राष्ट्रहरुको ध्यानाकर्षण गराउने निर्णय भएको पनि जानकारी दिए।
स्वच्छ विकास संयन्त्र (सिडिएम)मा रहेको कोषबाट नेपालले लाभ लिनका लागि गरिब मुलुकका लागि बढी लाभ वितरण गर्न तथा हिमस्खलन प्रक्रियामा हिमाली क्षेत्रको जलवायु परिवर्तनको असरबारे अध्ययन अनुसन्धान कम भएकोले तत्सम्बन्धी ज्ञानको कमी पूरा गर्न पहल गर्ने पनि निर्णय गरिएको छ।
मानव क्रियाकलापबाट जलवायु परिवर्तनमा भयावह स्थिति सिर्जना हुन नदिन वायुमण्डलमा हतिरगृह ग्यासको मात्रा ३५० पिपिभन्दा कम हुनुपर्ने तथा पृथ्वीको औसत तापक्रम औद्योगीकरणको थालनी पूर्वको तहभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी नगर्न पनि मन्त्रिपरिषद्ले आह्वान गरेको छ।
सो अवसरमा प्रधानमन्त्री नेपालले नेपालको इतिहासमा सबैभन्दा उचाईमा बसेको मन्त्रिपरिषद्को आजको बैठकले सगरमाथा घोषणापत्र जारी गरी विश्व समुदायलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनबाट परेको असरको बारेमा जानकारी गराउनुका साथै जलवायु परिवर्तनप्रति सामूहिक प्रतिबद्धता व्यक्त गर्न र यसबाट सिर्जित नकारात्मक प्रभावबाट बच्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले जलवायु परिवर्तनबाट सिर्जित समस्या नेपालको कारणबाट नभई औद्योगिक तथा विकसित मुलुहरुबाट भएकोले ती मुलुकहरुले नेपाललगायत विकासोन्मुख मुलुकमा थप लगानी गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा हिमाली र समुद्रीतटका मुलुकहरु प्रभावित रहेकोले विश्व समुदायमा यसबारेमा सामूहिकरुपमा आवाज उठाउनुपर्दछ भने।
पृथ्वी हाम्रो साझा घर हो, यसको संरक्षण गर्नु हाम्रा लागि र हाम्रा भावी सन्ततिको लागि आवश्यक छ भन्ने मान्यताअनुसार वातावरण संरक्षणमा ध्यान दिनु जरुरी भएको उल्लेख गर्दै उनले हिमालय क्षेत्रमा परेको असर दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणमा असर पुगेकोले यसतर्फ सबैको ध्यान जानु आवश्यक छ भने।
पर्वतेली कलाकार सम्मानित
पर्वत/ पर्वतमा जन्मी राजधानीमा रहेर लोकगायनमा लागेका आधादर्जन कलाकार एउटै मञ्चमा सम्मानित भएका छन् । जिल्ला विकास समिति पर्वत र सुन्तला महोत्सव आयोजक समितिले उनीहरूलाई सम्मान गरेको हो । कलाकारिताको माध्यमबाट जिल्ल्ााको लोकस्ांस्कृतिको जगेर्ना गर्न लागिपरेको भन्दै उनीहरूलाई सम्मान गरिएको छ । सम्मानित कलाकारमा विमलराज क्षेत्री, कस्तुप पन्त, कुलेन्द्र विक, संकल्प सुवेदी र युवराज भुसाल रहेका छन् । त्यसैगरी जिल्ल्ााबाहिरका मैना रेश्मीमगर र मुना थापालाई पनि स्ाम्मान गरिएको हो । उनीहरूलाई फूल, अबिर र खादा ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै कलाकार विमलराज क्षेत्रीले गायन क्षेत्रमा लागेर जिल्लामा पहिलोपटक सम्मानित हुँदा गर्व लागेको बताउँदै जिल्लाको पहिचान र मौलिक कलासंस्कृतिको जगेर्नाका लागि कला क्षेत्रबाट प्रयासरत रहने बताए । उनल्ो यस्ताखालका कार्यक्रमले थप हौसला मिल्ने बताए । ला मिल्ने वताए ।
Wednesday, November 25, 2009
गढीमाईमा बीभत्स पशुबलि १८ हजार राँगा ढालिए, मन्दिर क्षेत्र रक्ताम्य
पहिलो दिनमै १८ हजार राँगा ढालिए, मन्दिर क्षेत्र रक्ताम्य
प्रकाश लम्साल/नयाँ पत्रिका
बरियारपुर, बारा, ९ मंसिर
बाराको गढीमाई मन्दिरमा पशुबलिको पहिलो दिन मंगलबार १८ हजारभन्दा बढी राँगा ढालिएका छन् । यत्रतत्र टाउको काटिएका राँगा लम्पसार परेका देखिन्छन् भने आसपासको क्षेत्र रक्ताम्य बनेको छ ।
पशुबलि चढाइने ब्रह्मस्थाननजिक भीडका कारण पुग्न नसक्नेले तोकिएको सीमाभित्र यत्रतत्र बलि दिएका थिए । चार बिघा क्षेत्रफलमा रहेको बधशालामा बलि चढाइएको राँगाको रगतले मन्दिर क्षेत्रमा रगतको आहाल बनेको छ । पशुबलिका लागि तीन किलोमिटर क्षेत्रफल सिमाना छुट्टयाइएको छ ।
'बलि सकेसम्म व्यवस्थित गर्ने हाम्रो प्रयास छ,' गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव जितेन्द्र गुप्ताले भने, 'सबैले तिथिकै मौका छोपी बलि दिने हुँदा रक्ताम्य हुनु स्वाभाविकै हो ।'
जतासुकै पशुको रगत भरिएकाले गढीमाई मन्दिरमा शुद्ध पूजा गर्ने श्रद्धालुलाई कठिनाइ उत्पन्न भएको हेटौँडाबाट आएका प्रमोद वाग्लेले बताए । 'शुद्ध पूजा गर्नेका लागि समितिले मन्दिरसम्म आउन छुट्टै बाटो बनाइदिनुपथ्र्यो,' वाग्लेले भने ।
साँझसम्म १८ हजारभन्दा बढी राँगा बधशालाभित्र बलि दिइएको मेला मूल समितिका सचिव मोतीलाल कुशवाहले बताए ।
'विशाल बलिलाई व्यवस्थित गर्नु हाम्रो जिम्मेवारी हो । आगामी दिनमा थप व्यवस्थित गर्न प्रयास गर्नेछौँ,' कुशवाहले भने ।
चाँँडै बलि दिने होडबाजी चल्दा मार हान्नेहरूलाई बलि दिन आएकाले तानातान गरिरहेको देखिन्थ्यो । बलिको समाचारका लागि स्वदेशी तथा विदेशी सञ्चारकर्मीको व्यापक उपस्थिति थियो । आर्थिक अभावका कारण लाखौँको संख्यामा हुने हाँस, कुखुरा र बोकाको बलिका लागि व्यवस्थित बधशाला बनाउन नसकिँदा यस्तो स्थिति भएको समितिले जनाएको छ । समितिका अनुसार यसपटकको मेलामा झन्डै चार बिघा क्षेत्रफलमा राँगाका लागि व्यवस्थित बधशाला निर्माण गरिएको छ ।
The Matches of Fifa 2010 Result list
Scheduler
Group A Match Date - Time - Country
11/06 16:00 South Africa - Mexico
11/06 20:30 Uruguay - France
16/06 20:30 South Africa - Uruguay
17/06 20:30 France - Mexico
22/06 16:00 Mexico - Uruguay
22/06 16:00 France - South Africa
Group B Match Date - Time - Country
12/06 16:00 Argentina - Nigeria
12/06 13:30 Korea Republic - Greece
17/06 16:00 Greece - Nigeria
17/06 13:30 Argentina - Korea Republic
22/06 20:30 Nigeria - Korea Republic
22/06 20:30 Greece - Argentina
Group C Match Date - Time - Country
12/06 20:30 England - USA
13/06 13:30 Algeria - Slovenia
18/06 16:00 Slovenia - USA
18/06 20:30 England - Algeria
23/06 16:00 Slovenia - England
23/06 16:0 USA - Algeria
Group D Match Date - Time - Country
13/06 20:30 Germany - Australia
13/06 16:00 Serbia - Ghana
18/06 13:30 Germany - Serbia
19/06 16:00 Ghana - Australia
23/06 20:30 Ghana - Germany
23/06 20:30 Australia - Serbia
Group E Match Date - Time - Country
14/06 13:30 Netherlands - Denmark
14/06 16:00 Japan - Cameroon
19/06 13:30 Netherlands - Japan
19/06 20:30 Cameroon - Denmark
24/06 20:30 Denmark - Japan
24/06 20:30 Cameroon - Netherlands
Group F Match Date - Time - Country
14/06 20:30k Italy - Paraguay
15/06 13:30 New Zealand - Slovakia
20/06 13:30 Slovakia - Paraguay
20/06 16:00 Italy - New Zealand
24/06 16:00 Slovakia - Italy
24/06 16:00 Paraguay - New Zealand
Group G Match Date - Time - Country
15/06 16:00 Côte d'Ivoire - Portugal
15/06 20:30 Brazil - Korea DPR
20/06 20:30 Brazil - Côte d'Ivoire
21/06 13:30 Portugal - Korea DPR
25/06 16:00 Portugal - Brazil
25/06 16:00 Korea DPR - Côte d'Ivoire
Group H Match Date - Time - Country
16/06 13:30 Honduras - Chile
16/06 16:00 Spain - Switzerland
21/06 16:00 Chile - Switzerland
21/06 20:30 Spain - Honduras
25/06 20:30 Chile - Spain
25/06 20:30 Switzerland - Honduras
South Africa 2010 Match Schedule PDF Document

Monday, November 23, 2009
नेपाली सेनाको सर्वसाधारणले विरोध
सदरमुकाम कुस्मास्थित नेपाली सेनाको गुल्म सार्ने तयारी भएको भन्दै पर्वतको देवीस्थानका सर्वसाधारणले विरोध गरेका छन्। सेनाको नयाँ भैरवी दल गुल्म देवीस्थान–८ स्थित माझी गाउँको चौरमा सार्न एक साताअघि गुल्मपतिले निरीक्षण गरेका थिए। आइतबार देवीस्थान गाविस वडा न ७, ८ र ९ का सर्वसाधारण सदरमुकाम आएर प्रदर्शन गरेका हुन।
चामल माग्ने जनताले खाए पुलिसको लाठी
नयाँ पत्रिका
बाजुरा, ७ मंसिर
बिहान-बेलुकाको छाक टार्न नसकेपछि खाद्य संस्थानमा चामल माग्न गएका सर्वसाधारण प्रहरीको लाठी खाएर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । चामलका लागि प्रदर्शन गर्ने ११ स्थानीयवासी र पाँच प्रहरी घाइते अस्पतालमा छन् ।
भोकमरी पीडित बाजुरावासी खाद्य संस्थानले चामल बाँडिरहेको खबर पाएपछि सदरमुकाम पुगेका थिए । तर, दिनभर लाइन बसेपछि कर्मचारीले चामल सकियो भन्दै गेट बन्द गर्न खोजेपछि झडप भएको थियो ।
चामलका लागि सर्वसाधारण प्रदर्शनमा उत्रिएपछि नियन्त्रणका लागि प्रहरी परिचालन भएको थियो । चामलका लागि सर्वसाधारणको लाइन लागेको थियो, तर चामल सकियो भन्ने खबर पाउनासाथ सर्वसाधारणको लाइन जुलुसमा परिणत भएको थियो ।
झडपमा घाइते भएकाको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ । आइतबार दिउँसोबाट सुरु भएको झडप रातिसम्म जारी थियो ।
चामल नपाएको झोँकमा आक्रोशित सर्वसाधारणले नाराजुलुस गरिरहेका वेला जुलुसलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा १५ जना घाइते भएका छन् ।
घाइतेमा सुना चुदारा र चक्रराज जोशी गम्भीर छन् । उनीहरूको बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको संख्या बढी भए पनि सम्पूर्णको नाम खुल्न सकेको छैन ।
संस्थानले प्रतिव्यक्ति पाँच किलो चामल वितरण गरिरहेको थियो । बाजुराको उपभोक्ताले १० देखि १५ किलोसम्म चामल पाउनुपर्ने माग गरिरहेका थिए । तर, दिउँसो नै चामल सकियो भन्दै खाद्य संस्थानका ढोका बन्द भएपछि सर्वसाधारणको प्रदर्शन सुरु भएको थियो ।
जिल्ला कृषि विकास कार्यालय बाजुराले उत्पादनमा ८० प्रतिशत ह्रास आएकाले यो वर्ष आवश्यक खाद्यान्न पुर्याउन नसक्ने घोषणा गरिसकेको छ । जिल्लाको उत्पादनमा ह्रास आएको बेला खच्चर पनि बिरामी भएर मर्न थालेपछि जिल्लामा खाद्य संकट देखिएको कृषि विकास कार्यालयको भनाइ छ ।
यही बेला जिल्लामा चामल ढुवानी गर्ने खच्चर मरिरहेका छन् । तीन सातायता जिल्ला आएका ३२ खच्चर अज्ञात रोगले मरेका थिए । जीवित खच्चर पनि तिनका साहुले सुरक्षाका लागि भन्दै परिचालन गरेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले भने खच्चरको अभाव भएपछि हवाईमार्गबाट खाद्यान्न संकट टार्ने बताएका छन् । 'हामी अहिले (आइतबार राति) मात्र सर्वदलीय बैठक बसेका छौँ, अब हवाईमार्गबाट पाँच सय क्विन्टल चामल मगाउने निश्चित भएको छ,' उनले भने । प्रजिअ निरौलाले घाइतेका उपचार जिल्ला स्वास्थ्यमा भइरहेको पनि बताए ।
प्रजिअले पाँच सय क्विन्टल चामल मगाउने घोषणा गरेका छन् । जबकि नेपाल खाद्य संस्थानको बाजुरा मार्तडी शाखा र कोल्टी डिपोमा हप्ताको दुईपटक मात्र बिक्री गर्दा पनि ६ देखि आठ हजार क्विन्टल चामल बिक्री हुने गरेको छ ।
माओवादी नेता डा. बाबुराम भट्टराई दक्षिण कोरियामा आउने निश्चित
एस के नेपाल न्यूज सर्भिस
आइतबार,नोवेम्बर ,२२,२००९
एकिकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष डा.बाबुराम भट्टराई नेपाल जनअधिकार मंच दक्षिण कोरियाले आयोजना गर्न लागेको अन्तरकि्रया कार्यक्रममा भाग लिन यहि नोभेम्वर २९ तारिकका दिन दक्षिण कोरियाको राजधानी सोलमा आउने हुने भएको छ ।
सोल शहरको दुन्देमून स्टडियम स्थित एक सभा हलमा डा. भट्टराईले नेपाली राजनीतिक संकट तथा समाधान विषयक अन्तरकि्रया कार्यक्रमलाई सम्बोधन गर्नु हुने छ । नेपाली समुदाय तथा नेपाल प्रति चासो राख्ने कोरियालीहरुको उक्त कार्यक्रममा उपस्थिति रहने आयोजक संस्था नेपाली जनअधिकार माच दक्षिण कोरियाले जनाएको छ ।
एकिकृत नेकपा माओवादीको नागरिक सर्वोचत्ता आन्दोलन नेपाली राजनीतिक संकट नयाँ संविधान निमार्ण तथा स्थायी शान्तिका विषयमा पार्टीको घारणा डा. भट्टराईले व्यक्त गर्नु हुने बताइएको छ । डा.भट्टराई यहि नोभेम्वर २८ तारिक शनिवारका दिन सोलमा आउने हुने र २९ तारिकका दिन उक्त अन्तरकि्रया कार्यक्रममा सहभागी भए लगत्तै स्वदेश फर्कनु हुने आयोजक संस्थाले जनाएको छ ।दोङ्देमुन स्टेडियम नजिकै रहेको उक्त हलमा जान लाइन नं २, ४, ५ को गेट नं १४ वाट निस्किएर मिग्लिओरे विल्डिङ तथा डुसान टावरलाई दाया पारेर १५० मिटर अघि हिड्दा कार्यक्रम हल जुङ्गु गुमिनह्वेग्वान्मा पुग्न सकिनेछ । सउल शहर तथा आसपासका शहरवाट चल्ने ०१, ०२, १०१, १०५, १०६, १४४, १५२, २०१, २६१, ३०१, ३०३, ४२०, ६०१ नम्बरको वसवाट डुसान टावरको नजिकै रहेको बस स्टेशन ओर्ली कार्यक्रम स्थलमा पनि पुग्न सकिनेछ ।
Saturday, November 14, 2009
पर्बत प्रबाशी समाज दक्षिण कोरियाको प्रेस विज्ञप्ति
मितिः २००९ अक्टुबर १४
२००९ फेब्रुरी १५ तारिक "नेपाल सम्पर्क समिति दक्षिण कोरिया" को आयोजनामा आगामी कोरियाको महान चाड "छुसक र सल्नाल" मा को कसले रमाइलो सांस्कृतिक कार्यक्रम देखाउने ? भन्ने बारेमा कोरियामा स्थापना भएका संपूर्ण संघ र समाजहरुलाई "नेपाल सम्पर्क समिति" अर्थात छाता संघठनको कार्यलयमा बोलाई राती अबेरसम्मको निर्णयमा गोला पर्थ बाट "पर्बत प्रबासी समाज दक्षिण कोरिया" ले मिति २०१० फेब्रुरी १४ तारिक सल्नाल को दिन आफ्नो "सलनाल पर्बत सांस्कृतिक सौगात २०१०" प्रस्तुत गर्ने मौका पाई सबै स्थान्हरुमा प्रचार-प्रसार गर्दै अई रहेको छ साथै २००९ अक्टूबर ०१ तारिक पर्बत प्रबाशी समाजको नियमित बैठक बसी आउदो सलनाल पर्बत सांस्कृतिक सौगात २०१०" तयारीको लागि कलाकार छनोट, हलको व्यवस्था र टिकेट उपर निर्णय पारित गरेको छ l
तर कही दिन देखि नेपाल कोरिया न्यूज़ मार्फत रघु त्रिपाटी अध्यक्ष रहनु भएका "आपात कालीन समाज" ले अचानक बिना निर्णय र पर्बत प्रबाशी समाज संघ कुनै सलाह नगरी फेब्रौरी १४ तारिक नै नेपाल बाट "नेपथ्य बेन्ड" लेउने हल्ला फिजाई रहनु सरा-सर मुर्खता जनाउनु भएको तथा सिधै कोरियाको संपूर्ण संस्थाहरु को निर्णय बिपरीत भएको हुदा आपातकालीन समाजको यो निर्णय फिर्ता गरिदिनुहोला भन्ने अनुहारोद गर्दछु
पर्बत प्रबासी समाज
दक्षिण कोरिया

परिवार र देश विछोडको तुलनामा मैले कोरियामा केही पाइँन
बम लावती : Ex President of NCC south korea
१४ वर्षदेखि कोरियामा श्रम, राजनीति, समाजसेवा तथा साहित्यमा एकैसाथ संलग्न भएका बम लावतीलाई अहिले कोरिया अध्यागमनले ह्वासङ प्रवासी बन्दी गृहमा राखेको छ। गत साता पक्राउ परेका उनलाई शनिवार नेपाल फकाइँदैछ। बन्दीगृहमा उनी आफ्नो विगतको सुक्ष्म विश्लेषण गरिरहेका छन्, विदेशी भूमिमा के पाएँ र के गुमाएँ भन्दै। नाबालक छोराछारी र जवान श्रीमतीलाइ स्वदेशमै छोडेर पराइ भूमीमा बस्दा उनलाई परिवारको साथ नै सबैभन्दा बढी गुमेको अनुभव भएको छ। उनको 'चट्टान फुटाउदै गरेका बालबालिका' नामक पुस्तक कोरियाली भाषामा प्रकासित छ। कोरियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली सम्पर्क समितिका अध्यक्ष समेत रहेर काम गरिसकेका लावतीसँग माधवी भट्टले गरेको संक्षिप्त कुराकानीः
प्रश्नः तपाइँत जेलमा हुनुहुन्छ। किन पक्राउ गरिएको हो ?
म सन १९९६ मा कोरिया आएका हुँ। मैले काम गरेको कम्पनी राम्रो थिएन। त्यसैले तीन महिनामा नै भिषाविहीन हुन पुगेँ।जनावरजस्तै खटिँदा पनि त्यो तीन महिनामा मैले काम गरेको तलव सबै पाइनँ। त्यसपछि म कोरियामा भिषाविहीन भएरै बसे। भिषाविहीन विदेसी श्रमिकलाइ धपाउने कोरिया सरकारको नीतिको म पनि शिकार भएको हुँ।
प्रश्नः नेपाल कहिले फर्काइदै हुनुहुन्छ? पक्राउ नपरेको भए कतिसमयसम्म कोरिया बस्ने विचार थियो?
नेपाल पठाउने सवै प्रक्रिया पुरा भइसकेको छ। यही शनिवार फर्काइँदैछ। पक्राउ नपरेको भएपनि आउने डिसेम्बरसम्ममा नेपाल जाने सोच बनाइसकेको थिएँ। लामोसमयको विदेश बसाइमा म परिवार र स्वदेशको सम्झनामा नराम्ररी छटपटिएका थिएँ।
प्रश्नः कोरिया आउनअघि नेपालमा तपाइँको परिचय के थियो? किन कोरिया आउनुभएको?
नेपाल आउनअघि म पाँचधर जिल्लाको शरस्वती विद्यालयमा शिक्षक थिएँ। नेपाल शिक्षक संघको राजनीतिमा पनि सक्रिय थिएँ। काठमाडौं आउजाउको क्रममा साथीहरुले राजनीतिको लागि ३०-४० लाख रुपैया चाहिन्छ भन्थे। मलाई पनि कुरो ठिकै जस्तो लाग्यो। कोरियामामा ३-४ वर्ष काम गरैर पैसा कमाएपछि नेपालमा राजनीति गरौँला भन्ने सोचले म यता हानिएको थिएँ। तर सोचेजस्तो भएन। उता संघसंगठनमा हिँडेको बानी यता आएर पनि त्यसलाई छोढ्न सकिएन। खासगरी कोरिया आएको पहिलो वर्ष हातकाटिएका ३ जना प्रवासी श्रमिकलाइ कोरिया अध्यागमन अधिकारीहरुले लछारपछार गरेको देखें। यो दृश्यले मलाइ यहाँको मानवअधिकारको स्थिति दर्दनाक छ भन्ने थाहा भयो। त्यसैले श्रमिक अधिकारका लागि पनि संघर्ष गरेँ।
प्रश्नः ३०-४० लाख पैसा जम्मा भयो त? अब गएर के गर्ने विचार छ?
पैसा त ३५-४० लाख कमाइयो होला तर त्यो एकमुष्ट जम्मा गरिएन। कमाउदै परिवारलाइ पठाउँदै गरियो। अब नेपाल गएर जिल्लाको राजनीति र समाजसेवामा नै सक्रिय रहने विचार छ। कोरियामा त राजनीति र सामाजिक कार्यबाट बाहिर निष्कन सकिएन। नेपालमा पनि के त्यसै बस्न सकिएला र?
प्रश्नः तपाइँ केहीवर्षअघि कोरियामा भएको धरकपकडविरुद्ध धर्ना र प्रदर्शनीमा पनि सामेल हुनुभएको थियो। अहिले पनि केही नेपालीहरु प्रदर्शनमा सामेल छन्। यसरी विरोधमा सहभागी हुनपर्ने कारण कै होला?
कोरियामा विदेशी मजदुरमाथीको चरम शोषण देखेकाले कोरियनहरुले प्रवासी श्रमिकअधिकारका लागि गरेको आन्दोलनमा म पनि सक्रिय थिएँ। कोरियाको राजधानी सोलको म्योङदोङ चर्चमा भएको सिट इन स्ट्रगलका बेला म स्वयं प्रचारप्रसार समितिमा थिएँ। अहिले मलाइ के लाग्छ भने त्यसमा विदेसीहरुको अधिकार मुद्दा केवल नारामा मात्र रहेछ वास्तविकतामा होइन। कोरियालीहरुले अमेरिकी गाइको मासुविरुद्धको आन्दोलनमा, अमेरिकी आर्मीकौ उपस्थितिका विरुद्धमा हुने प्रदर्शनमा पनि विदेसी श्रमिकलाई सहभागी गराइरहेका छन्।
कोरियनहरु कस्ता हुन तपाइँ नजरमा?
कोरिया जति विकसित छ। कोरियन समाज र मानिसहरुको सोच त्यति विकसित भएजस्तो लागेन मलाई। तर कोरियालीहरुबाट सिक्नुपर्ने दुइटा कुरा छ। अनुशासनकौ पाठ र श्रम गर्ने संस्कार।
तपाइँले कोरियामा के पाउनुभयो र के गुमाउनु भयो?
मैले कोरियामा करिब डेड दशकको अवधिमा सधैँ गुमाएको मेरो परिवार नै हो। म नेपाल छोड्दा छोरा सातवर्षको र छोरी डेडवर्षकी थिइन्। जवान श्रीमतीलाई उता एक्लै छोडेर यता आफू एक्लै। देशको सम्झलनाले सताइरह्यो। परिवार र देशको विछोडको तुलनामा मैले कोरियामा केही प्राप्त गरिन्।

Friday, November 13, 2009
श्रीमतीले गराइन् अपहरणपछि हत्या
नयाँ पत्रिका
काभ्रे, २६ कात्तिक
६ वर्षदेखि परपुरुषसँग यौनसम्बन्ध राख्दै आएकी एक महिलाले आफ्नै श्रीमान्को अपहरणपछि हत्या गराएको रहस्य खुलेको छ । आरोपी महिला र उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरिएका श्रीमान्को शव अझै फेला परेको छैन ।
श्रीमान्ले आपनो कर्तुत थाहा पाएपछि कुशादेवी-५ की भवानी आचार्यले श्रीमान्को अपहरण गराएकी थिइन् । ५० हजार रुपैयाँ दिएर अपहरण गर्न प्रयोग गरेका अपहरणकारीले भने उनको श्रीमान्को हत्या नै गरिदिएको खबर उनलाई दिएका थिए । भवानीको बयानका आधारमा प्रहरीले उनका सहयोगी लक्ष्मण तिमल्सिनालाई पनि पक्राउ गरेको छ ।
तीन वर्ष मलेसिया बसेर घर र्फकेका भवानीका श्रीमान् ३१ वर्षीय अर्जुन (रामचन्द्र) आचार्य २६ असोजदेखि बेपत्ता थिए । उनको अपहरणपछि हत्यामा उनकै श्रीमतीको मिलेमतोमा भएको रहस्य बुधबार मात्र खुलेको हो ।
भवानीलाई सोमबारसाँझै इलाका प्रहरी कार्यालय बनेपा ल्याइए पनि उनले आफूलाई श्रीमान्को अवस्थाबारे कुनै जानकारी नभएको बताइन् । तर, बुधबार बिहान उनले प्रहरीसँग अपहरण गर्न लगाएको र अपहरणकारीले नै श्रीमान्को हत्या गरेको बयान दिएकी छिन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक ऋषिकेश पाण्डेका अनुसार भवानीले श्रीमान् अर्जुनलाई अपहरण गर्न स्थानीय लक्ष्मण तिमल्सिनालाई ५० हजार रुपैयाँ दिएको बताएकी छिन् । तिमल्सिनासँग उनको ६ वर्षदेखि अनैतिक सम्बन्ध रहेको पनि उनको भनाइ छ ।
तिमल्सिनाले बिहान पाँच बजे घरबाट निस्केका अर्जुनलाई घरबाट गाउँतिर जान लागेको अवस्थामा अपहरण गरी अन्य चारजना सहयोगीको मद्दतबाट हत्या गरेको भवानीले बयानमा भनेकी छिन् । 'मैले एक महिनासम्म अपहरण गरेर बेपत्ता बनाउनू, ५० हजार दिन्छु भनेकी थिएँ,' उनले प्रहरी बयानमा भनेकी छिन्, 'तर २८ असोजमा मारिदिएँ भनेर खबर गरे ।' दसैँअगाडिदेखि नै अर्जुनलाई अपहरण गरेर बेपत्ता बनाउने योजना बनाएको उनले प्रहरीलाई बताएकी छिन् ।
प्रहरी निरीक्षक पाण्डेका अनुसार भवानीको बयानका आधारमा तिमल्सिनालाई बुधबारै पक्राउ गरिएको हो । तर, तिमल्सिनाले आफूले अर्जुनको हत्या नगरेको बताएको पाण्डेले जानकारी दिए । 'भवानीले अपहरण गरेर हत्या गर्न लगाएको स्विकारे पनि तिमल्सिनाले स्विकारेका छैनन्,' पाण्डेले बिहीबार नयाँ पत्रिकासँग भने । भवानीले लक्ष्मणसहितका व्यक्तिले अर्जुनको हत्या गरेर कुशादेवी-६ स्थित महादेव मन्दिरनजिकै फालिदिएको बताएपछि बुधबार बिहानैदेखि प्रहरीले अर्जुनको शव खोजी गरिरहेको छ । तर, बिहीबारसम्म पनि उनको शव फेला परेको छैन ।
तीन वर्ष मलेसियामा बसेर गत वर्षमात्र घर फर्केका अर्जुन र भवानीबीच केही समयदेखि आर्थिक हिनामिना र भवानीको अनैतिक सम्बन्धका विषयमा सामान्य झगडा पर्ने गरेको उनका छिमेकी तथा आफन्तले बताएका छन् । बाबुआमासँग छुट्टिएर बस्दै आएका उनका सात र नौ वर्षका दुई छोरा छन् । यसअघि एक दर्जनभन्दा बढी विभिन्न अभियोगमा पक्राउ परिसकेका तिमल्सिना भने आपराधिक चरित्रको व्यक्ति भएको प्रहरी दाबी छ ।
यसरी खुल्यो रहस्य
२६ असोज बिहानैदेखि बेपत्ता भएका अर्जुनका बारेमा उनकी श्रीमती भवानीलाई परिवारका अन्य सदस्य र स्थानीयवासीले पटक-पटक जानकारी माग्दै आएका थिए । उनले 'उहाँ त विदेश जानुभएको छ' भन्दै ढाँट्दै आएकी थिइन् । तर, तिहारपछि उनको घरमा शंकास्पद व्यक्तिको पटक-पटक आवागमन भएको देखेपछि परिवारका सदस्य र गाउँलेले उनीमाथि सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनले विदेश नगएको र २६ गतेदेखि नै अर्जुन हराएको बताइन् । कात्तिकको दोस्रो साता भवानीले श्रीमान् अर्जुन आचार्य हराएकाले खोजी गरी पाऊँ भन्दै प्रहरीचौकी कुशादेवीमा निवेदनसमेत दिइन् ।
Thursday, November 12, 2009
असिना तर्काउने लामा !
पर्वतको बाजुङ गाउँमा मन्त्रको शक्तिले असिना-पानी रोकिदिन्छु भनेर लामाले दुई लाखबराबरको अवैधानिक कर उठाउँछ, लामा राख्ने निर्णय प्रमुख दलहरूको साझा बैठकले गर्छ
आजदेखि मंसिर लाग्यो । किसानहरूको खेतीबाली थन्काउने काम लगभग सकिइसक्यो । अब पर्वत बाजुङका घरघरमा 'तन्त्रमन्त्र' जान्ने लामा थैलो बोकेर 'कर' उठाउन आउनेछ । उसले प्रत्येक घरबाट एक-एक पाथी धान, एक-एक माना चामल, दाल र गेडागुडी, ताजा तरकारी, फलफूल, कुचोका लागि अमि्रसो र बाबियो जम्मा गर्दै हिँड्नेछ । यतिविधि कर जम्मा गर्न उसलाई गाउँका दुईजना कटुवालहरूले सघाउनेछन् । पन्ध्र सयभन्दा बढी घरकुरिया भएको बाजुङ गाउँबाट उसले अढाई लाख जति रकमबराबरको अन्नबाली बटुल्नेछ । यो उसको एक महिनाको 'पारिश्रमिक' हो ।
एकै महिनामा दुई-अढाइ लाख कर ! यो 'कर' असिना-पानीबाट धानबाली जोगाइदिएबापतको हो । 'तन्त्रमन्त्र' र 'फू-फा' गरेर उसले असिना-पानी रोकिदिने दाबी गर्छ । र, बाजुङवासीले त्यही दाबीलाई वैज्ञानिक सूत्रजस्तो विश्वास गर्छन् । अनि, प्रत्येक वर्ष गाउँलेहरूले पोखरा बस्ने बौद्धमार्गी लामालाई गाउँमा निम्त्याएर असिना रोकिदिन अनुरोध गर्छन् । लामा बाजुङ आउँछ र आफ्नै विधि र नियम बनाउँछ । ऊ गाउँको कोटको अग्लो डाँडामा बसेर पूजापाठ गर्छ, शंख फुक्छ, मन्त्र जप्छ । प्रत्येक वडा र टोलमा 'ऊँ मणि पद्ममे हुँ' लेखिएका चक्र -फिरफिरे)हरू बाँसको लिंगोमा गाड्छ ।
लामाले गाउँलेहरूले अनिवार्य पालना गर्नैपर्ने केही नियमहरू बनाउँछ । ऊ कोटमा बसुन्जेलको एकमहिने अवधिमा कमेरोले घर पोत्न पाइने छैन, कर्कलो काट्न पाइने छैन, मस्यौरा पार्न पाइने छैन, देउसी-भैलो खेल्न पाइने छैन, पीङ खेल्न पाइने छैन, मादल बजाउन पाइने छैन, सुसेल्न पाइने छैन आदिआदि । यी नियम उल्लंघन गर्न कसैलाई पनि अनुमति हुँदैन । अनि, असिनापानी पक्कै रोकिन्छ त ? कुनै वर्ष संयोगले असिनै पर्दैन । कुनै वर्ष असिनाले खेती खायो भने लामाले 'कसै न कसैले, कहीँ न कहीँ नियम तोडेको' आरोप लगाउँछ । उसका मतियारहरूले 'होमा हो' मिलाउँछन् । जसरी पनि उसको 'ठग-अभियान' सफल हुन्छ । लामाप्रथा कहिलेदेखि सुरु भयो, कुनै रेकर्ड छैन । सबै भन्छन्, 'धेरै पहिलेदेखि ।'
यस्तो काम कसको अगुवाइमा हुन्छ त ? पहिलेपहिले गाउँ विकास समितिले नै औपचारिक रूपमा लामा राख्थ्यो । अहिले गाउँमा क्रियाशील प्रमुख दलका प्रतिनिधिहरूको बैठकले लामा राख्ने निर्णय गर्छ । खरो क्रान्तिकारी ठानिएको माओवादी पनि 'मन्त्रबाट असिना रोक्ने' परम्पराको अभियन्ता बनेको छ । तीन-चार वर्षयता उसले लामाको विरोध गर्ने स्थानीय युवाहरूलाई सघाउनुको सट्टा आफ्नै पार्टी सदस्यसहितको समिति बनाउँछ र लामालाई स-सम्मान 'कर' बुझाउन जनतालाई आग्रह गर्छ । यस वर्षदेखि पार्टीहरूले 'कर'सम्बन्धमा नयाँ निर्णय गरेका छन्- अब किसानले धानको सट्टा त्यसको मूल्यबराबरको रुपैयाँ लामालाई तिर्ने ।
संसार एक्काइसौं शताब्दीमा प्रवेश गर्यो भनिन्छ । अहिलेको युग विज्ञान-प्रविधिको हो पनि भनिन्छ । अन्धविश्वास र रुढिवादका जमाना गए भनेर भाषण दिइन्छ । तर, बाजुङमा नयाँ नेपालका नयाँ पार्टीहरू नै 'मन्त्र' पढ्नेले असिना थामिदिन्छ भनेर जनतालाई अवैधानिक कर तिर्न बाध्य पारिरहेका छन् । विगत छ वर्षदेखि 'लामाप्रथा' हटाउने सामाजिक अभियानको नेतृत्व गरेको संगीतपुर सचेतना केन्द्रले यसपटक पनि 'कर' नतिर्न किसानहरूलाई आग्रह गरेको छ । तर, पार्टीहरू उसको अभियानलाई खिसीटिउरी गर्छन् । केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले भने, 'दुई वर्षसम्म त हाम्रो दबाबमा लामा हटेको पनि थियो । यसपालि फेरि राखिएको छ । हामीले सबै पार्टी प्रतिनिधिहरूलाई तुरुन्तै हटाउन भनेका छौँ, तर उनीहरूले वास्ता गरेका छैनन् ।'
बाजुङमा खान-लाउन नपुग्ने परिवारहरू थुप्रै छन् । स्कुल जान नपाएका बच्चाहरू त्यत्तिकै छन् । आधारभूत आवश्यकताको अभावमा जीवन बाँच्नेहरूको पीडा उस्तै छ । अवसर नपाएर खुम्चिनेहरूको संख्या पनि त्यहाँ कम छैन । तर, हाम्रा पार्टीहरू किसानको मिहिनेत बटुलेर लामालाई पोस्छन् । पञ्चायतदेखि केही ठालु-मुखियाले लामाबाट गाउँभरिबाट अन्न संकलन गराउने र उसलाई अलिकति मात्रै दिएर बाँकी आफँैले राख्ने गर्थे । अहिले पनि लामा राख्ने निर्णय गर्ने समितिलाई लामाले एउटा बोको 'भूमे पुज्ने' बहानामा खुवाउने गर्छ । भित्री रूपमा यस्ता दलाली र लेनदेन कति हुन्छन्, सोझा किसानलाई सबै थाहा छैन ।
पार्टीहरूकै सल्लाह र मिलेमतोमा यस्ता अन्धविश्वासी प्रथालाई निरन्तरता दिइएको छ । जबर्जस्ती अवैधानिक कर उठाएर लामालाई बुझाउन किसानलाई पार्टीहरूले नै बाध्य पारेका छन् । यो रोक्ने कसले हो ? जिल्ला प्रशासन कार्यालयले यतातिर ध्यान दिनुपर्ने हो कि ? स्थानीय युवा र किसानहरूको असहमति हुँदाहँुदै लामा राख्न बाध्य पार्ने त्यहाँका पार्टी समितिलाई केन्द्र पार्टीले कुनै निर्देशन दिनुपर्ने हो कि ? कि नयाँ नेपालमा यस्ता परम्परा जोगाइरहने हो ?
गण्डकी-धौलागिरितिर एउटा लोकगीत प्रचलित छ-
देउपुरको जस्तो खेती र पाती, बाजुङको जस्तो गाउँ
उराठ लाग्दो दुर्लुङको डाँडो, मोहनी लाग्ने पाङ !
अहिलेको संसार शिक्षा, सूचना, वैज्ञानिक चेतना र नयाँनयाँ विकासका खुड्किलाहरू चढ्दै छ । तर, बाजुङ गाउँ लामासहितको उही पुरानै 'बाजुङको जस्तो गाउँ' कहिलेसम्म रहिरहने हो ?
Tuesday, November 10, 2009
एउटै जिल्लाभित्र तीन अञ्चलका फोन
फलेवास, पर्वत ।
जिल्लाभित्रै फोन गर्दा एसटिडी शुल्क लागेको प्रायः कमै सुनिन्छ होला, तर पर्वतका दुई दर्जन गाविसवासीको पीडा यही छ ।
आफ्नै जिल्लाभित्र एसटिडी शुल्क तिरेर टेलिफोन सम्पर्क गर्न बाध्य छन् पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारण । टेलिकमले आफ्नो क्षमता विस्तार गर्न नसक्दा एउटै जिल्लाभित्र पनि धौलागिरि, गण्डकी र लुम्बिनी अञ्चलका सञ्चारसाधन प्रयोगमा आउने गरेका हुन् ।
नेपाल टेलिकमलगायत अन्य कम्पनीका सञ्चार सञ्जाल जिल्ला सदरमुकामलगायत आसपासका क्षेत्रमा मात्र केन्दि्रत बनेपछि सदरमुकामको प्रत्यक्ष सम्बन्धबाट बञ्चित बनेका गाउँलेहरुले अन्य जिल्लाको सहयोगमा महङ्गो शुल्क लाग्ने एसटिडी फोन जडान गरेका छन् ।
धौलागिरि अञ्चलमा पर्ने पर्वतको उक्त क्षेत्रमा लुम्बिनी र गण्डकी अञ्चलको कोड रहेका फोन र मोबाइल प्रयोग गर्न उनीहरु बाध्य छन् । पर्वत जिल्लाको कोड रहेको फोनले नटिप्ने भएपछि छोटो दुरीमा पर्ने छिमेकी जिल्ला स्याङ्जा, पाल्पाका टेलिफोन जडान गरिएको छ ।
‘आफ्नै जिल्लाभित्र फोन गर्दा पनि एसटिडी शुल्क तिर्नुपर्ने स्थिति छ’ वहाकिठाँटीका दीपक भूषालले भन्नुभयो ।
नेपाल टेलिकम, पर्वतले लामो समयदेखि दक्षिणीभेकमा पनि टेलिफोन र मोबाइल सञ्चालन गर्ने बताउँदै आएपनि ती सेवाहरु सदरमुकाम र आसपासका क्षेत्रमै सीमित राखेको छ ।
शाखाले लुंखु र गोल्र्याङधामको लेकमा टावर राख्ने आश्वासन दिँदै आएको छ ।

Sunday, November 8, 2009
सोह्र वर्षदेखि पिसाब बग्ने समस्याले किशोरी ग्रसित
फलेवास, पर्वत।
पर्वत जिल्लाकी एक किशोरी जन्मैदेखि अहिलेसम्म पनि निरन्तररुपमा चौबिसै घण्टा पिसाब बग्ने रोगले ग्रसित भएकी छिन् ।
तिलाहार गाविस-६ की १६ वर्षिया पार्वती गौतम जन्मेको दिनदेखि नै यस्तो समस्याले ग्रसित भएकी हुन् । सधैं निरन्तररुपमा पिसाब बग्ने भएपछि गौतम समस्यामा परेकी छन् ।
यस्तो समस्या देखापरेपछि गौतमलाई आठ वर्ष्ाको उमेरमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा लगिएको थियो ।
पोखरा लगेर केही समय उपचार गराए पनि समस्या निराकरण नभएपछि उमेर बढ्दै जाँदा आफैँ निको हुने आशामा अन्यत्र उपचारका लागि लगिएको छैन ।
यस्तो समस्याका लागि निरन्तर बाचुन्जेल औषधि खानुपर्ने डाक्टरले बताए पनि आर्थिक अभावका कारण उनीलाई न त थप उपचारका लागि कतै लान सकिन्छ, न औषधि किन्न पर्याप्त आर्थिक स्रोत छ ।
किशोरी बिरामी नै भए पनि कक्षा १० मा अध्ययनरत रहेको परिवारले जनाएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि अन्यत्र लान नसकिएको पार्वतीका बाबु देवीप्रसादले बताउनुभयो ।
अन्य दाजुभाइहरु स्वस्थ्य नै रहेका परिवारमा पार्वती मात्रै अस्वस्थ्य छिन् । पठनपाठनका लागि बिरामी गौतम दैनिक विद्यालय जाने गर्छिन् । उपचारका लागि बनेपालगायतका अस्पतालहरुमा लगे पनि शल्यक्रिया गर्नुपर्ने र खर्च धेरै लाग्ने भएकाले उपचार गर्न नसकेको देवीप्रसादले गुनासो गर्नुभयो ।
सुरुमा अपाङ्गका तथा असहायका नाममा सरकारबाट मासिक रु.५००/५०० पाउने गरे पनि विगत केही वर्षदेखि त्यो सुविधा पनि नपाएको देवीप्रसादले बाताउनुभयो ।
अटुटरुपमा पिसाब बगिरहने भएपछि उनका साथीहरुले छिछी र दुरदुर गर्ने गरेको उनी बताउँछिन् । आफ्नो यस्तो समस्या कहिल्यै पनि नहटेपछि आफूलाई दैनिक जीवनमै निकै अप्ठयारो भएको उनी बताउँछन् ।
“विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिने इच्छा भए पनि पिसावको समस्याका कारण संलग्न हुने इच्छालाई कुण्ठित गरेर राख्नुपर्ने बाध्यता रहेको छ”- पार्वतीले भनिन् ।
विद्यालयका प्रधानाध्यापक प्रेमकुमार लामिछानेका अनुसार किशोरीको यस्तो खालको समस्याले उनको दैनिक पठनपाठनमा समस्या परेको बताउनुभयो ।
विद्यालयमा अन्य विद्यार्थीहरु गौतमसँग सँगै बस्न अप्ठयारो मान्नेगरेका छन् । ‘हामीले भेदभाव गर्नुहुँदैन, यस्ता खालका बिरामीहरुलाई मायाममता गर्नुपर्दछ भनेर गौतमको मनोबल घट्ने काम सकेसम्म गर्न दिएका छैनौ ‘-प्रअ लामिछानेले भन्नुभयो ।
आमा टीकाकुमारी भन्नुहुन्छ – ‘घरमा बिहान बेलुका छाक टार्ने खर्च पनि छैन, के गर्ने ? साह्रै समस्यामा परिया,ेे हामी दुःखी गरिबलाई नै दैवले पनि यस्तो पारिदियो ।’

पर्बत प्रबासी समाज दक्षिण कोरियाको सूचना
२००९ नोवेम्बेर ०१ तारिक पर्बत प्रबासी समाज दक्षिण कोरियाको नियमित बैठक बसी आउदो २०१० फेब्रुरी १४ तारिक कोरियाको दोस्रो महान चाड सलनालमा प्रदर्शन गर्न गैरहेको सलनाल पर्बत स्वस्कृतिक सौगात २०१०" तयारीको लागि कलाकार छनोट, हलको व्यवस्था र टिकेट उपर निर्णय पारित गरेको छ
साथै यहि दिसेम्बेर ०६ आइतबार सम्पूर्ण पर्बतेली साथीहरुको उपस्थितिमा साधारण सभा राखी केहि रिक्त स्थानहरुमा नायाँ सदस्यहरु चयन गर्दै आगामी सल्नालमा हुने पर्बतको कार्यक्रममा चिट्टा कार्यक्रम कुन संघ लाई दिने? भन्ने बारेमा पनि पूर्ण निर्णय गरिने जानकारी गर्दछौ
उक्त बैठकमा पर्बतेली साथीहरुको उपस्थितिकी लागि अनुहरोद गर्दछौ
स्थान : सदेमुं स्टेशन गेट नो. २ (यम टि यु ओफिस ) ट्रेन ५
मिति - देसेम्बेर ०६ आइतबार दिनको १ बजे
पर्बत प्रबासी समाज दक्षिण कोरिया

Saturday, November 7, 2009
स्वाइनफ्लु रोक्न उच्च सतर्कता
नयाँ पत्रिका
पर्वत, २० कात्तिक
पर्वतमा नौ दिनदेखि फैलिएको स्वाइनफ्लुले महामारीको रूप लिएको छ । १० कात्तिकदेखि नै प्रकोप फैलिए पनि बिहीबारसाँझ मात्र स्वाइनफ्लु भएको पुष्टि भएको हो । अहिले सदरमुकाम कुस्माबजारलगायत वरपरका क्षेत्रमा स्वाइनफ्लुको त्रास बढेको छ ।
सदरमुकामको कालीगण्डकी एकेडेमीका विद्यार्थीमा पहिलोपटक देखिएको प्रकोप अन्य विद्यालयमा समेत फैलिएको थियो । विद्यालयसँगै नेपाल आर्मीमा पनि सो प्रकोप फैलिएको छ । प्रकोपबाट जिल्लामा तीन हजारभन्दा बढी बिरामी विभिन्न क्लिनिक र अस्पतालको सम्पर्कमा आएका छन् ।
स्वाइनफ्लु देखिएपछि शुक्रबार दिउँसो बसेको सर्वपक्षीय भेलाले उच्च सतर्कताका लागि विभिन्न सुझाब तथा उपाय सार्वजनिक गरेको छ । भेलाले बढी भीडभाड हुने स्थल, सभासम्मेलन, भेलागोष्ठी नगर्ने, एक सातासम्मका लागि सदरमुकामका सम्पूर्ण विद्यालय बन्द गर्ने, माक्सको प्रयोग गर्नेलगायतका निर्णय गरेको छ । यसअघि पनि गत सोमबारदेखि आइतबारसम्म सदरमुकामका विद्यालय बन्द गरिने निर्णय गरिएको थियो ।
रुघाखोकी, ज्वरो आउने, घाँटी दुख्ने र टाउको दुख्ने लक्षण देखिएपछि १२ जनाको नमुना परीक्षण गर्दा नौजनामा संक्रमण देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संक्रमितमा पाण्डेमिक इन्पलुएन्जा 'ए' एच१एन१ संक्रमण भेटिएको बिहीबार सार्वजनिक गरेको थियो । नमुना परीक्षणमा संक्रमण देखिएका सेनाका सैनिक जवान र विद्यार्थीमा रोग सामान्य बनेको र काममा फर्किएको अस्पतालका प्रमुख डा. झलक शर्मा गौतमले बताए । संक्रमितका नाम भने अस्पतालले सार्वजनिक गरेको छैन ।
पर्वत जिल्ला अस्पताल तथा निजी स्वास्थ्य संस्थामा आएका बिरामीमध्ये भर्ना गर्ने अवस्थाका बिरामी नआएको डाक्टर गौतमले जानकारी दिए । महामारी क्रमशः नियन्त्रणतर्फ आइसकेको उनको भनाइ छ ।
उता बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यका साथ सदरमुकाम केन्द्रीत बनेका अभिभावक विद्यालय बन्द भएर बालबालिकासँगै गाउँ र्फकन थालेपछि संक्रमण गाउँतिर समेत फैलिने चिन्ता बढेको छ । अन्य समुदायमा समेत संक्रमण फैलिन गएमा अस्पतालमा आवश्यक जनशक्तिसँगै औषधिको समेत अभाव पैदा हुने गौतमको भनाइ छ । 'संक्रमणले गाउँ च्याप्न नपाओस्,' गौतमले भने, 'यदि नियन्त्रण गर्न सकिएन भने जिल्लामा महामारीसँगै विकराल पैदा हुनेछ ।'
यता जिल्लाबाट निर्वाचित भएका सभासद्ले संक्रमण देखिएकोमा चिन्ता व्यक्त गरेका छन् । जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित सभासद् अर्जुनप्रसाद जोशी र २ का गुणाखर बस्यालले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् ।
Friday, November 6, 2009
श्रीमती र सालीको हत्यापछि आत्महत्या
दार्चुला, कात्तिक २० -
दार्चुला जिल्ला सदरमुकामबाट ११ कोस पूर्वमा पर्ने घुलिगडा गाविस वडा नं.७ रैचुका गोविन्दसिंह धामीले आफ्नी श्रीमती र सालीलाई गोली हानी मारेपछि आफूले पनि आत्महत्या गरेका छन्।
सालीसँग विवाह गर्ने प्रस्ताव उनले अस्वीकार गरेपछि आफ्नी २० वर्षीया श्रीमती माना धामी र १८ वर्षीया साली सुरमती ठगुन्नालाई गोली हानी मारेपछि २७ वर्षीय गोविन्दसिंहले आत्महत्या गरेका हुन्।
गोविन्दसिंहले कात्तिक १९ गते बिहान घाँस काट्न गएकी सालीलाई खरबारीमै छातीमा दुई गोली हानी हत्या गरेका थिए। सालीलाई गोली हानेर घरमा आएपछि घरआँगनमा श्रीमतीलाई समेत गोली हानी हत्या गरेका थिए।
अभियुक्तले घरमा झगडा भएपछि आफ्नी आमा जसुलीदेवी र छोरीलाई समेत घाइते बनाएका थिए। घटनाको छानबिन गर्न इलाका प्रहरीचौकी लटिनाथ, प्रहरीचौकी बलाच र दल्लेकबाट हिजै प्रहरी टोली घटनास्थल पुगिसकेको र जिल्ला प्रहरी कार्यालय, दार्चुलाबाट पनि प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ। रासस

पर्वतका शिक्षण संस्था एक साता बन्द
दुर्गाप्रसाद शर्मा, (पर्वत)
पर्वतमा डेढ सातायता माहामारीको रूपमा फैलिएको स्वाइनफ्लु नियन्त्रणका लागि जिल्लामा र्सतकता अपनाउने निर्णयभएको छ।
सदरमुकाम कुस्माबजारमा संक्रमणको रूपमा देखिएको स्वाइनफ्लु गाउँगाउँमा समेत पुग्न सक्ने खतरालाई मध्यनजर राख्दै थप एक हप्ता सदरमुकाम कुस्माबजारका शिक्षण संस्थाहरू बन्द गर्ने निर्णयभएको छ। कार्तिक १० गतेदेखि महामारीका रूपमा ज्वरो फैलिएपछि साता पहिलेबाटै विद्यालयहरू बन्द गरिएका थिए।
रुघाखोकी र ज्वरोका बिरामीहरूमा स्वाइनफ्लुको जीवाणु भेटिएपछि शुक्रबार दिउँसो बसेको र्सवपक्षीय बैठकले बढी भीडभाड हुने स्थल, सभासम्मेलन, सिनेमा हलमा सिनेमा नचलाउन, भेला गोष्ठीसमेत नगर्न अनुरोध गर्ने निर्णयपनि गरेको छ।
गाउँगाउँमा समेत संक्रमणको खतरा रहेकाले सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीलाई समेत तयारी हालतमा राख्ने निर्णयपनि भएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो। केन्द्रबाट थप औषधि र स्वास्थ्यकर्मीसमेत मगाउने निर्णयभएको छ।
जिल्लामा अहिलेसम्म ३ हजार जनामा रुघाखोकी, ज्वरो आउने र टाउको दुख्ने लक्षण देखिएपछि १२ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो। पहिले बालबालिकामा मात्रै देखिएको संक्रमण अहिले सबै उमेर समूहमा देखिएको छ। नमुना परीक्षणमा संक्रमण देखिएका सैनिक जवान र विद्यार्थीहरूमा रोग सामान्य बनेको र काममा फर्किएको अस्पतालका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो।
पर्वत जिल्ला अस्पताल तथा निजी स्वास्थ्य संस्थामा आएका बिरामीहरूमध्ये अहिलेसम्म कसैलाई अन्य रिफर गर्नु नपरेको र अस्पतालमा भर्ना गर्ने अवस्था नआएकाले महामारी क्रमशः नियन्त्रणमा आइसकेको उहाँले बैठकमा जानकारी दिनुभएको थियो। ‘रोग समुदायमा फैलिएको र संक्रमण दर बढी भएकाले यसलाई रोक्नका लागि सबै जना र्सतर्क हुनुपर्ने अवस्था छ’ -डा. गौतमले भन्नुभयो। उहाँले चाडबाडमा अन्यत्र जाने र आउनेहरूबाट संक्रमण फैलिएको अनुमान गरिएको बताउनुभयो।
यसैबीच डेढ हप्तादेखि पर्वत, गोरखा र बागलुङमा फैलिएको भाइरल स्वाइनफ्लु अर्थात् एचवान एनवान २००९ पान्डेमिक भएको सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मीको टोली खटाउन लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जीडी ठाकुरले बताउनुभयो।
रोग नियन्त्रण महाशाखाले हाल फैलिएको महामारी नियन्त्रणका लागि पहल गरिरहेको र थप अध्ययन अनुसन्धानका लागि महाशाखाका संयोजक डा. तीनकरीको संयोजकत्वमा पाँच सदस्यीय चिकित्सक टोली शनिबार गोरखा, पर्वत र बागलुङका लागि खटाएको डा. ठाकुरले बताउनुभयो। उहाँले सम्पूर्ण स्वास्थ्य संस्थालाई गम्भीर प्रकृतिका बिरामीका लागि तत्काल उचित व्यवस्था गर्नसमेत निर्देशन दिइसकेको नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।

Thursday, November 5, 2009
नेपालमा चाइनिज वेश्यालय
नयाँ पत्रिका
काठमाडौं, १८ कात्तिक
काठमाडौंको ठमेलमा विदेशी पयर्टक मात्र होइन, विदेशी यौनकर्मी पनि सक्रिय रहेछन् । फाट्टफुट्ट होइन, बकाइदा कोठी खोलेरै यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको छ ।
ठमेलको शिक्षा मन्त्रालयपछाडि तीनतले भव्य बंगला भाडामा लिएर चाइनिज दम्पतीले कोठी चलाउँदै आएका थिए । सञ्चालक पक्राउ परेका छन् भने उनकी श्रीमती फरार छिन् ।
प्रहरीले बुधबार बेलुका आठ बजे बंगलामा छापा मारेर कोठी सञ्चालक पुरुष, ६ चाइनिज युवती र ६ नेपाली ग्राहकलाई पक्राउ गरेको छ । ठमेलको यो वेश्यालयलाई प्रहरीले दुई महिनादेखि निगरानीमा राखेको प्रहरी स्रोतले जनाएको छ । ठमेलमा अरू विदेशी युवतीका पनि कोठी रहेको प्रहरी आशंका छ ।
स्रोतका अनुसार उनीहरूले प्रतिग्राहक रातभरको २५ हजार नेपाली र एकपटकको पाँच हजार रुपैयाँ लिने गर्थे । स्रोतले भन्यो, 'उनीहरू बाहिर होटलमा जानुपर्यो भने थप चार्ज लिन्थे ।'
काठमाडौं परिसरको टोलीले केही महिना अगाडि कान्ति बाल अस्पतालपछाडि सञ्चालित कोठीमा छापा मारेर एक सभासद्सहित यौनकार्यमा संलग्न युवतीहरूलाई पक्राउ गरेको थियो ।
Wednesday, November 4, 2009
सशस्त्र युद्ध त्यागेका छैनौं : भट्टराई
काठमाडौं, कात्तिक १७ (नागरिक)
- एकिकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीले सशस्त्र जनयुद्ध नत्यागेको स्पष्ट पारेका छन्। दक्षिण एसियाली क्रान्तिकारी माओवादी निकट रिभोल्युसन इन साउथ एसिया डटकमलाई दिएको विस्तृत अन्तरवार्तामा भट्टराईले आफ्नो पार्टीले माओले विकास गरेको सशस्त्र जनयुद्ध त्यागेको ठान्नु भ्रम मात्र भएको बताएका हुन्।
'केही मानिस हामीले स्थायी रूपले सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण सामाजिक विकासको मार्ग रोजेको भन्ने भ्रममा छन्' गत साता प्रकाशित अन्तरवार्तामा उनले भनेका छन्, 'यो अन्योलमा स्पष्ट हुन जरूरी छ।'
भट्टराईले संविधानसभा निर्वाचन, राजतन्त्र अन्त्यका लागि पूँजीवादी पार्टीसँग हतियार विसाई सहकार्य गर्न जरूरी भए पनि सशस्त्र युद्ध स्थायी रूपले नत्यागेको बताएका छन्।
'राजतन्त्रको उन्मुलनपछि हामी त्यसैमा रोकियौं भनेर कहिल्यै भनेका छैनौं' उनले सशस्त्र जनयुद्ध समाप्त नभएको संकेत गरे, 'के बिर्सन हुँदैन भने, हामीले सशस्त्र जनयुद्धको उपलब्धीलाई कहिल्यै (कसैका सामु) समर्पण गरेका छैनौं।'
माओवादी नयाँ प्रजातान्त्रिक क्रान्ति सम्पन्न गर्ने अन्तिम चरणमा रहेको र यसक्रममा सर्वहारा र पूँजीपती वर्गबीच द्वन्द्व हुन सक्ने उल्लेख गर्दै भट्टराईले भनेका छन्, 'त्यसबखत हामी अर्को चरणको सशस्त्र द्वन्द्वका लागि बाध्य हुनसक्छौं। त्यस बाटोबाट मात्र हामी समाजवाद र साम्यवादमा पुग्न सक्छौं। यो नै माओवादको आधारभूत सिद्धान्त हो।'

Saturday, October 31, 2009
पूजा लामाको पनि अश्लील भिडियो
भिडियो सार्वजनिक गरेको आरोपमा पूजाका ब्वायफ्रेन्ड शिशिर भनिने प्रशनले माओवादी लगाएर पि्रतम पाण्डेलाई अपहरण गराए, प्रहरीले माओवादीको स्वयम्भु सम्पर्क कार्यालयमा छापा मारेर पाण्डेलाई उद्धार गर्यो
काठमाडौं, १४ कात्तिक
मोडलबाट नायिका हुँदै गायिका भएकी पूजा लामाको अश्लील भिडियोले अपहरणसम्मको 'स्क्यान्डल' मच्चाएको छ । पूजाको अश्लील भिडियो सार्वजनिक गरेको भन्दै अपहरणमा परेका एक युवालाई प्रहरीले शुक्रबार मुक्त गरेको छ ।
पापी फिल्मबाट नायिकाको रूपमा उदाएकी पूजाले पछिल्लोपटक दीपक रायमाझीको नयाँ फिल्म 'लभ स्टोरी २०६६' मा अभिनय गरेकी छिन् । सामयिक 'म्युजिक भिडियो इन्डस्ट्री' चल्तीकी मोडल पूजाले पछिल्लो समयमा गीत पनि गाएकी छिन् ।
उनै मोडल, नायिका, गायिका पूजाले आफ्नो प्रेमीसँग गरेको यौनसम्पर्कको भिडियो भन्दै अहिले मोबाइलबाट मोबाइलमा फरवार्ड भइरहेको छ ।
एक मिनेट २३ सेकेन्डको सो भिडियोमा युवती हातमा कप लिएर केही (सम्भवतः कफी) पिइरहेकी देखिन्छिन् । संवाद र वातावरण हेर्दा यो बिहानको दृश्य हो । कोठाको भित्तामा पूजाकै ब्लोअप तस्बिर देखिन्छ । अश्लील भिडियोमा युवतीको पूरै शरीर देखिन्छ, तर युवकको यौनांग मात्र ।
पुरुषले युवतीलाई 'गुडमर्निङ माई लभ' भन्छन् । पुरुषको उत्तेजित यौनांग देखेर रमाउँदै युवती भन्छिन्, 'ओ अल्वेज स्ट्यान्डबाई ।' पुरुष पनि भन्छन्, 'आँच, क्या दियो ।' संवादपछि दुवैजना खित्का छाड्छन् । त्यसपछि युवतीले मुखमैथुन सुरु गर्छिन् । भिडियो सकिन्छ ।
Friday, October 30, 2009
२० की कंगनालाई ५० का सञ्जयको जोडी
शुक्रवार, 30 अक्टोबर 2009
मुम्बई, कात्तिक १३ (एजेन्सी)- हिरो र हिरोइनका नमिल्दा जोडी बलिउडका लागि नयाँ होइन। रणवीर कपुर-कोनकोना सेन शर्मा पछि बलिउडलमा अर्को एउटा नमिल्दो जोडी आउने तयारीमा छ। यो जोडी हो, सञ्जय दत्त र कंगना रणावतको।
पचास वर्षका सञ्जय र बीस वर्षकी कंगनाको जोडी एक, होइन दुई फिल्ममा देखिँदैछ। यी फिल्म हुन्, 'नो प्रोब्लम' र 'नक आउट'। अहिले सुटिङ भइरहेको फिल्म 'नक आउट' मा कंगनाको जोडी बन्नका लागि सञ्जयले दस किलो तौल समेत घटाएका छन्। र, उनी दस वर्ष कान्छोजस्तो देखिएको फिल्मका निर्देशक मणिशंकरले दाबी गरेका छन्।
'१६ डिसेम्बर' र 'ट्याङ्गो चार्ली'जस्ता फिल्म बनाएका मणीको यो फिल्ममा सञ्जय एक हत्याराको भूमिकामा देखिँदैछन्। कंगना भने टिभी पत्रकारको भूमिकामा हुनेछिन्। यो भूमिकामा कंगनाको सिफारिस सञ्जयले नै गरेका थिए। उनीहरूको अर्को फिल्म 'नो प्रोब्लम' भने कमेडी हो।
Thursday, October 29, 2009
न बाआमा छन् न बास छ
29/10/2009 04:35:00 सन्तोष थापा
तीन साताअघि अर्थात् असोज २१ गतेको दिन, पर्वत थापाठाना— ५, पत्यारका दुर्गाबहादुर भण्डारी र बिनु भण्डारीका घरमा 'दैव'ले वियोग जुरायो । घटनाको विवरणले सुन्नेको त मन पगाल्छ भने त्यहीँबाट टुहुरा बनेका दुई बालिकाको बिचल्लीले कसका आँखा नरसाउँदा हुन् । घटना थियो बाढीपहिरोको । र, परिणाममा एकै परिवारका चारजनाले एउटै चितामा जल्नुपर्यो ।
पाँचजनाको परिवारमा अहिले दुई बालिका मात्रै जीवित छन्, १३ वर्षकी बिन्दु र १० वर्षकी रेखा । एउटै घरमा सुतिरहेका दुईजना मात्रै संयोगले बाँचे । पहिरोले घर पुर्दा बाबुआमासँगै भाइ र बहिनीलाई कहिल्यै नर्फकने गरी पृथ्वीको गर्भमा पुर्यायो । अब उनीहरूको बाँकी जीवन पीडामा सहाराविहीन भएर कटाउनुपर्ने अवस्था छ ।
रेखा र बिन्दु घरको उपल्लो तलामा सुतिरहेका थिए, बुबाआमा र भाइबहिनी तल्लो तलामा । घरबाट झन्डै १० मिटरमाथिको मोटरबाटोबाट आएको पहिरोले उनीहरूलाई उछिट्टयाइदियो । त्यसपछि बेहोस यी दिदीबहिनीलाई छिमेकीहरू आएर बाहिर निकालेका थिए । त्यो कहालीलाग्दो कहानी सुनाउँदै गर्दा बिन्दुले गहभरि आँसु पारिन्, 'अब हामीलाई कसले खान दिने, कसले पढाइदिने ?' बाबु दुर्गा, आमा बिनु, बहिनी सिमाना र भाइ दीपचन्दले बिन्दु र रेखालाई संसारको जिम्मामा छाडेर आफूहरूले संसार छाडे । शिक्षादीक्षा, पालनपोषणका लागि के गर्ने र कसो गर्ने भन्ने कुनै टुंगो छैन । गाउँलेहरू अत्तालिएर सहयोगको खोजीमा जुटेका छन् । तर, कतै कुनै उपाय फेला परेको छैन ।
नेपाली सेनाबाट चार वर्षअघि अवकासप्राप्त भण्डारीका माइला बुबा जायश्वर भण्डारीले अहिले बिन्दु र रेखाको हेरचाह गरेका छन् । माइला बुबाको घर पनि पहिरोको जोखिममा परेकाले उनी पनि विस्थापित छन् । बिन्दु र रेखालाई पढाइ तथा दैनिक हातमुख जोर्ने समस्याले पिरोलेको थापाठाना गाविसका निवर्तमान अध्यक्ष गंगानारायण श्रेष्ठले बताए । 'उनीहरूलाई दैवले हाम्रो जिम्मा लगाएर गयो । तर, कसरी संरक्षण गर्ने भन्ने चिन्ता छ,' उनी भन्छन् । बिन्दु थापाठाना माविमा कक्षा ८ र रेखा कक्षा ६ मा पढ्छिन् ।
घटनालगत्तै जिल्ला प्रशासन कार्यालय, पर्वतले एक लाख पाँँच हजार, लायन्स क्लब अफ शिवालयले २५ हजार, स्थानीय गाविसले १० हजार, हेल्पिङ ह्यान्डस, पर्वतले पाँच हजार र प्याब्सन पर्वतले तीन हजार सहयोग गरेका छन् । क्लबले राहतकोष नै स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले एक दिनबराबरको तलब संकलन गरी ६ हजार आठ सय सहयोग गरेका छन् । राहत जतिसुकै प्रदान गरिए पनि घर नै गुमेपछि बासको पनि समस्या भएको र भविष्य अन्योलमा रहेको पीडितका आफन्तले बताएका छन् ।
Wednesday, October 28, 2009
नेपालमै सोलार कार
बुधवार, 28 अक्टोबर 2009 08:28 नागरिक
नेपालमै सोलार कार
दीलिप पौडेल, बाग्लुङ,कात्तिक ११-बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन्। उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्।
उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो। ढाकाटोपी र दौरा सुरुवालमा सजिएका बालकले 'कुशल सोलार कार, सेभ द वर्ल्ड' लेखेको सेतो रङको कार हर्न बजाउँदै ल्याउँदा सवै अचम्मित भए। उनले बाग्लुङ बजारमा कार हुँइक्याउँदा सडकको छेउछाउ बसेका सबैले ताली बजाएर स्वागत गरे।
सौर्य उर्जाबाट इन्धन आपूर्ति गर्ने भएकाले कारको नामै सोलार कार राखिएको हो। 'विश्वव्यापी रूपमा बढ्दो वायू प्रदूषण र तापक्रम न्यूनीकरण गर्न सोलारबाट चल्ने कार बनाएको हुँ,' केसीले सञ्चारकर्मीसँग भने, 'यो पहिलो परीक्षण हो, पाँच वर्षभित्र पेट्रोलबाट चल्ने कारले जति गति लिन्छ, त्यहीअनुसारका कार बनाउँछु।' अहिले सोलार कार ६० किलोमिटर प्रतिघण्टा दौडिने उनले बताए। चार घन्टा चार्ज गरेपछि यो ५० किलोमिटर दौडन्छ।
'पहिलो पटक अक्सफोर्ड विश्वविद्यालय लन्डनका विद्यार्थीले सोलारबाट चल्ने कार बनाए थिए,' केसीले भने, 'तर, उनीहरूले बनाएको कार दिउँसो मात्र गुड्थ्यो। तर,यो कार रात र दिन जुनसुकै समय पनि गुडाउन सकिन्छ।'
कान्छो उमेरमा सोलारबाट चल्ने कार बनाएकाले उनले गिनिज बुकमा नाम दर्ता गराउन सबैसँग सहयोगको आग्रह गरेका छन्। 'सबैभन्दा सानो उमेरमा नयाँ आविष्कार गरेको छु,' उनले भने, 'गिनिज बुकमा नाम लेखाउन नेपाल सरकार र सबैको सहयोग आवश्यक छ।' प्रिन्सिपल महेशचन्द्र प्रधानले कुशलको कामलाई विद्यालयले सहयोग गर्दै आएको बताए। 'नयाँ परीक्षण भएको छ, गिनिज बुकमा नाम लेखाउन पहल गर्छौं,' उनले भने।
केसीले ब्याट्री, मोटर र सोलार जोडेर कार बनाएका छन्। कारको अगाडि, छत र पछाडि २० वाटका ६ वटा सोलार प्यानल जडान गरिएको छ। सोलारबाट संकलन गरिएको ऊर्जा ब्याट्रीमा जडान गरेर चार्ज गरिन्छ। घाम लागेको समयमा भने ब्याट्रीको ऊर्जासमेत प्रयोग नगरी कार गुड्छ। बिजुलीबाट समेत चार्च गर्नमिल्ने व्यवस्था मिलाइएको छ।
कारमा तीनवटा पांग्रा प्रयोग गरिएको छ। अगाडि एउटा र पछाडि दुईवटा। कारको अगाडि ड्राइभरसहित तीनजना बस्नमिल्ने सिट राखिएको छ।
कार बनाउन आवश्यक सामग्री उनले चीन र भारतबाट किनेका थिए। उनले करिब ४० दिनमा कार बनाएका हुन्। यसअघि उनले हेलिकप्टर बनाएर पोखरा र काठमाडौंमा प्रदर्शन गरेका थिए।
कार बनाउँदा करिब ६ लाख रुपैयाँ खर्च भएको बाबु भीम केसीले बताए। यसका लागि नास्टबाट १० हजार र विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलगायतबाट करिब २ लाख रुपैयाँ संकलन भए पनि अन्य रकमको जोहो गर्न मुस्किल परेको उनका बाबुले बताए।
राष्ट्रकै शिर उचो बनाउने काम भए पनि कुनै निकायले सहयोग गरेको छैन,' बाबुले भने, 'ऋण काढेर भए पनि आवश्यक सामग्री जुटाएको हुँ। छोरोले राम्रो काम गरेकाले गर्व लागेको छ।' केसीको परिवार अहिले बाग्लुङ सदरमुकाममा बस्दै आएको छ।
उनको प्रतिभा हेर्न उनको जन्मस्थानबाट एक दिन लगाएर काका, काकी, छिमेकीसमेत सदरमुकाम आएका थिए। उनलाई मंगलबारै विद्यालय तथा विभिन्न संघसंस्थाले अभिनन्दन गरेका थिए। बधाइ दिनेको घुइँचै थियो।
माओवादी आन्दोलनको "कमाण्डर" प्रचण्ड ,"फिल्ड कमाण्डर" बाबुराम
एस के नेपाल न्यूज सर्भिस
मंगलबार,नोवेम्बर ०३,२००९
एकीकृत नेकपा माओवादीले कात्तिक १५ गतेदेखि थालेको दोस्रो चरणको आन्दोलनको "सर्वोच्च कमाण्डर" पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई तोकेको छ। केही महिनाअघि पार्टीभित्र शक्ति सन्तुलन मिलाउन बहुपदीय प्रणाली अपनाए पनि आन्दोलनको मुखैमा दाहाललाई नै पार्टीको "सर्वेसर्वा" बनाइएको हो।
आन्दोलन चर्किदै जाँदा त्यसको परिचालन तथा निर्देशन गर्न सजिलो होस् भनेर हालै बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले "हेडक्वार्टर" लाई आन्दोलनको अन्तिम अधिकार सुम्पेको हो। पार्टी र जनवर्गीय संगठन र मोर्चालाई एकीकृत गर्नका अध्यक्षले नेतृत्व गर्दा आन्दोलन छरितो हुने माओवादीको निश्कर्ष छ।यसअघि माओवादीले संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिको नेतृत्व पार्टीका तेस्रो वरियताक्रमका बाबुराम भट्टराईलाई सुम्पेको थियो, जसको उपाध्यक्षमा तिलक परिवार, अमिक शेरचन र रामकुमारी यादव, महासचिवमा नेत्रविक्रम चन्द, सचिवमा जनार्दन शर्मा, कोषाध्यक्षमा लेखराज भट्ट र विभिन्न जनवर्गीय तथा मोर्चाका प्रमुखगरी एक सय १७५ सदस्यीय समिति बनेको छ।
आइतबार बेलुका राजधानीमा दोस्रो चरणको आन्दोलन आरम्भ गर्न दाहाल स्वयं रत्नपार्कमा गई राँको बालेका थिए। संयोग नै भनौ, त्यसबेला संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिका संयोजक भट्टराईचाहिं गृह जिल्ला गोरखामा व्यस्त थिए।भट्टराईचाहिं
महिनाको एकपटक गृहजिल्ला जाने नियमित रुटिनअन्तर्गत गोरखा सदरमुकामबाट तीन घण्टा टाढाको बोर्लाङ गाउँमा आमसभालाई सम्बोधन गर्न पुगेको उनीनिकटस्थ स्रोतको दाबी छ। "यहाँ (राजधानीमा) अध्यक्ष स्वयम् उपस्थित हुने भएकोले एक महिनाअघि तय भएको कार्यक्रममा बाबुराम गोरर्खातिर जानुभएको हो।", स्रोतले भन्यो।
यद्यपि, माओवादीले जनआन्दोलनको "फिल्ड कमाण्डर" का रूपमा बाबुराम नै भएको जनाएको छ। "आन्दोलनको रुपलाई विशिष्टकरण गर्न फिल्डमा बाबुरामजीकै नेतृत्वमा मास परिचालन हुनेछ, तर आन्दोलन कसरी लैजाने भन्ने अधिकार केन्द्रीय कार्यालयमा निहित गरिएको छ", दाहालका स्वकीय सचिव विकेश श्रेष्ठले भने।०६२
असोजको चुनवाङ बैठकले दाहाललाई सेना र पार्टी संगठनको सम्पूर्ण अधिकार केन्द्रीकृत गर्ने निर्णय गरेको थियो। त्यसअघि पार्टीका वरिष्ट नेता बाबुराम भट्टराईले शक्तिको केन्द्रीयकरण गर्दा दुरूपयोग हुनसक्ने खतरा औल्याउँदा उनको दाहालसँग मतभिन्नता सिर्जना भएको थियो। चुनवाङ बैठकमा भट्टराईले ल्याएको लोकतान्त्रिक गणतन्त्रको लाइन दाहालले स्वीकारेपछि भट्टराईले पनि दाहालको केन्द्रीकृत नेतृत्व स्वीकारेका थिए।
आन्दोलनको मुखैमा दाहाललाई दिइएको सर्वोच्च कमाण्डरको अधिकार चुनवाङ वैठकपछि निर्णयसँग मिल्दोजुल्दो छ। त्यसवेला दाहाललाई माओवादी जनमुक्ति सेनाको सुप्रिम कमाण्डरको सँगसँगै आवश्यक परेको वेला एकल निर्णय गर्ने अधिकार दिएको थियो।अहिलेकोमा
फरक यत्ति छ कि, दाहालले आन्दोलनको रणनीति तय गर्नुअघि हेडक्वार्टरमा छलफल गर्नुपर्नेछ, जसमा पार्टीका उपाध्यक्षत्रय मोहन वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा तथा सचिवद्वय सीपी गजुरेल र पोष्टबहादुर बोगटीसँग प्रारम्भिक सल्लाह लिनेछन्। उनीहरू पार्टीको स्थायी समिति सदस्य पनि हुन्। साथै, माओवादीको सैन्य इञ्चार्ज वर्षमान पुन पनि हेडक्वार्टरका सहयोगीका रूपमा रहनेछन्।
माओवादीले दोस्रो चरणको आन्दोलनलाई राणनैतिक प्रत्याक्रमणको दोस्रो योजना भनेर व्याख्या गरेका छन्। माओवादीमा प्रत्याक्रमण भनेको लडाइँ जितिनसकेको तर आफू माथि परेको अवस्था भन्ने बुझिन्छ। यतिखेर उनीहरूले आन्दोलन शान्तिपूर्ण गर्ने बताएका छन्। माओवादीको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)लाई आन्दोलनका सहयोगका रुपमा अन्य जनवर्गीय संगठन विद्यार्थी, महिला, मजदुर आदितिर पनि छुट्टै "वाईसीएल सेल" गठन गरी त्यसको प्रत्यक्ष कमाण्ड दाहालले गर्नेछन्। सैन्य होइन कि मास केन्द्रीत गर्ने उनीहरूको उद्देश्य छ। २६ र २७ गते दुई लाखजति जमात उपस्थित गराएर सिंहदरबार घेराउ गर्दासम्म राष्ट्रिय सरकार बन्ने वातावरण नदेखिएमा भद्र अवज्ञा गर्ने माओवादीको भित्री योजना छ, जसलाई उनीहरूले गान्धीवादी आन्दोलन स्वरूप नामाकरण गरेका छन्।
चौध वषर्ीया बालिकामाथि सामूहिक बलात्कार
03/11/2009 नरेश खड्का/नयाँ पत्रिका
बझाङ, १७ कात्तिक : स्याँडी गाविस— ८ की एक बालिकालाई दाइ नाता पर्ने सोही गाउँका दुईजनाले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले दुवैलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सदरमुकाम चैनपुरबाट २३ कोस दक्षिण-पश्चिममा रहेको सो गाउँकी १४ वषर्या बालिका पार्वती बोहरा -नाम परिवर्तन) लाई ४२ वषर्ीय वीरजित बोहरा र ४० वषर्ीय नरबहादुर बोहराले आइतबार राति बलात्कार गरेका हुन् ।
मदिरा-सेवन गरी आएका उनीहरूले आमासित सुतिरहेकी बालिकाको मुख थुनेर बाहिर ल्याएको र आमालाई मार्ने धम्की दिई सामूहिक बलात्कार गरेको खुल्न आएको छ । बलात्कार गरेर भाग्ने क्रममा आमा सन्जाले गाउँलेलाई गुहारी उनीहरूलाई समातेर प्रहरीलाई बुझाएको बालिकाका काका मानबहादुर बोहराले बताए ।
सदरमुकाम चैनपुरस्थित प्रहरी कार्यालयमा जाहेरी दिन आएका बोहराका अनुसार दुईवटा हँसियासमेत बोकेर आएका आरोपीहरूले पीडित बालिकाकी आमाले कानमा लगाएको गहना पनि लुछेर लगेका छन् ।
आरोपी दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको निमित्त प्रहरी नायब उपरीक्षक मिलन बस्नेतले बताए । बलात्कृत बालिकाको स्वास्थ्यपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको र रिपोर्ट आएपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए । पीडित बालिकाकी आमाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुलुकी ऐनमा १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा अभियुक्तलाई आठदेखि १२ वर्षसम्म कैद-सजायको व्यवस्था छ ।

Sunday, October 25, 2009
प्रहरीबाट कार्यालयमै सामूहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको बयान
प्रहरीबाट कार्यालयमै सामूहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको बयान
प्रहरीसेवामा प्रवेश गर्नुअघि या गरेपछि कहिल्यै मैले मेरो जीवनमा यस्तो बलात्कारजस्तो घटना बेहोर्नुपर्ला भन्ने सोचेकी थिइनँ । मेरो नाम सुनीता (नाम परिवर्तन) हो । पाँच वर्ष भयो, नेपाल प्रहरीमा प्रवेश गरेको । बुटवलमा तालिम लिएँ, दुई वर्ष रामनगर वडाप्रहरी कार्यालयमा बसेँ । तीन वर्षअघि अछाम जिल्ला प्रहरी कार्यालयमा सरुवा भएँ । दुई/तीनजना महिला प्रहरी थियौँ तर सात-आठ महिनाअघिदेखि म एक्लै थिएँ । अरू सबै सरुवा भएर गइसकेका थिए ।
सबैसँग राम्रै सम्बन्ध थियो, व्यावसायिक सम्बन्ध । सबैले सहयोग गरिरहेकै थिए । त्यस्तो मनमुटाब, रिसइबी केही थिएन । यही वैशाख ४ गते एकजना स्थानीय युवकसँग मैले बिहे गरेँ । अन्तरजातीय बिहे भएकाले घर-परिवारले स्विकारिसकेका थिएनन् । त्यसैले मेरा श्रीमान् र म अछाम जिल्ला प्रहरी कार्यालयभित्र क्वार्टरमै बस्थ्यौँ । जिल्ला प्रहरी कार्यालयले पनि मेरा श्रीमान्लाई जिप्रकाभित्र क्वार्टरमा बस्न सहयोग नै गरेको थियो ।
नवमीको दिन (असोज ११ गते) हो, डिएसपीसाप घरबिदामा हुनुहुन्थ्यो । इन्स्पेक्टरसाप (शारदा चौधरी, जनआन्दोलन (२ का दोषी ठहर) हुनुहुन्थ्यो । ड्युटी सकेर दिउँसो ३ बजे आफ्नो क्वार्टरमा गएँ । सरसफाइ गरे । साँझ ६ बजे खाना पकाएर टेलिभिजन हेर्दै थिएँ, सशस्त्र प्रहरीको कार्यक्रम आइरहेको थियो । असइसाप (दानसिंह भण्डारी) ले बोलाए मलाई । युनिर्फम लगाएँ, अनि असइसापकोमा गएँ । म त्यहाँ पुग्दा अन्य प्रहरी जवानसहित असइसाप रक्सी खाइरहेका थिए । उनीहरू मलाई देख्नेबित्तिकै हाँस्न थाले । मैले केही मतलब गरिनँ । मलाई उनीहरूको हाँसोप्रति त्यति चासो पनि जागेन । नवमीको दिन भएकाले सञ्चार-सामग्रीको पूजा गरिसकिएको रहेछ । ठीक नियत भएको भए त मलाई पूजा गर्ने वेलामै बोलाउनुपर्ने हो । तर, यस्तो गरिएन । यतिवेलासम्म ८ बजिसकेको थियो ।
हवल्दार (करवीर थलाल) ले 'ल तिमी असइसापको कोठामा धूप बालेर आऊ' भन्यो । आदेश मान्नैपर्यो । हवल्दारलाई सलुट हानेँ, धूप जलाउन असइसापको कोठातिर गएँ । त्यहाँ जाँदा सबै गलल्ल हाँसे । हवल्दारले 'खाना खाएर जाऊ' भन्यो । तर, मैले खाना पकाइसकेकाले म जान्छु भनेर हिँड्न खोजेँ । त्यसपछि असइसापलाई मासु पुर्याइदेऊ भन्यो उही हवल्दारले । आदेश मान्नैपर्यो । सलुट ठोकेँ, मासु समातेर असइसापको कोठामा गएँ ।
असइसापको कोठामा एउटा कुर्सी राखिएको थियो । असइसापले बस भने । पहिले त बसिनँ, बस न बस भनेर कर लगाएपछि भनेको मान्नैपर्यो । सलुट हानेर कुर्सीमा बसेँ । मलाई पनि कचौरामा मासु दिएका थिए । म मासु खान थालेँ । मासु खाँदा कता-कता नमीठो लाग्न थाल्यो । असइसाप खाऊ, खाऊ भन्दै थिए । खाँदाखाँदै आँखा बुझिन थाले । अप्ठेरो महसुस हुन थाल्यो । उठ्नै गाह्रो हुन थाल्यो । पानी लिन जान खोज्दा लड्नेजस्तै भएँ । उठ्न गाह्रो भएपछि कुर्सीमै बसेँ । त्यतिवेला सबै त्यही कोठामा आइसकेका थिए । सबै गलल्ल हाँसे ।
यत्तिकैमा, एउटाले मेरो हात समात्यो । मैले त सहयोग गर्न हात समातेको होला भन्ने सोचेकी थिएँ । तर, त्यस्तो रहेनछ । अनि प्रहरी जवान नरभान महतरा आयो । उसले मुख छोप्यो । म कराउन खोजेँ, तर सकिनँ । त्यसपछि उनीहरूले मलाई गालामा टोक्न थाले । असइसाप हाँसिरहे । असइसापले पनि जथाभावी गरे । त्यसपछि हवल्दारहरू करवीर थलाल, वीरेन्द्रबहादुर बम र वीरादत्त बडु, प्रहरीहरू नरभान महतरा र जगदीश पाण्डेयले जथाभावी गरे ।
सबैले जे-जे मन लाग्यो सबै गरे । म बेहोस भएछु ।
१२ असोजको बिहान, निद्रा खुल्दा मुखदेखि खुट्टासम्म घाउ नै घाउ देखेँ । शरीर अत्यन्तै दुखिरहेको थियो । उठ्न खोजेँ, उठ्न सकिनँ । राति ११ बजेको कुरा, तिनीहरूले मेरा श्रीमान्लाई फोन गरेर बोलाएछन् । श्रीमान्ले मलाई कोठामा लगेछन् । उनीहरूले श्रीमान्लाई पनि कुटेछन् । श्रीमान्ले रातिका सबै कुरा बताए । त्यसपछि म बलजफ्ती इन्स्पेक्टरसाप -शारदा चौधरी, जनआन्दोलन—२ को दोषी ठहर) कोमा गएँ । त्यहाँ जाँदा पनि सबै हाँस्न थाले । सबै कुरा इन्स्पेक्टरसापलाई भनेँ । उजुरी दिन खोजेँ, तर कसैले मानेनन् । मलाई उल्टै हकारे । 'प्रहरीको बदनाम हुन्छ, बाहिर पनि यो कुरा भन्यौ भने मारिदिन्छु भने । मारेर आत्महत्या गरेको हो भनिदिन्छौँ भनेर इन्स्पेक्टरसापले हप्काए । रुँदै-रुँदै म आफ्नै कोठामा फर्कें ।
श्रीमान्ले पनि घटनालाई उजुरी गर्न मानेनन् । अञ्चल प्रहरी कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी गर्छु भन्दा श्रीमान्ले पनि सहयोग नगर्दा मेरो मन कुँढियो । 'बदनाम हुन्छ । तिमीले यो कुरा बाहिर ल्यायौ भने म तिमीलाई अस्वीकार गर्छु । हाम्रो परिवारले पनि स्विकार्नेवाला छैन । म यहाँ बस्दिनँ, सीधै भारत जान्छु । त्यतै हराउँछु' भन्न थाले मेरा श्रीमान्ले । त्यसै पनि अन्तरजातीय विवाह भएकाले परिवारले मलाई मेरो श्रीमान्को घर जान दिएको थिएन, बिहेपछि श्रीमान् मसँगै थिए । श्रीमान्का कुरा सुनेपछि एकातर्फ सोचेँ, ठीकै छ, श्रीमान्ले नै यस्तो भन्छन् भने सहेरै बस्छु ।
यता, दिउँसो घरमा फोन गर्न सञ्चारमा जाँदा पनि सबैले मेरो खिल्ली उडाउने क्रम जारी थियो । मैले केही मतलब गरिनँ ।
असोज १३ गतेको कुरा हो । अब त दैनिक कामधाममा जाने विचार गरेकी थिएँ । दिदीलाई फोन गरौँ भनेर सञ्चारमा जाँदै थिएँ, असइसाप र मेजरहवल्दारहरू हाँस्न थाले । गिज्याउँदै भने, 'बल्ल ठीक भो । तेरो सेखी झर्यो । हिजो राति के-के भयो, तँलाई थाहा छ नि ?' सबै हाँस्न थाले । सञ्चारमा गएर दिदीलाई फोन गरेर फर्किंदा पनि त्यही भने । बाटोको दुवैतिर उभिएर हाँस्दै भने, 'बल्ल मजा आयो । अब त आनन्द भयो होला । बेस्सरी दुखिरहेको छ होला । मुखमा पनि घाउ भएछ ।' उनीहरू यस्तै कुरा गरेर टर्चर दिइरहेका थिए । बलात्कारभन्दा पनि उनीहरूको टर्चर सहन साह्रै गाह्रो भो मलाई । मैले केही सोच्नै सकिनँ । कोठामा गएँ । लुगाफाटो पोको पारेर दिपायल हिँडेँ ।
डिआइजीसाप (पार्वती थापामगर) लाई भेटेँ । सबै कुरा बताएँ । क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएँ । उजुरीका लागि डिआइजीसाप थापामागरले सहयोग गर्नुभो । डिआइजीसापसँगै सेती अञ्चल प्रहरी कार्यालय धनगढी आएँ । एसएसपीसाप (ढकबहादुर कार्की) लाई पनि सबै कुरा भनेँ । उहाँले पनि कारबाही गर्छु भन्नुभो, तर उजुरी लिन मान्नुभएन । सबै कुरा मिडियामा आयो । पाँच दिनपछि सेती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरियो । छानबिन गर्छौं भनेर अछाम लगियो । अछाममै थिएँ । गृहमन्त्रीजी (भीम रावल) आउनुभो । गृहमन्त्रीजीलाई पनि सबै कुरा भनुँला भन्ने सोचेकी थिएँ । उहाँसँग भेट गर्न दिइएन मलाई । उहाँसँग भेट गर्न नदिइए पनि उहाँले त कम्तीमा मसँग कुराकानी गर्नुहोला भन्ने सोचेकी थिएँ, आस गरेकी थिएँ । तर, त्यस्तो भएन । गृहमन्त्री रावलले पनि पनि केही मतलब गर्नुभएन ।
त्यसपछि प्रधानमन्त्रीजी (माधवकुमार नेपाल) लाई त सबै कुरा भनेँ । नेपाली सेनाको ब्यारेकमा उहाँलाई भेटेकी थिएँ । सबै कुरा बेलीविस्तार लगाएँ मैले प्रधानमन्त्री नेपालसँग । प्रधानमन्त्री नेपालले मेरो कुरा सुनेपछि उनीहरूलाई कारबाही गर्छु भन्नुभएको थियो । तर, अहिलेसम्म केही भएको छैन । यत्तिका दिन बितिसके, म यसरी नै कहिले धनगढी, कहिले दिपायल र कहिले अछामतिर लुकिछिपी बसिरहेकी छु । दोषीहरू निर्धक्क भएर घुमिरहेका छन् । उल्टै मलाई दोषीहरूले पागल हो भनेर मेरो कुरा काटिरहेका छन् । घटनाका विषयमा मिडियामा आएपछि र मैले उजुरी दिएपछि मेरा श्रीमान्ले पनि मलाई सहयोग गरिरहेका छन् । यसमा डिआइजीसापको पनि सहयोग छ, तर अरू धेरैले दोषीहरूलाई बचाउन खोजेजस्तो लागेको छ मलाई । प्रहरीसेवाभित्रै यस्तो घटनाको सिकार भएकी मैले के-के सोचेकी हुँली, मेरो मनमा कस्ता कुरा खेल्छन् होला, सबै अनुमान लगाउन मात्र सकिने कुरा हुन् । जबसम्म दोषीहरूलाई सख्त कारबाही हुँदैन तबसम्म म राम्ररी निदाउन सक्दिनँ । कतिपय वेला त म अब यस संसारमा बाँचेर काम छैन, यस्तो अन्याय सहनुभन्दा मर्नुपर्छ भन्ने पनि लाग्छ ।
Saturday, October 24, 2009
भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ
महेन्द्रनगर, ५ कात्तिक
भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।
मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।
स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।
तीव्र वेग, भयंकर आवाज र धुवाँको मुस्लोसहित जहाज उडेपछि सीमाक्षेत्रका नेपाली मंगलबार नै त्रसित भएका थिए । तर, नेपाली प्रशासनले कुनै प्रतिक्रिया नजनाएपछि बुधबार बिहान सुपरसोनिक फेरि नेपाली आकाशमा देखिएको थियो ।
मंगलबारजस्तै बुधबार पनि सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाश चक्कर लगाएर उत्तरी सीमातिर लागेको थियो ।
दार्चुलाका प्रहरीप्रमुख डिएसपी डिल्लीराज विष्टले पनि भारतीय जहाज सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेको बताए । 'महाकाली नदी हुँदै जहाज उत्तरतिर उडेको हो, नदी त नागवेली छ, तर जहाज सीधा उडेकोले कहिले नेपाल त कहिले भारतको आकाशमा उडेको होला,' डिएसपी विष्टले भने ।
उनले सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेपछि बुधबार दिउँसो भारतको धार्चुलाका प्रशासनिक तथा सुरक्षा निकायसँग जानकारी लिन खोजेको जानकारी पनि दिए । भारतीय अधिकारीले सीमाक्षेत्रको नियमित गस्ती गरेको जानकारी दिएका थिए ।
तर, सीमाक्षेत्रको गस्ती गर्दा जहाज नेपाल किन प्रवेश गर्यो भन्ने विषयमा कुनै छलफल नभएको नेपाली अधिकारीको भनाइ छ । 'उनीहरू (भारतीय सुरक्षा अधिकारी) सँग कुरा गरेका थियौँ, नियमित पेट्रोलिङ हो भन्ने जानकारी आयो,' डिएसपी विष्टले नयाँ पत्रिकासित भने, 'महाकाली-महाकाली भएर उत्तरी क्षेत्रमा पेट्रोलिङ गरेको हो भनेका छन्, यो त नियमित प्रक्रिया हो भन्ने कुरा आयो ।'
दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बराज थानीले पनि नेपाली आकाशमा अचानक भारतीय जहाज आएको बताए । 'भारतीय सेनाले सीमाक्षेत्रमा त्यस्तो जहाज उडाउँदैछ भन्ने हामीलाई पूर्वजानकारी थिएन,' उनले भने, 'जहाजले चक्कर लगाएर गयो, त्यसपछि पनि भारतीय पक्षले केही भनेको छैन ।'
के हो सुपरसोनिक ?
लडाकु जहाजमा सुपरसोनिक दुनियाँमै दु्रततम् र सबैभन्दा हलुका मानिन्छ । सुपरसोनिकमा पनि भारतले संसारकै सबैभन्दा सानो र हलुका लडाकु विमान एलसिए -लाइट कम्ब्याट एअरक्राफ्ट) बनाएको छ । भारतीय वायुसेनाले एलसिएलाई सीमा-गस्तीमा लगाएको छ ।
एलसिए सुपरसोनिक भारत आफैले बनाएको दोस्रो लडाकु विमान हो जसमा एक पाइलटका लागि मात्रै सिट छ । विमान हलुका र तीव्र मात्र होइन, प्रतिस्पर्धीलाई छक्याएर उड्न सक्ने क्षमताको मानिन्छ । सन् २००८ मा औपचारिक उडान सुरु गरेको एलसिए सन् २०१५ सम्ममा पूर्ण प्रविधियुक्त हुने भारतको अपेक्षा छ ।
भारतले पहिलो लडाकु विमान 'हिन्दुस्तान फाइटर' सन् १९६२ मा नै बनाएको हो । हिन्दुस्तान फाइटर (एचएफ) लाई विकसित गरेर एलसिए सुपरसोनिक जहाज बनाइएको हो । यसको तयारी सन् १९८३ मा सुरु भएको हो । तर, पोखरण परमाणु परीक्षणको प्रतिक्रियास्वरूप अमेरिकाले सैनिक सहयोगमा नाकाबन्दी लगाएपछि एलसिए निर्माण लगभग अवरुद्ध भएको थियो । तर, एलसिएको सफल परीक्षणपछि भारत डबल इन्जिनको एमसिए बनाउने तयारीमा छ ।
आकाशबाट आकाशमै र आकाशबाट जमिनमा क्षेप्यास्त्र प्रहार गर्न यो विमान बनाइएको हो । त्यस्तै, लेजरको निर्देशनमा खस्ने बम पनि यो विमानले बोक्न सक्छ । यो विमानले चार हजार किलो हतियार बोक्न सक्छ ।

माओवादीद्वारा नौदिने अल्टिमेटम
काठमाडौं, ६ कात्तिक
माओवादीले १५ कात्तिकसम्म आफ्ना माग पूरा गर्न सरकार र सरकारमा सहभागी राजनीतिक दलहरूलाई 'अल्टिमेटम' दिएको छ । आफ्ना माग सम्बोधन नभए सरकारविरुद्ध अवज्ञामूलक आन्दोलन गर्ने निर्णयसमेत उसले गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्ताव बैठकले एकमतले पारित गरेको हो ।
'१५ गतेसम्म नागरिक सर्वोच्चता स्थापित गर्नेतर्फ अन्य दलले ध्यान दिएनन् भने हामी आन्दोलनमा जान्छौँ,' पार्टी प्रवक्ता दीनानाथ शर्माले बैठकपछि संवादाताहरूसँग भने ।
बैठकले 'संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल' नामक मोर्चालाई आन्दोलनको समय र तिथिमिति तय गर्न निर्देशन दिएको छ । ८ र ९ कात्तिकमा बस्ने मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम तय गर्नेछ । सरकारको रवैया हेरेर आन्दोलनका स्वरूप निर्धारण गर्ने माओवादी स्थायी समिति सदस्य सिपी गजुरेल गौरवले बताए ।
यसअघि नागरिक सर्वोच्चता र राष्ट्रपतिको असंवैधानिक कदमका विषयलाई मात्र उठाएर आन्दोलन गर्दै आएको माओवादीले अबको आन्दोलनमा आफ्नो पार्टीको नेतृत्वका नयाँ सरकार गठनको मागलाई पनि अगाडि सार्ने भएको छ ।
'यो सरकारले संविधान निर्माण, शान्तिप्रक्रिया, सेना समायोजन र जनताका दैनिक समस्याका मुद्दालगायतका काम गर्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो,' गौरवले शुक्रबार साँझ नयाँ पत्रिकासँग भने, 'त्यसकारण अबको आन्दोलनमा नयाँ सरकारको मुद्दा पनि थपिनेछ ।'
बैठकले राजनीतिक दलहरू जारी राजनीतिक गतिरोध हल गर्नका लागि जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । 'अन्य दलहरू शान्ति र नयाँ संविधान चाहँदैनन्, देशलाई गृहयुद्धमा धकेल्न चाहन्छन्,' प्रवक्ता शर्माले भने, 'हामीले जिम्मेवार प्रतिपक्षको हैसियतले पटकपकट सहमतिका लागि प्रयास गरेका छौँ ।'
स्रोतका अनुसार भारतको एउटा तप्का अहिले पनि वार्ता नहोस् र नेपालमा थप अराजकता सिर्जना होस् भन्ने पक्षमा रहेको माओवादी विश्लेषण छ ।
माओवादीले नागरिक सर्वोच्चताको विषय र सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमबारे सदनमा बहस नभएसम्म सदन चल्न नदिने आफ्नो अडान कायम राख्ने निर्णय लिएको छ । 'सदन हामीले रोकेको होइन, राष्ट्रपतिको असंवैधानिक कदममा छलफल गर्न दिए एक मिनेटमै सदन खोल्छौँ,' प्रवक्ता शर्माले भने, 'सदन खोल्ने वातावरण सरकारले बनाउनुपर्छ ।'
संगठनात्मक जिम्मेवारी हेरफेर गर्ने बैठकको एजेन्डा रहेको भए पनि करिब एक घन्टा बसेको स्थायी समितिको बैठकले यसबारे कुनै निर्णय गरेन ।
यसअघि ५ असोजमा बसेको माओवादी स्थायी समितिको बैठकले दसैँसम्म सहमति नबने अर्को चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो । गत २ असोजमा माओवादीको पहिलो चरणको आन्दोलनको कार्यक्रम सकिएको थियो ।
त्यसपछि १८ असोजमा बसेको माओवादीको स्थायी समिति बैठकले राजनीतिक गतिरोध हटाउन तिहारसम्म सहमतिका लागि प्रयास गर्ने निर्णय गरेर अनौपचारिक रूपमा आन्दोलन स्थगित गरेको थियो ।
Subscribe to:
Posts (Atom)