Saturday, January 21, 2012

यसरी आउँदैछ चिनियाँ रेल

पूर्ण बस्नेत, हङकङ, माघ ७- चीनले तीव्र गतिमा विस्तार भइरहेको तिब्बत रेलमार्ग तीन वर्षभित्रै ल्हासाबाट सिगात्से पुग्ने र लगत्तै नेपालतर्फ विस्तार गरिने संकेत गरेको छ।चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमणको क्रममा गत शनिबार तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं विस्तार गरिने जनाएलगत्तै बेइजिङमा यससम्बन्धी प्रगति विवरण सार्वजनिक भएको हो।
ल्हासा-सिगात्से खण्डमा पर्ने २ सय ५३ किलोमिटर रेलमार्गको ७७ प्रतिशत र उक्त भागमा पर्ने सुरुङ मार्गको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको तिब्बत क्षेत्रीय विकास तथा सुधार आयोगले मंगलबार जनाएको छ।

'तिब्बतको राजधानी ल्हासाबाट सिगात्सेतर्फ रेलमार्ग विस्तार कार्य तीव्र गतिमा भइरहेको छ, सन् २०१५ सम्म यो पूरा हुनेछ,' आयोग प्रमुख जीन सिसुनलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
बेइजिङस्थित दक्षिण एसिया मामिला विज्ञहरूले एक दशकभित्रै नेपाललाई रेलमार्गले जोड्ने चीनको तयारी रहेको जनाएका छन्। चीनको राज्य परिषद् अन्तर्गतको संस्था सिआइसिआइआरको दक्षिण तथा दक्षिण पूर्व अध्ययन केन्द्रका निर्देशक हु शिशेङ नौ वर्षभित्र तिब्बत रेलमार्ग नेपालसँग जोडिने बताउँछन्।

बेलायती सैनिक कटौतीमा परी ४ सय नेपालीको जागिर गुम्ने

काठमाडौं, माघ ३ (नागरिक) - बेलायती सेनाले मंगलबार दोस्रो चरणको सैनिक कटौतीको घोषणा गरेपछि गोर्खा ब्रिगेडमा रहेका ४ सय नेपालीले आफ्नो जागिर गुमाउने भएका छन्। यो चरणमा २ हजार ९ सय बेलायती सेनाले जागिर गुमाउन लागेको काठमाडौंस्थित बेलायती राजदूतावासले प्रेस वक्तव्यमार्फत जानकारी गराएको छ।

'२ हजार ९ सय अवकाश पाउँदा करिब ४ सय गोर्खाहरु पनि पर्ने अनुमान गरिएको छ,' दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ। दूतावासले जनाएअनुसार सन् २००७ मा सेनालाई आधुनिककीकरण गरेपछि गोर्खा सेनाको आकार बढेको छ भने उनीहरुले १५ वर्षको तुलनामा २२ वर्षसम्म सैनिक सेवामा रहन पाएका छन्।

'प्रभावित सबैलाई १२ महिनाको सूचना दिइनेछ र उनीहरुलाई गैरसैनिक जीवनयापनका लागि रोजगारीसहितका विशेष कार्यक्रमहरु उपलव्ध गराइनेछन्,' वक्तव्यमा उल्लेख छ।
बेलायती रक्षा मन्त्रालयले ३९ अर्ब पाउण्ड स्टर्लिङ रक्षा बजेट घटाउन सेनाको संख्या कटौती गर्ने निर्णय गरेको हो।

Sunday, December 4, 2011

विद्यालय पनि सेक्सको तालिम

हाम्रो नेपालमा विद्यालयको पाठ्यक्रममा रहेको यौन र प्रजननन स्वास्थ्य सम्बन्धि पाठ पढाउन शिक्षकले लाज मान्छन् र पढाइहालेमा पनि शिक्षक र विद्यार्थी दुबैले रातो मुख पारेका हुन्छन् । यसको मतलब हामीकहाँ विद्यालयमा यौन शिक्षाको विषयमा शिक्षक र विद्यार्थीबीच खुलेर सम्वाद हुन पाउँदैन । तर विश्वमा यस्तो विद्यालय पनि छ जहाँ यौन र प्रजनन सम्बन्धि सैद्धान्तिक कुरा मात्र होइन सेक्सको तालिम समेत दिइन्छ । अस्ट्रीयाको राजधानी भियनामा रहेको अस्टि्यन इन्टरनेशनल स्कुलले कक्षामै विद्यार्थीहरुलाई कसरी सुरक्षित र बढि आनन्द प्राप्त गर्ने गरी सेक्स गर्ने भन्ने कुरा सिकाउँछ । विद्यालयकी प्रधानाध्यापिकाका अनुसार १६ वर्ष भन्दा माथिका युवायुवतीलाई मात्र विद्यालयमा भर्ना लिने गरिएको छ ।

विद्यालयमा भर्ना हुन विद्यार्थीहरुले १४ सय पाउण्ड तिर्नुपर्छ । उनका अनुसार उक्त विद्यालय विश्वकै पहिलो व्यवहारिक सेक्स स्कुल हो जहाँ सबै कुरा प्राक्टिकल हुन्छन् । उक्त विद्यालयले विद्यार्थीहरुलाई सेक्स गर्ने उत्तम तरिका, आफ्नो पार्टनरलाई रिझाउने तरिका तथा सम्भोगमा चरम सन्तुष्टि लिने उपायबारे प्रयोगात्मक शिक्षा दिने गरेको छ । स्कुलका प्रवक्ता मेलोडी क्रिचले विद्यालयले विश्वमै अलग पहिचान स्थापित गर्ने दाबी गरेका छन् । हालै स्थापना भएको यो विद्यालय संचालन हुन अघि नै विवादमा परेको थियो । विद्यालयको विज्ञापनमा एक जोडिले सेक्स गर्दै गरेको तस्वीर राखिएपछि उक्त विज्ञापनलाई सरकारले रोक लगाएको थियो ।

Monday, November 14, 2011

भ्रष्ट देशको सूचीमा नेपाल अझै उक्लियो




१० पूर्णाङ्कमा २.२ अङ्कमात्र पाएर नेपाल१ सय ८५ देशको सूचीमा १ सय ५४ नम्बरमा परेको हो।
सूचीमा भ्रष्ट देशमा नेपालभन्दा माथि अफगानिस्तान, उत्तर कोरिया, इराक, सुडान जस्ता देश रहेका छन्। सबैभन्दा भ्रष्ट ३ देशमा सोमालिया, उत्तर कोरिया र म्यानमार रहेको छ।
९.५ अङ्कका साथ न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्ट देश बन्न सफल भएको छ। उसैलाई पछ्याउँदै डेनमार्क र फिनल्यान्ड समान ९.४ अङ्कका साथ दोस्रो नम्बरमा रहेको छ भने स्विडेन र सिङ्गापुर क्रमशः चौथो र पाँचौँ नम्बरमा छन्।
दक्षिण एसियाली देशहरु मध्ये छिमेकी भारत ९५ नम्बरमा, श्रीलंका ८६ नम्बरमा, बंगलादेश १ सय २० नम्बरमा छ। त्यसैगरी माल्दिभ्स १ सय ३४ र पाकिस्तान पनि १३४ नम्बरमा रहेका छन्। भुटान भने सबैभन्दा माथि ३८ नम्बरमा छ।
एसिया प्रशान्त देशहरुको सूचीमा नेपाल २९औँ नम्बरमा छ।

फिनल्यान्डकी अन्तर्राष्ट्रिय विकासमन्त्री हाइडी



थप्रेक (तनहुँ), मंसिर १८ - छेउको तस्बिरले खास केही अर्थ राख्ला ? सम्भवतः राख्दैनथ्यो, यदि उनी आम नेपाली ग्रामीण महिला थिइन् भने । तर उनी हुन्- फिनल्यान्डकी अन्तर्राष्ट्रिय विकासमन्त्री हाइडी हाउटाला । फिनल्यान्ड सरकारको अनुदानमा सञ्चालित खानेपानी अवलोकन गर्न शनिबार
यहाँ आएकी उनले पुरानो कुवाबाट सञ्चालित धारामा पानी भरी डोकोमा बोकेकी हुन् ।
गाग्रीसहितको डोको बोकेर केही पाइला चाल्न खोजेकी उनी अघि बढ्न भने सकिनन् । भनिन्, 'ओहो यहाँका मानिसले पानीकै लागि खेप्नुपरेको सास्ती धेरै रहेछ भन्ने मेरो सानो अनुभवले देखाइसक्यो ।' त्यसपछि उनले डोको बिसाइन् । मन्त्री हाउटालासहित फिनल्यान्ड र नेपालका करिब २ दर्जन उच्च अधिकारीहरू करिब १५ मिनेट हिँडेर थप्रेक काठेपीपलका करिब ३५ घरले उपभोग गर्ने उक्त कुवा हेर्न गएका थिए । यात्राकै क्रममा समेत मन्त्री हाउटालालाई पटकपटक उनका सहयोगी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना तनहुँकी इन्जिनियर रुविका श्रेष्ठले हात समातेर हिँडाएकी थिइन् ।

Tuesday, August 2, 2011

अमेरिकामा बढ्दो ऋण संकट

वासिङ्टन/ चरम ऋण संकटतिर बढिरहेको अमेरिकी सरकारसँग अहिले अमेरिकी एप्पल कम्पनीसँग भन्दा पनि थोरै नगद छ । अमेरिकी अर्थ विभागको ताजा तथ्यांकअनुसार अहिले अमेरिकी सरकारसँग चालू नगद अथवा कोअपरेटिङ क्यास ब्यालेन्स करिब ७३.७ अर्ब डलरमात्र बाँकी रहेको छ । टेक्नोलोजी क्ष्ाेत्रको ठूलो कम्पनी एप्पल कम्पनीसँग अहिले ७६.७ अर्ब डलर चालू नगद रहेको छ । अमेरिकी ऋण संकट थप गहिरो हँुदै छ । देशको मौजुदा ऋणको सीमा यसै अगस्टमा सकिँदै छ । यस संकटबाट पार पाउनका लागि प्रस्तुत गरिएको विधेयक प्रतिनिधिसभाबाट पारित भए पनि सिनेटले यसलाई अस्वीकार गरेको छ । अहिले ऋणसीमा बढाउने मामलाले अमेरिकी राजनीति तातेको छ ।

यदि अमेरिकाले आफूले तिर्नुपर्ने ऋणको सीमा बढाउन नसकेको खण्डमा ऋण चुक्ता गर्न समस्या आउनेछ । यसैगरी, क्रेडिट रेटिङ संस्थाले पनि अमेरिकी साखलाई कम गर्न सक्नेछन् । अमेरिकाको अहिले १४.३ टि्रलियन डलर (143,000,000,000,00x72=10296,000,000,000,00 NRS) ऋण छ । अहिले अमेरिकाले प्रत्येक महिना राजस्व संकलनबाट हुने आम्दानीभन्दा दुई सय विलियन डलर बढी खर्च गर्छ । यता एप्पल कम्पनीसँग रहेको ७६.७ अर्ब डलर नगदको प्रयोजनका बारेमा चासो बढेको छ । जुपिटर रिसर्चका विश्लेषक ड्यानियल एसडाउनका अनुसार एप्पल आफ्नो हरेक चाल गोप्य राख्छ । एप्पल अन्य कम्पनी किन्ने तयारीमा लागेको अनुमान कतिपयले गरेका छन् । पुस्तक पसल वार्नस एन्ड नोबल र अनलाइन फिल्मी साइट नेटफिल्क्स किन्ने तयारीमा रहेको अनुमान पनि कतिपय अनुसन्धानकर्ताले गरेका छन्

Tuesday, July 19, 2011

तपाईँ यौन -सेक्स) लाई कसरी परिभाषित गर्नुहुन्छ ?

रेजिना उप्रेती, नायिका यौन नितान्त प्राकृतिक कुरा हो। मानिसको उत्पत्तिसँगै यसको पनि उत्पत्ति भएको हो। फेसन र ग्ल्यामरको विकाससँगै समाजमा यौनले पनि  विशेष दर्जा पाउन थालेको हो। अन्यथा यो एउटा प्राकृतिक कुरा हो, जुन बिना यो संसारको कल्पना असम्भव छ। 
प्रमोद खरेल, गायक संसारको कुनै पनि प्राणीलाई नभै नहुने कुरा नै यौन हो। विशेष गरी मानिसलाई नभै नहुने कुरा हो। मेरो विचारमा यौन एउटा भोक पनि हो,  भोक लागेपछि खानै पर्छ। 
अयुव केसी, नायक मलाई यौनको राम्रो परिभाषा त दिन आउँदैन, तर यो एउटा प्राकृतिक प्रक्रिया हो जसलाई उमेर पुगेपछि जो-कोहीले पनि अनुभव गर्न सक्छ। 
जमुना जोशी, गायिका यौन भनेको त्यस्तो वस्तु हो जुन महिला तथा पुरुष दुवैका लागि अति नै आवश्यक तथा अनिवार्य छ। 'द मोर, द बेटर' भन्ने कुरा यौनमा  लागू हुन्छ। 

Thursday, July 14, 2011

३ खर्ब ८४ अर्ब ९० करोड

बालकृष्ण ज्ञवाली, काठमाडौं, असार २९ -सरकारले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेर आगामी आर्थिक वर्षको बजेट बिहीबार सार्वजनिक गर्दैछ। चालु आर्थिक वर्षको बजेटभन्दा यो ४७ अर्ब रुपैयाँ बढी हो।

अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार संसदसमक्ष प्रस्तुत गर्ने आर्थिक वर्ष २०६८/६९ को बजेटमा विकास (पुँजीगत) खर्चका लागि १ खर्ब ४८ अर्ब र चालु (साधारण) खर्चमा २ खर्ब १० अर्ब रुपैयाँ छुट्टयाइएको छ। वैदेशिक साँवा र व्याज भुक्तानीका लागि २६ अर्ब विनियोजन गरिएको छ।

चालु वर्ष साधारण खर्च १ सय ९० र विकास खर्च १ सय २९ अर्ब छुट्टयाइएको थियो। त्यस्तै १८ अर्ब रुपैयाँ साँवा व्याज भुक्तानी गरिएको थियो।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बजेटले २ खर्ब ४६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। यो चालु वर्षको राजस्व असुली लक्ष्यभन्दा ३० अर्ब रुपैयाँ बढी हो। अघिल्ला वर्षहरूमा राजस्वको असुली लक्ष्य उच्च राखिने गरेको थियो। अहिले करिब १३ प्रतिशत वृद्धिको मात्र लक्ष्य राखिएको छ।

माओवादी अर्थमन्त्री बाबुराम भट्टराईले करिब ३३ प्रतिशत उच्च लक्ष्य राखेर पनि प्रगति हासिल गरेकाले त्यसपछिका अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि करिब २१ प्रतिशतको लक्ष्य राखेका थिए। यो वर्ष भने लक्ष्य पूरा हुन सकेको छैन।

स्रोतका अनुसार बजेटमा १ खर्ब ३ अर्ब रुपैयाँ वैदेशिक सहायताबाट आउने अनुमान गरिएको छ। यसमध्ये ७५ अर्ब अनुदान र २८ अर्ब रुपैयाँ ऋण सहयोग लिइनेछ। चालु आवमा ८७ अर्ब रुपैयाँ वैदेशिक सहयोग आउने बताइएको थियो। चालु आवमा ३३ अर्ब आन्तरिक ऋण उठाउने भनिएकोमा आगामी वर्ष बढाएर ३५ अर्ब पुर्‍याइएको छ।

बजेटमा सरकारले आधा दर्जन पनि नयाँ कार्यक्रम दिन सकेको छैन। अधिकांश पुराना ठुला आयोजनालाई निरन्तरता दिँदै बजेट विनियोजन गरिएको छ।

'बजेटले पुराना ठूला पूर्वाधार आयोजनालाई प्रशस्त रकम दिएको छ,' अर्थमा बजेट हेर्ने एक अधिकारीले भने, 'हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, काठमाडौं-तराई फास्ट ट्र्याक, सिक्टा रानीजमराजस्ता अघिल्ला सरकारले महत्त्व दिएर सुरु गरेका आयोजना बढी रकम पाउनेमा परेका छन्।'

ती अधिकारीका अनुसार नेपाल-भारत सीमाका विभिन्न नाकाबाट महेन्द्र राजमार्ग जोड्ने हुलाकी सडकका लागि सबभन्दा बढी ३ अर्ब ५० करोड रुपैयाँ बजेट दिइएको छ। यसमा भारतले थप डेढ अर्ब रुपैयाँ दिने सहमति भएकाले ५ अर्ब बजेट पुग्नेछ।

त्यस्तै अघिल्लो सरकारले ठूलो महत्त्व राखेर सुरु गरेको मध्यपहाडी लोकमार्गका लागि १ अर्ब ७५ करोड र फास्ट ट्र्याकका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ। सिक्टा सिँचाइ आयोजनाका लागि करिब १ अर्ब छुट्टयाइएको छ। रानीजमरा सिँचाइका लागि पनि बजेट बढाइएको ती अधिकारीले जानकारी दिए।
सरकारले नयाँ कार्यक्रमका रूपमा भेरी बबई डाइभर्सन आयोजना, इन्द्रावती जलविद्युत् परियोजना, पृथ्वी राजमार्गअन्तर्गत थानकोट-नौबिसे टनेललगायत प्रस्तुत गर्दैछ। बुढीगण्डकी जलविद्युत् आयोजनालाई पनि पहिलोपटक रकम विनियोजन गरेको छ।
'राजधानीलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम ल्याइएका छन्,' अर्थका अर्का एक अधिकारीले भने, 'बागमती करिडोर, मेट्रो रेल्वेको सम्भाव्यता अध्ययन, इन्द्रावती जलविद्युत् परियोजना, थानकोटमा टनेललगायत कार्यक्रम काठमाडौंलाई हेरेर ल्याइएका हुन्।'
काठमाडौं नजिकको एक सय मेगावाट क्षमताको इन्द्रावती जलाशययुक्त परियोजना निर्माण गरी राजधानीमा विद्युत् आपूर्ति गर्ने लक्ष्य राखिएको उनले बताए।
सरकारले सहकारीमार्फत् विभिन्न कार्यक्रम ल्याएर वितरणमुखी बजेट ल्याउने आशंका गरिए पनि सहकारीका कार्यक्रममा २५ करोड रुपैयाँमात्र विनियोजन गरिएको ती अधिकारीले जानकारी दिए।

सरकारले निर्यात बढाउन उद्योगी व्यवसायीलाई विभिन्न सुविधाका प्याकेज पनि ल्याएको छ। विगतमा निर्यातमा दिइएको प्रत्यक्ष अनुदान कायमै राखिएको छ। वित्तीय क्षेत्रको समस्या समाधान गर्न बजेट र मौद्रिक नीतिमार्फत् नयाँ निर्देशन जारी गर्ने तयारी गरिएको छ। बजेटमा सामाजिक क्षेत्रअन्तर्गतका शिक्षा, स्वास्थ्य, खानेपानी लगायतमा बजेट बढाइएको छ। शिक्षामा मात्र ६० अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

सभासद्लाई २ करोड दिने कार्यक्रम रोकियो
अर्थमन्त्री भरतमोहन अधिकारीले जिल्लाका सडक, खानेपानी लगायत विभिन्न साना विकास योजना सञ्चालन गर्न प्रत्येक सभासद्लाई २ करोड रुपैयाँ दिनेगरी बजेटमार्फत् कार्यक्रम ल्याउने तयारी गरेका थिए।
अर्थका एक अधिकारीका अनुसार राष्ट्रिय योजना आयोगले पनि यसमा समर्थन जनाएको थियो। बजेटबारे प्रधानमन्त्रीलाई जानकारी दिँदा उनले पनि समर्थन जनाएका थिए। तर, नेपाली कांग्रेस र माओवादीका शीर्षनेताहरूले समर्थन नगरेपछि यो कार्यक्रम बीचमै तुहिएको ती अधिकारीले जानकारी दिए।
सभासद् र अन्य पार्टीका नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा योजना पार्न अर्थ मन्त्रालय र योजना आयोग धाउने प्रवृत्ति अन्त्य गर्न अर्थले यस्तो कार्यक्रम ल्याउन खोजेको थियो।


तलब २४.८१ प्रतिशत वृद्धि

सरकारले निजामति कर्मचारीको तलब र भत्ता गरी २४ दशमलव ८१ प्रतिशत वृद्धि गर्ने भएको छ। अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०६८/६९ को बजेटमा निजामति कर्मचारी, प्रहरी, सेना र शिक्षकको तलबभत्ता बढाइएको अर्थका एक अधिकारीले जानकारी दिए। यसले सरकारलाई १७ अर्ब ३६ करोड रुपैयाँ थप दायित्व पर्नेछ।
'अहिले प्रत्येक कर्मचारीले पाउँदै आएको १ हजार २ सय रुपैयाँ महँगी भत्तासहित केही रकम थपेर तलब स्केल बढाइएको छ,' उनले भने, 'महँगी भत्ता भनेर करिब ६ सय रुपैयाँ थप पनि दिइएको छ। यो सबै जोड्दा २४ दशमलव ८१ प्रतिशत पुग्छ।'
मुख्यसचिवको संयोजकत्वमा गठित तलबभत्ता सुझाव समितिले यस वर्ष २५ देखि ३० प्रतिशतसम्म तलब बढाउन सिफारिस गरेको थियो। यसैलाई आधार मानेर तलब बढाइएको ती अधिकारीले बताए।
चालु आर्थिक वर्ष सरकारी कर्मचारीका लागि तलब र भत्तामा सरकारले ७० अर्ब रुपैयाँ खर्च गरेको छ। अब यो रकम ८७ अर्ब ३६ करोड रुपैयाँ पुग्ने छ। अघिल्लो वर्ष महँगी भत्ताबापत् प्रत्येक कर्मचारीलाई १ हजार २ सय रुपैयाँ दिइए पनि चालु आर्थिक वर्ष तलबभत्ता बढाइएको थिएन।

Sunday, July 3, 2011

गलेश्वर महायज्ञमा एक करोड ४५ लाख संकलन

 


विगत लामो समयदेखि गलेश्वर क्षेत्रमा बृद्धाश्रम, अन्नक्षेत्र सञ्चालन तथा सत्संग भवन समेत निर्माणको तयारीमा रहेको क्षेत्रविकास कोषले यज्ञबाट उठेको रकमबाट गलेश्वर क्षेत्रको गुरुयोजना अघि सारेर गरिएको महायज्ञमा लक्ष्य अनुसारकै सहयोग प्राप्त भएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका संयोजक रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।
अहिले आयोजना गरेको महायज्ञको प्रमुख उद्देश्य मन्दिर परिषरमा बहुउद्देश्यिय सत्संग भवन निर्माण भएकाले आगामी दिनमा समेत यसका लागि सहयोग संकलनको कार्यक्रम निरन्तर रहने समेत आयोजकले जनाएको छ । त्यसका अलावा बृद्धाश्रमको विस्तार, मन्दिर आसपासमा रहेका धर्मशालाहरु थप, संस्कृत बिद्याश्रमको पुनःसञ्चालन, लगायत रहेका छन् । त्यस्तै गलेश्वर, मक्तिनाथ, कालिका लगायत धौलागिरि अञ्चलका धार्मिक क्षेत्रहरुको प्रचारप्रसार गरिनेत समेत लक्ष्य रहेको छ ।
महाशिवरात्री पर्वको अवसरमा आयोजना गरिएको महायज्ञमा करिव एक करोड पचास लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएकोमा त्यसलाई पुरा गर्न स्वदेश तथा विदेशबाट समेत सहयोग प्राप्त भएकोमा आयोजकले सम्पुर्ण सहयोगदाता, सहयोगी, सञ्चार क्षेत्र, समाजिक संघसंस्था, प्रहरी प्रति आभार प्रकट गरेको छ ।
यज्ञ आयोजना गर्नुपुर्व करिव नौ लाखको लागतमा पुजारी आवास निर्माण, चार लाखको लागतमा मन्दिरबाट जडभरत गुफासम्मको पैदलमार्ग निर्माण, दुइ लाखको लागतमा पितृ तर्पणस्थल निर्माण, तिन लाखको लागतमा फुलप्रसाद राख्ने स्थान लगायतका पुर्वाधारहरु निर्माण भइसकेका छन् । करिव ९ रोपनी क्षेत्रमा फैलिएको क्षेत्रमा विशाल चट्टानमाथि अवस्थित गलेश्वरमा रहेका १०८ शिवलिङ्ग, वराहकुण्ड,लक्ष्मीनारायण, राजा जड्भरत,राजर्षि रहुगंगा गलेश्वरबावाको साधना तपोभुमीका साथै देवीदेवताहरुको बसोबास रहेको धार्मिक विश्वासका कारण पनि दर्शनका लागि देशका विभिन्न क्षेत्रबाट आउने गरेका छन् महाशिवरात्रीको अवसर पारेर आयोजना गरिएकाले विगतबाट बर्षो तुलनमा भक्तजनको ठुलो भिड लागेको थियो ।
सप्ताहव्यापी महायज्ञमा भास्कर युवा पण्डित कमलनयन गौतम लगायतका पण्डितहरुले वाचन गरेका थिए । गलेश्वरको विकासका लागि करिव दुइ अर्वको महत्वकाक्षी गुरूयोजना बनाइएको छ ।

Monday, June 20, 2011

पर्वतको क्याङ गाविस लेस्पारमा अल्लो प्रबद्र्धन

पर्वत, २१ मंसिर |पर्वतको क्याङ गाविस लेस्पारका महिलाहरुद्वारा उत्पादित अल्लोका सामाग्रीलाई उद्योग मार्फत उत्पादन गर्न थालिएको छ । विगत केहीबर्षदेखि जंगलमा त्यत्तिकै सुकेर खेर गएको अल्लोलाई प्रबद्र्धन गरी धागो उत्पादनमा लागेका यहाँका महिला उद्यमीहरु उद्योग मार्फत सामाग्री उत्पादनमा लागेका हुन् ।यतिबेला लेस्पारका महिलालाई गाउ“मै अल्लो उद्योग स्थापना भएपछि अल्लो उत्पादन गर्न भ्याई नभ्याई भएको छ । क्याङ–३ स्थित लेस्पारमा अल्लो उत्पादनमा क्रियाशिल महिलाहरुलाई लक्षित गरेर विभिन्न निकायको सहयोगमा साझा सुविधा केन्द्र स्थापना भएपछि महिलाहरु अहिले सामुहिक रुपमा केन्द्रमा बसेर अल्लो प्रबद्र्धनमा जागरुक बनेका छन्
Amar Pun Kusma bazar