दार्चुला, कात्तिक २० -
दार्चुला जिल्ला सदरमुकामबाट ११ कोस पूर्वमा पर्ने घुलिगडा गाविस वडा नं.७ रैचुका गोविन्दसिंह धामीले आफ्नी श्रीमती र सालीलाई गोली हानी मारेपछि आफूले पनि आत्महत्या गरेका छन्।
सालीसँग विवाह गर्ने प्रस्ताव उनले अस्वीकार गरेपछि आफ्नी २० वर्षीया श्रीमती माना धामी र १८ वर्षीया साली सुरमती ठगुन्नालाई गोली हानी मारेपछि २७ वर्षीय गोविन्दसिंहले आत्महत्या गरेका हुन्।
गोविन्दसिंहले कात्तिक १९ गते बिहान घाँस काट्न गएकी सालीलाई खरबारीमै छातीमा दुई गोली हानी हत्या गरेका थिए। सालीलाई गोली हानेर घरमा आएपछि घरआँगनमा श्रीमतीलाई समेत गोली हानी हत्या गरेका थिए।
अभियुक्तले घरमा झगडा भएपछि आफ्नी आमा जसुलीदेवी र छोरीलाई समेत घाइते बनाएका थिए। घटनाको छानबिन गर्न इलाका प्रहरीचौकी लटिनाथ, प्रहरीचौकी बलाच र दल्लेकबाट हिजै प्रहरी टोली घटनास्थल पुगिसकेको र जिल्ला प्रहरी कार्यालय, दार्चुलाबाट पनि प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ। रासस
Friday, November 6, 2009
पर्वतका शिक्षण संस्था एक साता बन्द
दुर्गाप्रसाद शर्मा, (पर्वत)
पर्वतमा डेढ सातायता माहामारीको रूपमा फैलिएको स्वाइनफ्लु नियन्त्रणका लागि जिल्लामा र्सतकता अपनाउने निर्णयभएको छ।
सदरमुकाम कुस्माबजारमा संक्रमणको रूपमा देखिएको स्वाइनफ्लु गाउँगाउँमा समेत पुग्न सक्ने खतरालाई मध्यनजर राख्दै थप एक हप्ता सदरमुकाम कुस्माबजारका शिक्षण संस्थाहरू बन्द गर्ने निर्णयभएको छ। कार्तिक १० गतेदेखि महामारीका रूपमा ज्वरो फैलिएपछि साता पहिलेबाटै विद्यालयहरू बन्द गरिएका थिए।
रुघाखोकी र ज्वरोका बिरामीहरूमा स्वाइनफ्लुको जीवाणु भेटिएपछि शुक्रबार दिउँसो बसेको र्सवपक्षीय बैठकले बढी भीडभाड हुने स्थल, सभासम्मेलन, सिनेमा हलमा सिनेमा नचलाउन, भेला गोष्ठीसमेत नगर्न अनुरोध गर्ने निर्णयपनि गरेको छ।
गाउँगाउँमा समेत संक्रमणको खतरा रहेकाले सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीलाई समेत तयारी हालतमा राख्ने निर्णयपनि भएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो। केन्द्रबाट थप औषधि र स्वास्थ्यकर्मीसमेत मगाउने निर्णयभएको छ।
जिल्लामा अहिलेसम्म ३ हजार जनामा रुघाखोकी, ज्वरो आउने र टाउको दुख्ने लक्षण देखिएपछि १२ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो। पहिले बालबालिकामा मात्रै देखिएको संक्रमण अहिले सबै उमेर समूहमा देखिएको छ। नमुना परीक्षणमा संक्रमण देखिएका सैनिक जवान र विद्यार्थीहरूमा रोग सामान्य बनेको र काममा फर्किएको अस्पतालका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो।
पर्वत जिल्ला अस्पताल तथा निजी स्वास्थ्य संस्थामा आएका बिरामीहरूमध्ये अहिलेसम्म कसैलाई अन्य रिफर गर्नु नपरेको र अस्पतालमा भर्ना गर्ने अवस्था नआएकाले महामारी क्रमशः नियन्त्रणमा आइसकेको उहाँले बैठकमा जानकारी दिनुभएको थियो। ‘रोग समुदायमा फैलिएको र संक्रमण दर बढी भएकाले यसलाई रोक्नका लागि सबै जना र्सतर्क हुनुपर्ने अवस्था छ’ -डा. गौतमले भन्नुभयो। उहाँले चाडबाडमा अन्यत्र जाने र आउनेहरूबाट संक्रमण फैलिएको अनुमान गरिएको बताउनुभयो।
यसैबीच डेढ हप्तादेखि पर्वत, गोरखा र बागलुङमा फैलिएको भाइरल स्वाइनफ्लु अर्थात् एचवान एनवान २००९ पान्डेमिक भएको सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मीको टोली खटाउन लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जीडी ठाकुरले बताउनुभयो।
रोग नियन्त्रण महाशाखाले हाल फैलिएको महामारी नियन्त्रणका लागि पहल गरिरहेको र थप अध्ययन अनुसन्धानका लागि महाशाखाका संयोजक डा. तीनकरीको संयोजकत्वमा पाँच सदस्यीय चिकित्सक टोली शनिबार गोरखा, पर्वत र बागलुङका लागि खटाएको डा. ठाकुरले बताउनुभयो। उहाँले सम्पूर्ण स्वास्थ्य संस्थालाई गम्भीर प्रकृतिका बिरामीका लागि तत्काल उचित व्यवस्था गर्नसमेत निर्देशन दिइसकेको नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।

Thursday, November 5, 2009
नेपालमा चाइनिज वेश्यालय

नयाँ पत्रिका
काठमाडौं, १८ कात्तिक
काठमाडौंको ठमेलमा विदेशी पयर्टक मात्र होइन, विदेशी यौनकर्मी पनि सक्रिय रहेछन् । फाट्टफुट्ट होइन, बकाइदा कोठी खोलेरै यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको छ ।
ठमेलको शिक्षा मन्त्रालयपछाडि तीनतले भव्य बंगला भाडामा लिएर चाइनिज दम्पतीले कोठी चलाउँदै आएका थिए । सञ्चालक पक्राउ परेका छन् भने उनकी श्रीमती फरार छिन् ।
प्रहरीले बुधबार बेलुका आठ बजे बंगलामा छापा मारेर कोठी सञ्चालक पुरुष, ६ चाइनिज युवती र ६ नेपाली ग्राहकलाई पक्राउ गरेको छ । ठमेलको यो वेश्यालयलाई प्रहरीले दुई महिनादेखि निगरानीमा राखेको प्रहरी स्रोतले जनाएको छ । ठमेलमा अरू विदेशी युवतीका पनि कोठी रहेको प्रहरी आशंका छ ।
स्रोतका अनुसार उनीहरूले प्रतिग्राहक रातभरको २५ हजार नेपाली र एकपटकको पाँच हजार रुपैयाँ लिने गर्थे । स्रोतले भन्यो, 'उनीहरू बाहिर होटलमा जानुपर्यो भने थप चार्ज लिन्थे ।'
काठमाडौं परिसरको टोलीले केही महिना अगाडि कान्ति बाल अस्पतालपछाडि सञ्चालित कोठीमा छापा मारेर एक सभासद्सहित यौनकार्यमा संलग्न युवतीहरूलाई पक्राउ गरेको थियो ।
Wednesday, November 4, 2009
सशस्त्र युद्ध त्यागेका छैनौं : भट्टराई
काठमाडौं, कात्तिक १७ (नागरिक)
- एकिकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीले सशस्त्र जनयुद्ध नत्यागेको स्पष्ट पारेका छन्। दक्षिण एसियाली क्रान्तिकारी माओवादी निकट रिभोल्युसन इन साउथ एसिया डटकमलाई दिएको विस्तृत अन्तरवार्तामा भट्टराईले आफ्नो पार्टीले माओले विकास गरेको सशस्त्र जनयुद्ध त्यागेको ठान्नु भ्रम मात्र भएको बताएका हुन्।
'केही मानिस हामीले स्थायी रूपले सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण सामाजिक विकासको मार्ग रोजेको भन्ने भ्रममा छन्' गत साता प्रकाशित अन्तरवार्तामा उनले भनेका छन्, 'यो अन्योलमा स्पष्ट हुन जरूरी छ।'
भट्टराईले संविधानसभा निर्वाचन, राजतन्त्र अन्त्यका लागि पूँजीवादी पार्टीसँग हतियार विसाई सहकार्य गर्न जरूरी भए पनि सशस्त्र युद्ध स्थायी रूपले नत्यागेको बताएका छन्।
'राजतन्त्रको उन्मुलनपछि हामी त्यसैमा रोकियौं भनेर कहिल्यै भनेका छैनौं' उनले सशस्त्र जनयुद्ध समाप्त नभएको संकेत गरे, 'के बिर्सन हुँदैन भने, हामीले सशस्त्र जनयुद्धको उपलब्धीलाई कहिल्यै (कसैका सामु) समर्पण गरेका छैनौं।'
माओवादी नयाँ प्रजातान्त्रिक क्रान्ति सम्पन्न गर्ने अन्तिम चरणमा रहेको र यसक्रममा सर्वहारा र पूँजीपती वर्गबीच द्वन्द्व हुन सक्ने उल्लेख गर्दै भट्टराईले भनेका छन्, 'त्यसबखत हामी अर्को चरणको सशस्त्र द्वन्द्वका लागि बाध्य हुनसक्छौं। त्यस बाटोबाट मात्र हामी समाजवाद र साम्यवादमा पुग्न सक्छौं। यो नै माओवादको आधारभूत सिद्धान्त हो।'

Saturday, October 31, 2009
पूजा लामाको पनि अश्लील भिडियो

भिडियो सार्वजनिक गरेको आरोपमा पूजाका ब्वायफ्रेन्ड शिशिर भनिने प्रशनले माओवादी लगाएर पि्रतम पाण्डेलाई अपहरण गराए, प्रहरीले माओवादीको स्वयम्भु सम्पर्क कार्यालयमा छापा मारेर पाण्डेलाई उद्धार गर्यो
काठमाडौं, १४ कात्तिक
मोडलबाट नायिका हुँदै गायिका भएकी पूजा लामाको अश्लील भिडियोले अपहरणसम्मको 'स्क्यान्डल' मच्चाएको छ । पूजाको अश्लील भिडियो सार्वजनिक गरेको भन्दै अपहरणमा परेका एक युवालाई प्रहरीले शुक्रबार मुक्त गरेको छ ।
पापी फिल्मबाट नायिकाको रूपमा उदाएकी पूजाले पछिल्लोपटक दीपक रायमाझीको नयाँ फिल्म 'लभ स्टोरी २०६६' मा अभिनय गरेकी छिन् । सामयिक 'म्युजिक भिडियो इन्डस्ट्री' चल्तीकी मोडल पूजाले पछिल्लो समयमा गीत पनि गाएकी छिन् ।
उनै मोडल, नायिका, गायिका पूजाले आफ्नो प्रेमीसँग गरेको यौनसम्पर्कको भिडियो भन्दै अहिले मोबाइलबाट मोबाइलमा फरवार्ड भइरहेको छ ।
एक मिनेट २३ सेकेन्डको सो भिडियोमा युवती हातमा कप लिएर केही (सम्भवतः कफी) पिइरहेकी देखिन्छिन् । संवाद र वातावरण हेर्दा यो बिहानको दृश्य हो । कोठाको भित्तामा पूजाकै ब्लोअप तस्बिर देखिन्छ । अश्लील भिडियोमा युवतीको पूरै शरीर देखिन्छ, तर युवकको यौनांग मात्र ।
पुरुषले युवतीलाई 'गुडमर्निङ माई लभ' भन्छन् । पुरुषको उत्तेजित यौनांग देखेर रमाउँदै युवती भन्छिन्, 'ओ अल्वेज स्ट्यान्डबाई ।' पुरुष पनि भन्छन्, 'आँच, क्या दियो ।' संवादपछि दुवैजना खित्का छाड्छन् । त्यसपछि युवतीले मुखमैथुन सुरु गर्छिन् । भिडियो सकिन्छ ।
Friday, October 30, 2009
२० की कंगनालाई ५० का सञ्जयको जोडी

शुक्रवार, 30 अक्टोबर 2009
मुम्बई, कात्तिक १३ (एजेन्सी)- हिरो र हिरोइनका नमिल्दा जोडी बलिउडका लागि नयाँ होइन। रणवीर कपुर-कोनकोना सेन शर्मा पछि बलिउडलमा अर्को एउटा नमिल्दो जोडी आउने तयारीमा छ। यो जोडी हो, सञ्जय दत्त र कंगना रणावतको।
पचास वर्षका सञ्जय र बीस वर्षकी कंगनाको जोडी एक, होइन दुई फिल्ममा देखिँदैछ। यी फिल्म हुन्, 'नो प्रोब्लम' र 'नक आउट'। अहिले सुटिङ भइरहेको फिल्म 'नक आउट' मा कंगनाको जोडी बन्नका लागि सञ्जयले दस किलो तौल समेत घटाएका छन्। र, उनी दस वर्ष कान्छोजस्तो देखिएको फिल्मका निर्देशक मणिशंकरले दाबी गरेका छन्।
'१६ डिसेम्बर' र 'ट्याङ्गो चार्ली'जस्ता फिल्म बनाएका मणीको यो फिल्ममा सञ्जय एक हत्याराको भूमिकामा देखिँदैछन्। कंगना भने टिभी पत्रकारको भूमिकामा हुनेछिन्। यो भूमिकामा कंगनाको सिफारिस सञ्जयले नै गरेका थिए। उनीहरूको अर्को फिल्म 'नो प्रोब्लम' भने कमेडी हो।
Thursday, October 29, 2009
न बाआमा छन् न बास छ

29/10/2009 04:35:00 सन्तोष थापा
तीन साताअघि अर्थात् असोज २१ गतेको दिन, पर्वत थापाठाना— ५, पत्यारका दुर्गाबहादुर भण्डारी र बिनु भण्डारीका घरमा 'दैव'ले वियोग जुरायो । घटनाको विवरणले सुन्नेको त मन पगाल्छ भने त्यहीँबाट टुहुरा बनेका दुई बालिकाको बिचल्लीले कसका आँखा नरसाउँदा हुन् । घटना थियो बाढीपहिरोको । र, परिणाममा एकै परिवारका चारजनाले एउटै चितामा जल्नुपर्यो ।
पाँचजनाको परिवारमा अहिले दुई बालिका मात्रै जीवित छन्, १३ वर्षकी बिन्दु र १० वर्षकी रेखा । एउटै घरमा सुतिरहेका दुईजना मात्रै संयोगले बाँचे । पहिरोले घर पुर्दा बाबुआमासँगै भाइ र बहिनीलाई कहिल्यै नर्फकने गरी पृथ्वीको गर्भमा पुर्यायो । अब उनीहरूको बाँकी जीवन पीडामा सहाराविहीन भएर कटाउनुपर्ने अवस्था छ ।
रेखा र बिन्दु घरको उपल्लो तलामा सुतिरहेका थिए, बुबाआमा र भाइबहिनी तल्लो तलामा । घरबाट झन्डै १० मिटरमाथिको मोटरबाटोबाट आएको पहिरोले उनीहरूलाई उछिट्टयाइदियो । त्यसपछि बेहोस यी दिदीबहिनीलाई छिमेकीहरू आएर बाहिर निकालेका थिए । त्यो कहालीलाग्दो कहानी सुनाउँदै गर्दा बिन्दुले गहभरि आँसु पारिन्, 'अब हामीलाई कसले खान दिने, कसले पढाइदिने ?' बाबु दुर्गा, आमा बिनु, बहिनी सिमाना र भाइ दीपचन्दले बिन्दु र रेखालाई संसारको जिम्मामा छाडेर आफूहरूले संसार छाडे । शिक्षादीक्षा, पालनपोषणका लागि के गर्ने र कसो गर्ने भन्ने कुनै टुंगो छैन । गाउँलेहरू अत्तालिएर सहयोगको खोजीमा जुटेका छन् । तर, कतै कुनै उपाय फेला परेको छैन ।
नेपाली सेनाबाट चार वर्षअघि अवकासप्राप्त भण्डारीका माइला बुबा जायश्वर भण्डारीले अहिले बिन्दु र रेखाको हेरचाह गरेका छन् । माइला बुबाको घर पनि पहिरोको जोखिममा परेकाले उनी पनि विस्थापित छन् । बिन्दु र रेखालाई पढाइ तथा दैनिक हातमुख जोर्ने समस्याले पिरोलेको थापाठाना गाविसका निवर्तमान अध्यक्ष गंगानारायण श्रेष्ठले बताए । 'उनीहरूलाई दैवले हाम्रो जिम्मा लगाएर गयो । तर, कसरी संरक्षण गर्ने भन्ने चिन्ता छ,' उनी भन्छन् । बिन्दु थापाठाना माविमा कक्षा ८ र रेखा कक्षा ६ मा पढ्छिन् ।
घटनालगत्तै जिल्ला प्रशासन कार्यालय, पर्वतले एक लाख पाँँच हजार, लायन्स क्लब अफ शिवालयले २५ हजार, स्थानीय गाविसले १० हजार, हेल्पिङ ह्यान्डस, पर्वतले पाँच हजार र प्याब्सन पर्वतले तीन हजार सहयोग गरेका छन् । क्लबले राहतकोष नै स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले एक दिनबराबरको तलब संकलन गरी ६ हजार आठ सय सहयोग गरेका छन् । राहत जतिसुकै प्रदान गरिए पनि घर नै गुमेपछि बासको पनि समस्या भएको र भविष्य अन्योलमा रहेको पीडितका आफन्तले बताएका छन् ।
Wednesday, October 28, 2009
नेपालमै सोलार कार

बुधवार, 28 अक्टोबर 2009 08:28 नागरिक
नेपालमै सोलार कार
दीलिप पौडेल, बाग्लुङ,कात्तिक ११-बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन्। उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्।
उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो। ढाकाटोपी र दौरा सुरुवालमा सजिएका बालकले 'कुशल सोलार कार, सेभ द वर्ल्ड' लेखेको सेतो रङको कार हर्न बजाउँदै ल्याउँदा सवै अचम्मित भए। उनले बाग्लुङ बजारमा कार हुँइक्याउँदा सडकको छेउछाउ बसेका सबैले ताली बजाएर स्वागत गरे।
सौर्य उर्जाबाट इन्धन आपूर्ति गर्ने भएकाले कारको नामै सोलार कार राखिएको हो। 'विश्वव्यापी रूपमा बढ्दो वायू प्रदूषण र तापक्रम न्यूनीकरण गर्न सोलारबाट चल्ने कार बनाएको हुँ,' केसीले सञ्चारकर्मीसँग भने, 'यो पहिलो परीक्षण हो, पाँच वर्षभित्र पेट्रोलबाट चल्ने कारले जति गति लिन्छ, त्यहीअनुसारका कार बनाउँछु।' अहिले सोलार कार ६० किलोमिटर प्रतिघण्टा दौडिने उनले बताए। चार घन्टा चार्ज गरेपछि यो ५० किलोमिटर दौडन्छ।
'पहिलो पटक अक्सफोर्ड विश्वविद्यालय लन्डनका विद्यार्थीले सोलारबाट चल्ने कार बनाए थिए,' केसीले भने, 'तर, उनीहरूले बनाएको कार दिउँसो मात्र गुड्थ्यो। तर,यो कार रात र दिन जुनसुकै समय पनि गुडाउन सकिन्छ।'
कान्छो उमेरमा सोलारबाट चल्ने कार बनाएकाले उनले गिनिज बुकमा नाम दर्ता गराउन सबैसँग सहयोगको आग्रह गरेका छन्। 'सबैभन्दा सानो उमेरमा नयाँ आविष्कार गरेको छु,' उनले भने, 'गिनिज बुकमा नाम लेखाउन नेपाल सरकार र सबैको सहयोग आवश्यक छ।' प्रिन्सिपल महेशचन्द्र प्रधानले कुशलको कामलाई विद्यालयले सहयोग गर्दै आएको बताए। 'नयाँ परीक्षण भएको छ, गिनिज बुकमा नाम लेखाउन पहल गर्छौं,' उनले भने।
केसीले ब्याट्री, मोटर र सोलार जोडेर कार बनाएका छन्। कारको अगाडि, छत र पछाडि २० वाटका ६ वटा सोलार प्यानल जडान गरिएको छ। सोलारबाट संकलन गरिएको ऊर्जा ब्याट्रीमा जडान गरेर चार्ज गरिन्छ। घाम लागेको समयमा भने ब्याट्रीको ऊर्जासमेत प्रयोग नगरी कार गुड्छ। बिजुलीबाट समेत चार्च गर्नमिल्ने व्यवस्था मिलाइएको छ।
कारमा तीनवटा पांग्रा प्रयोग गरिएको छ। अगाडि एउटा र पछाडि दुईवटा। कारको अगाडि ड्राइभरसहित तीनजना बस्नमिल्ने सिट राखिएको छ।
कार बनाउन आवश्यक सामग्री उनले चीन र भारतबाट किनेका थिए। उनले करिब ४० दिनमा कार बनाएका हुन्। यसअघि उनले हेलिकप्टर बनाएर पोखरा र काठमाडौंमा प्रदर्शन गरेका थिए।
कार बनाउँदा करिब ६ लाख रुपैयाँ खर्च भएको बाबु भीम केसीले बताए। यसका लागि नास्टबाट १० हजार र विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलगायतबाट करिब २ लाख रुपैयाँ संकलन भए पनि अन्य रकमको जोहो गर्न मुस्किल परेको उनका बाबुले बताए।
राष्ट्रकै शिर उचो बनाउने काम भए पनि कुनै निकायले सहयोग गरेको छैन,' बाबुले भने, 'ऋण काढेर भए पनि आवश्यक सामग्री जुटाएको हुँ। छोरोले राम्रो काम गरेकाले गर्व लागेको छ।' केसीको परिवार अहिले बाग्लुङ सदरमुकाममा बस्दै आएको छ।
उनको प्रतिभा हेर्न उनको जन्मस्थानबाट एक दिन लगाएर काका, काकी, छिमेकीसमेत सदरमुकाम आएका थिए। उनलाई मंगलबारै विद्यालय तथा विभिन्न संघसंस्थाले अभिनन्दन गरेका थिए। बधाइ दिनेको घुइँचै थियो।
माओवादी आन्दोलनको "कमाण्डर" प्रचण्ड ,"फिल्ड कमाण्डर" बाबुराम

एस के नेपाल न्यूज सर्भिस
मंगलबार,नोवेम्बर ०३,२००९
एकीकृत नेकपा माओवादीले कात्तिक १५ गतेदेखि थालेको दोस्रो चरणको आन्दोलनको "सर्वोच्च कमाण्डर" पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई तोकेको छ। केही महिनाअघि पार्टीभित्र शक्ति सन्तुलन मिलाउन बहुपदीय प्रणाली अपनाए पनि आन्दोलनको मुखैमा दाहाललाई नै पार्टीको "सर्वेसर्वा" बनाइएको हो।
आन्दोलन चर्किदै जाँदा त्यसको परिचालन तथा निर्देशन गर्न सजिलो होस् भनेर हालै बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले "हेडक्वार्टर" लाई आन्दोलनको अन्तिम अधिकार सुम्पेको हो। पार्टी र जनवर्गीय संगठन र मोर्चालाई एकीकृत गर्नका अध्यक्षले नेतृत्व गर्दा आन्दोलन छरितो हुने माओवादीको निश्कर्ष छ।यसअघि माओवादीले संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिको नेतृत्व पार्टीका तेस्रो वरियताक्रमका बाबुराम भट्टराईलाई सुम्पेको थियो, जसको उपाध्यक्षमा तिलक परिवार, अमिक शेरचन र रामकुमारी यादव, महासचिवमा नेत्रविक्रम चन्द, सचिवमा जनार्दन शर्मा, कोषाध्यक्षमा लेखराज भट्ट र विभिन्न जनवर्गीय तथा मोर्चाका प्रमुखगरी एक सय १७५ सदस्यीय समिति बनेको छ।
आइतबार बेलुका राजधानीमा दोस्रो चरणको आन्दोलन आरम्भ गर्न दाहाल स्वयं रत्नपार्कमा गई राँको बालेका थिए। संयोग नै भनौ, त्यसबेला संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिका संयोजक भट्टराईचाहिं गृह जिल्ला गोरखामा व्यस्त थिए।भट्टराईचाहिं
महिनाको एकपटक गृहजिल्ला जाने नियमित रुटिनअन्तर्गत गोरखा सदरमुकामबाट तीन घण्टा टाढाको बोर्लाङ गाउँमा आमसभालाई सम्बोधन गर्न पुगेको उनीनिकटस्थ स्रोतको दाबी छ। "यहाँ (राजधानीमा) अध्यक्ष स्वयम् उपस्थित हुने भएकोले एक महिनाअघि तय भएको कार्यक्रममा बाबुराम गोरर्खातिर जानुभएको हो।", स्रोतले भन्यो।
यद्यपि, माओवादीले जनआन्दोलनको "फिल्ड कमाण्डर" का रूपमा बाबुराम नै भएको जनाएको छ। "आन्दोलनको रुपलाई विशिष्टकरण गर्न फिल्डमा बाबुरामजीकै नेतृत्वमा मास परिचालन हुनेछ, तर आन्दोलन कसरी लैजाने भन्ने अधिकार केन्द्रीय कार्यालयमा निहित गरिएको छ", दाहालका स्वकीय सचिव विकेश श्रेष्ठले भने।०६२
असोजको चुनवाङ बैठकले दाहाललाई सेना र पार्टी संगठनको सम्पूर्ण अधिकार केन्द्रीकृत गर्ने निर्णय गरेको थियो। त्यसअघि पार्टीका वरिष्ट नेता बाबुराम भट्टराईले शक्तिको केन्द्रीयकरण गर्दा दुरूपयोग हुनसक्ने खतरा औल्याउँदा उनको दाहालसँग मतभिन्नता सिर्जना भएको थियो। चुनवाङ बैठकमा भट्टराईले ल्याएको लोकतान्त्रिक गणतन्त्रको लाइन दाहालले स्वीकारेपछि भट्टराईले पनि दाहालको केन्द्रीकृत नेतृत्व स्वीकारेका थिए।
आन्दोलनको मुखैमा दाहाललाई दिइएको सर्वोच्च कमाण्डरको अधिकार चुनवाङ वैठकपछि निर्णयसँग मिल्दोजुल्दो छ। त्यसवेला दाहाललाई माओवादी जनमुक्ति सेनाको सुप्रिम कमाण्डरको सँगसँगै आवश्यक परेको वेला एकल निर्णय गर्ने अधिकार दिएको थियो।अहिलेकोमा
फरक यत्ति छ कि, दाहालले आन्दोलनको रणनीति तय गर्नुअघि हेडक्वार्टरमा छलफल गर्नुपर्नेछ, जसमा पार्टीका उपाध्यक्षत्रय मोहन वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा तथा सचिवद्वय सीपी गजुरेल र पोष्टबहादुर बोगटीसँग प्रारम्भिक सल्लाह लिनेछन्। उनीहरू पार्टीको स्थायी समिति सदस्य पनि हुन्। साथै, माओवादीको सैन्य इञ्चार्ज वर्षमान पुन पनि हेडक्वार्टरका सहयोगीका रूपमा रहनेछन्।
माओवादीले दोस्रो चरणको आन्दोलनलाई राणनैतिक प्रत्याक्रमणको दोस्रो योजना भनेर व्याख्या गरेका छन्। माओवादीमा प्रत्याक्रमण भनेको लडाइँ जितिनसकेको तर आफू माथि परेको अवस्था भन्ने बुझिन्छ। यतिखेर उनीहरूले आन्दोलन शान्तिपूर्ण गर्ने बताएका छन्। माओवादीको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)लाई आन्दोलनका सहयोगका रुपमा अन्य जनवर्गीय संगठन विद्यार्थी, महिला, मजदुर आदितिर पनि छुट्टै "वाईसीएल सेल" गठन गरी त्यसको प्रत्यक्ष कमाण्ड दाहालले गर्नेछन्। सैन्य होइन कि मास केन्द्रीत गर्ने उनीहरूको उद्देश्य छ। २६ र २७ गते दुई लाखजति जमात उपस्थित गराएर सिंहदरबार घेराउ गर्दासम्म राष्ट्रिय सरकार बन्ने वातावरण नदेखिएमा भद्र अवज्ञा गर्ने माओवादीको भित्री योजना छ, जसलाई उनीहरूले गान्धीवादी आन्दोलन स्वरूप नामाकरण गरेका छन्।
चौध वषर्ीया बालिकामाथि सामूहिक बलात्कार
03/11/2009 नरेश खड्का/नयाँ पत्रिका
बझाङ, १७ कात्तिक : स्याँडी गाविस— ८ की एक बालिकालाई दाइ नाता पर्ने सोही गाउँका दुईजनाले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले दुवैलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सदरमुकाम चैनपुरबाट २३ कोस दक्षिण-पश्चिममा रहेको सो गाउँकी १४ वषर्या बालिका पार्वती बोहरा -नाम परिवर्तन) लाई ४२ वषर्ीय वीरजित बोहरा र ४० वषर्ीय नरबहादुर बोहराले आइतबार राति बलात्कार गरेका हुन् ।
मदिरा-सेवन गरी आएका उनीहरूले आमासित सुतिरहेकी बालिकाको मुख थुनेर बाहिर ल्याएको र आमालाई मार्ने धम्की दिई सामूहिक बलात्कार गरेको खुल्न आएको छ । बलात्कार गरेर भाग्ने क्रममा आमा सन्जाले गाउँलेलाई गुहारी उनीहरूलाई समातेर प्रहरीलाई बुझाएको बालिकाका काका मानबहादुर बोहराले बताए ।
सदरमुकाम चैनपुरस्थित प्रहरी कार्यालयमा जाहेरी दिन आएका बोहराका अनुसार दुईवटा हँसियासमेत बोकेर आएका आरोपीहरूले पीडित बालिकाकी आमाले कानमा लगाएको गहना पनि लुछेर लगेका छन् ।
आरोपी दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको निमित्त प्रहरी नायब उपरीक्षक मिलन बस्नेतले बताए । बलात्कृत बालिकाको स्वास्थ्यपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको र रिपोर्ट आएपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए । पीडित बालिकाकी आमाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुलुकी ऐनमा १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा अभियुक्तलाई आठदेखि १२ वर्षसम्म कैद-सजायको व्यवस्था छ ।

Subscribe to:
Posts (Atom)